Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, August 12, 2013

दिनभरी बैद्यले रातोमा लेखे, बिहान उठदा कालो पो देखे

मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी मंशिर ४
गते हुने भनिएको संविधानसभाको दोस्रो निर्वाचनमा बहिस्कार गर्ने नीति लिएको छ । साथसाथै, वार्ताको रणनीति पनि अघि सारेको छ । आजसम्मको स्थीति हेर्दा बैद्य माओवादी चुनावमा आउँछन भन्ने लाग्दैन तर पनि उ बार्तामा नै छ । त्यसैले अनुमान मात्रै गर्न सकिन्छ । यसैक्रममा माओवादीले चुनाव बिरोधी पर्चा पम्प्लेट र भित्ते लेखनमा पनि निरन्तरता दिएको छ । तर, यसरी लेखिएका भित्ते लेखनमा भने रातारात कालो पोतिएको अवस्था देखा पर्न सुरु गरेको छ । आखिर, कसले पोत्यो त कालो ? माओवादी आन्तरिक छानबिनमा नै छ ।

माओवादीका बैकल्पिक केन्द्रीय सदस्य बद्री बजगाईका अनुसार निर्वाचन बहिस्कार गरौं भन्ने नारा लेखिएका भित्ते लेखनमा रातारात कालो पोतिन थालेका छन् । जोरपाटी, बौद्ध आसपासमा लेखिएका पाँच भन्दा बढी भित्ते लेखनमा राताराता कालो पोतेर मेटने काम भएको छ। ‘साउन १९ गते दिउसोँ हामीले चुनाव बहिस्कार संवन्धी भित्ते लेखन गरेका थियौं तर २० गते बिहान त त्यसमा  कालो पोतिएको पो देख्यौं’ बजगाईले भने, ‘त्यस्तै, हामीले टासेको पर्चा पम्पप्लेट पनि सबै चातिएको अवस्थामा फेला परेका छन् ।’ उनका अनुसार जोरपाटी क्षेत्रमा टासिएको पोष्टर मध्य रातमा च्यातिएको र भित्ते लेखनमा कालो पोतिएको थियो ।
यसरी कालो पोतिएको भित्तोमा पुर्नलेखन नगरेका माओवादीले रातारात कालो पोत्ने र पोष्टर च्यात्ने समुहको भने खोजी गरिरहेको छ । मध्यरातमा कालो पोत्ने र पोष्टर टाँस्नेको अझै पहिचान खुल्न नसके पनि सो समुहको नजिक नजिक पुगेको बजगाईको भनाई छ । ‘कसले कालो पोत्यो र कसले पोष्टर च्यात्यो भन्ने हामी पत्ता लगाउँदै छौ’ उनले भने, ‘केही पत्ता लगाएका पनि छौ, उपयुक्त समयमा तीनलाई सार्वजनिक गरेर छाडने छौं ।’ भित्ते लेखनमा कालो पोतिएको र पोष्टर च्यातिएको बारेमा पार्टी नेतृत्व र केन्द्रीय कार्यालयलाई जानकारी दिइसकेको उनले बताए ।

(बजगाईको फेसबुकवाट साभार गरिएका कालो पोतिएका तस्विर) 







No comments:

Post a Comment