हरिवंश आचार्य, नेपालको यस्ता कलाकार हुन, जसलाई मन नपराउने सायदै छैनन् । उनका साथमा सद्यै सद्यै छन, मदनकृष्ण श्रेष्ठ । निर्बिबाद लोकप्रिय अर्थात सबैको मन मनमा बसेका यी हरिबंश कलाकारमात्रै होइनन, कुशल गायक पनि हुन् । र, राम्रा लेखक र राम्रा कबि पनि । यीनी जे लेख्छन, अथवा उनी जे गर्छन, ती सबै मन छुने हुन्छन् । र, ती सबैका लागि हुन्छन ।
‘चिना हराएको मान्छे’ अर्थात हरिबंशले आफ्नी श्रीमती मिरा आचार्यको शोकमा लेखेको कबिता, राष्ट्रकवी माधवप्रसाद घिमिरेले लेखेको गौरी बराबर हिट हुन पुगेको रहेछ । उनले श्रीमतीको शोकमा डुबेर लेखेको र सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको कबिता ‘तिमिलाई सम्झदा’ ८४ हजार बढीले मन पराई दिएर महशुश गरि दिएका छन । यो आलेख तयार पारुन्जेल हरिबंशको सो कबितामा ४ हजार ९ सय २३ जनाले प्रतिक्रिया जनाएका छन भने ३ हजार ३ सय ६९ जनाले त सेयर नै गरेका छन् ।
नेपाली कलाक्षेत्रका ‘सुपरस्टार’ आचार्यको यो कबिता जति सायदै अरु हिट हुन सकेका छैनन, पछिल्लो समयमा । मैले पढेका समकालिन कबि मध्ये ‘मनु मञ्जिल’का कबिता पनि निकै उच्चस्तरीय लागेको थियो तर पुरै डुबेर हरिबंशले लेखेका यो कबिता पनि कम मन छुनै छैनन र त यति धेरैले मन पराएका छन् । ‘चिना हराएको मान्छे’ अर्थात हरिबंशले आफ्नी श्रीमती मिरा आचार्यको शोकमा लेखेको कबिता, राष्ट्रकवी माधवप्रसाद घिमिरेले लेखेको गौरी बराबर हिट हुन पुगेको रहेछ । उनले श्रीमतीको शोकमा डुबेर लेखेको र सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको कबिता ‘तिमिलाई सम्झदा’ ८४ हजार बढीले मन पराई दिएर महशुश गरि दिएका छन । यो आलेख तयार पारुन्जेल हरिबंशको सो कबितामा ४ हजार ९ सय २३ जनाले प्रतिक्रिया जनाएका छन भने ३ हजार ३ सय ६९ जनाले त सेयर नै गरेका छन् ।
नेपालको सन्दर्भमा सबैभन्दा बढी लाइक पाउने हरिवंश (277,382 likes)ले आफ्नी श्रीमतीको बारेमा लेखेको यो कबिता उनको फेसबुकवाट साभार गरेको हुँ । साभार यो मानेमा गरेको छु कि यो जति लाइक पाएको अर्को कबिता अझैसम्म मैले भेटेको छैन् । कबितामा लाइक, कमेन्ट र सेयर गरेर हरिबंशलाई महशुश गरिदिने यतिधेरै मान्छे रहेछन कि त्यो देख्दा म दंग परेको छु । उनी एक्लो छैनन र उनलाई साथ दिने हजारौ छन भन्ने कुरा कबिता पछिका प्रतिक्रियाले देखाएका छ ।
उनको चोटलाई महशुश गरेर मैले तपाईका लागि यो कबिता साभार गरेको हुँ र उनको चोटको साथमा म पनि छु हैँ भनेर उनको आगामी जिन्दगीलाई हौसाला दिने काम मात्र गरेको हुँ ।
तिमीलाई सम्झँदा
तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।
चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।।
घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।
तिमी बिरामी पथ्यौ, म कुरूवा हुन्थेँ।
तिमी निदाएपछि, म कति रून्थे।।
मीठो मानी निल्थ्यौ, त्यो तीतो ओखती।
त्यो दिन सम्झँदा, प्यारो लाग्छ अति।।
सबैका प्रिय कलाकार हरिबंशललाई हजारौं प्रशंशकले चोट महशुश गरी, दिएको साथले उनलाई थप उत्प्रेरणा मिल्छ भन्ने विश्वास मलाई चाँही छ । ‘हरीवंश एक्ला छैनन, उनका साथमा हजारौं नेपाली र प्रशंशक छन’ यती चाँही दावी गर्न अब म पनि सक्छु ।
तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।
चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।।
घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।
तिमी बिरामी पथ्यौ, म कुरूवा हुन्थेँ।
तिमी निदाएपछि, म कति रून्थे।।
मीठो मानी निल्थ्यौ, त्यो तीतो ओखती।
त्यो दिन सम्झँदा, प्यारो लाग्छ अति।।
सबैका प्रिय कलाकार हरिबंशललाई हजारौं प्रशंशकले चोट महशुश गरी, दिएको साथले उनलाई थप उत्प्रेरणा मिल्छ भन्ने विश्वास मलाई चाँही छ । ‘हरीवंश एक्ला छैनन, उनका साथमा हजारौं नेपाली र प्रशंशक छन’ यती चाँही दावी गर्न अब म पनि सक्छु ।
No comments:
Post a Comment