Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, July 5, 2013

किराँतीले बिप्लव र अशोक राईको गोप्य पोल खोल्ने, हामी चाँही किन नबोल्ने ?

एनेकपा माओवादीका नेता गोपाल किराँती, बेला बेलामा चर्चामा आइरहन्छन । कहिले मन्त्री हुदाँ मन्त्रालयमा टेन्ट गाडेर त, कहिले तत्कालिन भारतीय राजदुत राकेश सुदलाई जुत्ता हानेर । हुदाँहुदाँ बाबुराम भट्टराई प्रधानमन्त्री रहदाँ यीनै किराँतीले संघीय राज्यको फरक संरचना क्याबिनेटमा लगे तर बाबुरामले गैर जिम्मेवारी तरिकामार्फत मन्त्री (तत्कालिन संघीय मामिला... मन्त्रालय)ले ल्याएका सो प्रस्तावलाई अनुमोदन गरेनन, दर्ता मात्रै भो, छलफल नै भएनन् । हुन त भट्टराई प्रधानमन्त्री हुनै लाग्दा रोक्न खोज्ने यीनै किराँती हुन् । प्रचण्डका खास मान्छेका रुपमा चिनिने किराँतीले भट्टराईले होइन, जनजातिका तर्फवाट तत्कालिन महासचिव रामवहादुर थापालाई प्रधानमन्त्री बनाउन माग गरे, त्यो पनि २४–२५ जना जनजाति सभासदको हस्ताक्षर बुझाएर । तर, थापा नभएपछि उनै भट्टराईको मन्त्री परिषदमा पसेर ‘छलाङ’ हान्ने ब्यक्ति हुन, किराँती । भरिया हुदैँ राजनीतिक जीवन सुरु गरेका यीनै किराँतीलाई नखरा र नौटंकीमा कसैले पनि सक्दैन । यी जानी जानी गर्छन वा नवुझेर नै गर्छन ? त्यो उनले नै जानुन ।
आज उनै किराँतीले कान्तिपुर दैनिकमा एउटा लेख लेखेका छन्, जसले केही हदमा चर्चा पाएको छ । त्यहाँ उनले केही यस्ता कुराहरुको रहस्योदघाटन गरेका छन, जो इतिहासको गर्भमा नै रहदै आएका थियो । 
कान्तिपुर अनलाईनवाट साभार गरिएको किराँतीको त्यो लेख पढयो भने केही नयाँ कुरा थाहा पाइन्छ भनेर यहाँ राखेको हुँ । प्रस्तुत छ, किराँतीको सो लेखका मुख्य मुख्य अंश मात्रै, पुरै लेखका लागि माथि कान्तिपुर अनलाईन लेखिएको ठाउँमा क्लिक गर्नुहोला ....

माओवादी आन्दोलन वैचारिकरराजनीतिक हिसाबले हावी बन्दै गयो । परन्तु त्यही बेला अमेरिकी नेतृत्वमा इराक र अफगानिस्तान विरुद्ध सैन्य हस्तक्षेप भइरहेको थियो । अतः नेपालमा वैदेशिक सैन्य हस्तक्षेप रोक्न माओवादी चुनवाङ बैठक हुँदै बाह्रबुँदे समझदारीतर्फ बढ्यो । राष्ट्रिय राजनीतिमा ज्ञानेन्द्र शाहको मूर्खताका कारण दलहरूसँग सहकार्य बढाएर कमसेकम गणतन्त्र स्थापना गर्ने सम्भावना देखियो । आन्तरिक फौजी दृष्टिले जुम्ला, म्याग्दी र खारा मोर्चा असफल भइरहेका थिए । पूर्वमा बन्दीपुर र घोडेटार मोर्चा त्यस्तै थियो । पुरानो शाही सेनाको घोराही कम्पनीबाहेक गणमाथि विजय प्राप्त गर्न सम्भव भइरहेको थिएन । माओवादी सशस्त्र युद्धको आन्तरिक फौजीस्थिति यस्तो रहेको बेला मोहन वैद्य भारतीय जेलमा हुनुहुन्थ्यो । उहाँ समेतको रिहाइका लागि पनि जनयुद्धलाई नयाँ दिशातर्फ मोड्न अनिवार्य थियो ।

स्मरणीय छ, म्याग्दी कारबाहीको कमिसार नेत्रविक्रम चन्द हुनुहुन्थ्यो भने खारा कारबाहीको बेला उहाँ नै केन्द्रीय आधार ब्युरो इन्चार्ज हुनुहुन्थ्यो । अतः एमाओवादीलाई अनेक आरोपित गर्ने वैद्य र चन्द महोदयले बुझ्नैपर्ने तथ्य हो कि साम्राज्यवादको कम घनिभुत युद्ध रणनीतिको नकारात्मक प्रभावका अतिरिक्त पश्चिममा जुम्ला, म्याग्दी र खारा तथा पूर्वमा बन्दीपुर र घोडेटार मोर्चा सफल हुँदै अघि बढेको भए के बाह्रबुँदे समझदारी जरुरी हुन्थ्यो रु कि भियतनामी शैलीमा राष्ट्रिय प्रतिरोध युद्ध अघि बढ्थ्यो रु जनयुद्धका यी घटनाको स्वतन्त्र समीक्षा नगरिकन औचित्यहीन ढंगले पार्टी विभाजन गरेको हुनाले यथार्थमा त्यस विभाजनलाई क्रान्तिकारी सावित गर्न सम्भव भइरहेको छैन ।
# पार्टी एकता । यो उत्तम विकल्प हो । त्यसरी पार्टी एकतामा आउनुभएमा वैद्य कमरेडलाई हिजोको उपाध्यक्ष नभएर पार्टीको सर्वोच्च नेताको स्थानमा सम्मानित गर्न सकिन्छ । बरु पेरिसडाँडाको भवनको छतमाथि एउटा तला थपेर गज्जबको कार्यालय निर्माण गर्न सकिन्छ, जहाँ आदरणीय सर्वोच्च नेता बस्नुहुनेछ र जहाँ पार्टीको सीमित पदाधिकारीबाहेक अरू जान पाउने छैनन् भन्ने व्यवस्था गर्न सकिन्छ ।

# पुरानो घटना स्मरण गर्दा, जब संविधानसभाको प्रथम बैठक बानेश्वरमा बस्यो, त्यहाँ वैद्य सभाहलको सबभन्दा पछिल्लो कुर्सीमा बस्न पुग्नुभयो । बैठक सुरु हुँदै थियो, हामीले उहाँलाई अघिल्लो कुर्सीमा अध्यक्षसँगै बस्न अनुरोध गर्‍यौं । तर उहाँले पटक्कै मान्नुभएन । यो कुरा बादल कमरेडलाई रिपोर्ट गरेपछि उहाँले चेपाङ र कमैया सभासद खोजेर ल्याउन निर्देशन दिनुभयो । यसरी गणतन्त्र घोषणाको प्रथम संविधानसभा बैठकमा अध्यक्ष प्रचण्डकै रोहमा सभासद माया चेपाङ र सुन्दरा थारू बस्न पुग्नुभएको थियो । पछि कारण बुझयिो, संविधानसभा दलको उपनेता वैद्यलाई बनाउनुपर्ने थिएछ । त्यसो नहुँदा उहाँ पछाडि बस्नुभएको रहेछ ।

# सुरुतिर हामीलाई लाग्थ्यो, नेत्रविक्रम चन्द एक प्रतिभाशाली र क्षमता भएका युवा हुन् । परन्तु चन्दजी असन्तुष्ट हुँदै जाँदा वीरगन्जको मजदुर कार्यक्रममा भिडन्तको स्थितिसमेत देखापर्‍यो । उहाँजस्तो नेतालाई सहयोग गर्नुपर्छ भनेर हामी निकट बन्न पुग्यौं । हरिबोल गजुरेल भन्दै हुनुहुन्थ्यो, चन्दजीको चिन्तनमा खराबी छ, होस गर्नुहोला । तर हामीलाई भने पत्यार भएन, निकटता बढाउँदै लगियो । त्यही निकटताका कारण खरिपाटी भेलामा चन्दजीको अनुरोधमा हामीले पनि वैद्यको मततर्फ समर्थन गरियो । यद्यपि भेलाले एउटै प्रतिवेदन निर्माण गर्‍यो । त्यसपछि हामीसँग फरक मत थिएन ।

# रूक्माङ्गद कटवाल प्रधानसेनापति हुँदा उनले सरकारको आदेश अवज्ञा गरे । परिणाममा, उनलाई स्पष्टीकरण लिने काम भयो । कटवालले ुसैनिक कूु गर्छन् भन्ने हल्ला पनि चल्यो । स्पष्टीकरण लिएको ठीक दस दिनपछि नेत्रविक्रम चन्द र हितमान शाक्यले बेलुका पम्फा भुसालको घरमा भेट्न अनुरोध गर्नुभयो । हामी त्यहाँ पुग्यौं । समकालीन युवाहरूको भेटघाट होला भन्ने अनुमान थियो । तर आश्चर्य लाग्नेगरी भुसालजीको घरमा त वैद्य, सीपी गजुरेल, देव गुरुङ पो आउनुभयो । दुर्भाग्य, त्यो गुट बैठक रहेछ र हामीलाई पनि गुटकै सदस्य ठानेर बोलाइएको रहेछ । त्यस गुट बैठकको विश्लेषण थियो- प्रधानसेनापतिलाई कारबाही गर्नैपर्छ । तर प्रचण्ड र बाबुरामले त्यस्तो कारबाही गर्नै सक्दैनन्  । तर प्रचण्ड त दुस्साहसी मान्छे हुन्, त्यसैले कारबाही गरिहाल्न पनि सक्छन् इत्यादि ।
अब प्रचण्डले कारबाही गर्न सक्छ भन्ने कुरा नै त्यहाँ निणरयक बन्यो । त्यसपछि के गर्ने त रु भन्ने प्रश्नमा चन्दजीको प्रस्ताव थियो( भोलि बेलुकासम्ममा वैद्य र सीपी गजुरेललाई भैंसेपाटी पारिको बस्तीमा लुकाउने, गुटका राज्य इन्चार्जहरू तुरुन्तै आ(आफ्नै कार्यक्षेत्रमा गइहाल्ने, चन्द र शाक्य आज राति नै कोठा सर्ने र कटवाललाई कारबाही गर्ने मन्त्रिपरिषदको बैठकमा महरालाई जान रोक्ने । र गुरुङ तथा भुसाल लगायत त्यो बैठकमा गएर कारबाहीको निर्णय हुनासाथ उहाँहरूले त्यसबारे चन्दजीलाई तुरुन्त जानकारी दिने चारबुँदे प्रस्ताव हामीबाहेक वैद्यहरू सबैले एकमतले अनुमोदन गर्नुभयो ।
आफ्नो कमाण्डरहरूको त्यस्तो आत्मसुरक्षावादी भगौडा ताल प्रत्यक्ष आँखाले देखेपछि वैद्य र चन्दजीहरूले पिट्ने गरेको क्रान्तिको डङ्का कतै फिस्टेचरीको कथाजस्तै त होइन रु हरिबोल गजुरेलको सावधानी सही सावित भएको छ र उहाँहरूप्रतिको भ्रम कमसेकम यो जुनीका लागि साफ बनेको छ ।
# त्यस्तै अशोक राईले एमाले परित्याग गरेर संघीयताको राजनीतिमा आउने काम गरेका छन् । मुद्दाको हिसाबले यो स्वागतयोग्य कुरा हो । परन्तु वर्गदृष्टिकोणका हिसाबले अशोक राई समूह 'रियल एमाले' प्रमाणित भएका छन् । लामो समय कम्युनिस्ट पार्टीको राजनीति गरेर पछि हँसिया(हथौडाको झण्डा लत्याउँदै कम्युनिस्ट पार्टीकै भण्डाफोरको खेती गर्ने तत्कालीन गोरेबहादुर खपाङ्गीभन्दा अशोक राई किमार्थ पृथक देखिएनन् । त्यसबेला राजा थियो र खपाङ्गी राजावादी बने । तर आज गणतन्त्र छ । त्यसैले अशोक राईहरू राजावादी बन्ने ठाउ छैन । तर एनजीओ र आईएनजीओको माध्यमबाट नेपालमा अस्थिरता पैदा गर्न खोज्ने पश्चिमाहरूको शरणमा भने अशोक राई अवश्य जान सक्छन् । त्यसैको राजनीतिक आधारका रूपमा कुनै समय अमेरिकी राजदूत आउने बेला एमालेले आफ्नो कार्यालयमा राखेको माक्र्स(लेनिनको फोटो हठात् झकिेजस्तै अशोक राईहरू आज खुलेआम हँसिया-हथौडाको धज्जी उडाउँदैछन् ।


No comments:

Post a Comment