कुरा हरेन्द्रराय यादवको हो, उनी रौतहट जिल्लाका ‘ठुलै’ एमाले हुन् (माथिको तस्विरमा रामचन्द्र झासँगै बसेका टोपी लगाउने ब्यक्ति) । एमाले निकट स्वास्थ्यकर्मी संघका केन्द्रिय नेता पनि हुन क्यारे, उनी । उनलाई एकपटक एमाले निकट रौतहट–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष हुन मन भित्रै देखी लागेछ् । त्यसपछि गृह जिल्लाका सबैभन्दा ठुला नेता माधव नेपालको घर कोटेश्वरमा दिन दिनै धाउन थाले, आफु अध्यक्ष भए मधेस (रौतहट) मा एमालेलाई राम्रो बनाइदिने भन्दै गनगन गरेको ग¥यै । मरिजाओस न त भनेर माधव नेपालले पनि हरेन्द्ररायलाई मञ्चको अध्यक्ष दिनु प¥यो, एमाले मधेस बिरोधी हो भनेर छाप पनि हट्छ भनेर केही ठाउँमा कुरा पनि पु¥याईदिए ।
अनामनगरस्थित सामाजिक सेवा भवन (नाम यो नहुन पनि सक्छ, बाजेको सेकुवावाट १ सय मिटर पर रहेको छ, त्यो सार्वजनिक भवन)मा रौतहट जिल्ला मञ्चको अधिवेसन भयो । जसमा उम्मेदवारी दिने कुरा पनि आयो, हरेन्द्ररायले आफु अध्यक्षमा उठने अडान कसे । तर, अरुले ‘तिमि जित्दैनौ, अहिले सचिव हुदैँ आऊ, एकैचोटी अध्यक्ष नताक’ भने । तर, उनले के कुरा सुन्थे र भनिदिए– ‘मलाई मञ्चको अध्यक्ष दिन माधव नेपाल मान्ने तर तपाईहरु किन नमान्ने ?’ कुरो लामो हुदैँ गयो । म जितेर देखाउँछु भनेर उनले भनिरहे पछि अन्ततः उनकै कारण त्यहाँ मतदान हुने भयो, नत्र सर्वसम्मतिको प्रयास थियो । त्यसपछि अध्यक्षमा हरेन्द्रराय, गोपाल श्रेष्ठ र शंकर विश्वकर्मा उठिदिए । श्रेष्ठ र बिक बिच ठुलै प्रतिस्पर्धा भयो । र, बिक चाँही थोरै मतले निर्वाचित भए । तर हरेन्द्रको पक्षमा परिणाम यस्तो आयो कि परिणाम सुनेर उपस्थित सबै छक्कै नै परे किनकी माधव नेपालको समर्थन पाएको भन्दै धाक लगाउने उनै हरेन्द्ररायले त जम्मा एक भोट मात्र पाएछन्, त्यो पनि आफुले हालेको मात्र । हे भगवान, यो कत्रो वेइजती त्यो पनि अध्यक्ष उम्मेदवारको ।
अध्यक्षमा निर्वाचनमा लडने हरेन्द्ररायले एक भोट पाए पछि सहभागीहरुले उनलाई उडाए पनि, उनी केही नबोली जुरुक् उठेर हिडे । रौतहटका मधेसीले पनि नपत्याएका नेता हरेन्द्र त्यो अघि निर्वाचन क्षेत्र नं. ३ मा टिकट दिएको भए जितेर देखाउने दावी गर्दै आएका थिए, जुन समय माधव नेपाल रौतहट र काठमाडौं दुवै स्थानवाट पराजित भएको थिए । तर, त्यो दिन देखी रौतहटमा उनको साख नै हरायो । पछि माधव नेपालले केही ‘खराब क्रियाकलाप’ मा संलग्न भएको प्रमाणसहित फेला पारे पछि उनलाई निवासमै बोलाएर नमज्जासँग हप्काए । ‘बरु तपाई पार्टीमा नहुनुहोस केही छैन तर मेरा नाम बेचेर जथाभावी नगर्नुहोस’ भन्दै हप्काए पछि हरेन्द्ररायले आजसम्म कोटेश्वर टेकेका छैनन रे ।
त्यस पछि यस अघिको तत्कालिन प्ररायु संघ, हाल युवा संघमा उनी चुनाव लडे । माधव नेपालको जिल्लाको भए पनि झलनाथ खनाल प्यानलवाट उनी चुनाव लडे र मधेसी कोटावाट पनि बिजयी पनि भए । तर, जसै युवा संघमा चुनाव जिते, उनको मन भने एमाओवादी तिर पो ढल्कन गएछ । योंग कम्युनिष्ट लिगका अध्यक्ष गणेशमान पुनमार्फत माओवादीमा आउने कुरा पनि गरे । आफु आउँदा कम्तिमा ५ जना केन्द्रिय सदस्य ल्याउने दाबी पनि पुनसँग गरे र तत्कालको लागि सचिवालयमा लैजाने गरी कुरा पक्का भयो । बुद्धिले काम नगरे पछि कस्को के लाग्छ, पुनसँग कुरा बढाए पछि मात्र माओवादीमा लैजाने भन्दै केही मधेसी युवालाई उनले प्रस्ताव नै गरेछन् । तर, उनको प्रस्ताव भने कसैले मानेनन । बरु, त्यो भित्री चलखेलको जानकारी युवा संघ र पार्टी केन्द्र दुवैमा पुग्यो । अध्यक्ष महेश बस्नेतले एकदिन बागबजार (युवा संघको कार्यालय) मा बोलाएर नमज्जासँग हरेन्द्रलाई हप्काए, आफुले त्यस्तो प्रयास नगरेको भन्दै ढाँटे । त्यो खुलासा भए पछि उनी युवा संघका नेताको तारोमा पर्दै गए, उनी शंकास्पद हुदैँ गए, उनको हरेक क्रियाकलापको निगरानी बढयो । माओवादीमा जाने त्यो बेलाको प्रयास भने त्यति कै भयो, सेलायो ।
हरेन्द्रले गल्ति गरे भन्दै माफी मागे पछि बस्नेतले पनि उनलाई केही भनेनन । बुटबल महाधिवेसनमा महेशको प्यानलवाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने कुरा पनि चल्यो र भयो पनि । जब माओवादीको पैसा बोकेर उनी बुटबल पुगेको बस्नेतले थाहा पाए, तब बस्नेतले उनलाई एउटा होटलमा चारघन्टा भन्दा बढी नै थुनिदिए । पछि अध्यक्षका प्रत्यासी निरज आचार्यले थाहा पाए पछि प्रहरी लगाएर हरेन्द्रलाई रेस्क्यु गरिदिए । काठमाडौं आएर पत्रकार सम्मेलन गर्छु भन्ने उनै हरेन्द्र रामचन्द्रको पछि लागेर माओवादीमा छिरेका हुन् ।
अहिले सुनिएको छ, उनी एमाओवादीमा बैकल्पिक केन्द्रिय सदस्य हुदैछन् । तर, रौतहटका प्रभु साहलाई भने हरेन्द्रराय पार्टीमा आएको अलिकति पनि मन परेको छैन्, न उनलाई त्यसवारेमा कुनै जानकारी नै थियो । हरेन्द्रलाई केन्द्र र जिल्ला दुवै तिर प्रभुले डाम्ने पक्का नै छ किनभने हरेन्द्रलाइ प्रचण्डले आफुलाई कमजोर पार्न ल्याएको उनको बुझाई रहदै आएको छ । माधव नेपालको गृह जिल्लावाट ‘प्रभावशाली र बरिष्ठ नेता’ ल्याए भनेर मख्ख पर्ने प्रचण्डले हरेन्द्रले एमालेमा हुदाँ एक भोट मात्र ल्याएको इतिहास थाहा पाए भने के सोच्लान ? त्यो भने हेर्न वाँकी छ, रौतहटका माओवादी आजकाल यसै भन्छन् । ‘माखो मार्न नसक्नेलाई वैकल्पिक केन्द्रिय सदस्य ?’ रौतहटका एक माओवादी नेता आक्रोशित हुदैँ भन्छन् ।
यता, रामचन्द्र झाले एमाओवादीमा प्रवेश गर्दा कसैलाई पनि लान सकेनन, यद्धपी दुई पुर्ण केन्द्रिय सदस्य र तीन वैकल्पिक केन्द्रिय सदस्यको कोटा भने प्रचण्डसँग माग गरेका रहेछन । जसलाई प्रचण्डले पुरा गरिदिने बचन दिए पछि मात्र पार्टी प्रवेशको कुरो टुंगो लागेको रहेछ ।
जसका कारण रामचन्द्र झा यतिखेर ती पाँच कोटा भर्ने दाऊमा एमाले भित्र नेता खोजिरहेका छन तर पाइरहेका भने अझै छैनन् । बानेश्वरको एउटा रेष्टुरेन्टमा तरुनीका साथ फेला परेर झन्डै प्रहरी कस्टडीमा रात बिताउनु परेका तथा नेपाल÷भारत दुवै तिर नागरिकता लिएका कारण बिबादमा परेका झाले मधेसमा कस्तो क्रान्ति गर्लान, त्यो त हेर्न बाँकी नै छ । पार्टीका ‘युद्धकालिन नेता’ को चर्को विरोध हुदाँ हुदै पनि प्रचण्डको झा मोह वुझ््न त केही समय लाग्ला नै किनकी त्यसको पटाक्षेप अझै हुन भइसकेको अवस्था भने छैन् ।
तर, पाँचवटा कोटा मागेका झाले एमालेवाट कुनै नेता लान सकेनन भने उनलाई दिने भनिएको स्थायी समिति पनि खै के खै के होला जस्तो देखिन्छ । किनभने, पाँचवटा नेता लाने सर्तमा स्थायी समिति पाएका झाले लान सकेनन भने प्रभु साह, श्रवण यादवहरुले झालाई पार्टीमा बसिखान भने दिदैनन् । जसका कारण, प्रचण्ड र झा दुवै तिर अप्ठयारोमा पर्नेछन् । झाले तातो पानीमा नुहाउने हो कि चिसो पानीमा ? त्यो अmभै निक्र्यौल हुन सकेको छैन । कारण, उनले अझैसम्म ठोस जिम्मेवारी पाएको छैन् ।
तस्विरः माथिको तस्विरमा भारतीय नागरिक खुल्ने कागजपत्र हो, तल रेष्टुरेन्टमा तरुनीसँग भेटिए पछि माओवादी निकट एक पत्रिकाले बनाएको स्केच हो ।
No comments:
Post a Comment