Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, July 23, 2013

बाबुरामले हिजो यसो पनि भने, ‘अध्यक्षलाई पनि महाधिवेसनले चयन गरेको होइन’

एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रियताको मुद्धामा फेरी सुरुङ युद्ध गर्न तयार रहेको बताएका छन् ।
सानेपास्थित निवासमा संञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले राष्ट्रियताको मुद्धामा आवश्यक्ता पर्दा फेरी पनि सुरुङ युद्ध गर्न  तयार रहेको बताएका हुन् ।
‘राष्ट्रियताको पक्षमा हिजो युद्धकालमा पनि हामीले सुरुङ युद्ध गर्न खोजेका हौं, फेरी आवाश्यक प¥यो भने त्यसका लागि अब पनि माओवादी तयार छ’ भट्टराईले भने । राष्ट्रियताको मुद्धामा माओवादी बिचलित नभएको पनि भट्टराईले जिकिर गरे ।
राजनीतिक दलका नेतालाई ‘बिदेशी दलाल’ र पुर्व राजा तथा राजावादी शक्तिलाई राष्ट्रवादीका रुपमा बुझ्नु गलत भएको भट्टराईको भनाई छ । ‘पुर्व राजा र राजनीतिक दल त्यसमा पनि हामी माओवादीलाई बिदेशी दलाल भनेर गोयबल्स शैलीमा प्रचार गरिएको छ, यसमा कुनै सत्यता छैन’ भट्टराईले भने, ‘बाहिर बाहिर राष्ट्रियताका कुरा गर्ने भित्र भित्र बिदेशीको दलाली गर्ने राष्ट्रबादी कि सबै सुम्पेर देश र जनताका लागि ज्यानको बाजी राखेर हिडने हामी चाँही बिदेशीका दलाल ?’ राजनीतिक दलले नै समस्याका समाधान गर्ने भएकाले त्यसको बिकल्प खोज्न नहुने भट्टराईको भनाई छ ।
एमाओवादीसँगै बिभाजित मोहन बैद्य नेतृत्व नेकपा–माओवादीले राष्ट्रियताका सबालमा पुर्व राजासँग सहकार्य गरेर जान तयार भएको भन्ने अभिब्यक्तिको भट्टराईले आलोचना गरेका छन् । ‘हाम्रा पुराना (बैद्यसहित)साथीले राष्ट्रियताका सबालमा पुर्व राजासँग सहकार्य गरेर जान सक्ने अभिब्यक्ती दिएर जनयुद्धको अपमान गरिरहेका छन्,’ उनले भने, ‘१३ हजार भन्दा बढी नेपालीले गणतन्त्रका लागि नै जीवन आहुती गरेका हुन तर आज क्रान्तिकारी बताउन रुचाउने उहाँहरुले त्यसको अपमान गर्न खोजिरहनु भएको छ ।’ पुर्व राजा राष्ट्रवादी शक्ति नभएको भन्दै भट्टराईले उनी बिशुद्ध ब्यावसायी मात्र भएको उनको टिप्पणी छ ।
कांग्रेस नेता संशाक कोइरालाले राष्ट्रियताको मुद्धामा राजासँग र प्रजातन्त्रको मुद्धामा जनतासँग सहकार्य गरेर जानु पर्ने बिपी कोइरालाको लाइन उचित भएको भनाईको पनि खण्डन गरेका छन् । ‘राजासँग घाँटी जोडाउन सो लाइन नै बीपीको राजनीतिक जीवनको सबैभन्दा ठुलो गल्ति हुन पुगेको थियो’ भट्टराईले भने, ‘जेठा छोरो प्रकाश सोही लाइनमा बस्दा इतिहासमा सिमित हुन पुगे, अर्को छोरो फेरी त्यही स्थीतिमा पुग्ने देखिरहेको छु ।’ उनका अनुसार सो बिचार स्थापित भए गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी लोकतन्त्रको मुल्य मान्यता पुनः खोसिन पुग्नेछन् ।
ज्ञानेन्द्र शाहका बारेमा बढी समय खर्चेका भट्टराईले उनको देश दौडाहालाई ‘राजनीतिक भ्रमण’का रुपमा टिप्पणी गरेका छन् । ‘मन्दिर मन्दिर पुग्ने र राहात बाड्ने नाऊँमा गोहीको आँशु झार्दै देश दौडाहामा जानु ज्ञानेन्द्रलाई आवाश्यक नै छैन किनकी यो जनतालाई राहत बाड्ने भ्रमण नै होइन, यो राजनीतिक भ्रमण हो’ भट्टराईले भने, ‘यो गणतन्त्र खोस्ने तथा चुनाव बिथोल्ने भ्रमण हो ।’ महाकाली पीडितलाई राहात बाड्न शाह यतिखेर सुदुरपश्चिम भ्रमणमा छन् ।
‘अध्यक्षलाई पनि महाधिवेसनले चयन गरेको होइन’
हेटौडामा सम्पन्न सातौं महाधिवेसनले अध्यक्ष पुष्पकमल दाहालसहित अन्य पदाधिकारीलाई चयन नगरेको भट्टराईले जिकिर गरेका छन् ।
‘महाधिवेसनले ९८ जनालाई मात्र केन्द्रिय सदस्यमा चयन गरेको हो’ भट्टराईले भने, ‘अध्यक्ष, उपाध्यक्ष र महासचिव कसैलाई पनि महाधिवेसनले चयन गरेको होइन् ।’ उनका अनुसार महाधिवेसनले चयन गरेका ९८ जना केन्द्रीय सदस्यले अध्यक्ष, उपाध्यक्ष र महासचिव चयन गरेका हुन् ।
‘महाधिवेसनले ९८ जना केन्द्रीय सदस्य चयन गरे पछि जेष्ठताका आधारमा अमिक शेरचनजीको अध्यक्षतामा बसेको बैठकले पहिला अध्यक्ष (दाहाललाई) चयन ग¥यो’ भट्टराईले प्रस्टयाउँदै भने, ‘त्यसपछि प्रचण्डजीको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष र महासचिव चयन गरेको हो, त्यो महाधिवेसनले गरेको होइन्, महाधिवेसनमा त नामावली सुनाइएको मात्र हो ।’ त्यसकारण महाधिवेसनको निर्णय उल्टयाउँदै अध्यक्ष दाहालमा पार्टी केन्द्रितकृत नगरिएको उनको जिकिर छ ।
भट्टराईले महाधिवेसनवाट चयन भएका ९८ जना केन्द्रीय सदस्यको बहुमतले अध्यक्षलाई पनि जिम्मेवारी मुक्त गराउन सक्ने दलिल पेश गरेका छन् । ‘महाधिवेसनले पदाधिकारी चयन नगरेकाले ९८ जना केन्द्रिय सदस्यले चाहे भने अध्यक्षलाई पनि चेन्ज गर्न सक्छ’ उनले भने ।
केही साता अघि मात्र पार्टीको उपाध्यक्ष पद त्याग गरेका भट्टराईले अरु पदाधिकारीको पद आफ्नै कारण नखोसिएको जिकिर गरेका छन् । ‘मैले कसैको पद खोसिदिएको होइन, उहाँहरुले स्वेच्छाले मैले जस्तै गरी पद त्याग गरेका हुन्’ उनले भने । भट्टराईले पद त्याग गरे पछि एमाओवादीमा उत्पन्न संकट हल गर्न नसके पछि अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले राजिनामा दिनु परेको थियो । संयुक्त राजिनामा पत्रमा श्रेष्ठ र बोगटीले पार्टीको निर्देशन र आग्रहमा राजिनामा दिएको उल्लेख गरेका छन्, जसलाई अध्यक्ष दाहालले बिस्तारित वैठकमा बाचन गरेका थिए ।

No comments:

Post a Comment