Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, July 22, 2013

'छुट छ जसलाइ जे नी भन्नलाई, मन थिएन जोगी बन्नलाई'

एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा महासचिव पोष्टबहादुर बोगटीले पार्टीको निर्देशन र आग्रह अनुसार राजिनामा दिएको स्पष्टीकरण दिएका छन् ।
केन्द्रिय समितिको सातौं बिस्तारित बैठकको समापनको दिनमा संयुक्त राजिनामा पेश गर्दै श्रेष्ठ र बोगटीले पार्टीलाई सहयोग गर्ने उदेश्यले सो राजिनामा दिएको प्रस्ट पारेका हुन् । महाधिवेसनले चयन गरेको भन्दै श्रेष्ठ र बोगटीले राजिनामा दिन अस्विकार गर्दै आएका थिए ।
अध्यक्ष दाहालले श्रेष्ठ र बोगटीले दिएको राजिनामा पत्र बाचन गरेर सहभागीलाई सुनाएका थिए । ‘पार्टीको आग्रह र निर्देशन अनुसार पार्टीलाई सहयोग गर्ने हिसावले यो संयुक्त राजिनामा पेश गरेका छौ’ श्रेष्ठ र बोगटीलाई उद्यृत गर्दै दाहालले राजिनामा पत्र उल्लेख गर्दै भने ।
श्रेष्ठ र बोगटीको राजिनामा स्विकृत तथा अर्का उपाध्यक्ष बाबुराम भट्टराईको ‘पद त्याग’सँगै पार्टीको नेतृत्व सांगठानिक राष्ट्रिय सम्मेलनसम्म अध्यक्ष दाहालमा केन्द्रितकृत भएको छ । संविधानसभा निर्वाचन पछि आयोजना गर्ने भनिएको सांगठानिक सम्मेलनसम्म दाहालको एकल नेतृत्वमा पार्टी संचालन हुनेछ ।
सांगठानिक समस्या हल गर्न अध्यक्ष दाहालले गत शुक्रवार पेश गरेको अल्पकालिन समाधानको प्रस्ताव पास एकमतले पास भएको अध्यक्ष दाहालले बताए । ‘अध्यक्षको नेतृत्वमा पार्टीलाई केन्द्रित गर्ने र राष्ट्रिय सम्मेलनमा गएर सांगठानिक समस्या हल गर्ने निर्णय एकमतले गरेका छौ’ दाहालले समापन समारोहमा भने, ‘तर, यो एकल नेतृत्व भने होइन, केही निश्चित समयका लागि मात्र हो ।’ हेटौडा महाधिवेसनले पारित गरेको बहुपदीय प्रणालीको निर्णय नउल्टाइएको बताउँदै दाहालले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष पदमात्र रिक्त राखिएको बताए ।
‘उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष पद सांगठानिक महाधिवेसन पछि पुनः पुर्ति हुनेछ, चुनावसम्मका लागि मात्र यो ब्यवस्था हो’ दाहालले स्पष्ट पार्दै भने । उनका अनुसार महाधिवेसनको निर्णय अनुसार नै सांगठानिक सम्मेलनवाट पुर्ति गरिनेछ ।
केन्द्रिय समिति बिस्तार गर्ने तथा रिक्त पद पुर्ति गर्ने बिषयमा चर्को बिबाद तथा उपाध्यक्ष भट्टराईले ‘पद त्याग’ गरे पछि उत्पन्न सांगाठानिक समस्या हल गर्न बोलाइएको बिस्तारित बैठकले अध्यक्ष दाहालमात्र यथावत राखी अन्य सबैलाई केन्द्रिय सदस्यमा राख्ने औपचारिक निर्णय गरेको छ ।
गत माघमा सम्पन्न महाधिवेसनको निर्णयलाई छ महिना भित्रै उलंघन गर्दै ल्याएको दाहालको अन्तरिम सांगठानिक प्रस्ताव भारी मतले पारित गरिएको हो । संविधानसभा निर्वाचनलगत्तै आयोजना गर्ने भनिएको सांगठानिक सम्मेलनले पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो लगायतका सदस्यको चयन गर्नेछ ।
माओवादीले पदीय बिबाद समाधानको अल्पकालिन ब्यवस्था गर्दै निर्वाचनलाई केन्द्रित गरेर देशब्यापी एक महिने  अभियान संचालन गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा केन्द्रित हुदैँ २ सय ४० निर्वाचन क्षेत्रमा केन्द्रिय सदस्य र केन्द्रीय सल्लाहकारको नेतृत्वमा गाउँ गाउँमा सो अभियान सञ्चालन हुनेछन् । ‘निर्वाचन क्षेत्रका वास्तबिकता वुझ्न केन्द्रिय सदस्य तथा केन्द्रिय सल्लाहकार सदस्यको नेतृत्वमा २ सय ४० निर्वाचन क्षेत्रमा खटाउने निर्णय भएको छ’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘साउन १० देखी भदौं १० सम्म हुने सो अभियानले पार्टीको स्थीति र जनताको आंकक्षाका बारेमा वुझ्न मद्यत गर्ने विश्वास हामीले गरेका छौं ।’ उनका अनुसार गाउँ गाउँ पुगेर नेताले ल्याएका रिर्पोट १२ गते देखी सुरु हुने केन्द्रिय समिति वैठकमा छलफल गरिनेछ ।
अध्यक्ष दाहालसहित पुर्व पदाधिकारीका ४ जनालाई आवश्यक्ता  अनुसार कार्यक्षेत्र अध्ययन गर्न पाउने भए पनि अन्य नेताको भने ठोस रुपमा नै कार्यक्षेत्र तोकिएको छ । जिम्मेवारीका हिसाबले पुर्वमा रहेकालाई पश्चिममा, पश्चिममा रहेकालाई पुर्वमा, तराईकालाई पहाडमा र पहाडकालाई तराईमा केन्द्रित गरि कार्यक्षेत्र तोकिएको प्र्रवक्ता सापकोटाले बताएका छन् ।
‘संविधानसभालाई सफलतापुर्वक सम्पन्न गर्नका लागि यो एक महिने अभियान महत्वपुर्ण हुनेछ’ दाहालले समापन समारोहमा भने, ‘यसले जनतामा माओवादी प्रति रहेको गलत वुझाई चिर्न पनि मद्यत गर्नेछ ।’ सो अभियानवाट भुगोलको बास्तबिकता वुझे पछि रणनीति तय गर्ने दाहालको भनाई छ ।

No comments:

Post a Comment