तपाइँ हामीले दुईवटी या तीनवटी पत्नी भित्र्याएको त देखे सुनेकै हो तर एउटै
व्यक्ति ३९ वटी पत्नीसँग एउटै घरमा बस्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर
भारत मिजोरमका एक पुरुषका ३९ जना पत्नी छन् । यी सबै सौता सँगै मिलेर बसेका
पनि छन् ।यस्ता पुरुष हुन जिओना चान । उनका ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना छन् । उनीहरु सबै एउटै घरमा अटाएर बसेका छन् । विश्वकै सबैभन्दा ठूलो परिवार मानिएको जिओनाको घ पनि चार तले छ । उक्त घरमा एक सयवटा कोठा छन् । ६८ वषिर्या जिओना आफूलाई भगवानको एउटा विशेष बच्चा मान्छन् ।
बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलको अनलाइन संस्करणका अनुसार जिओनाले कुनै वर्ष एकै वर्षमा १० वटासम्म विवाह गरेका थिए । यो परिवारलाई एक पटकमा एक सय ३२ पाउण्ड तरकारी, दुई सय २० पाउण्ड चामल र ३० वटा कुखुरा चाहिन्छ । जिओना पहिली पत्नी जाठीयाङ्गीसँग विवाह गर्दा १७ वर्षका मात्र थिए ।
source: dhartiaawaj.com



No comments:
Post a Comment