प्रकाश
जी,
मेरो वारेमा तपाइको ब्लगमा पोष्ट गरिएको कुरा ढिलो पढे । राजनीतिक कथाकार हुनु भो । मेरो केही भन्नु रहेन । मलाइ जेल पठाउनेहरूको नियत जे रहेको होस् तर अब मेरो बाटो भिन्न भैसकेको छ । राजनीतिबाट धपाउन खोजेकै हो, तर म रहिरहन्छु । तपाइ चिन्ता नलिनुस्, गत बैशाख ५ गते नै बिराटनगरमा एक पत्रकार सम्मेलन गरेर अब भविष्य मै चुनाव नलडने भनिसकेको छु । यसमा भए खुशी माने हुन्छ । देशको शान्ति र उन्नतिको एक अर्धेल्याइलाइ पञ्छाए भनेर भोज भतेर गरे पनि हुन्छ । यस पछि अब कति लखेटने ? के मैले चुनाव नलडे अब मुलुक समस्या रहित छ त ? मलाइ त भ्रष्ट भनिरहनु हुन्छ, तर क्रिमिनल जेनेसिस भएकालाइ शिरपोस बनाउन किन हिचकिच्याएको ? मैले त वक्तव्य दिएरै भनेको छु, फाजदारी अभियोग लागेका वा लगाइएका कसैलाइ पनि चुनावमा भाग लिन दिनु हुदैन । फेरी यो मुलुक चुनाव पहिले जावो सम्पति विवरण सम्म बुझाउन किन रोइ कराइ गरिरहेको छ ? तपाइ जस्ता मित्रको नजरमा मेरो अवसान पछि अब यता सोच्ने कि ?

जेपी
जयप्रकाश गुप्ताजी,
नमस्ते
तपाईले मेरो फेसबुक वालमा लेख्नु भएको म्यासेज पढे । इन्टरनेट पत्र पठाउनु भएकोमा यहाँलाई धन्यवाद, त्यो भन्दा बढी तपाईको प्रतिक्रिया, सुझाव र गुनासोका लागि धन्यवाद ।
हुन त तपाई सार्वजनिक मान्छे हो । र, त्यो भन्दा बढी राजनीतिक मान्छे । म राजनीतिक रिर्पोटिङ गर्ने एउटा सिकारु पत्रकार । तपाई र मेरो संवन्ध भनेको पत्रकारिता बिचको संवन्ध मात्रै हो । र, तपाईले लुकाउन खोज्ने र मैले खोतल्न खोज्ने कारण नै तपाई हाम्रो बिच सम्बन्ध रहने हो, त्यसले नै संवन्ध जोडने र जीवन्त बनाउने हो ।
तर पनि म यहाँलाई यो भन्न चाहान्छु किन मैले तपाईलाई दुईवटा कारणले मात्र पछयाइरहेको छु । तपाईको एउटा सुन्दर पक्षले मलाई जहिल्यै पनि तानिरहयो, त्यो के हो भने तपाईले सर्वोच्च अदालतको आदेशलाई शिरोपर गरेर जेल स्विकार्नु भयो, त्यसलाई नकार्नु भएन् । दोषी किटान हुदाँ पनि भाग्नेको भीड बढिरहेको बेला तपाईले जेल स्विकार गरेर राज्यलाई बलियो बनाउने प्रयास गर्नुभयो र कानुनी राजको पक्षमा उभिनु भयो । एउटा बहालवाला मन्त्रीले राज्यको कानुनलाई मानेको एउटा सुन्दर दृश्य तपाईले नेपालको इतिहासमा पस्कनु भयो । र, सद्यैका लागि ‘जित्नु’ भयो ।
र त, सजायँ भोग्नु भन्दा अघि जुन त्रसित मानशिकता तपाईले बोकिरहनु भएको थियो, सायद अब त्यो त्रसित मानशिकता तपाईसँग छैन किनकी अब तपाईलाई त्रसित हुनुको कुनै कारण छैन । र त मलाई लाग्छ, तपाई तराई मधेस जागरण अभियान लिएर ‘गर्व’ साथ हिडिरहनु भएको छ ।
दोस्रो, कसैले मानोस/नमानोस वा ‘भ्रष्टचारी नेता’ भनेर तपाईलाई अस्विकार वा दुत्कार नै गरोस । तर, तराई मधेसका सबालमा एजेन्डागत सबालमा बैचारिक÷सैद्धान्तिक/राजनीतिक मुद्धालाई बहसमा ल्याउन सक्ने क्षमता भएका केही मधेसी नेता मध्ये तपाई पनि एक भन्ने लाग्छ । म यो यसका कारण भनिरहेको छु कि तपाईका आलेख, लेख र बिचारमा देखिने बिषय प्रतिको गाम्र्भियताले त्यस्तो संकेत गरेको मैले पटक पटक पाएको छु (अरुलाई यो नलाग्न पनि सक्छ) । भलै, त्यसमा तपाईको राजनीतिक स्वार्थ पनि लुकेको होला । त्यो तपाईको आत्मसमिक्षाको कुरा हो तर मेरो सोझो आँखाले त्यही देखिरहेको छ ।
मैले तपाईका बारेमा ब्लग लेखिरहेको बेला सद्यै भनिरहेको थिए कि जेल यात्रालाई तपाईलाई ‘मधेसी रङ’ नदिनुहोस्, र ‘साम्प्रादायिक रङ्ग’ पनि त्यसमा नपोत्नुहोस् । किनकी, पहाडिया मुलका तपाईका साथी खुमवहादुर खड्का र चिरिञ्जीबी वाग्ले पनि सोही प्रकृतिको मुद्धामा जेल गएका हुन्, खड्का त अझै जेलमा नै छन् । त्यसकारण जेल गएर राज्यको कानुनलाई स्विकार गरेर "ठुलो छात्ती" देखाइसकेको राजनीतिक मान्छेले बिभिन्न ‘रङ्ग’ हालेर अबका दिनमा "सानो चित्त" देखाउन तपाईलाई सुहाउन्न । मेरो चाँही हिजो पनि यही बिचार/सुझाव थियो, आज र भोली पनि यही बिचार/सुझाव रहनेछ । (हुन त म तपाईलाई सुझाव दिने हैसियतमा छु म भन्दै भन्दिन् पनि, र यो पनि भन्छु कि तपाई जस्तो ब्यक्तिलाई सुझाव दिन म बबुरोलाइ सुहाउँदैन पनि तर मनमा लागेको कुरा भनेको मात्र हुँ ।)
अब तपाईको फेसबुक टिप्पणी बारे । तपाइले आफ्नो बारेमा लेखिएको पछिल्लो ब्लगका सबालमा मलाई इन्टरनेट पत्र लेख्नु भएको होला । जुन एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई तपाईलाई फोन गरेको प्रसङ्गमा आधारित थियो । जुन दिन सरुदल मियाँको हत्या भएको थियो, त्यो दिन प्रचण्ड नेतृत्व संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकमा स्वयं प्रचण्डले सुनाउनु भएको कुरा हो । (भलै, त्यो बैठकले निर्णय गरे अनुसार मियाँको श्रद्धाञ्जली सभा भने गठबन्धनले अझै गर्न सकेको छैन) । लाजिम्पाटस्थित दाहाल निवासमा भएको बैठकमा तपाईका नजिकका मित्र पनि छन्, तपाई आफै पनि सो बारे बुझ्न सक्नु हुन्छ । प्रचण्डले किन त्यसो भने ? त्यो उनले नै जानुन । सत्य नै भने वा असत्य त्यो प्रचण्डको कुरा हो । तर जे होस, उनले तपाईले फोन गरेको प्रसङ्ग भने सबै नेताका सामु सुनाएका थिए। त्यो सुन्ने धेरै नेतामध्ये एक मधेसवादी नेताले मलाई पनि सुनाएका हुन्, त्यसपछि मैले सो ब्लग लेखेको हुँ ।
अर्को कुरा, तपाईले बैशाख ५ गते भविश्यमा निर्वाचन नलडने घोषणा बिराटनगर पत्रकार सम्मेलन गरेर नै भनि सक्नु भएको स्मरण मलाई गराउनु भएको छ । मलाई लाग्छ, तपाईले त्यो घोषणा गरेर ठिकै निर्णय गर्नुभयो । विद्यमान कानुनले पनि तपाईलाई कम्तिमा छ बर्ष निर्वाचन लडन दिदैन्, झन भविश्यमा पनि नलडने कुरा गर्नुभएको रहेछ । अझ तपाईले मलाई लेखेको इन्टरनेट पत्रमा भन्नु भएको छ– मैले त वक्तव्य दिएरै भनेको छु, फाजदारी अभियोग लागेका वा लगाइएका कसैलाइ पनि चुनावमा भाग लिन दिनु हुदैन । ब्यक्तिगत रुपमा तपाईको यो बिचारमा म सहमत छु र यसमा इमान्दारिता नै देखाउनु (भन्नका लागि मात्र नभनिएको हो भने) भएको भने त्यो निकै नै स्वागत योग्य हो । मलाई लाग्छ, तपाईले निकै गम्भिर कुरा राख्नु भएको छ ।
नेता हुनलाई निर्वाचन नै चाहिन्छ भन्ने होइन, निर्वाचनमा सहभागी नभई पनि नेता हुन सकिन्छ । उदाहरणका लागि गणेशमान सिंह नै काफी छन्, जो हिजो तपाईका आफ्नै नेता पनि त हुन् । उनी निर्वाचन नलडे पनि पुज्यनीय छन र सर्वमान्य पनि छन् । सबै राजनीतिक बिचारका आस्थाका धरोधर पनि हुन् । सायद, उनलाई कसैले पनि गाली गर्दैनन्, गरेको मैले चाँही सुनेको छैन् । यो विश्वास तपाईलाई पनि लागेको हुनुपर्छ ।
हरेक मान्छेले गल्ति गर्छ, गल्ति नगर्ने मान्छे नै हुदैन । तर, मुटु भएको र इमान्दारी छ भन्ने त्यही ब्यक्ति देखिन्छ, जसले गल्तिलाई सहर्ष स्विकार गर्छ र हार्दिकता पुर्वक सजाँय भोग्न तयार हुन्छ । माहात्मा गान्धीले भन्नु भएको छ, ‘माफी माग्नु र गल्ति स्विकार सानोतिनो मुटु भएको मान्छेले गर्न सक्दैन, यो धेरै नै ठुलो संघर्ष हो, ठुलो काम हो ।’ तपाईले त यी दुवै काम गरिसक्नु भएको छ । अब तपाईसँग डर भन्ने नै छैन् । जब डर भन्ने नै हुदैन भने उसको अगाडी त सद्यै जीत रहन्छ ।
त्यसैले, मेरो (र सायद अरुका पनि) चासो यो छ कि तपाई राजनीतिमा अबका दिनमा कतिको इमान्दारीताका साथ प्रस्तुत हुनुहुन्छ ? कुन ‘रङ्ग’को राजनीति बोकेर तपाई पुनः सडकमा देखिनु हुन्छ ? र, राजनीतिमा अब देखिने भुमिकाले मधेसको मात्रै होइन, समग्र देशलाई के फाइदा लिन सक्छ ? यस्ता कयौं सबाल छन् । जसले तपाईको भुमिकालाई नजरअन्दाज गर्न खोजिन्छ ।
तपाई पटक-पटक मन्त्री भइसकेको मान्छे, राज्य संचालनको जिम्मेवारीमा बसिसकेको मान्छे । तर, तपाई आजकाल आफुलाई मधेसका सानो घेरामा राखिरहनु भएको छ, त्यही रमाउन खोजिरहनु भएको छ । मलाई लाग्छ, तपाई बृहतवाट सुक्ष्म घेराको राजनीतिमा खुम्चिन खोजिरहनु भएको छ । ‘रङ्ग’को राजनीति गरेर आफु उभो लागिन्छ भन्ने सोच्नु भएको पनि होला । अथवा, मेरो राष्ट्रिय उपस्थिति भन्दा क्षेत्रीय उपस्थिति नै बेस होला भन्ने लागिरहेको पनि होला ? एक पटक तपाईले फेरी सोच्नु पर्ने बेला भइसकेको छ कि मेरो राजनीतिक बाटो कुन हो र ? कता हो ? कस्तो हो ? भन्ने बारे ।

अन्त्यमा,
गुप्ताजी, तपाईलाई ‘भ्रष्टचारी’ मैले भनेको होइन, त्यो सर्बोच्च अदालतले भनेको हो । तपाई जस्तै म पनि राज्यको कानुनलाई स्विकार गर्छु, शिरोपर गर्छु । राज्यले नै तपाईलाई सो बिल्ला लगाएकोले तपाई जेल जानु भएको हो । अझ, स्वयं तपाईले नै स्विकार गरिसक्नु भएको स्थीति हो । जब तपाईले नै स्विकार गरि सक्नु भएको छ भने मैले भन्न पाउने कि नपाउने ? तपाईले नै निर्णय गरिदिनु होस् । आखिर तपाई पनि एक जमनामा पत्रकार नै हुनुहुन्थ्यो । यदी मेरो ठाउँमा आज तपाई भएको भए लेख्ने पनि यही नै हो । यद्धपी, हिजोको बिगतलाई आज र भोलीको सन्दर्भमा जोडनु गलत होला, त्यसमा तपाईको सुझाव र गुनासो पछि भने सचेत भने रहनेछु । पत्रका लागि यहाँलाई फेरी पनि धन्यवाद ।
तपाईको
प्रकाश तिमल्सिना

No comments:
Post a Comment