बालकृष्ण ढुंगेल, पुर्व सभासद हुन् । र, एनेकपा माओवादीका बैकल्पिक केन्द्रिय सदस्य पनि, त्यो भन्दा बढी ‘बिबादित’ सार्र्वजनिक ब्यक्ति हुन् । ओखलढुंगावाट संविधानसभामा प्रतिनिधित्व गर्ने उनै ढुंगेललाई त्यहीँका उज्जवनकुमार श्रेष्ठको हत्या गरेको अभियोग लाग्यो । बर्षौसम्म मुद्धा चल्यो, उनी ८ बर्ष जेल पनि बसे, पछि उन्मुक्ति पाए र छुटे र संविधानसभामा पुगे ।
पुनः पीडित परिवारले उनको बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा हाल्यो । सर्बोच्चले पीडित परिवारको पक्षमा सुनवाई गर्दै ढुंगेललाई सर्वस्वहरणसहित आजीवन कारावासको सजाय सुनायो । जसका कारण कानुनका नजरमा उनी अहिले ‘फरार अपराधी’ हुन् । तर, ‘फरार अपराधी’ ढुंगेल भने कहिले तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई (हुन त ढुंगेल भट्टराई निकट नै छन पार्टी भित्र) सँग देखा परिरहेका हुन्छन त कहिले पक्राउ गर्ने प्रहरीले नै उनलाई कयौं पटक सुरक्षा दिएको छापा र बिद्युतीय सञ्चार माध्यममा देखा परिरहन्छन् । माओवादी मुख्यालय पेरिसडाडाँमा पनि नियमित जान्छन् तर प्रहरी भने ढुंगेललाई फेला नै पार्न सकिएन भनेर जवाफ दिन्छ र दुनियालाई हसाउँछ ।
अदालत पक्रन आदेश दिने र ढुंगेल पक्राउ खान नमान्ने अनि नागरिक समाज र मानवअधिकारवादी उनलाई पक्राउ गर्न निरन्तर राज्यलाई दबाब दिने घटनाक्रमका बिच यतिखेर ढुंगेलको जीवन गुज्रिरहेको छ । मलाई लाग्छ, यो अवस्थामा रहनुको पीडा निकै नै गा¥हो हुन्छ तर ढुंगेलले भने बिगत ४ बर्ष देखी त्यसलाई निरन्तर सामाना गरिरहेका छन् । पुनः पीडित परिवारले उनको बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा हाल्यो । सर्बोच्चले पीडित परिवारको पक्षमा सुनवाई गर्दै ढुंगेललाई सर्वस्वहरणसहित आजीवन कारावासको सजाय सुनायो । जसका कारण कानुनका नजरमा उनी अहिले ‘फरार अपराधी’ हुन् । तर, ‘फरार अपराधी’ ढुंगेल भने कहिले तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई (हुन त ढुंगेल भट्टराई निकट नै छन पार्टी भित्र) सँग देखा परिरहेका हुन्छन त कहिले पक्राउ गर्ने प्रहरीले नै उनलाई कयौं पटक सुरक्षा दिएको छापा र बिद्युतीय सञ्चार माध्यममा देखा परिरहन्छन् । माओवादी मुख्यालय पेरिसडाडाँमा पनि नियमित जान्छन् तर प्रहरी भने ढुंगेललाई फेला नै पार्न सकिएन भनेर जवाफ दिन्छ र दुनियालाई हसाउँछ ।
ढुंगेल र उनको पार्टी माओवादी द्धन्द्धका दुई सिक्का र पाटा हुन्छन, त्यसैले युद्धकालिन मुद्धालाई त्यही अनुसार हेर्नुपर्छ भनेर तर्क गरिरहेका छन् । यता पीडित परिवार भने ब्यक्तिगत रिसिइवीले गरेको हत्यालाई युद्ध र दन्द्धसँग जोडेर हेर्नु हुदैन, त्यो गलत हो भन्छन । र, न्याय पाऊँ भन्दै सिंहदरवार र बालुवाटार अगाडी रोइकराई गर्छन । जति ढुंगेलले मानशिक तनाव भोगिरहेका छन, त्यो भन्दा कम छैन पीडित परिवार भित्रको तनावको पनि ।
तर पनि अहिले सम्म न त प्रहरीले ‘फरार’ ढुंगेललाई पक्राउ गर्न सकेको छ, न त पीडित श्रेष्ठ परिवारले न्याय नै पाएका छन् । जे होस, ढुंगेल र श्रेष्ठ परिवारका कारण न्यायिक र मानवअधिकार क्षेत्रमा भने तिव्र बहस जारी छ । यो बहस कहिले टुंगिने हो, थाहा छैन ।
यद्धपी, हामीले श्रेष्ठका परिवारका दुःख र कष्टका धेरै कुरा थाहा पाएका छौ, पढेका छौ तर उनै ‘फरार’ ढुंगेलका कुरा भने अझै पढन र सुन्न पाएका छैनौं (पाए पनि कम नै पाएका छौं) । उनी के सोच्छन र के भन्न चाहान्छन ? त्यो पनि हामीले वुझिदिनु पर्छ, सुुनी दिनुपर्छ । उनलाई टाढा राखेर हेर्नु हुदैन् । त्यसैले ढुंगेललाई सुन्न र हेर्न उनको फेसबुक एकाउन्टको पछि लागियो । फेसबुकमा कतै उनी निरिह भएर प्रकट भइरहेका छन भने कतै चर्को स्वरले ‘बिरोधी’ गाली पनि गरिरहेका देखिन्छन् । यी दुई भिन्न भिन्न मनोदशा विच उनको फेसबुक स्टाटस अघि वढीरहेको देखिन्छ् ।
यो आलेख तयार पारुन्जेलसम्म उनको फेसबुकमा २ सय ९० जना साथी छन् । जहाँ उनले पारिवारिक तस्विर पनि हालेका छन र ओखलढुंगाको पोकली झरनालाई विशेष महत्व दिएका छन् । ब्याक ग्राउन्डमा पोकली झरना राखेका ढुंगेलले आफ्नो प्रोफाइल तस्बिर भने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईसँगै कुनै एक कार्यक्रममा पुरस्कार बितरण वा सम्मान गरिरहेको जस्तो झल्कने तस्विर राखेका छन् । उनै ढुंगेलले आफु माथी भइरहेका प्रहारको प्रतिवाद कसरी फेसबुकवाट गरिरहेका छन् र उनलाई अरुले कस्तो प्रतिक्रिया दिएका छन त ? यसो केलाउने कोशिश गरिएको छ ।
"जनताको मझेरीमा" भन्दै राखिएको फोटो |
# ढुंगेलले लेखेको फेसबुक स्टाटस
* जनाताको माया अशिम हुनेरहेछ । भोली जेठ २५ गते एकिक्रित नेकपा
माओवादी को केन्द्रिय समितीको बैठक बस्नु भन्दा अगी जनता सँग छलफाल हुँदै ।
पाएको प्रतिक्रिया:
+ शुद्ध संग लेख्न सिक्नुस है कमरेड ! पढ्ने बेलामा 'बुर्जुवा शिक्षा' भन्दै मान्छेको प्राणपखेरू उडाउँदै हिडेर सायद पढ्न नपाउनु भएको कारणले होला ..... !
+ शुद्ध संग लेख्न सिक्नुस है कमरेड ! पढ्ने बेलामा 'बुर्जुवा शिक्षा' भन्दै मान्छेको प्राणपखेरू उडाउँदै हिडेर सायद पढ्न नपाउनु भएको कारणले होला ..... !
- by Rajesh khatiwad
+ हो
निर्दोश माओवादी हुन या अन्य ति सबै नेपाली नागरिक हुन। अपराध जस्ले
गरेपनी त्यो अपराध हो। अनुहार हेरेर अपराध र निर्पराध भन्ने हुँदैन।
त्यसैले जस जसले अपराध गरे तिनलाई ठिगुराउनु पर्छ भन्दा माओवादी नै सबै
अपराध चोख्याउन लागेको छ। अझ न्यायलयले हत्यारा साबित गरेका मान्छेलाई
च्यापेर हिंडेको छ। त्यसैले माओवादी हत्यारा भनेको।
- by Guru bhattrai
+ जनताको सजाय पनि कठोर नै हुन्छ है कामरेड ! हजुरको कानूनी शासन प्रतिको "अगाध प्रतिबद्दता"लाई पनि जनताले हेरि रहेका होलान् भन्ने पनि नभुलौ है !!
- som khanal
# ढुंगेलले लेखेको फेसबुक स्टाटस
मुमाराम
खनाल र सुरेन्द्र के सि को लेख पढदा उहाहरुको बौदिकस्तर बाचापन भन्दा माथि
उठेको रहेनछ । एमाओबादी अदक्ष्य प्रचन्डको चाइना र भारत भर्मन फुर्सद्को
टाईम पास रे । बिषयबस्तु जान्दा जान्दै पनि यि विद्वान मित्रहरुको स्तर
देख्दा भने नेपाली बुदिजिबी भानेहारु कतै न कतैबाट हुन्दी खानेहरु हुन
भन्दा पनि फरक नपर्ला कि त !! एसो भन्दा धेरै को चित दु:खला पनि तर यथार्थ
यस्तै छ । म के गरौ !!
पाएको प्रतिक्रिया:
+ याहा सँग बुद्दि हुनु पनि पर्योनी अरुको बौद्दिक स्तर बुझ्न। की कसो? बुद्दि भए उनीहरुले राखेको बिषयमा तर्क गरीहालिनिथ्यो नी।
- by guru bhattrai
- by guru bhattrai
# ढुंगेलले लेखेको फेसबुक स्टाटस
* बल्खु खानामा पागल हुनेहारुको यो दुनियाँमा उपचार सम्बभ छैन । माधवजी तपाईं राचिमा गएर पनि के गर्नु र ! !!
# ढुंगेलले लेखेको फेसबुक स्टाटस
* न्यायोचित
जनातको जनायुद्धलाई अपराधीकरन गर्ने र हजारौ निर्दोश जनतालाई मुद्धा लगाएर
धेरै यतना र कस्त डिनेहरु अहिले लुतको संसार गुमेकोमा मुर्छामा छान र
टाउको उथाउने चेता गर्दै छन । तिनिहरुलाई हामी प्रतिगमी भन्न सक्छौ ।
पौडेलजी तपाईंको कितता छुताउनु परला र ?
पाएको प्रतिक्रिया:
+ अपराध गर्नेले सजाय पाउन यहि बर्ष भित्रैमा!!
- by som khanal
# ढुंगेलले लेखेको फेसबुक स्टाटस
नब
बर्ष २०७० को उपलक्क्षमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदिबहिनी र आमाबुवामा
मेरो तर्फ बाट हार्दिक शुभकामना छ । नब बर्षमा प्रतिगमी, तस्कर, दलरबादी,
एथस्थितिबादी, भ्रतचारी, र शातिप्रकृया बिरोदिहरुलाई टाउको उथाउन नदिने
सन्कल्प गरौ ।
पाएको प्रतिक्रिया:
* हत्यारालाई के गर्ने कमरेड ?
* हत्यारालाई के गर्ने कमरेड ?
- by Devendra Chaulagain
* बालकृष्णजी , जम्मा कति किलास पढ्नु भाको हो तपाईँले ? शब्दहरूमा शुद्धता त देखिएन नि ....!
- By Rajesh khatiwada
* न्यायोचित
जनातको जनायुद्धलाई अपराधीकरन गर्ने र हजारौ निर्दोश जनतालाई मुद्धा लगाएर
धेरै यतना र कस्त डिनेहरु अहिले लुतको संसार गुमेकोमा मुर्छामा छान र
टाउको उथाउने चेता गर्दै छन । तिनिहरुलाई हामी प्रतिगमी भन्न सक्छौ ।
पौडेलजी तपाईंको कितता छुताउनु परला र ?
-Answer by balkrishna
# ढुंगेलले लेखेको फेसबुक स्टाटस
"जनताको साथमा" भन्दै राखिएको फोटो |
प्रतिकृयाबदी,
भस्ताचारी, प्रतिगमन्कारी र दलरको खेती गर्नेहरुले दिवा सपनामा
परिवर्तनको बेगलाई छेक्ने प्रएत्न गर्न सक्छन । तर दिवा सपना निकै मिठो
हुन्छ र, एथार्थ अर्कै । मंसिरमा पनि नहुने संबिधानसभाको चुनावमा एमाले
भन्ने नपुन्सक प्रतिकृयाबदी पार्तिले चुनाबी अवियान्को मुखया नारा नै
मबिरुद्ध बनाएछ । हरेक नेताको भासानमा मेरो नाम आएकै हुन्छ । वास्तवमा
भन्ने हो भने बिर्हत शान्ति प्रकृयाको बिरुद्ध मलाई पात्र
बनाएर जसरी दलरको खेती गर्नेहारुले मलाई अपराधी घोषणा गरेक छन । अर्कोतिर
मलाई जनताले ट्यो भन्दा बढी माया गरेको हेर्न मन छ भने मेरो क्षेत्र नम २
ओखल्ढुङ्गामा गएमा सबै कुरा देखन सक्नुहुनेछ ।
जनता को नेता को हो भन्ने कुर पनि यदी चुनाव भयो भने थाहा पाउनु हुनेछ । लिखु खोला देखी दुधकोसीसमका जनतलाई सोद्धनु कि बालक्रिश्न धुङेल को हो भनेर । अहिले परिवर्तनक लागि गरिएको जनयुद्धलाई जसरी अपराधीकरन गर्न खोजिएको छ, तेस्को जबाफ जनतले नै दिनेछन ।
जनता को नेता को हो भन्ने कुर पनि यदी चुनाव भयो भने थाहा पाउनु हुनेछ । लिखु खोला देखी दुधकोसीसमका जनतलाई सोद्धनु कि बालक्रिश्न धुङेल को हो भनेर । अहिले परिवर्तनक लागि गरिएको जनयुद्धलाई जसरी अपराधीकरन गर्न खोजिएको छ, तेस्को जबाफ जनतले नै दिनेछन ।
# ढुंगेलले लेखेको फेसबुक स्टाटस
वार
को कुरा गरेर वा बिगतमा भएका युद्दाकालिन घटनालाई चलाऊने हो भने त फेरी पनि
शान्ती होइन, वार लाई नै रोज्नुपर्छ । कि त तपाईं जस्ता मित्रहरुले
भन्नुस् कि हामी शान्ती प्रकृया को बिरोदी हौ ।
उनले लेखेको स्टाटसमा कमै प्रतिक्रिया आउँछन (सायद साथी नै कम भएर पनि होला), त्यो पनि धेरै जसो उनलाई गाली गरेको । त्यसैले होला, ढुंगेल कमै मात्र फेसबुकमा स्टाटस लेखिरहेका देखिन्छन ।
जे जे आरोप लागे पनि उनको कुरा पनि सुनिदिनु पर्छ भनेर मात्र यो ब्लग लेखेको हुँ । न त मलाई ढुंगेलको पक्षमा बचावट गर्नु छ, न त पीडित श्रेष्ठ परिवारको अपमान नै गर्नु छ । बरु, राज्यको कानुनलाई मान्ने एउटा ब्यक्ति भएका नाताले उनले सर्वोच्च अदालतको आदेश स्विकार गरेर मानशिक यातना कम गर्नुहोस् भन्ने सुझाव दिन्छु ।
जे जे आरोप लागे पनि उनको कुरा पनि सुनिदिनु पर्छ भनेर मात्र यो ब्लग लेखेको हुँ । न त मलाई ढुंगेलको पक्षमा बचावट गर्नु छ, न त पीडित श्रेष्ठ परिवारको अपमान नै गर्नु छ । बरु, राज्यको कानुनलाई मान्ने एउटा ब्यक्ति भएका नाताले उनले सर्वोच्च अदालतको आदेश स्विकार गरेर मानशिक यातना कम गर्नुहोस् भन्ने सुझाव दिन्छु ।
No comments:
Post a Comment