Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, June 17, 2013

अटो रिक्सावालाको कथा पढने, अनि पो त दङ्ग पर्ने !!!

तस्बिरमा देखिएका यी अटो रिक्सा चालक तपाईलाई सामान्य ब्यक्ति लाग्न पनि सक्छ किनभने यस्ता अटो रिक्सा चालक विश्वमा (खासगरी भारतमा) लाखौंको संख्यामा छन । तर, यी रिक्सा चालक तपाई हामीले सोचे जस्तो सामान्य ब्यक्ति भने हुदैँ होइनन् । उनी अब रातारात असामान्य ब्यक्ति हुन पुगेका छन् ।
अब यी रिक्सा चालकले घरबाट निस्कदा र आउँदा सुरक्षाकर्मीले नियमित सलामी दिदैछन् । सकेसम्म दाया बायाँ रहेका सरकारी तथा अन्य सर्वसाधारणले सबैभन्दा बढी चाकरी पनि उनको गर्नेछन् । उनका अटो रिक्सा चलाउने साथीहरु उनको दिन बलेको देखेर आश्चर्य पनि मान्नेछन् । किनकी, हिजोसम्म अटो रिक्सावालमा सिमिति उनको परिचय अब पुरै बदलिएको छ ।
भारतको गुजरातस्थित राजकोट नगरको मेयर पदमा यीनै अटो रिक्सावालका पत्नि रक्षा बेन चयन भई दिएकी छिन् । भारतीय जनता पार्टीका एक साधारण कार्यकर्ता बेन मेयरमा चयन भए पछि केही दिन भित्रै ‘मेयर निवास’मा सर्दै छिन् र सँगसँगै अटो रिक्सा चलाउने पति पनि । सानो दुई कोठे घरमा बस्दै आएका बेनसँगै उनका पति रघुभाई नारंगभाई बोलिया यही साता राजकोट भवनमा प्रवेश गर्दैछन् ।
बिसौं बर्ष देखी अटो रिक्सा चलाउँदै आएका रघुभाई र उनकी श्रीमती रक्षा भारतीय जनता पार्टीमा आबद्ध थिए । अटो रिक्सा चलाएर कमाएको आम्दानी बाहेक आम्दानीको अर्को स्रोत उनीहरु सँग छैन् । गरिब परिवारका रघुभाई झुपडीमा बस्दै आएका थिए । दुई दशक भन्दा लामो समयसम्म भाजपामा आबद्ध तथा र संंगठनमा क्रियाशिल भएकै कारण पत्नि रक्षा बेन मेयरमा प्रस्ताबित भएकी थिइन् ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा गुजरातका मुख्य मन्त्री नरेन्द्र मोदीले बेनलाई मेयर बनाएर पार्टी गरिबको पक्षमा रहेको बताए । बेनलाई मेयरको प्रस्ताव मोदीले नै गरेका थिए, जुन राज्य पार्टीले भारी मतले अनुमोदन गरेको थियो । पार्टी बैठकमा उनको नाम प्रस्ताव भइरहदाँ बिपक्षमा कोही पनि देखिएनन् अथवा मोदीका सामु कसैले बिरोध गर्न पनि सकेन् । ‘भाजपा गरीबहरुको पनि पार्टी हो भनेर रक्षाजीलाई राजकोटको मेयर बनाएर त्यसको थप पुष्टी गरेको छ’ मोदीले भने । रक्षालाई मेयरमा चयन गरेसँगै गरिबलाई माथिल्लो तहमा ल्याउनका लागि भाजपाले निकै ठुलो योगदान गर्ने पनि मोदीले बताएका छन् ।
मेयर पदमा आफ्नी श्रीमती रक्ष चयन भए पनि रघुभाईले भने अटोरिक्साको रोजगारीलाई निरन्तरता दिने बताएका छन् । ‘मेयर भवनवाटै म अटो रिक्सा लिएर निस्कन्छु, दिनभर काम गर्छु र साँझ पहिला झै आम्दानी गरेर घर फर्कन्छु’ रघुले भनेका छन् । श्रीमती मेयरमा चयन भए पनि रघुभाई भने आफ्नो पुरानो पेश छोडन चाहादैनन् । र, पहिला झै अबका दिनमा पनि अटो रिक्सालाई आम्दानीको स्रोत बनाउने उनको भनाई छ । ‘उनको (रक्षा) को पो काम छ, मेरो त केही काम छैन, म काम नगरी बस्न सक्दिन्, त्यसै बस्दा बानी बिग्रन सक्छ’ रघुभाईले मिडियासँग भने ।
तर, उनले अटोरिक्सा लिएर बाहिर निस्क्दा मेयर पत्निको सुरक्षामा खटिनेले भने सलाम गर्नुपर्ने बाध्यता पर्ने भएको छ । निवासमा आउँदा र जाँदा दुबै समय उनलाई सुरक्षाकर्मीले सलामी दिनेछन् । ‘मेरो पहिला भन्दा दोब्बर आम्दानी हुन सक्ने देखेको छु, मेयरको पतिले चलाएको अटो रिक्सामा चढन धेरैले खोज्छन्’ उनले हाँस्दै भने । जे होस, रघुभाई आफ्नो पेशालाई भने निरन्तरता दिन चाहान्छन् ।
रघुभाई र उनकी श्रीमति मोदीलाई भने धेरै धेरै धन्यवाद दिन्छन् । ‘पार्टी प्रतिको आस्था र सम्मान हामीमा कहिल्यै डगमगाएनन, आज मोदीजीले हामीलाई ठुलै उपहार दिनु भएको छ, उहाँलाई धन्यवाद’ रघुभाईले भने । जनता प्रति सद्यै जिम्मेवार भएर प्रस्तुत हुने र आफु जस्ता गरिबको जीवनस्तर उठाउन हरदम खटने प्रतिज्ञा श्रीमान÷श्रीमतिले गरेका छन् ।
 
आजतक लगायत एजेन्सीको सहयोगमा  





No comments:

Post a Comment