रयालीमा प्रयोग भएको मोटरबाइक |
हिजो बिहानै देखी अपरान्ह २ बजेसम्म एकजना चिनेका मित्रका मिसडकल आइरहयो । संयोग नै भनौ, जतिखेर उनको मिसड्कल आउँथ्यो, त्यतिखेर म तत्काल फोन फर्काउने अवस्थामा हुन्नथे, म ‘सिनियर’ दाजुहरुसँगको ग्यादरिङमा रहन्थे वा अन्य
काममा । फकार्उला भन्दा भन्दै बिर्सेछु तर पनि मिसड्कल भने आउन छाडेन । तर,
जसले मलाई दिनभरी जसो मिसडकल दिए, उनीसँग साँझपख अचानक भेट भयो । भेटन
बितिक्कै उनले भने, ‘प्रकाशजी, तपाईलाई एउटा कार्यक्रममा ‘इन्भाइट’ गर्न
खोजेको थिए, तर तपाईले मेरो फोन नै फर्काउनु भएन ।’ मैले सुनिरहे, उनी
भन्दै थिए, ‘झन पुरानो मित्र भनेर सेकुवा, तास सँगै बसेर खाउँला भनेको
तपाईले त कुनै वास्तापास्ता नै गरिदिनु भएन ।’ पछि कुरा बुझ्दा थाहा भयो,
पुरानो बानेश्वरमा बेरोजगार युवा संघको भेलाका लागि रिर्पोटिङका लागि उनले
खबर दिन खोजेका रहेछन् । मोबाइलमा ब्यालेन्स नभएकाले मिसडकल दिइरहेका
रहेछन, उनले । खैर, यहाँसम्म त केही कुरा नै छैन । तर, उनको कुरा सुन्दा
भने म दंग खाए (सायद तपाई पनि खानुहोला) ।
अध्यक्ष सागर बहिनी नायिका रेखा थापासँग |
भेलामा उनै सागरले मुलुकका ७७ प्रतिशत कलकारखाना बन्द भएकोमा मात्रै बताएनन, १ करोड ३० लाख अझै बेरोजगार रहेको पनि त्यहाँ बताए । ‘अरुका लागि लड्यौ पटक पटक, आफ्नै लागि लडौ एक पटक’ भन्ने सोलोगनसहित सो संघ केही दिन अघि नागढुंगावाट काठमाडौंमा गाडी पस्न दिएन् । त्यो भन्दा अगाडी बेरोजगार युवाहरुले काठमाडौंमा मोटरबाइक ¥याली नै गरे, बन्दको प्रचार गर्ने उदेश्यले ।
नेताहरुले युवालाई झोला मात्रै बोकाउने काम गरेको तर जीवन स्तर उकास्न भने कुनै पनि भुमिका नखेलेको भन्दै सागरले कुनै पनि नेताको झोला नबोक्ने प्रण गरे । ‘हामीले धेरै नेताका झोला बोक्यौ तर पनि केही पाएनौं, त्यसैले अब प्रचण्ड स्रचण्ड कसैका झोला पनि बोकिदैन ।’ र, उपस्थित युवाहरुलाई आफ्नै पाखुराले गरेर देखाउनु पर्ने बेला आएको भन्दै हौसला दिए ।
सबै बिचार र पार्टीमा आस्था राख्ने युवाहरुको सहभागीता रहेको जनाउँदै सागरले संघले कुनै पनि राजनीतिक दलको एजेन्डा बोकेर नहिड्ने पनि जानकारी दिए । ‘यो संगठन कुनै पनि पार्टीसँग संबन्ध राख्दैन, यो बिशुद्ध बेरोजगार युवाहरुको संगठन हो, हामी कसैको झन्डा बोकेर हिडने पक्षमा छैनौ’ उनले प्रस्टीकरण दिए । नागढुंगा–मुग्लिङ सडक खण्ड बन्द गरे पनि देशै ठप्प पार्न सक्ने हौसाला र साहास प्राप्त भएको पनि उनले जानकारी दिए ।
सागरका भाषण सुन्न बेरोजगार युवाहरु पल्सर बाइक, आर फिप्टिनजस्ता बाइकमा आए, बाजेको सेकुवामा भेला भए, सेकुवा÷तास पनि खाए र ‘क्रान्ति’का लागि निस्किए । सागर बेरोजगार युवाको जमात देखेर दंग खाए ।
बेरोजगार संघको क्रियाकलाप त यहाँसम्म ठिकै होला । अझ रोचक त के छ भने त्यही संगठनका काठमाडौंका अध्यक्ष रहेछन, भोला खड्का नाम गरेको एक जना बेरोजगार युवा । खडका चाँही बागबजारमा रहेको एउटा रेष्टुरेन्टका संचालक रहेछन, जुन श्रेष्ठ टेलरिङको ठिक अघिल्तिर रहेको एउटा गल्लीमा अबस्थित रहेको छ । तीनै अध्यक्षले काठमाडौंका ‘बेरोजगार युवा’लाई चलाइरहेका छन् र भनिरहेका छन, ‘तपाई हामी सबै बेरोजगार, अब एकजुट भएर लडनु प¥यो ।’ खडकालाई हेर्दा एउटा कुरा भन्न सकिन्छ, रेष्टुरेन्ट मालिक नै बेरोजगार न छन भने अरु नहुने त कुरा नै भएन ।
खैर, बेरोजगारको सो भेलाले पुरानो वानेश्वर, मैतीदेवी, गौशाला र रातो पुलको एरिया कमिटि भने गठन त्यही दिन गरे । बाजेको सेकुवामा अघाई सके पछि पल्सर, आर फिप्टिनजस्ता बाइक चढेर कार्यक्षेत्रमा तिनीहरु फर्किएका छन् ।
हुन त संघका अध्यक्ष सागर आजकाल भेलामा आफुलाई एकीकृत माओवादीको नेता भनेर कहिल्यै चिनाउन चाहादैनन् । किन चिनाउँदैनन ? त्यो उनी आफै जानुन् । उनलाई यो चाँही पक्कै लागेको छ, पार्टी नेतृत्वले युवालाई भरिया मात्रै बनायो, अरु केही दिएन । त्यसैले सो संघ खोलिएको तर्क उनी जहाँ जुन सुकै भेलामा पनि दिन्छन् । कुनै समय प्रचण्डको ‘खास युवा नेता’ आजकाल प्रचण्डसँग निकै बिरक्तिएका छन् ।
अझ उनको परिचय यहाँ पनि जोडौं । यीनै सागरले ‘चर्चित र लोकप्रिय’ एमाले युवा नेता तथा उर्जा मन्त्री गोकर्ण बिष्टलाई हराएर संविधानसभामा आएका माओवादी नेता हुन् । मोवाइल र युवाहरुलाई बक्सिस दिएर उनले बिष्टलाई चक्मा दिने गरी हराएको भन्ने उनका साथी बेला बेलामा भेटिन्छन् । यो पुरानो कुरा हो ।
जुन बेला उनी वाइसीएलका उपत्यका संयोजक थिए, त्यो बेला पार्टीको नामवाट रक्त चन्दन तस्करी देखी बिभिन्न ब्यापारीमाथी चन्दा आतंक चलाएको आरोप माओवादी भित्रैवाटै लागिरहयो । जनआस्था साप्ताहिकले त सागर भारतीय दुतावास भित्र पसेर लुसुलुसु "दान" लिने गरेको सम्म पनि लेखेको थियो । उनलाई पटक पटक ‘सुध्रन’ भनियो तर लागेको बानी उनले छुटाउन सकेनन् । परिणाम, पार्टी भित्रै भने दिन प्रतिदिन उनी अप्ठयारोमा पर्दै गए । त्यसपछि बैकल्पिक राजनीतिका रुपमा बेरोजगार युवा संघ खोलेर पार्टीलाई चुनौती दिए । परिणाम, पार्टीले उनलाई जिम्मेवारीवाट नै हटायो ।
# ## # # # # # #
हुन त सागरले नेपालकी चर्चित नायिका रेखा थापालाई बहिनी मानेका छन र काठमाडौं आए पछि नियमित रुपमा भाईटिका पनि लगाई रहेका छन् । भाइटिका लगाए पछि त्यो फोटो दाजुले सागरले नै सार्वजनिक गरे । तर, अचम्म मान्नै पर्ने घटना यी दाजु बहिनी बिचमा पछिल्लो समयमा देखा परेको छ ।
जुन बेला माओवादी नै जनताको मुक्तिकामी पार्टी हो भनेर दाजु लडाईमा सहभागी थिए, जनतालाई पनि त्यही भन्थे र विश्वास पनि गर्थे, त्यो बेला बहिनी रेखालाई चाँही फिल्ममा नाँच्दै फुर्सदै हुदैनथ्यो, उनलाई माओवादी भन्ने नै सायद थाहा थिएन होला । तर जब माओवादी प्रति सागरको विश्वास घटयो र युवालाई माओवादीले प्रयोग मात्र ग¥यो भन्ने निष्कर्ष निकाली बेरोजगार युवा संघ तिर लागे तब बहिनी रेखालाई चाँही जनताको मुक्तिकामी पार्टी भनेकै माओवादी भन्ने लाग्यो र आधिकारिक रुपमा माओवादीमा प्रवेश गरिन् । माओवादी बिचको हेराईमा यी दाजुबहिनी बिच नै फरक दृष्टीकोण देखा परेको अवस्था छ यतिखेर । अर्को संयोग पनि छ, जुन बेला माओवादीले दाजु सागरलाई जिम्मेवारीवाट हटायो, त्यसको केही दिन पछि बहिनी रेखालाई माओवादीले टिका लगाएर नै प्रवेश गराई दियो । अब चाँही के होला, यी दाजु बहिनीको संवन्ध ? त्यो चाँही अर्को तिहारसम्म कुनुपर्छ ।

# # # # # # # # #
जोडि हालौ न त एउटा कुरा पनि, मेरा एकजना पत्रका साथीका अनुसार थापाथलीमा त्यो संघको कार्यालय छ, त्यो पनि एउटा अन्तवार्ता लिन जाँदा मात्र देखेको थियो । उसका अनुसार, त्यहाँ राखिएका सोफा र टेबुल, कुर्सी मात्रै हे¥यो भने मानिस फ्ल्याट खादै मनमनै सोच्छ रे, ‘नाम चाँही बेरोजगार संघ, कार्यालयमा राखिएका सोफा र टेबुलचाँही यति मंहगा ?’ पहिलो चोटी संघको कार्यालयमा पस्दा उनलाई जस्तै अरुलाई पनि लाग्न सक्छ रे, ‘बेरोजगार भन्ने युवाहरुसँग यति धेरै पैसा कहाँवाट आयो होला ?’
जय होस्, बेरोजगारको नाममा राजनीति गर्नेको ।

No comments:
Post a Comment