Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, June 2, 2013

प्रचण्डको इच्छाः "मलाई नचेपिदिए हुन्थ्यो"

एकीकृत माओवादीका उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बिचको आन्तरिक संघर्षको चेपुवामा अध्यक्ष पुष्पकमल दाहाल पर्न थालेका छन् ।
राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको मुद्धालाई हेर्ने सबालमा उपाध्यक्षद्धय भट्टराई र श्रेष्ठ बिचको फरक दृष्टिकोणको असर अन्य क्षेत्र र घटनामा क्रमशः पर्न थालेको छ । जसकाकारण अध्यक्ष दाहाल उपाध्यक्षद्धय बिचको आन्तरिक संघर्षको चेपुवामा पर्दै गइरहेका छन् ।
श्रेष्ठलाई पार्टी भारततर्फ आवाश्यक्ता भन्दा बढी लचिलो भएको मन परेको छैन तर भट्टराई भने भारततर्फ लचिलो नभएको भन्दै ‘प्रगतिशिल राष्ट्रबाद’को पक्षमा आफु रहेको बताउँछन् । सो सबालमा अध्यक्ष दाहाल भट्टराई नजिक उभिन पुगेका छन्, जुन श्रेष्ठलाई मन परेको छैन् ।
उपाध्यक्षद्धय बिचको आन्तरिक शक्ति संघर्षका कारण महाधिवेसन सम्पन्न भइसकेको पाँच महिना नाघिसक्दा पनि केन्द्रिय समिति वैठक बसाउन नसकिएको अध्यक्ष दाहाल निकट एक बरिष्ठ सदस्यले बताए । ‘दुई उपाध्यक्षको आ–आफ्नै धारणा र दाउ रहेका छन’ उनले नागरिकसँग भने, ‘प्रकाश (श्रेष्ठ)जीको कुरा सुन्यो बाबुरामजी रिसाउने, बाबुरामजीको कुरा सुन्यो प्रकाशजी रिसाउने, अध्यक्षले अब कसको कुरा मात्रै सुन्ने ?’ उनका अनुसार दुवै उपाध्यक्षका कारण पार्टीको आन्तरिक जीवन महाधिवेसन सकिएको पाँच महिना लागि सक्दा पनि जीवन्त हुन सकेको छैन् ।
महाधिवेसन सम्पन्न भए लगत्तै केन्द्रिय समितिलाई पुर्णता दिने, ब्युरो÷बिभाग र राज्य समितिका इन्चार्ज निर्वाचन प्रक्रिया वा सहमतिवाट चयन गर्ने, महाधिवेसनवाट पारित प्रतिवेदनलाई कार्यकर्ता तहसम्म छलफलमा लैजाने प्रचलन भए पनि माओवादीले पाँच महिनासम्म पनि कार्यान्वयन गराउन सकेको छैन् । बरु, सो बिषय पार्टी भित्र समस्याका रुपमा झन गहिरिदै गएको छ । ‘पुरानै इन्चार्ज र ब्युरो प्रमुख कायम छन्, नयाँ फ्रेस अनुहार जिम्मेवारीमा आउन सकेका नै छैनन’ दाहाल निकट ती नेताले भने । उनका अनुसार पार्टी भित्रको आन्तरिक संघर्षले पटक पटक केन्द्रिय समिति वैठक सरिरहेको छ ।
दुई उपाध्यक्षद्धय बिचको आन्तरिक संघर्ष दाहालको चीन र भारत भ्रमणमा भने प्रकट रुपमा नै देखा प¥यो । अध्यक्ष दाहाल चीन भ्रमण जाँदा उपाध्यक्ष भट्टराई बिदाई गर्न बिमानस्थल गएनन, त्यहाँ श्रेष्ठ पुगे भने दाहाल भारतवाट फर्कदा श्रेष्ठ बिमानस्थल पुगेनन्, स्वागतका लागि भट्टराई पुगे । ‘एकै पटक दुवै उपाध्यक्ष दुबै भ्रमणको सन्दर्भमा उपस्थित भई दिएनन, जसले अध्यक्षलाई निकै खल्लो बनाएको छ’ दाहाल निकट ती नेताले नागरिकसँग भने ।
गत बिहिवार उपाध्यक्ष श्रेष्ठले गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको चियापानमा अध्यक्ष दाहाल गए तर भट्टराई भने उपस्थित भएनन । ‘काठमाडौं बाहिर कार्यक्रम परेकाले सो चियापानमा डाक्टर साप (भट्टराई) नजानु भएको हो’ भट्टराईका सहयोगी विश्वद्धिप पाण्डेले नागरिकसँग भने । अध्यक्षको सचिवालयमा भए पनि केन्द्रिय सदस्यको भुमिकामा रहेका सन्तु दराई र चुणामणी खड्कालाई भने श्रेष्ठको सो कार्यक्रममा प्रवेश नै दिइएन् । जसमा स्वयं अध्यक्ष पनि असन्तुष्ट रहेको लाजिम्पाटको भनाई छ ।
त्यसो त दाहाल र भट्टराई दुवै नेता जाने भनि एक महिना अघि नै तय भएको तमुवान राज्य समितिको प्रशिक्षण (पोखरा)मा दुवै नेता उपस्थित भएनन, अन्तिम समयमा उपाध्यक्ष श्रेष्ठ र महासचिव पोष्टवहादुर बोगटीले सो प्रशिक्षण दिन वाध्य भए । ‘पार्टी प्रशिक्षण छाडेर भए पनि सहयोगी पाण्डेको बिबाह भोज (बुटबल)मा जसरी पनि जानु पर्ने भन्दै बाबुरामजीले अध्यक्षसँग अडान राख्नु भयो, अध्यक्षले पहिला पार्टी प्रशिक्षण सक्यौ, अनि दुवै जाउँला भन्दा बाबुरामजीले मान्नु भएन्’  दाहाल निकट ती नेताले स्मरण गरे, ‘अन्तिममा समयमा पार्टी प्रशिक्षण त्यागी अध्यक्ष बाबुरामसँगै बुटबल जानु भयो, प्रशिक्षणमा सहभागी हुन पाउनु भएन् ।’ उनका अनुसार भट्टराईका ‘जिद्धी’का कारण ‘चाटर्ड’ गरिएको हेलिकोप्टर अन्तिम समयमा आएर रद्ध गर्नु परेको थियो । 
महाधिवेसनले पास गरेको अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन कार्यकता तहमा पाँच महिना नाघिसक्दा पनि नजानुमा दुवै उपाध्यक्षको शक्ति संघर्ष कारण बनिरहेको लाजिम्पाटको आरोप छ । भट्टराई सरकारले भारतसँग गरेको बिप्पा, ‘भारतीय बिस्तारवादी’ उल्लेख नै नगरी अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदन लगायतमा श्रेष्ठले आपत्ति मात्रै जनाएनन, महाधिवेसन स्थल भन्दा बाहिर निस्केर छुट्टै पत्रकार सम्मेलन नै गरे । ‘महाधिवेसनवाट पास हुन नसकेको राष्ट्रियता संवन्धी मुद्धा केन्द्रिय समितिको विस्तारित वैठकमा लगेर टुंगाउने भनिएको थियो तर वैठक नबस्दा प्रतिवेदनलाई परिमार्जन गर्न सकिएन, कार्यकर्तामाझ अझै जान सकेको छैन’ दाहाल निकट ती नेताले भने, ‘दुवैका आ–आफनै वुझाई छ, बुझाईमा एकरुपता हुन नसक्दा कतिपय सैद्धान्तिक र बैचारिक बिषय हल हुन सकेको छैन् ।’ यद्धपी, जेठ २० गते केन्द्रिय समितिको वैठकमा सो बिषयमा छलफल हुन सक्ने उनको भनाई छ ।

No comments:

Post a Comment