Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, March 2, 2013

प्रचण्ड र बैद्य विच यस्तो भो समझदारी (पत्रसहित)

तस्विर सौजन्यः जयन्ती लुईटेल, सुचना केन्द्र
एकीकृत माओवादी र त्यससँगै छुट्टिएको नेकपा–माओवादी विच चितवन पार्टी कार्यालयको बिषयलाई लिएर गत असार १६ गते झडप भयो । दुवै माओवादीले सो कार्यालय कब्जा गर्न थाल्दा गोली समेत चल्यो र केही घाइते पनि भए । जस लगत्तै दुवै पार्टीले आपसमा समझदारी गर्दै पार्टी विभाजन पछि विभाजित भएका सदस्यको आधारमा सम्पत्ति वाँडफाड गर्ने सहमति गरे । दुवै तिरवाट कार्यदल पनि बनाइयो । एमाओवादीवाट अग्नि सापकोटाको नेतृत्वमा र माओवादीवाट हितमान शाक्यको नेतृत्वमा कार्यादल बन्यो । तर, ६ महिना नाघिसक्दा पनि कुनै पनि सहमति कार्यान्वयन भएन । त्यसको प्रयत्न नै गरिएन् ।

एक्कासी गत फागुन १० गते चितवनका बैद्य माओवादीका कार्यकर्ता रामराज भुर्तेललाई सुन्धारावाट एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारले पक्राउ ग¥यो । त्यसपछि पुनः बिबाद बल्झियो । वैद्य माओवादीले विज्ञप्ति नै निकालेर भुर्तेल पक्राउको विरोध ग¥यो भने भातृ संगठनले पनि विज्ञप्ति निकालेर आपत्ति जनाउन सुरु गरे । त्यसपछि सो प्रकरण पुनः बल्झियो, चर्कियो ।
सोही बिबादसँगै हाल एकिकृत माओवादीको मुख्यालय रहेको पेरिसडाँडाको कार्यालय पनि बिबादमा तानियो । माओवादी शान्ति प्रक्रियामा आए पछिको केही समय मै शिव कट्टेल नाम गरेका ब्यक्तिले सो पार्टी कार्यालय खरिद गर्नका लागि ब्यक्तिगत जमानी बसेर घर र जग्गा नै किनिदिए । कट्टेल माओवादी निकट उद्योग तथा ब्यापार महासंघका अध्यक्ष पनि हुन् । तत्कालिन कार्यालयका मुख्य सचिव तथा प्रचण्डका भाई नारायण दाहाल र मजदुर नेता शालिकराम जम्मरकट्टेलको ‘बचन’मा आफ्नो नीजि सम्पत्ति राखेर कट्टेलले सो जग्गा खरिद गरिदिएका हुन् । पार्टी मुख्यालय अघिका हाल पार्किङ गर्ने गरेको सो जग्गा किने पछि रकम दिन्छु भनेर ‘बचन’ दिनेहरुले रकम फिर्ता गर्न भने कुनै चासो ब्यक्त गरेनन् । लालिगुराँस सहकारी संस्था र नेपाल बैंकमा आफ्नो नीजि धितो राखेर पार्टीका लागि जग्गा किनि दिएका कट्टेलले पैसा पाउनका लागि प्रचण्डसँग सयौं चोटी कुरा पु¥याए, गरे । जतिपटक भेटे पनि प्रचण्डले ‘तपाईको पैसा तत्काल फिर्ता गरिदिन्छु’ मात्रै भने तर फिर्ता भने कहिल्यै गरेनन । कट्टेलले चार वर्षसम्म पनि सो पैसा फिर्ता पाउन प्रचण्डको घर धाए, अन्य नेतालाई भने । सवै नेताले हुन्छ भने हुन्न त कसैले पनि भनेनन तर कट्टेलले पैसा भने फिर्ता पाएनन् । अन्ततः सहकारी र वैंकले दुवैले उनको नाममा रहेको जग्गा जमिन लिलामीमा चढाइ दियो । सोही प्रकरणले कट्टेलको परिवारमा तनाव उत्पन्न पनि भयो ।
अन्ततः गत असारमा पार्टी विभाजन भयो । कट्टेल बैद्य तिर लागे, प्रचण्डवाट पैसा पाउने आश त झनै म¥यो । तर पनि यस विचमा प्रचण्ड पक्ष र बैद्य पक्षविच कट्टेललाई ऋणमुक्त गराई दिने भन्दै पटक पटक मौखिक सहमति भयो । तर पनि एक सुको पनि पैसा पाएनन् । सहकारीले पत्रकार सम्मेलन नै गरेर लिलामी भएको जनायो ।
चितवन प्रकरण पछि फेरी पेरिसडाडा मुख्यालयको सो बिबाद बल्झायो । सोही बिबाद मिलाउनका लागि प्रचण्ड निवासमा प्रचण्ड–वैद्य बिच रस्साकस्सी छलफल भयो । जुन छलफलमा केही परिणाम मुखी निस्कियो किनकी पहिलो पटक त्यहाँ लिखित सहमति नै भयो । दुवै नेताले हस्ताक्षर गरेको पत्र अनुसार चितवन प्रकरणलाई सहमति मै मिलाउने, कट्टेललाई ऋणमुक्त बनाइदिने, मुद्धा फिर्ता लिने सहमति भएको छ । कार्यान्वय हुन्छ कि हुदैन ? भनेर हेर्न भने अझै केही समय कुर्नुपर्नेछ ? किनकी यस्ता सहमति धेरै भएका छन तर कार्यान्वयन भएका भने छैनन् ।

No comments:

Post a Comment