Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, March 2, 2013

लौ अचम्म !! दाजु अमेरिकी राष्ट्रपति, भाई चाँही केन्यामा चुनाव लडदै


बाराक ओबामाका दाजुभाईको कथा
काठमाडौं, २० फागुन (एजेन्सी) : केन्यामा चार मार्च अर्थात सोमवार आम चुनाव हुँदैछ अमेरिकाका राष्ट्रपति बाराक ओबामाका सौतेनी भाइ मलिक ओबामा पनि केन्याको पश्चिमी प्रान्त सिआयाको गवर्नर पदका लागि चुनाव लड्दै छन् अमेरिकी राष्ट्रपतिको नातेदार हुँदैमा आफूलाई ही असर नपर्ने उनको भनाइ

मलिकको भनाइ उदृत गर्दै समाचार एजेन्सी एपीले लेखेको , “फोनमा बातचीत गर्दै गभर्नर पदका प्रत्यासी मलिक ओबामाले अमरिकी राष्ट्रपतिको नातेदार पर्दैमा चुनावमा कस्तो असर पर्छ मलाई केही थाहा छैन

मलिकले भनेका छन्, “ मलिक ओबामाको हैसियतमा चुनाव लड्दै छु तर आफ्नो उपनाम तथा दाजुसँगको सम्बन्धलार्य पनि नकार्न सक्दिन मलाई लाग्छ ओबामाको भाई को हो कस्तो भनेर नागरिकले जान्न चाहेका छन् ” 


मलिक ओबामाले पनि आफ्नो चुनावमा लगभग उस्तै किसिमका नाराको प्रयोग गरेका छन् जो सन् २००८ मा भएको अमेरिकाको राष्ट्रपति चुनावमा बाराक ओबामाले प्रयोग गरेका थिए बाराक ओबामाले जस्तै गरी मलिक ओबामाले पनि परिवर्तनको कुरा गरिरहेका छन्

मलिक भन्छन्, “गरिबी घटाउनु, भौतीक संरचनाको विकास गर्नु औद्योगीकरण आफ्नो मुख्य चुनावी मुद्दा हो

एक चुनावी ्‍यालीलाई सम्बोधन गर्दै ओबामाले भने, “मलाई पुरा विश्वास की तपाईहरु सवैले मलाइ समर्थन गर्नुहुनेछ साथै सिआयामा परिवर्तन ल्याउनका लागि यो महत्वपूर्ण पदका लागि मलाई भोट पनि दिनुहुनेछ ” 
source: onsnews.com

No comments:

Post a Comment