Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, February 9, 2013

मधेसी नेताहरु माओवादी नेतृत्वप्रति असन्तुष्ट

प्रकाश तिमल्सिना, काठमाडौं, माघ २८- तराई-मधेसको सवालमा नेतृत्व गम्भीर नभएको भन्दै एकीकृत माओवादीका मधेसी नेताले असन्तुष्टि पोखेका छन्। स्वायत्त मधेस प्रदेश, त्यसको सिमाना र नेतृत्व विकासका लागि पार्टीले प्रतिवद्धता जाहेर नगरेको भन्दै असन्तुष्टि जाहेर गर्न अध्यक्ष पुष्पकमल दाहालसहित नेतृत्वसँग समय मागेका छन्।
'महाधिवेशनले मधेस स्वायत्त प्रदेश र नेतृत्व विकासका सवालमा ठोस धारणा दिन सकेन्, त्यसले मधेसमा पुनः अन्योल सिर्जना गराएको छ,' सातौं महाधिवेशन आयोजक समितिमा सदस्य रहेका भरत साहले नागरिकसँग भने, 'पार्टीले मधेस र मधेसीको सवालमा ठोस रूपमा के गर्छ? हामी त्यो अध्यक्षलाई सोध्न चाहन्छौं।' अध्यक्षसँग भेटघाटको संयोजन गर्ने जिम्मा केन्द्रिय सदस्य विश्वनाथ साहलाई दिइएको छ।
समावेशी र समानुपातिकको विषय महाधिवेशनमा चर्को रूपमा उठे पनि केन्द्रिय समितिमा मधेसी समुदायका पाँच जनालाई मात्र समावेश गरेपछि उनीहरू असन्तुष्ट भएका हुन्। 'पार्टी समावेशी र समानुपातिक आवाश्यक भएको व्यवहारमा देखाउनु पर्योप,' अर्का सदस्यले भने, 'हामीलाई नेतृत्वमा लैजाने बेला पार्टीले खुट्टा तान्ने काम गर्योम, त्यसमा पूरै बिमति छ।'
माओवादीले शुक्रबार चयन गरेको ९९ सदस्सीय केन्द्रीय समितिमा विश्वनाथ साह, प्रभु साह, रामकुमार शर्मा, रामरिझन यादव र रामकुमार यादवमात्र मधेसी समुदायबाट परेका छन्। हकिकुल्लाह खाँ मुसलमान र रामचरण चौधरी थारू समुदायबाट छन्। एक जना पनि मधेसी, मुसलमान र थारू समुदायका महिला केन्द्रीय समितिमा परेका छैनन्।
मधेसीलाई नेतृत्वमा लैजाने संकेत नदेखिएको निष्कर्ष निकाल्दै मधेसी नेताहरूले हेटौंडास्थित महाधिवेशन स्थलमै पनि छुट्टै बैठक गरेका थिए। 'महाधिवेशनमा बन्द सत्र जारी रहँदै आयोजक समितिमा रहेका हामी १५-१६ सदस्यले छुट्टै बैठक बसेर दबाब दिने निर्णय गर्यौं ,' अर्का नेताले भने, 'तर समयको पाबन्दी र परिस्थितिले गर्दा आवाज उठाउन सकिएन।' सो बैठकले महाधिवेशन सकिएपछि कार्यक्षेत्रमा नगई काठमाडौंमा गएर दबाब दिने निर्णय गरेको थियो।
मधेस र नेतृत्वको सवालमा पार्टी स्पष्ट नभएपछि दबाब दिन अध्यक्षलाई भेट्न लागिएको विश्वनाथ साहले बताए। 'पार्टी अध्यक्षलाई सामूहिक जानकारी गराउने छौं,' उनले भने, 'रिक्त ५२ केन्द्रीय सदस्यमा मधेसीको पनि सम्मानजनक प्रतिनिधित्व गराउनेबारे छलफल हुनेछ।'

No comments:

Post a Comment