Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, February 9, 2013

माओवादीका ‘टेक नेम’ र अचम्म लाग्दा संयोगहरु


प्रकाश तिमल्सिना
सत्तारुढ एकीकृत माओवादीको शुक्रवार सम्पन्न सातौं महाधिवेसनले ९९ सदस्सीय केन्द्रिय समिति चयन गरेको जानकारी दिएको छ । तत्कालिन आयोजक समितिले आफैले गरेको निर्णयलाई महाधिवेसनमा पेश गरेर ताली बजाउन लगाइयो, कार्यकर्ताले पनि नेताले ल्याएका नामावलीमा मज्जैसँग ताली बजाए ।
समावेशीको सवैभन्दा चर्का कुरा गर्ने माओवादीले ६ प्रतिशतमात्र महिला प्रतिनिधित्व गराउने काम ग¥यो, १० जना त दम्पती नै केन्द्रिय समितिमा परे । सोही हाराहारीमा विभिन्न ‘अपराध’ मा सलंग्न भएकाहरु पनि केन्द्रिय सदस्यको पद पाएर थप सम्मानित हुन पुगे । अल्पसंख्यक, पिछडिएका वर्ग र क्षेत्रको प्रतिनिधित्व त्यो अर्को बहसको बिषय हो । तर, यहाँ भने नेताका ‘टेक नेम’ अर्थात उपनामका सन्दर्भहरु प्रस्तुत गर्न खोजिएको छ । महिला भएर पुरुष र पुरुष भएर महिलाको अर्थ लाग्ने उपनाम पनि राखिएको भेटिन पुगे । हेरौं त कस्ता कस्ता टेक नेम छन, माओवादी नेताका ?

प्रधानमन्त्री बाबुराम भट्टराईका श्रीमति हुन हिसिला यमी । यो त सवैलाई थाहा भएको कुरा नै हो । उनी महिला हुन तर पुरुष अर्थ लाग्ने उपनाम पो उनले राखेकी रहिछिन्– राहुल । त्यसो त सधै जसो चर्चामा रहने माओवादीको कुनै संगठन छ भने त्यो हो, योंग कम्युनिष्ट लिग अर्थात वाइसीएल । त्यसका अध्यक्ष हुन, गणेशमान पुन । तर, उनको उपनाम भने स्त्री अर्थ लाग्ने पो रहेछ – रश्मी ।
अमिक शेरचनको उपनाम चाँही महाभारतका एक चर्चित पात्रको नाममा रहेछ– एकलब्य । एकलब्य ती हुन, जसले आफ्ना गुरु द्रोणाचार्यलाई औंला नै दिएका थिए । त्यस्तै ‘धर्मलाई अफिम’ मान्ने कम्युनिष्टहरु धार्मिक पात्रको नाममा उपनाम राख्ने शेरचन एक्ला होइनन् । चन्द्रप्रकाश खनाल ‘बलदेव’, नवराज सुवेदी ‘रत्नसागर’, डिलाराम आचार्य ‘सुरेन्द्र’, जोगकुमार यादव ‘श्रवण’, भक्तिप्रसाद पाण्डे ‘महेश’, विश्वनाथ साह ‘कुमार’लगायत छन् ।
लिलामणी पोखरेलको उपनाम ‘अभिषेक’ भए पनि  उनकी श्रीमति शशी श्रेष्ठको भने बिदेशीको नाममा उपनाम राखेकी रहिछिन्– जेनी । नुवाकोटका हितबहादुर तामाङले भने राणाले राख्दै आएको उपनाम मै चित्त वुझाएर  ‘शम्शेर’ उपनाम राखेका छन् । राजु खड्काले भने हिन्दी शब्द ‘रुस्तम’ राखेका छन् । हकिकुल्लाह खाँ मुसलमान समुदायका नेता हुन तर उनको उपनाम भने हिन्दु अर्थ लाग्ने ‘सरोज’ छ ।
‘क्रान्तिकारी’ अर्थ लाग्ने टेक नाम राख्ने नेताहरुमा कमला रोक्का अग्रस्थानमा छिन । उनको उपनाम नै ‘क्रान्ति’ छ । तामाङ समुदायले वढी नै प्रयोग गर्ने शब्द ‘लालध्वज’ चाँही बाबुराम भट्टराईको उपनाम हो । काभ्रेका समाजसेवी अर्जुन लामाको हत्या अभियोगमा मुद्धा खेपिरहेका प्रवक्ता अग्नि सापकोटा पार्टी भित्र भने ‘कञ्चन’ उपनामले चिनिन्छन् । कस्ता कस्ता उपनाम भएका केन्द्रिय सदस्य छन त ? सवैको नाम तल उल्लेख गरिएको छ ।
 पुनश्चः हाइलाईट गरिएका बिबादित छबिका नेता हुन्, इटालीक  गरिएका महिला र अन्डरलाईन गरिएका मधेसी नेता हुन्

१) अध्यक्ष:  पुष्पकमलदाहाल ‘प्रचण्ड’
२) उपाध्यक्ष:  बाबुराम भट्टराई ‘लालध्वज’
३) उपाध्यक्ष:   नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
४) महासचिव:  पोष्टबहादुर बोगटी ‘दिवाकर’
५) अमीक शेरचन ‘एकलव्य’
६) कृष्णबहादुर महरा ‘अमरसिंह’
७) टोपबहादुर रायमाझी ‘अनिल’
८) गिरिराजमणी पोखरेल (पियूष)
९) वर्षमानपुन ‘अनन्त’
१०) लिलामणीपोखरेल ‘अभिषेक’
११) दिनानाथशर्मा ‘अशोक’
१२) हरिबोल गजुरेल ‘शितलकुमार’
१३) अग्नीप्रसाद सापकोटा ‘कञ्चन’
१४) शक्तिबहादुर बस्नेत ‘सुरेशसिंह’
१५) जनार्दन शर्मा ‘प्रभाकर’
१६) हिसिलायमी ‘राहुल’
१७) नन्दबहादुर पुन ‘पासाङ’
१८) चक्रपाणी खनाल ‘बलदेव’
१९) लोकेन्द्र विष्टमगर ‘अभ्यास’
२०) देवेन्द्र पौडल ‘सुनिल’
२१) हेमन्तप्रकाशवली ‘सुदर्शन’
२२) गोपालकिराती ‘साइला’
२३) हितराज पाण्डे ‘उत्तम’
२४) सुरेन्द्र कार्की ‘पार्थ’
२५) लेखराज भट्ट ‘राकेश’
२६) निरञ्जन (निनु) चापागाई ‘विप्लव’
२७) भीमप्रसादगौतम ‘अरुण’
२८) स्वनाम साथी ‘अनाम’
२९) विश्वभक्तदुलाल ‘आहूती’
३०) विश्वनाथ साह ‘कुमार’
३१) नवराज सुवेदी ‘रत्नसागर’
३२) लिलबहादुर थापामगर ‘जंगध्वजहोग्ले’
३३) डिलारामआचार्य ‘सुरेन्द्र’
३४) गिरीधरीलाल न्यौपाने ‘विकास’
३५) जीतवीर लामा
३६) रामचरण चौधरी ‘सागर’
३७) नारायणप्रसाददाहाल ‘सरल’
३८) वामदेव क्षेत्री घिमिरे ‘विकल्प’
३९) ध्रुव पराजुली ‘सन्तोष’
४०) गंगाकार्की ‘विश्व’
४१) सन्तु दराई ‘परवाना’
४२) गणेशमान पुन ‘रश्मी’
४३) जोखबहादुर महरा ‘प्रताप’
४४) पुष्पविक्रम मल्ल ‘सिंह’
४५) हितबहादुर तामाङ ‘सम्शेर’
४६) विकेश श्रेष्ठ ‘कुशल’
४७) जगप्रसादशर्मा ‘अपार’
४८) खगराज भट्ट ‘विनोद’
४९) भक्तबहादुर शाह ‘उद्धब’
५०) कालिबहादुर मल्ल ‘जितेन्द्र’
५१) दीपेन्द्रकुमार पुनमगर ‘सिजल’
५२) टेकबहबादुर बस्नेत ‘समरसिंह’
५३) महेश्वर गहतराज ‘अथक’
५४) कमला रोका ‘क्रान्ति’
५५) तेजबहादुर वली ‘प्रतीक’
५६) कालीबहादुर खाममगर ‘विविध’्
५७) ओनसरी घर्ती मगर ‘उषा’
५८) झक्कुप्रसाद सुबेदी ‘अधिकार’
५९) धनबहादुर मास्की मगर ‘राजेश’
६०) रामप्रसाद बञ्जाडे ‘टंकमणी शर्मा’
६१) भक्तिप्रसाद पाण्डे ‘महेश’
६२)  डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’
६३) हरिराज अधिकारी ‘कुमार’
६४) कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’
६५) गंगानारायण श्रेष्ठ ‘प्रभात’
६६) प्रभु साह ‘मुक्ति’
६७) जोगकुमार बरबरिया यादव ‘श्रवण यादव’
६८) टंक आङबुहाङ ‘प्रभाव’
६९) सुरेश कुमार राई ‘एस के हिमाल’
७०) कुमार पौडेल ‘कमल’
७१) भीमबहादुर कडायत
७२) केशव नेपाल ‘विजयकुमार’
७३) सर्वोत्तम डंगोल ‘कैलाश’
७४) कृष्णबहादुर केसी ‘मिलन’
७५) शशि श्रेष्ठ ‘जेनी’
७६) प्रल्हाद बुढाथोकी ‘क्षितिज’
७७) डिआर पौडेल ‘प्रवीण शर्मा’
७८) जीवन गौतम ‘अतुल’
७९) रामकुमार यादव ‘विकास’
८०) रामरिझन यादव
८१) हकिकुल्लाखाँ मुसलमान ‘सरोज’
८२) अञ्जना विसंखे ‘अनन्त’
८३) ईश्वरीप्रसाद भट्टराई ‘विनोद’
८४) घनश्याम शर्मा पौडेल ‘वभैव’
८५) प्रकाश हरी पोखरेल ‘शैलेष’
८६) पेशल खतिवडा
८७) धावा लामा ‘विरु’
८८) कर्णध्वज केसी ‘अशोक’
८९) दीपबहादुर योञ्जन ‘घ्याल्चन’
९०) किशन शर्मा ‘उज्ज्वल’
९१) राजु खड्का ‘रुस्तम’
९२) जगत पार्की
९३) कृष्ण भुजेल ‘सेलुन
९४) दिनेश पन्थी
९५) रामकुमार शर्मा ‘निर्माण’
९६) धर्मदत्त देवकोटा ‘दर्शन’
९७) सविना अर्याल
९८) कृष्णप्रसाद शर्मा ‘निडर’

No comments:

Post a Comment