Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, February 16, 2013

प्रचण्डसँग सात महिना रहेकाहरु आज आएर किन छुट्टिने निष्कषमा पुगे ?

प्रकाश तिमल्सिना, काठमाडौं, फागुन १४ - प्रधानन्यायधीस नेतृत्वको चुनावी सरकारको बिषयलाई लिएर एकीकृत माओवादी अध्यक्ष पुष्पमकमल दाहालले नेतृत्व गरेको सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन अनौपचारिक रुपमा विभाजित भएको छ। शनिवार गठबन्धनमा रहेका साना १४ दलले बाहिर गएर फरक निर्णय समेत गरेका छन्।
पुतलीसडकस्थित राष्ट्रिय सदभावना पार्टीको कार्यालयमा भर्खरै सम्पन्न १४ साना दलको वैठकले प्रधानन्यायधीस नेतृत्वको चुनावी सरकार अस्विकार गर्ने लगायतका चार वटा फरक निर्णय गरेका छन्। 'साना १४ दलको वैठक भर्खरै वैठक सम्पन्न भएको छ' नेपाली जनता दलका उपाध्यक्ष कबिराज तिमल्सिनाले नागरिकन्युजसँग भने, 'प्रधानन्यायधीस भन्दा राजनीतिक दलकै नेतृत्वमा चुनावी सरकार बनाउनु पर्छ भन्ने निष्कर्षमा हाम्रो रहेको छ।'  सो वैठकमा बाबुराम भट्टराई सरकारमा रहेका उद्योग मन्त्री अनिलकुमार झा, सहकारी मन्त्री एकनाथ ढकाल र समाजकल्याण मन्त्री वद्री न्यौपानेलगायतको उपस्थित थिए।
गठबन्धन भित्र निर्णय नै नगरी माओवादीले प्रधानन्यायधीसको नेतृत्वमा चुनावी सरकार बनाएको भन्दै असन्तुष्ट दलले शुक्रवार साँझ र शनिवार दिउँसो छुट्टाछुट्टै वैठक गरेका हुन्। 'जुनसुकै सहमतिमा भए पनि विघटित संविधानसभाका सवै दलले अनुमोदन गराएर मात्र कार्यान्वयन गराउनु पर्छ भन्ने हाम्रो पहिलो माग हो' बैठकमा सहभागी अर्का नेताले भने, 'निर्वाचन संवन्धी धारा संसोधन गर्नका लागि मात्र बाधा अडकाउ फुकाउ मार्फत केही दिनका लागि संविधानसभा पुर्नस्थापना गर्नुपर्ने र सोहीमार्फत मात्र संविधानसको संसोधन गर्नुपर्ने हाम्रो माग छ।'
प्रमुख चार राजनीतिक शक्तिले गरेको निर्णयलाई अस्विकार गर्ने भन्दै सोको जानकारी साना १४ दलले राष्ट्रपति रामवरण यादवसमक्ष ज्ञापन पत्र वुझाउने भएका छन्। गठबन्धनका संयोजक दाहालले आइतवार भित्र वैठक नबोलाएमा गठबन्धनबाट औपचारिक रुपमा बाहिरिने निष्कर्ष पनि वैठकले निकालेको एक सहभागीले बताए।
यसरी सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर निर्णय गर्ने दलमा नेपाली जनता दल, जनता दल युनाईटेड, राष्ट्रिय सदभावना पार्टी, संघीय सदभावाना पार्टी, नेपाल परिवार दल, चुरे भावर राष्ट्रिय एकता पार्टी छन्। यसैगरी सो वैठकमा समाजवादी जनता पार्टी, नेकपा (माले समाजवादी), नेपाः राष्ट्रिय पार्टी, नव नेपाल निमार्ण पार्टी, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)लगायत पनि सहभागी छन्।

No comments:

Post a Comment