सडक संघर्ष मधेसी
जनता र देशलाई दिईएको धोका
प्रकाश तिमल्सिना, काठमाडौं, माघ १४- भ्रष्टचारको मुद्दामा जेलमा रहेका पूर्व संचारमन्त्री तथा फोरम गणतान्त्रिकका संस्थापक अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले एकीकृत माओवादीका कारण मधेसी समुदायले नेपाली सेनामा प्रवेश पाउन नसकेको खुलासा गरेका छन्।
जेल जानुअघि बाबुराम भट्टराई मन्त्रीमण्डलमा रहेका गुप्ताले मन्त्री परिषदबाट सेनामा मधेसीको प्रवेशको अवधारणापत्र पारित गरेको तर एकीकृत माओवादीका कारण कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन्। 'सेनामा मधेसीको प्रवेशको सन्दर्भमा मन्त्री परिषद्ले अवधारणापत्र पारित गर्यो, सेनाले विज्ञापन निकाल्ने तयारी गर्यो, भर्ना हुनेको हकमा २०६९ असारसम्मका लागि सरकारसँग तत्काल चार करोड बजेट माग गर्यो,' गुप्ताले विज्ञप्तिमा भनेका छन, 'अर्थमन्त्री बर्षमान पुनले निकासा दिएनन्, स्वयं बिजय गच्छदारले कति पटक अर्थ मन्त्रीलाई अनुरोध गरे, तर काम अगाडि बढेन्, यथार्थ यही नै हो।'
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औपचारिक निर्णय सार्वजनिक गरेको पर्सिपल्ट गुप्ताले एक बिज्ञप्ति जारी माओवादीका कारण मधेसीले नेपाली सेनामा प्रवेश पाउन नसकेको यस्तो खुलासा गरेका हुन्।
समावेशी विद्येयक पनि माआवादीका कारण पारित हुन नसकेको गुप्ताको अर्को आरोप छ। 'समावेशी विद्ययेकको मस्यौदालाई यही मन्त्री परिषदले २०६८ माघ मै पारित गरेको थियो,' गुप्ताले भनेका छन, 'यही सरकारले नै संसदको विधायन समितिमा थन्क्यायो, कहिले संसदमा प्रस्तुत गरेन, स्वयं माओवादीले यसमा अग्रसरता लिएन।'
त्यसो त गुप्ताले मधेसीलाई नागरिकता दिन पनि माओवादीले आनकानी गरेको आरोप पनि लगाएका छन्। 'अहिले भनिएको नागरिकता समस्याको समाधान अन्तरिम संविधानमा संशोधन नगरिकन हुन्न्,' गुप्ताले किटानीका साथ भनेका छन, 'माओवादी-मोर्चाको बैठकमा यस बिषयमा छलफल भयो, मोर्चाले संविधानमा संशोधनको प्रस्ताव राख्यो, माओवादीले मानेनन्, सत्य यही हो, सबै नेता साक्षी छन्।' गच्छदारले नागरिकता दिलाउन गृह मन्त्रालयमार्फत परिपत्र जारी गरे पनि कार्यान्वय गराउन नसकेको गुप्ताको भनाई छ। तत्कालिन संसदको राज्य व्यवस्था समितिमा गच्छदारले मधेसी मोर्चाको दबावमा सो परिपत्र जारी गरेको भन्ने स्पष्टीकरण दिनु परेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
मधेसमा जनजागरणको नाममा मोर्चाले गर्ने भनिएको सडक संघर्षका कुनै औचित्य नभएको गुप्ताको भनाई छ। 'अब यस तथ्यहरूको आलोकमा मोर्चाले कुन नैतिकताको आधारमा अहिले सडक संघर्षको कुरा गरेको हो? यो स्पष्टतः मधेसी जनता र देशलाई दिईएको धोका हो, यसको भर्त्सना हुनु पर्दछ।'
भट्टराई सरकारलाई नै निरन्तरता दिने निर्णय गरेर मधेसी मोर्चालाई सरकारमा टिक्नका लागि नै माओवादीको एजेन्डा बोकेर हिडेको गुप्ताको भनाई छ। 'मोर्चाको बुँदा नं एक माओवादीका एजेन्डा हुन, मोर्चाले यसलाई अक्षरस् स्वीकार गरेको छ,' उनले लेखेका छन, 'आजको मधेसी मोर्चाको ध्येय नै सत्तामा निरन्त्तर कायम रहनु हो।' मधेसी मोर्चाका पछिल्ला क्रियाकलापको भण्डाफोर गरेर अघि बढन पनि जेलबाट आब्हान गरेका छन्।

No comments:
Post a Comment