मिथिला र भोजपुराका प्रतिनिधि बाहिरै-
प्रकाश तिमल्सिना, काठमाडौं, पुस २७- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले जारी सातौं महाधिवेशनमा राजनीतिक र नीति तथा कार्यक्रम प्रतिवेदनमार्फत 'जनयुद्धको जगमा जनविद्रोह'को कार्यनीति प्रस्ताव गरेका छन्। बन्द सत्रको पहिलो दिन आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष वैद्यले जारी प्रक्रियाबाट मुलुकले निकास नपाउने भन्दै विद्रोहबाटै समस्या समाधान खोज्नुपर्ने प्रस्ताव दोहोर्याएका छन्। तर, जनविद्रोह सशस्त्र कि निशस्त्र भन्नेबारे अध्यक्ष वैद्यले पेस गरेको प्रतिवेदन भने मौन देखिएको छ।
यद्यपि, संघीय गणतन्त्र, राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि निरन्तर प्रहार र जनताका आन्दोलनप्रति दमन हुने खतरा औल्याउँदै अध्यक्ष वैद्यले जनप्रतिरोध संघर्ष गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। संघर्षको स्वरुप आवश्यकताले निर्धारण गर्ने भन्दै छलफलका लागि अध्यक्ष वैद्यले १ सय १२ पृष्ठ लामो प्रतिवेदन पेस गरेका हुन्।
वैद्यले प्रतिवेदन पेस गर्दै उपस्थित प्रतिनिधिलाई निर्धक्कसाथ विचार राख्न अनुरोध पनि गरेका छन्। 'तपाईंहरुले खुल्ला हृदयले पेस भएको प्रतिवेदनमा मत दिनुहोला,' वैद्यले राखेको छोटो मन्तव्य उद्धृत गर्दै एक सहभागीले भने, 'तपाईंहरुको विचारले नै नयाँ पार्टीको निर्माण र विकास गर्न सहज हुनेछ।' नयाँ जनवादी क्रान्तिलाई न्युनतम कार्यक्रम बनाउनुपर्नेमा जोड गरिरहेका वैद्यले सो कार्यभार पूरा गर्न नयाँ ढंगको पार्टी निर्माण गर्नु आवश्यक भएको उनको भनाइ छ। भेलामा सचिव देव गुरुङले पार्टीको मस्यौदा विद्यान पेस गर्दै केन्द्रीय समितिलाई सघाउन केन्द्रीय परिषद निर्माण गर्नुपर्ने नयाँ प्रस्ताव गरेका छन्। 'पार्टी कमिटी बनाउँदा धेरै भद्दा र ठूला नभई चुस्त र दुरुस्त बनाउन आवश्यक छ,' गुरुङको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'केन्द्रीय समितिलाई सघाउने उद्देश्यसहित केन्द्रीय परिषद पनि निर्माण गरिनेछ, आवश्यक पर्यो भने त्यो तल्ला कमिटीसम्म नै निर्माण गर्न सकिनेछ।' सचिव गुरुङले बैठकमा बहुपदीय प्रणालीमा नै केन्द्रीय समितिको संगठनात्मक संरचना निर्माण गरिने मस्यौदामार्फत् उल्लेख गरेका छन्।
अध्यक्ष वैद्य र सचिव गुरुङले पेस गरेको प्रतिवदेनमा सामूहिक छलफल गर्नका लागि २१ वटा समूहमा सहभागीलाई विभाजन गरिएको र सो समूहबीच सामूहिक छलफल भएपछि बैठकमा आआफ्ना धारणा पेस गर्ने कार्यक्रम भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।
'छलफलका लागि २१ समूहले सामूहिक रुपमा प्रस्तावित मस्यौदा प्रतिवेदनमा छलफल गर्नेछन्,' प्रवक्ता भुषालले सञ्चारकर्मीसँग भनिन्, 'छलफलपश्चात समूहले निकालेको निचोडलाई समूह नेताले भोलिदेखि बन्दसत्रमा धारणा राख्ने कार्यक्रम सुरु हुन्छ।' उनका अनुसार सबै समूहले धारणा राखेपछि त्यसको जवाफ अध्यक्ष वैद्यसहित पार्टी पदाधिकारीले दिने कार्यक्रम छ।
यता, बैठकले बन्दसत्र सञ्चालन गर्नका लागि सल्लाहकार तिलक परियार, हितमान शाक्य, जयपुरी घर्तीमगर, मौसम लिम्बु र शिवराम यादव सम्मिलित ५ सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ। सकेसम्म निर्वाचनमा नजाने योजना बनाएको माओवादीले सहमतिका आधारमा नै केन्द्रीय कमिटी निर्माण गर्ने र आवश्यक केही नयाँ अनुहारलाई केन्द्रीय कमिटीमा लैजाने तयारी गरेको छ।
त्यसैगरी, प्रतिनिधि/पर्यवेक्षकबारे जारी विवाद समाधान नभएपछि दुई राज्य समितिका प्रतिनिधि भने बन्दसत्रको पहिलो दिनमा सहभागी हुन पाएनन्। मधेस ब्यूरोअन्तर्गत मिथिला र भोजपुरा राज्य समिति कार्यालय र त्यसमातहातका जिल्ला कमिटीबीच रहँदै आएको विवाद हल नभएपछि करिब १ सय प्रतिनिधि बन्दसत्रमा सहभागी हुन नपाएका हुन्।
भोजपुराका इन्चार्ज राम आचार्यले प्रवेश पास नदिएका कारण सो राज्यसमिति अन्तर्गतका बारा, पर्सा र रौतहटका जिल्ला इन्चार्ज र सेक्रटरीसहित ४० प्रतिनिधिले बन्दसत्रमा सहभागी हुन नपाएको एक जिल्ला इन्चार्जले नागरिकलाई बताए। 'राज्य समितिका इन्चार्ज राम आचार्यले तीनै जिल्ला कमिटीका इन्चार्ज र सेक्रेटरीसहित ४० प्रतिनिधिको पास नै उपलब्ध गराइएन,' ती इन्चार्जले नागरिकसँग भने, 'महासचिवजीले प्रतिनिधि विवाद भोलि मिलाउँछौं भनेपछि बैठकस्थल छाडेर हामी हिँडेका हौं।' उनका अनुसार पदाधिकारी बैठकले पुनः छलफल गरी दोस्रो दिनबाट प्रवेश गराउने आश्वासन दिइएको छ।
पर्साका इन्चार्ज रामआश्रय राम र सेक्रेटरी राजदेव पासवान, बारा इन्चार्ज रञ्जित पट्टेल र सेक्रेटरी विरोध शर्मा र रौतहट इन्चार्ज धिरज पट्टेल र सेक्रेटरी हरिवंश मैनालीलगायत ४० प्रतिनिधि प्रवेश पास नै इन्चार्ज आचार्यले नदिएको उनीहरुको आरोप छ। मिथिलाका केही जिल्ला प्रतिनिधिले पनि बन्दसत्रको पहिलो दिन प्रवेश गर्न नपाएको एक सदस्यले जानकारी दिए। उनका अनुसार राज्य कार्यालयका कारण ४० बढी प्रतिनिधि पनि बैठकस्थल बाहिर बस्न बाध्य भए।
भोजपुरा र मिथिला राज्य समितिमा देखिएको प्रतिनिधि/पर्यवेक्षक विवाद मिलाउन कार्यक्रमस्थल कमलादीस्थित प्रज्ञाभवनमा बसेको पार्टी पदाधिकारी बैठकले कुनै निर्णय दिन सकेनन्। यद्यपि, बन्दसत्र सुरु हुनुअघि प्रवक्ता पम्फा भुषालले 'मिथिला र भोजपुराको प्रतिनिधि/पर्यवेक्षकका बारे विवाद सुल्टाएर बन्दसत्र सुरु गर्दछौं' भनेकी थिइन्। तर, ६ घन्टा लामो प्रयासमा पनि विवाद हल नभएपछि अन्ततः विवादलाई थाती राख्दै बन्दसत्र सुरु गरिएको थियो।
भोजपुराका सह-सेक्रेटरी बद्री बजगार्इंलाई रौतहट जिल्ला सह-इन्चार्ज रसिद अन्सारीले हातपात गरेका थिए। प्रवेश पासको विषयलाई लिएर विवाद बढ्दै जाँदा हातपात भएको हो। हातपातमा संलग्न भएको भन्दै पार्टीले अन्सारी, बाराका सह-इन्चार्ज रामाअयोध्या साह र राज्य समिति सदस्य राजेन्द्र पट्टेललाई सोधपुछ गरिएको थियो। घटनालाई लिएर बन्दसत्रमा महासचिव रामबहादुर थापाले हातपातको घटना दुखद र निन्दनीय भएको उल्लेख गरेका थिए।

No comments:
Post a Comment