Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, January 12, 2013

वैद्य माओवादीको बन्द सत्रमा कसले के भने ?


प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९ - नेकपा-माओवादीको जारी महाधिवेसनको बन्द सत्रमा अध्यक्ष मोहन वैद्यले पेश गरेको प्रतिवेदनमा धारणा राख्दै समुह नेताले ‘जनयुद्धको जग' भनेको के हो ? भन्दै प्रश्न उठाएका छन्। अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह' गर्ने प्रस्ताव बारे प्रश्न उठाउँदै समुह नेताले जनअदालत, आधार इलाका, जनमुक्ति सेना, जनसरकार विघटन भएकाले ‘जनयुद्धको जग' नै ध्वस्त भएको भन्दै त्यसलाई आधार बनाउन नसकिने धारणा राखेका छन्।

क्रान्ति सफल पार्न नयाँ मोडल प्रस्तुत गर्न पनि नेतृत्वसँग समूह नेताले आग्रह गरेको एक केन्द्रीय सदस्यले नागरिकलाई बताए। ‘जनयुद्धको जग नै ध्वस्त पारिएको अवस्थामा त्यसैलाई आधार बनाएर अगाडी जान सकिदैन भन्ने मत देखिएको छ' ती नेताले नागरिकसँग भने, ‘त्यसैले राष्ट्रियता, जनजीविकालाई आधार बनाएर आन्दोलन गर्ने तथा नवसंसोधवादी र प्रतिक्रियावादीको भण्डाफोर गरेर एकैसाथ जानु पर्नेमा जोड गरेका छन्।' नेतृत्वले आन्दोलनका लागि सही कार्यक्रम पेश गर्न नसकेको भन्दै समुह नेताले आलोचना पनि गरेका छन्।

बैठकमा बोल्ने अधिकांस समुह नेताले रिम र कम्पोसाको नेतृत्व पार्टीले गर्नु पर्ने तथा अन्तराष्ट्रिय स्तरमा कम्युनिष्ट पार्टीको मोर्चाबन्दी निमार्ण गरेर मात्रै आन्दोलन सफल पार्न सकिने भन्दै त्यसका लागि पहलकदमी गर्न पनि आग्रह गरेका छन। मिथिला र भोजपुराका प्रतिनिधि चयन सम्बन्धी विवाद हल नभए पछि सो राज्य समितिवाट दुई-दुई समूह नेताले बैठकमा धारणा राखेका छन्।
अध्यक्ष वैद्यले पेश गरेको राजनीतिक र नीति तथा कार्यक्रमसहित सचिव देव गुरुङले पेश गरेको विधान मस्यौदाका बारेमा २१ समूहका नेताले शनिबार आ-आफ्नो समूहका धारणा राखेको राखी भ्याएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्। आइतबार समूह नेताले उठाएको प्रश्नको जवाफ अध्यक्ष वैद्य र सचिव गुरुङले दिने कार्यक्रम छ।
'दीर्घकालीन जनयुद्धमा जाने भए काठमाडौँमा मात्र बस्न भएन'
बन्द सत्रमा धाराणा राख्दै ताम्सालिङ राज्य समिति तर्फवाट शैलेन्द्रले जनयुद्धमा जाने हो कि जनविद्रोहमा ? त्यो प्रस्ट पार्न नेतृत्वसँग माग गरे। ‘जनयुद्धमा जाने हो कि जनविद्रोहमा ? त्यसको स्वरुप कस्तो र के हो ?' शैलेन्द्रको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘यदि दीर्घकालीन जनयुद्धमा जाने हो भने नेतृत्वले चुरे डाँडातिर पनि मितेरी लगाउन सुरु गर्नु पर्‍यो, काठमाडौंमा मात्र बस्नु भएन।'
चीनले पनि हस्तक्षेप नगर्ने के ग्यारेन्टी ?
मगरातकी सीता विश्वकर्माले चीनको उपस्थितिले पनि मुलुकमा खतरा ल्याउन सक्ने भन्दै सतर्क हुनपर्नेमा जोड गरिन्। ‘कांग्रेस, एमाले र एमाओवादीले भारतप्रति लचक हुँदा मुलुकमा भारतको हस्तक्षेप खुल्लमखुल्ला बढेको छ' बिकले वैठकमा भनिन्, ‘हामीले पनि बढी चीनतिर झुक्दा त्यसले हस्तक्षेप नगर्ला भन्ने के ग्यारेन्टी ? यसमा पनि नेतृत्व बेलैमा सर्तक हुनुपर्छ।' मुलुकलाई विदेशी क्रिडाभुमी बनाउन नदिनका लागि पार्टीले पर्याप्त ध्यान दिनुपर्ने बिश्वकर्माको जोड छ।

'धोबिघाट गठबन्धन कालो दिन'
तमुवानका अजितले चर्चित धोबिघाट गठबन्धनको मुल्याङकन पर्याप्त र स्पष्ट रुपमा नभएको भन्दै नेतृत्वको आलोचना गरेका छन्। ‘म यहीँबाट धोबिघाट गठबन्धनको सही पुर्नः मुल्याङकन गर्न अनुरोध गर्छु' अजितले बैठकमा भने, ‘त्यसलाई कम्युनिष्ट आन्दोलनको ‘कालो दिन'को रुपमा नेतृत्वले ब्याख्या गरोस्।' चीन, उत्तरकोरिया र क्युबाका बारेमा स्पष्ट धारणा ल्याउनु पर्नेमा उनको जोड छ।
'गोन्जालो पक्राउबाट पाठ सिकौँ'
अवधका विरोजंगले कम्युनिष्ट पार्टीको अन्तराष्ट्र्रिय मोर्चा निमार्ण आवाश्यक भएको बताउँदै त्यसका लागि नेतृत्वको पहलकदमीमा जोड गरेका छन्। ‘विश्व भुमण्डलीकरणको कारण कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय मोर्चा बन्दी गरेर मात्र समाजवाद र साम्यवादमा जान सकिन्छ, नत्र अहिले कै अवस्थामा भने गा¥हो छ' विरोजंगलाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘र, अगाडि वढदा पेरुको गोन्जालो पक्राउवाट पनि पाठ सिक्नु पर्छ।' राष्ट्रियतालाई पहिलो र जातीयतालाई दोस्रो स्थानमा राखेर संघीयता बारे नेतृत्वले निर्णय लिनु पर्नेमा उनले जोड गरेका छन्।
'नेतृत्वको उमेरको हदबन्दी'
जनवर्गीय संगठनका रामदीप आचार्यले पार्टी नेतृत्वले उमेरको हदबन्दी तोक्नु पर्ने प्रस्ताव गरेका छन्। ‘पुरुष नेतृत्वले ७५ वर्ष र महिलाले ६५ वर्षमा सक्रिय राजनीतिबाट बाहिरिनु पर्ने नियम बनाएर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्नुपर्छ' आचार्यको प्रस्ताव छ। अध्यक्ष वैद्यले भने झै विश्व राजनीतिमा दुईवटा ध्रुव नभएको र एकै ध्रुव मात्र रहेको उनको भनाई छ। ‘एउटा ध्रुवको राजनीति अमेरिकी साम्राज्यवादले गरेको छ तर अर्कोको नेतृत्व कसैले गरेको छैन, त्यसैले विश्वमा एउटै ध्रुव छ' आचार्यले भने, ‘त्यही एउटै ध्रुव भित्र मात्रै अन्तविर्रोध जारी छ।'
थारुवानका हरि ज्ञवालीले रिम र कम्पोसालाई सक्रिय बनाउँदै त्यसको नेतृत्व पार्टीले लिनु पर्नेमा जोड गरे। ‘रिम र कम्पोसालाई सक्रिय बनाउनु पर्छ, त्यसको नेतृत्व हामीले नै लिनु पर्छ' ज्ञवालीले बन्द सत्रमा भने, ‘र, अध्यक्षले भनेको क्रान्तिको तेस्रो मोडेल भनेको के हो ? त्यो प्रस्ट पार्नुपर्छ।' जसको विचार उसैको नेतृत्वमा पार्टी अडिग रहनु पर्नेमा उनको जोड देखिएको छ।

'वैद्यलाई बाबुरामले पक्राउ गराएको हो कि हैन?'
किराँतबाट धारणा राख्दै अध्यक्ष वैद्य र उपाध्यक्ष सीपी गजुरेल पक्राउ बारेमा नेतृत्वले स्पष्ट रुपमा जानकारी गराउन माग गरेका छन्। ‘भारतमा किरण (वैद्य)कमरेड र गौरब (गजुरेल) कमरेडलाई प्रचण्ड बाबुरामले पक्राउ गराएर यता चुनवाङ मार्फत लोकतान्त्रिक गणतन्त्र पास गराइएको कुरा आइरहेको छ, यसमा नेतृत्वको वुझाई के हो ? त्यो स्पष्ट पारियोस्' दिपेशले माग गरेका छन्। उनले राष्ट्रियतालाई केन्द्र बिन्दु बनाएर अबको आन्दोलन लैजानु पर्ने उल्लेख गरे।
'भुटानीकरणतर्फ देश'
मधेसलाई केन्द्रबिन्दु बनाएर भारत विस्तारबादको विरुद्ध लडन मिथिलाका रोशन जनकपुरीको प्रस्ताव गरेका छन्। ‘मधेसका बारेमा नेतृत्वले प्रस्ट होस' जनकपुरीको प्रस्ताव छ, ‘भारतीय बिस्तारबादको विरुद्ध लड्नका लागि मधेसलाई नै पार्टीले प्रयोग गर्नु जरुरी छ।' नेतृत्वले भने जस्तो मुलुक फिजीकरणतर्फ गएको नभई भुटानीकरणतर्फ उन्मुख भएको उनको निष्कर्ष छ। मिथिलाकै अर्का नेता तेजप्रकाशले प्रधानअन्तविर्रोधका बारेमा मुख्य, सहायक र गौण के के हुन ? त्यसको स्पष्ट किटानै गरेर जान जोड गरेका छन्।
‘चुनवाङ दस्तावेज';‘आत्मसमपर्ण दस्तावेज'
जनस्वयंसेवक ब्युरोका उदय चलाउनेले खारा र जुम्लाका हार पछि पुष्पकमल दाहाल र बाबुराम भट्टराईले दिर्घकालिन जनयुद्धको नीतिवाट भागेको आरोप लगाए। ‘खारा र जुम्लामा पराजित भएपछि प्रचण्ड र बाबुराम डराएर भागेका हुन्,' चलाउनले भने, ‘युद्धका कारण २५ हजार सेना र प्रहरीले जागिर छोडेर भागिरहेको अवस्थामा आत्मसमपर्ण गर्ने काम भयो, यसको पार्टीले गम्भिर समिक्षा गर्नुपर्छ।'

पार्टीले बिजय गरिसकेको युद्धलाई विर्सजन गराउने काम दुई नेताले गरेको भन्दै चलाउनेले ‘चुनवाङ दस्तावेज' लाई ‘आत्मसमपर्ण दस्तावेज' को रुपमा किटान गर्नुपर्ने माग गरे।
साँस्कृतिक विभागको काम नाच्ने र गाउने मात्रै होइन, 
नाच्ने र गाउने काम मात्रै गरेर सास्कृतिक परिबर्तन हुन नसक्ने साँस्कृतिकका हिरामणी दुःखीले सास्कृतिक रुपान्तरणमा जोड गरेर जानुपर्ने धारणा राखे। ‘साँस्कृतिक विभागको काम नाच्ने र गाउने मात्रै होइन, सास्कृतिक रुपान्तरणका लागि आन्दोलनको रुपमा लैजानु पर्ने हो, त्यो भइरहेको छैन्।' त्यसको स्पष्ट दिशावोध र खाका दिन नेतृत्वसँग दुःखीले माग गरेका छन्।
कोचिलाको किरण राईले लिबिया र सिरियामा अमेरिकाको नेतृत्वमा आक्रमणको भइरहेको भन्दै सो बारे पार्टीले बोल्नु पर्ने बताए। ‘त्यस्तै, भारतीय लेखक एसडी मुनीको लेख र प्रचण्ड÷बाबुरामको बिन्ती पत्रको बारेमा पनि सत्य तथ्य बाहिर ल्याउनु पर्छ, त्यसैलाई त्यसै छोडन मिल्दैन्।'
चीनको सुधारवादी पुजिँवादको ठिक हो कि होइन ?
प्रवासकी सन्तोषी बिकले चीनको पछिल्लो गतिविधि सुधारवादी भएको भन्दै त्यसले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा धक्का पुग्ने बताइन्। ‘चीनको सुधारवादी पुजिँवादको ठिक हो कि होइन ? त्यसको ठोस विश्लेषण गर्नुप¥यो' बिकले भनिन्, ‘त्यस्तै, पार्टी र संयुक्त मोर्चाका काम प्रभावकारी रुपमा हुन सकेको छैन, त्यसलाई वढी नै हस्तक्षेपकारी बनाउनु पर्छ।'
जातीय पार्टी नियन्त्रण बाहिर र राष्ट्रियताका विरुद्ध 
जातीय/क्षेत्रीय मोर्चाका तर्फवाट बोलेकी नेतृ कुमारी मोक्तानले जातीय आन्दोलन नियन्त्रण र राष्ट्रियता भन्दा बाहिर गएको भन्दै पार्टी हस्तक्षेप बढाउन माग गरेकी छिन्। ‘अहिले विभिन्न रुपमा जातीय पार्टी निमार्ण भइरहेको छ, त्यो आन्दोलन नियन्त्रण बाहिर र राष्ट्रियताका विरुद्ध प्रयोग हुने खतरा बढिरहेको छ' मोक्तानले भनिन्, ‘जातीय मुद्धालाई प्रभावकारी ढंगले अबिलम्ब सम्वोधन गरेर नियन्त्रणमा राख्नुपर्छ, नत्र यो निकै खतरा हुन जान्छ।'
प्रचण्ड र बाबुरामलाई नवराष्ट्रघाती र नवप्रतिक्रियावादी भन्नुपर्छ
केन्द्रीय कार्यालयका ऋषिराज बरालले एनेकपा माओवादीका अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईलाई ‘नवसंसोधनवादी' र ‘गद्धार' मात्र भनेर नपुग्ने उल्लेख गरेका छन्। ‘अब प्रचण्ड र बाबुरामलाई नवराष्ट्रघाती र नवप्रतिक्रियावादी हुन भनेर पार्टीले स्पष्ट रुपमा भन्नुपर्छ।' पार्टी विधान निमार्ण गर्दा जातीय र क्षेत्रीयतालाई केन्द्रबिन्दुमा नराखी वर्गलाई केन्द्र बिन्दुमा राख्न बरालको जोड छ।
'आगामी दिनमा ठूलो नरसंहार'
प्रचार विभागका कुमार साहले पार्टीका विरुद्ध अनर्गल प्रचार हुन लागेकोमा सर्तक हुदै प्रभावकारी प्रचार÷प्रसार गरेर त्यसलाई चिर्नुपर्नेमा जोड गरे। सल्लाकार समितिका तिलक परियारले सल्लाहकारलाई मताधिकार दिनु पर्ने माग गरे। उनले आगामी दिन ठुलो नरसंहार हुन सक्ने भन्दै त्यसतर्फ नेतृत्व सर्तक हुनुपर्नेमा पनि जोड गरेका छन्। भोजपुराका सुवास यादवले फिजीकरणको खतरा भन्दा मधेसी जनताको अपमान हुने भन्दै भुटानीकरण खतराको रुपमा ब्याख्या गर्न माग गरेका छन्।
 कडेल र  आचार्यको  आलोचना
भोजपुराकै अर्का समुह नेता धिरज पट्टेलले मधेस ब्युरो इन्चार्ज गरेका छन्। ‘ब्युरो इन्चार्ज र राज्य इन्चार्ज असक्षम नेतृत्व सावित भएको छ, उनीहरुले तुरुन्त राजिनामा दिनुपर्छ' पट्टेलले माग गरे। राज्य समिति सदस्यलाई पाखा लगाएर एरिया समितिका नेतालाई महाधिवेसन प्रतिनिधि बनाइएको र संगठन भित्रै गुटबन्दी गरेको भन्दै कडा आलोचना गरेका छन्।

No comments:

Post a Comment