प्रकाश तिमल्सिना
काठमाडौं, पुस २
आन्दोलन त्यहीवाट सुरु भयो, जव राष्ट्रसंघीय शान्ति मिसन अनमिनले त ‘अयोग्य’ भनेर प्रमाणित गर्ने काम ग¥यो, त्यसमा आफ्नै माऊ पार्टी एकीकृत नेकपा माओवादीले कुनै प्रतिवाद गरेन्, उल्टै त्यही ‘अयोग्य’ शब्दमा लाहाछाप लगाएर केही पुर्नस्थापना कार्यक्रमका साथ बाहिर निकाली दियो ।
‘जनताको मुक्तिका खातिर’ भन्दै माओवादीद्धारा सशष्त्र युद्धमा लगिएकालाई २०६६ साल माघ–फागुनमा पटक पटक गरी ‘अयोग्य’ भन्दै शिविरवाट ४ हजार ८ लडाकुलाई निकालियो । उनीहरुले त्यही बेला भने कि– ‘हामी अयोग्य होइनौ, मात्र अप्रमाणित हौं ।’ तर उनीहरुको यो आबाज न पार्टीले सुन्यो, न सरकारले नै । अनमिनले त सुन्ने कुरा झनै भएन किनभने यो शब्दको चयन उसैको थियो । कसैले पनि नसुने पछि स्वाभाविक रुपमा सम्बोधन हुने त झन कुरै भएन । तर पनि आन्दोलन अघि वढि नै रहयो ।
‘हिजो युद्धमा हुदाँ हामी तिमिहरुका लागि अयोग्य थिएनांै र अहिले शान्ति प्रक्रियामा आए पछि कसरी अयोग्य भयौ भनेर चार वर्ष देखी आफ्नै पार्टीलाई सोधी रह्यौं’ एक भेटमा कृष्णप्रसाद ‘किरण’ले संवाददातासँग भनेका थिए, ‘तर त्यही ‘अयोग्य’ शब्द हामीहरुका लागि यति भारी भइदियो कि आत्मसम्मानमा ठेस पुगेको महशुश गर्दै एक दर्जन साथीले आत्महत्या नै गरिदिए, कतिले त्यस्तो प्रयास गरेका थिए, तर बालाबाल बचे ।’ उनका अनुसार ‘देश परिवर्तन गर्छु भन्दै हिडउने’ पार्टी स्वयंले पनि ‘अयोग्य’को बिल्लामा ‘लाहा छाप’ लगाउने काम गरे पछि तीनीहरुको स्वाभिमान आत्महत्यामा परिणत भएको थियो ।
त्यसो त अर्का ‘कमरेड क्रान्ति’को घर राजधानी भित्रै काँठ क्षेत्रमा नै छ तर नजिक भएर पनि उनी घर भने जान सक्दैनन्, काठमाडौं भित्रै नै डेरा गरी बस्छन् । ‘गाउँ जाउँ त ऊ अयोग्य आयो भनेर बाटैमा गिज्याउँछन्’, उनले नागरिकसँग दुःखेसो गरे, ‘हिजो खुब क्रान्ति र परिबर्तन ल्याउँछु भनेर हिड्थ्यो, अहिले त अयोग्य भएर पो गाउँ फर्केर आएछ भनि दिन्छन, अनि कसरी मन थाम्नु ?’ बिगत पाँच वर्ष देखी आत्मसम्मान गुमाएर वाँच्नुको पीडाको अनुभव जति ‘कमरेड क्रान्ति’सहित ४ हजार ८ लडाकुले गरिरहेका छन्, सायद माओवादीमा लाग्ने अरुले त्यति सा¥हो गरेका छैनन् ।
पीडा यति मात्र छैन्, उनीहरुको । ‘हामीलाई शिविर वाहिर निकालिए पछि मुश्किलले प्रतिब्यक्ति ५० हजार खर्च गरिएको छ तर हिसाब वुझाउँदा भने हाम्रा प्रत्येक टाउकोमा ४ लाख ५० हजार खर्च भएको देखाइएको रहेछ’ बहिगर्मित जनमुक्ति सेना, नेपालका संयोजक लेनिन विष्टले सार्वजनिक गर्दै आएका छन् । जो उनीहरुको १२ बुदेँ माग पत्रमा पनि सो खर्चका बारेमा छानबिन गरी सार्वजनिक गर्नु पर्ने उल्लेख छ ।
सोही माग राख्दै उनीहरुले राजधानी बन्दको आब्हान मात्रै गरेनन, पाँचै विकास क्षेत्रमा चक्काजाम पनि गरे, नेपाल बन्दको घोषणा पनि गरे । स्वैच्छिक अवकास रोज्ने लडाकुलाई चेक वितरण कार्यक्रममा पनि अबरोध गरे, तोडफोड पनि गरे तर अहँ उनीहरुको मागमा कुनै सुनवाई भएन् । समाजमा पुनः स्थापित हुनका लागि उनीहरुलाई भइरहेको कठिनाई र त्यसले सिर्जना गरेको निरश मनोविज्ञानलाई जटिल रुपमा हेर्ने काम कतै कहीवाट पनि भएन ।
तर, जब मंशिर १३ गते देखी पार्टी मुख्यालय पेरिस डाँडैमा तालाबन्दी गरेर धर्ना सुरु गरे, अनि टाउको दुखाई स्वयं माओवादीलाई सुरु भयो । पहिलो पटक पार्टी मुख्यालयमा तालाबन्दी गर्ने मात्रै होइन, आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल विरुद्धमा मुख्यालय मै नाराबाजी लगाउनेसम्म काम उनीहरुवाट भयो । त्यसको झोकमा हुनुपर्छ, पार्टी मुख्यालय प्रशासनले पनि उनीहरुको आन्दोलनलाई ‘अवरोध’ गर्ने उदेश्यसहित धारा, पानी र शौचालयमा नै तालाबन्दी गरिदियो । ‘हिजो जुन पार्टीका लागि लडेका थियौं, उसैले आज हामीले प्रयोग गर्छ भनेर धारा पानी र शौचालयमा तालाबन्दी गरेर दुःख दिने काम ग¥यो,’ केही हप्ता अघि आप्mनै पार्टीवाट भएको अमानबीय ब्यवहारवारे पंक्तिकारसँग धर्नाकारीले भने पनि ।
तर पनि उनीहरुले पेरिसडाँडा छाडेनन् । एक छाक मात्रै खाएर पनि उनीहरु माग पुरा नहुन्जेलसम्म निरन्तर पाल टांगेर धर्नामा बस्ने भनिदिए र आखिर बसे नै । यसरी धर्नामा बस्दा चिसोले कति बच्चाका आमा बिरामी परे, कति अस्पतालमा भर्ना नै भए । तर पार्टीको हजार आग्रहलाई अस्विकार गर्दै निरन्तर बसि नै राखेकै कारण हुनुपर्छ, शुक्रवार सरकारले केही हदमा उनीहरुको माग सुनवाई गरेको छ ।
‘सरकारले आजवाट हामीलाई ‘अयोग्य’को बिल्ला हटाएर ‘अनमिन बहिगर्मितको परिचय पत्र’ दिएको छ,’ शुक्रवार अपरान्ह विष्टले खुसीका साथ सुनाए, ‘शान्ति मन्त्री (टोपबहादुर रायमाझी) आफै उपस्थित भएर नयाँ परिचय पत्र वितरण गरिरहनु भएको छ ।’ उनका अनुसार काठमाडौं भन्दा बाहिर रहेकालाई जिल्लावाटै परिचय पत्र वितरण गरिने ब्यवस्था शान्ति तथा पुर्ननिमार्ण मन्त्रालयले मिलाई सकेको छ ।
एक महिना सात दिन देखी पार्टी मुख्यालय, पेरिसडाँडामा धर्नामा बसेकालाई पार्टीले गाडी भाडा दिएर घर फर्काउने आश्वासन दिएको अर्का नेता सागर लिम्बुले जानकारी गराए । ‘परिचय पत्र बितरण पछि गाडी भाडा दिएर घर फर्किने ब्यवस्था पार्टीले गर्छु भनेको छ, हेरौ के गर्छ ?’, लिम्बुले नागरिकसँग भने, ‘एउटा माग बल्ल बल्ल ४ बर्ष लामो संघर्ष गरे पछि पुरा भएको छ, अरु अझै पुरा गर्न वाँकी नै छन् ।’
सरकारसँग स्वैच्छिक अवकास रोज्ने लडाकु सरहको आर्थिक प्याकेज उपलब्ध गराउनु पर्ने, सम्मानजनक कदर पत्र दिलाउनु पर्ने, विभिन्न बहानामा पक्राउ परेका ‘अयोग्य’ लडाकुलाई विना सर्त रिहाई गर्नुपर्ने, आरक्षणको सुविधा दिनुपर्ने लगायत १२ वुदेँ माग पुरा गर्नुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । एउटा माग पुरा भए पछि अब उनीहरु के गर्छन त ? ‘साथीहरुसँग छलफल गरेर टुंगोमा पुग्छौ’ लिम्बुले भने ।

No comments:
Post a Comment