प्रकाश तिमल्सिना, काठमाडौं, पुस १९ - मोहन वैद्य नेतृत्व नेकपा-माओवादीको
महाधिवेशन आउन सात दिनमात्र बाँकी छ तर आन्तरिक विवादले मधेस
ब्युरोअन्तर्गतका राज्यसमितिले प्रतिनिधि छान्न सकेका छैनन्।
विवाद चर्किंदै गएपछि भोजपुरा राज्यसमितिको अधिवेशन नै हुन सकेको छैन भने मिथिला राज्यसमितिको अधिवेशन उद्घाटन भए पनि महाधिवेशन प्रतिनिधि चयन नगरी स्थगित छ। पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीबाट गत असार पहिलो साता विभाजन भएको वैद्य नेतृत्वको माओवादीको महाधिवेशन आगामी पुस २५ बाट काठमाडौंमा सुरु हुँदैछ।
पुस ४-६ मा मिथिला राज्यसमितिको अधिवेशन लहानमा उद्घाटन गरिएकोमा प्रतिनिधि चयन विवादित भएपछि स्थगन हुन पुगेको इन्चार्ज कृष्णदेव सिंह दनुवारले बताए।
'अधिवेशनले गर्ने सबै काम सम्पन्न भए पनि प्रतिनिधि चयन भने आन्तरिक समस्याका कारण हुन सकेन,' इन्चार्ज दनुवारले नागरिकसँग भने, 'हामीले नवीकरण गरिएको पार्टी सदस्यताको लिस्ट केन्द्रलाई बुझाएका छौं, राज्यमा नमिलेपछि केन्द्रलाई नै प्रतिनिधि चयन गर्ने जिम्मेवारी दिइसकेका छौं।'
दनुवारका अनुसार राज्यसमिति अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन गर्ने विषयमा विवाद भएपछि त्यसको छिनोफानो गर्ने जिम्मा पार्टी केन्द्रलाई दिइएको हो।
यता, भूगोल र गैरभूगोल सबै राज्यसमितिका अधिवेशन सम्पन्न भइसक्दा पनि भोजपुरा राज्यसमितिको अधिवेशन हुन सकेको छैन। त्यसले भोजपुराअन्तर्गतका रौतहट, बारा र पर्सा जिल्ला समितिबाट महाधिवेशनका लागि कति प्रतिनिधि केन्द्रमा जाने हो, त्यसको निर्क्योल अझै भएको छैन।
राज्यसमिति र जिल्ला समितिका नेतृत्वबीच विवाद चर्किंदै गएपछि भोजपुरा राज्यसमिति र त्यसअन्तर्गतको रौतहट जिल्ला सम्मेलन स्थगित भइसकेको राज्यसमिति सचिवालयका एक सदस्यले जनाए। 'पुस ७-८ मा राज्यसमिति अधिवेशन तोकिएकै मितिमा रौतहट जिल्लाले पनि पुस ८-९ गते नै अधिवेशन गर्ने निर्णय गरेको थियो,' ती सदस्यले नागरिकसँग भने, 'दुवैको अधिवेशन एकै दिन परेपछि केन्द्रले दुवै अधिवेशन नै स्थगित गर्ने निर्णय गर्नुपरेको हो।' यद्यपि, बारामा रञ्जित पट्टेल र पर्सामा राम आश्रय रामको नेतृत्वमा जिल्ला अधिवेशन सम्पन्न भई नेतृत्वमा दुवै दोहोरिएका छन्।
पुस ८-९ का लागि गौरमा अधिवेशन गर्ने निर्णयलाई केन्द्रले रोकेपछि पुनः पुस १९ मा तय भएको अधिवेशन अन्तिममा रोकिएको छ। शिवनगरमा आयोजना गर्ने भनिएको अधिवेशन केन्द्रले रोके पनि अर्को मिति भने अझै तय हुन सकेको छैन। 'भोजपुराको राज्य अधिवेशन रोकिएको छ, केन्द्रको निर्देशन आए महाधिवेशनको दुई दिनअघि पनि अधिवेशन गर्न तयार छौं,' इन्चार्ज राम आचार्यले नागरिकसँग भने, 'हामी केन्द्रको निर्णय पर्खिरहेका छौं।'
'नवसंशोधनवाद र प्रतिक्रियावादविरुद्ध संघर्ष गरौं, जनगणतन्त्र स्थापनाको दिशामा अघि बढौं' भन्ने नारासहित नेकपा-माओवादीले काठमाडौंमा महाधिवेशन गर्न लागेको हो।
महाधिवेसनको अन्तिम तयारीमा जुटेको माओवादीले अन्तिम निर्णय गर्न बिहीबार पोलिटब्युरो बैठक बोलाएको छ।
प्रवक्ता पम्फा भुषालले बिहीबार पोलिटब्युरोले मिथिला र भोजपुरा राज्यसमितिमा भइरहेको नेतृत्व र प्रतिनिधि चयन विवाद हल गर्ने बताइन्। 'सबै राज्यसमितिको अधिवेशन सम्पन्न भए पनि मिथिला र भोजपुराको भने बाँकी नै छ,' भुषालले नागरिकसँग भनिन्, 'पोलिटब्युरो बैठकले मिथिला, भोजपुरासहित महाधिवेशनका लागि आवश्यक निर्णय गर्दैछ।'
उनका अनुसार पोलिटब्युरो बैठकमा २३ वर्षपछि हुन लागेको पार्टी महाधिवेशनमा एकमत भएर नेतृत्व कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुनेछ।

No comments:
Post a Comment