प्रकाश तमल्सिना
काठमाडौं, पुस ९
राष्ट्रिय सहमतीय सरकार निमार्ण प्रक्रियाका बारे तेस्रो विकल्पमा सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धन भित्रै विभाजित धारणा देखा परेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वलाई सहमतीय सरकारको आकार दिने पहिलो सर्त र त्यसमा सहमत हुन नसके गठबन्धन भित्रैवाटै नयाँ नेतृत्व खोज्नेमा एकमत देखिए पनि तेस्रो विकल्पमा भने स्पष्ट रुपमा गठबन्धन विभाजित हुन पुगेको छ ।
सरकारको नेतृत्वकर्ता दल एकीकृत माओवादी, सो पार्टीका अध्यक्ष तथा गठबन्धनका संयोजक पुष्पकमल दाहाल, प्रधानमन्त्री र उपाध्यक्ष बाबुराम भट्टराईका पनि छुट्टाछुट्टै तेस्रो विकल्प प्रस्ताव भएका छन् । तेस्रो विकल्पका वारेमा गठबन्धन भित्रै छुट्टा–छुट्टै धारणा आएपछि त्यसलाई हल गर्न मंगलवार गठबन्धनको सचिवालय वैठक वोलाइएको छ ।
एमाओवादी– प्याकेजमा सहमति भएमा मात्र कांग्रेस नेतृत्व स्विकार गर्न सकिने
संयोजक दाहाल– सहमती हुदै भएन, कांग्रेसलाई नेतृत्व दिऊ
बाबुराम– राजनीतिक पृष्ठभुमीका कुनै स्वतन्त्र ब्यक्तिलाई मानौ
मधेसी मोर्चाः मोर्चाका सर्तमा सहमति भए बिकल्प खोज्न सक्छौं
साना दलः तत्कालिन संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बहुमत समर्थन प्राप्त ब्यक्तिको नेतृत्वमा सरकार गठन गरौ
गरीबि निवारण मन्त्रीः– उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार बनाऔं
गठबन्धनका संयोजक तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भट्टराई र गठबन्धन भित्रै नेताको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निमार्ण हुन नसक्ने भन्दै कांग्रेसलाई स्विकार गरेर जानु पर्ने प्रस्ताव गरिसकेका छन् । आइतवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको गठवन्धनको वैठकमा संयोजक दाहालले अब पनि कांग्रेस नेतृत्वलाई स्विकार गरेर नगएमा मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता खतरामा पर्ने र वैशाखमा संविधानसभाको चुनाव गराउन नसकिने तर्क राख्दै नेतृत्व हस्तान्तरण गर्नु पर्ने तर्क राखे पछि गठबन्धनमा सहभागी अन्य दलले चर्को असहमति नै जनाए । जसकाकारण एकै दिन दुई दुई पटक गठबन्धन वैठक बसे पनि कुनै निष्कर्ष नै ननिकाली स्थगित हुन पुग्यो ।
सोही बैठकमा भट्टराई सरकारका प्रमुख सहयोगी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो प्रस्तावमा सहमति जनाउने जो सुकैलाई पनि समर्थन गर्न सकिने भन्दै तेस्रो विकल्प खुल्ला गर्ने प्रस्ताव वैठकमा नै राखे पछि वाझिन पुगेको छ । ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्धारा प्रस्तावित प्याकेजमा सहमति भएमा चुनावी सरकारको नेतृत्वको अन्य विकल्पमाथी छलफल गर्न सकिनेछ’ आफ्नो प्रस्तावको ५ (ग) मा मोर्चाले उल्लेख गरेको छ । मोर्चाले अब पनि निर्वाचन गराउने नसक्ने प्रधानमन्त्री स्वतः पदमुक्त हुने संवैधानिक ब्यवस्था गरिनु पर्ने नयाँ प्रस्ताव पनि अघि सारेको छ ।
त्यस्तै, गठबन्धनमा रहेका १४ साना दलले भने संयोजक दाहाल र मधेसी मोर्चाले पेश गरेको भन्दा फरक धारणा वैठकमा लिखित रुपमा राखेको छ । संयोजक दाहाल र मधेसी मोर्चाले तेस्रो विकल्पका बारेमा फरक फरक धारणा पेश गरे पछि साना १४ दलले पनि छुट्टै वैठक नयाँ प्रस्ताव राखेको हो । ‘तात्कालिन संविधानसभामा प्रतिनिधित्व गर्ने बहुमत राजनीतिक दलका समर्थन प्राप्त ब्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्ने’ आन्तरिक वैठकमा पेश गरेको लिखित प्रस्तावमा १४ दलले भनेका छन् ।
भट्टराई नेतृत्व सरकारका गरीबि तथा निवारण मन्त्री एकनाथ ढकालले भने उपराष्ट्रपति परमानन्द झाको नेतृत्वमा चुनावी सरकार बनाउने सकिने धारणा सार्वजनिक गरिसकेका छन् । नेपाल परिवार दलका अध्यक्षसमेत रहेका मन्त्री ढकालले पार्टीको निर्णय भन्दै गठबन्धनको वैठकमै उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार बनाउनु पर्ने तेस्रो विकल्प प्रस्तुत गरेपछि अन्य दलले चर्को आलोचना गरेका थिए । तर, वैठकमा ढकालले आफ्नो पार्टीको निर्णय भन्दै स्पष्टीकरण दिएका थिए ।
कुनै पनि हालतमा सरकारको नेतृत्व नछोडने अडान राख्दै आएका प्रधानमन्त्री भट्टराईले पनि आफ्नो छुट्टै तेस्रो विकल्प सोमवार सार्वजनिक गरेका छन् । कांग्रेस सभापति सुशिल कोइरालालाई प्रधानमन्त्री भट्टराईले राजनीतिक पृष्ठभुमी भएका स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री मान्न तयार रहेको तेस्रो विकल्पको सन्देश पठाएको प्रधानमन्त्रीका सहयोगी विश्वदिप पाण्डेले जानकारी दिए । ‘पहिलो चरणमा अहिलेकै सरकारमा कांग्रेस÷एमाले लगायतका सवै दल सम्मिलित भई त्यसलाई राष्ट्रिय सहमतिको सरकार बनाउने र दोस्रो चरणमा निश्चित सहमतिको अवधी पछि चुनावको बेलामा राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसलाई दिने’ कोइरालालाई पठाएको सन्देश उद्यृत गर्दै पाण्डेले नागरिकसँग भने, ‘यदी त्यसमा सहमति नहुने हो भने मधेसी मोर्चा, साना दल वा अन्य कोही राजनीतिक पृष्ठभुमी भएका सवै सवै राजनीतिक पार्टीहरुलाई मान्य हुने कोही स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सहमतिको सरकार बनाएर निर्वाचनमा जाने ।’ उनका अनुसार सभापति कोइरालालाई सहमति खोज्नेहरुले भन्दा भाँडनेहरुले घेरावन्दी गरेको भन्दै प्रधानमन्त्रीले कांग्रेसका युवा नेतामार्फत सो सन्देश पठाएका हुन् । स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री स्विकार गर्न नसक्ने धारणा राख्दै आएका भट्टराईले कोइरालालाई सन्देश पठाएर पहिलो पटक स्वतन्त्र ब्यक्ति मान्य हुने धारणा राखेका हुन् ।
अध्यक्ष दाहालले कांग्रेसको नेतृत्व स्विकार गर्न तयार हुनु पर्ने तथा प्रधानमन्त्री पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले राजनीतिक पृष्ठभुमी भएका स्वतन्त्र ब्यक्ति मान्न सकिने धारणा राखे पनि एमाओवादीले भने त्यो भन्दा फरक औपचारिक निर्णय गरेको छ । ‘पहिलो, भट्टराई सरकारलाई नै राष्ट्रिय सहमतिको आकार दिने र दोस्रो, त्यसमा सहमति हुन नसकेमा सत्तारुढ गठबन्धन भित्रका नेताको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय पार्टीको हो’ पुर्वाञ्चल ब्युरो प्रमुख गिरिराजमणी पोखरेलले भने, ‘यदी प्याकेजमा सहमति हुन सक्छ भने मात्र कांग्रेस नेतृत्व स्विकार गर्न सकिने पार्टीको धारणा हो ।’ तेस्रो विकल्पका बारेमा पार्टी खुल्ला भए पनि अर्को निर्णय भने नगरिसकेको उनको भनाई छ ।
प्रवक्ता प्रेमवहादुर सिंहले गठबन्धन भित्र तेस्रो विकल्पका बारेमा फरक–फरक धारणा आए पछि मंगलवार गठबन्धन सचिवालयको वैठक बोलाइएको बताए । ‘माओवादी, मधेसी मोर्चा र साना १४ दलका फरक फरक धारणा आए पछि गठबन्धन नै अन्यौलमा परेको छ’ सिंहले नागरिकसँग भने, ‘त्यसमा एकरुपता ल्याउनका लागि भोली (मंगलवार) वैठक बोलाइएको छ, त्यसपछि समान धारणा आउँछ ।’ उनका अनुसार आइतवार गठबन्धनको वैठकमा पेश भएका छुट्टा छुट्टै लिखित धारणाका वारेमा सचिवालयले निर्णय लिनेछ ।

No comments:
Post a Comment