प्रकाश तिमल्सिना, काठमाडौं, पुस १ - महाधिवेशन तयारीमा रहेको मोहन वैद्य
नेतृत्वको नेकपा-माओवादी भोजपुरा राज्य समितिको आन्तरिक विवाद उत्कर्षमा
पुगेको छ।
राज्य तथा जिल्ला समितिले छुट्टाछुट्टै कार्यक्रम गर्नुका साथै आफ्नै ढंगले अधिवेशन तयारी गरेका छन्। राज्य समितिको निर्देशनविपरीत जिल्ला समितिलेे छुट्टै कार्यक्रम र अधिवेशन तयारी गरेपछि उक्त विवाद पार्टी केन्द्रीय कार्यालयसम्म आइपुगेको एक केन्द्रीय नेताले नागरिकलाई बताए। 'भोजपुरामा राज्य समिति कार्यालय र जिल्ला समितिबीच सहकार्य हुन सकेको छैन्, यसले पार्टीभित्र नकारात्मक सन्देश दिएको छ,' ती केन्द्रीय सदस्यले भने। उनका अनुसार पार्टीले मिलाएर लैजाने प्रयास गरे पनि सफल हुन सकेको छैन।
जिल्ला समितिले राज्य समितिसँग सल्लाह नगरी सदस्यता नवीकरण तथा जिल्ला, इलाका र क्षेत्रीय अधिवेशनको मिति तोकेको छ, जसअनुसार रौतहट जिल्लाको अधिवेसन पुस ८-९ मा गौरमा तोकिएको छ। सोही मितिमा राज्य समितिको अधिवेशन पनि घोषणा गरिएकाले राज्य र जिल्ला अधिवेशन जुधेको छ।
भोजपुरा राज्य समिति इन्चार्ज राम आचार्यले पार्टीभित्र आन्तरिक विवाद भए पनि आफू मिलाउने प्रयासमा रहेको बताए। 'भोजपुरामा पहिलेदेखि आन्तरिक विवाद देखिँदै आएको थियो,' आचार्यले नागरिकसँग भने, 'पार्टीको निर्देशनानुसार मिलाउने प्रयासमा लागेको छु, अधिवेशनसम्ममा विवाद साम्य भइसक्ने छ।'
भोजपुराका एक जिल्ला इन्चार्जले राज्य समिति कार्यालयले गुटबन्दी गरेपछि बाध्य भएर जिल्ला कमिटीले छुट्टाछुट्टै कार्यक्रम गरेको बताए। 'मंसिर १९ मा कलैयामा बसेको तीन जिल्लाका इन्चार्ज र सेक्रेटरीको संयुक्त बैठकले राज्य समिति अधिवेशन बहिष्कारको निर्णय गरेको छ,' ती इन्चार्जले नागरिकसँग भने, 'हामीले पनि राज्य समिति कार्यालयसँग कुनै सहकार्य नगरी आफैं अधिवेशन तोक्ने र आयोजक समिति बनाउन आँटेका छौं।' उनका अनुसार पार्टी सदस्यता नवीकरण तथा आयोजक समिति गठनबार राज्य कार्यालयलाई जानकारी नदिने निर्णयमा तीनै जिल्ला समिति पुगेका छन्।
रौतहट, बारा, पर्सा इन्चार्ज क्रमशः रामआश्रय राम, रञ्जित पटेल र धीरज पटेल तथा सेक्रटरीहरू क्रमशः राजदेव पट्टेल, विरोध शर्मा र हरिवंश मैनालीसहितको टोलीले महासचिव रामबहादुर थापालाई राज्य कार्यालयलाई नमान्ने जानकारी यसअघि नै दिइसकेको उनको भनाइ छ। 'दसंैपछि बादलजी (थापा) लाई राज्य इन्चार्ज र सेक्रेटरीसहितको कार्यालयलाई मान्दैनांै भन्ने कुरा राखिसकेका छौं,' ती इन्चार्जले नागरिकसँग भने, 'उहाँले पनि हामीलाई आ-आफनो ढंगले काम गर्नुहोस् भन्ने जवाफ दिनु भएपछि काम गरिरहेका छौं।' उनका अनुसार सदस्यता नवीकरणसहित अधिवेशनबारे सबै जानकारी राज्य समिति कार्यालयलाई नगराई सिधै केन्द्रीय कार्यालयमा पठाइनेछ।

No comments:
Post a Comment