प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर १५ - सत्तारुढ एकीकृत माओवादी अध्यक्ष
पुष्पकमल दाहालले सहमतीय सरकारको नेतृत्वका लागि आधा दर्जनभन्दा बढीलाई
सहयोगको आश्वासन दिएपछि राजनीतिक अन्योल थप लम्बिने देखिएको छ। राष्ट्रपति रामवरण यादवले सात दिनभित्र सहमतीय सरकार निर्मार्णका लागि
दलहरुलाई आह्वान गरेयता दाहालले सहमतीय प्रधानमन्त्रीका लागि आधा दर्जन नाम
मात्र प्रस्ताव गरेनन्, भेटघाटमा समर्थनको आश्वासन न बाँडिरहेका छन् ।
क-कसले पाए दाहालको आश्वासन ?
बाबुराम भट्टराईको निरन्तरता
नारायणकाजी श्रेष्ठ
विजयकुमार गच्छदार
महन्थ ठाकुर
रामबहादुर थापा
दमननाथ ढुंगाना
सुशील कोइराला (संविधानका अन्तर्वस्तुमा सहमत भए)
उनले बाबुराम भट्टराईकै निरन्तरता, नभए उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेसी जनअधिकार फोरम अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, नेकपा-माओवादीका महासचिव रामबहादुर थापा र कांग्रेस सभापति सुशील कोइरालाको नाम सम्भावित उम्मेदवारका रुपमा ठाउँठाउँमा लिँदै आएका छन् । दाहालले दलीय सहमति नभए स्वतन्त्र व्यक्तिका रूपमा दमननाथ ढुंगानालाई समेत प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् । नयाँ संविधानका अन्तर्वस्तुमा सहमति जुटेमात्र कांग्रेस नेतृत्व स्वीकार गर्न सकिने उनको भनाइ छ ।
दाहाल निकट नेता लोकेन्द्र विष्टमगरले अध्यक्ष दाहालका धेरै नेताको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरी समर्थन जनाउने अभिव्यक्तिलाई पानी छाम्ने कथासँग दाँजे । ‘नदी तर्नुअघि यो नदी कति गहिरो छ भनेर लठ्ठीले पानीको गहिराइ नापेझैँ अध्यक्षले पनि कसको वेग र ल्याकत कति छ भनेर छाम्नुभएको हो,' विष्टले नागरिकसँग भने, ‘तर हाम्रो पहिलो र प्रस्ट कुरा सितिमिति सरकार नछाड्ने नै हो ।' सहमतिबिना एकीकृत माओवादीले सजिलै सरकार छाड्छ भन्ने भ्रममात्र रहेको विष्टको भनाइ छ ।
मंसिर ८ गते राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेको भोलिपल्ट बसेको प्रमुख दलको बैठकमा विपक्षी कांग्रेस÷एमालेसँग प्रधानमन्त्रीको भावी उम्मेदवार तय गर्न दाहालले आग्रह गरे । सोहीअनुसार एमालेले कांग्रेसलाई उम्मेदवार तय गर्न दबाब दियो भने कांग्रेस सभापति सुशील कोइरालाले पनि आफ्नो सक्रियता बढाए । जसका कारण प्रधानमन्त्रीको दाबी गर्दै आएका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो दौड रोके र कोइरालालाई समर्थन जनाए ।
तर, विपक्षी दलसँग संवैधानिक निकासको रोडम्याप र प्रधानमन्त्री उम्मेदवार तय गर्न आग्रह गरेको भोलिपल्टै (अर्थात मंसिर १० मा) माओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिको आह्वान असंवैधानिक भन्दै मन्त्रिपरिषदबाट निर्णय गराए । त्यसको भोलिपल्ट अर्थात् मंसिर ११ मा अध्यक्ष दाहालले सहमतीय प्रधानमन्त्री सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनबाटै भन्ने अर्को प्रस्ताव गरे । विपक्षीलाई उम्मेदवार तय गर्न आग्रह गरेको पर्सिपल्ट सञ्चारकर्मीलाई बोलाएर दाहालले पार्टी उपाध्यक्ष श्रेष्ठ, तमलोपा अध्यक्ष ठाकुर र फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसहित चार नेतालाई एकै दिन प्रधानमन्त्रीका सम्भावित भनेर उभ्याइदिए । यद्यपि, त्यही भेटघाटमा दाहालले भट्टराई सरकारलाई निरन्तरता दिनुपर्ने अडान पनि राख्न छुटाएनन् । तर, आफैले प्रस्ताव गरेका सबै नामबारे दाहालले सत्तापक्ष वा विपक्षीसँग भने औपचारिक र सामूहिक छलफल नै गरेननन् ।
मंसिर १२ गते माओवादी पदाधिकारी र ब्युरो प्रमुखको संयुक्त बैठकले नयाँ संविधानको अन्तवस्र्तुमा सहमत भए कांग्रेस नेतृत्व स्वीकार गर्ने भन्दै भट्टराई सरकारको विकल्प खुला ग¥यो । यो निर्णय त्यही दिन भएको थियो, जुन दिन कांग्रेस सभापति कोइरालाले आफ्नो पार्टीको नेतृत्वका लागि समर्थन जुटाउने कोसिस गरिरहेका थिए । माओवादीको विश्वास लिन सके समर्थन गर्न सकिने भन्दै उपप्रधानमन्त्री गच्छदार र सत्तारुढ दलकै प्रभावशाली नेता ठाकुरले पनि कोइरालालाई समर्थन जनाउने सार्वजनिक गरे ।
मंसिर ११ गते नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेट्न गोंगबु पुगेका दाहालले सोही पार्टीका महासचिव रामबहादुर थापालाई प्रधानमन्त्रीको रुपमा समर्थन जनाउन सकिने आश्वासन दिएर फर्किए । ‘बादल (थापा) जीलाई प्रचण्डजीले समर्थन गर्छु भनेर फर्कनुभयो,' वैद्यले बुधबार केन्द्रीय कार्यालय, बुद्धनगरमा खुलासा गरेका थिए ।
प्रधानमन्त्री भट्टराई स्वतन्त्र व्यक्ति प्रधानमन्त्रीको विकल्प हुनै सक्दैन भनिरहेका बेला दाहाल ढुंगानाको पनि नाम लिइरहेका छन् ।
दाहाल निकट अर्का नेता विश्वनाथ साहले सहमतीय प्रधानमन्त्री छनोट गर्न धेरैको नाम प्रस्ताव आउनु स्वाभाविक बताए । ‘नयाँ प्रधानमन्त्री छनोटमा स्वाभाविक रुपमा धेरै नाम आउँछन्, तर तीमध्ये एउटा छान्ने हो,' साहले नागरिकसँग भने, ‘तर पनि माओवादी सकेसम्म बाबुरामजीलाई निरन्तरता दिने पक्षमा रहेको र त्यो सम्भव नभए पार्टीभित्रबाटै अर्को विकल्प प्रस्तुत गर्ने योजनामा छ ।' उनका अनुसार भट्टराईमा सहमति जुट्न नसके माओवादीले उपाध्यक्ष श्रेष्ठलाई प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्ताव गर्नेछ ।

No comments:
Post a Comment