प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर १३ - नेकपा-माओवादीका अध्यक्ष मोहन
वैद्यले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सरकारबाट बाहिरिन सुझाव दिएका
छन्। मंगलबार साँझ गोंगबुस्थित वैद्य निवास पुगेका प्रधानमन्त्री
भट्टराईलाई सहमतिका लागि सरकारबाट बाहिरिन अध्यक्ष वैद्यले सुझाव दिएका
हुन्। ‘मैले पार्टीको निर्णय अनुसार प्रधानमन्त्रीज्यूलाई सरकारबाट
हट्नुपर्छ भन्ने सुझाव दिएँ,' अध्यक्ष वैद्यले नागरिकसँग भने, ‘प्रधानमन्त्रीले पनि सहमति जुटे आफू सरकारबाट बाहिरिन्छु, बसिरहन
मन मलाई पनि छैन भन्ने कुरा गर्नुभयो।'
सो भेटमा प्रधानमन्त्री भट्टराईले तत्काल राजनीतिक दलबीच सहमतीय सरकारका लागि तत्काल समझदारी हुने सम्भावना नदेखिएको आफूलाई बताएको अध्यक्ष वैद्यले बताए।
राष्ट्रपति रामवरण यादवले ७ दिनभित्र सहमतीय सरकार निर्माण गर्न आह्वान गरेको पाँचौं दिनमा आफ्नो सरकारलाई समर्थन जुटाउने क्रममा प्रधानमन्त्री भट्टराई वैद्य निवास गोंगबु पुगेका हुन्। चर्चित धोबीघाट गठबन्धनमा एक भएका वैद्य र भट्टराईबीचको दुरी भट्टराई प्रधानमन्त्री भएपछि बढेको छ। प्रधानमन्त्रीमा निर्वाचित भएको करिब दुई वर्षबीच भट्टराई वैद्य निवास पुगेको यो तेस्रो पटक हो।
आफ्नो पार्टीलाई निषेध गरेर गरिएको समर्थन आफूहरूलाई मान्य नभएको पनि अध्यक्ष वैद्यले प्रधानमन्त्री भट्टराईलाई सो भेटमा बताएका छन्। ‘हामीलाई नसमेटी गरिएको कुनै पनि सहमति मान्दैनौं भनेर मैले प्रधानमन्त्रीलाई स्पष्ट रूपमा भनेको छु,' वैद्यले भने, ‘एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले गरेको सहमतिलाई राष्ट्रिय सहमतिको परिभाषाभित्र नबाँध्नुहोस्, हामीलाई निषेध गरी गरिएको सहमति राष्ट्रिय सहमति हुन सक्दैन भनेको छु।' पार्टीले महासचिव रामबहादुर थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको भन्दै अध्यक्ष वैद्यले उनको नाममा समर्थन जनाउन भट्टराईलाई अनुरोध गरेका थिए।
गोंगबुस्थित वैद्य निवासबाट प्रधानमन्त्री भट्टराई बूढानीलकण्ठस्थित कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवा निवास पुगेका थिए।
राजनीतिक दलबीच सहमति जुटे आफू बाधक नहुने बताएका प्रधानमन्त्री भट्टराईले देउवालाई आफ्नै सरकारलाई राष्ट्रिय सहमतिको आकार दिन आग्रह गरेका थिए। ‘तपाईंको नाममा सहमति जुट्ने भए पहिले नै जुटिसक्थ्यो,' देउवाको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले नागरिकसँग भने, ‘अब पालो कांग्रेसको हो, कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउन सहयोग गर्नुहोस्।' कांग्रेस नेता देउवाले प्रधानमन्त्री भट्टराईलाई मार्ग प्रशस्त गरी सहयोग गर्न अनुरोध गरेको ती नेताले जानकारी दिएका छन्।

No comments:
Post a Comment