Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, November 29, 2012

आगो ताप्दै 'अयोग्य लडाकु' रातभर पेरिसडाँडामा

प्रकाश तिमल्सिना, काठमाडौँ, मंसिर १५- आफ्ना मागलाई सम्बोधन नगरेको भन्दै माओवादीका 'अयोग्य लडाकु'ले एकीकृत माओवादीको मुख्यालय पेरिसडाँडामा मंसिरको चीसोमा रातभर धर्ना दिएका छन्।

बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म पार्टी मुख्यालयको मूलढोकामा तालाबन्दी गरेका 'अयोग्य लडाकु'ले राति पनि धर्ना जारी राखे। 'हाम्रा माग पूरा नहुन्जेल तालाबन्दी र धर्ना दिने योजना अनुसार पेरिसडाँडामा रातभर बसेका हौं' बहिगर्मित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले नागरिकसँग भने, 'आगो तापेर यो रात पेरिसडाडाँमै कटायौं।'
उनका अनुसार आफ्ना मागलाई सम्बोधन नगरे धर्ना कार्यक्रम जारी राखिनेछ। तीन सय बढी 'अयोग्य लडाकु' ले पेरिसडाँडामा रात काटेको विष्टले जानकारी दिए।

अयोग्यको बिल्ला खारेज गर्नुपर्ने, पुर्नस्थपाना प्याकेज वितरणमा भएको भ्रष्टचार छानबिन गर्नुपर्ने, माओवादी लडाकुलाई दिए सरहको रकम उपलब्ध गराउनु पर्नेलगायतका माग राखेर उनीहरुले आफ्नै पार्टी कार्यालयमा धर्ना दिइरहेका हुन्।

No comments:

Post a Comment