नोटः यो काठमाडौंमा नै घटेको एउटा सत्य घटनामा आधारित छ, जसलाई अलि बढी कल्पानिक बनाएर कथामा उतार्ने कोशिश गरेको हुँ । यो कथा मैले आज भन्दा १० बर्ष अघि लेखेको थिएँ । जीवनमा केही यस्ता अनौठा घटनाहरु पनि घटदा रहेछन, हुदाँ रहेछन् र देखिदा रहेछन्, भन्ने यो एउटा अपत्यारिलो प्रमाण पनि हो । यहाँ उल्लेख भएका केही शब्दहरु अश्लिल लाग्लान तपाईलाई तर ती अश्लिल शब्दहरुले नै यो कथालाई पुर्ण बनाएकोमा मलाई विश्वास छ किनकी समाज र तपाई हामीले तोकिदिएको अश्लिलताको सिमा भित्र नै यो कथाको रुप र सार दुवै जन्माएको र अडाएको छ । र, यो कथामा राखिएका पेन्टिङ सबै गुगलवाट साभार गरिएका हुन ।)
'तीस वसन्त कसरी कटे? त्यो पीडा तपाईलाई सुनाउन मलाई मजा लागिरहेको छ।' उसले आफ्नो कुरा भनिरहेकी थिई। म कुची लिएर उसको आत्मवृतान्त सुनिरहेको थिए भने अर्कोतिर क्यानभाषमा रङ पोतिरहेको पनि थिएँ।
उसले त्यो कुरा भनिरहे पछि मैले कुची रोके र रङ पोत्न छोडिदिए। म उसको
कुरा सुन्न आत्तुर थिए तर पनि अप्ठयारो महशुश गरिरहेको थिएँ। उ सोझै आएर
आफ्नो पेन्टिङ बनिसक्दा मुहारमा अमुर्ताता छाओस है भन्ने आग्रह गरेकी थिई।
त्यसैले केही दिनदेखि म उसको मुहार पोत्न व्यस्त थिए। उसले बोलेको ति
आवाजले झट्ट आज तीन महिना अगाडि भएको उसको बलात्कारको घट्ना मलाई झलझलि
आइरहेको थियो तर मैले सोध्न सकिरहेको भने थिइन। मनमा त्यो कुरा रहँदा रहदै
पनि औपचारिकता दिदै कुरो मोडे,
'हजुर चिया लिने?'
'यसरी प्रश्न गरेको मसँग तीस वर्षको अनुभव छ र स्वीकृति स्वरुप लिन्छु भनेको पनि त्यति नै छ। तर जसले जसरी भन्थ्यो म त्यसरी नै चल्दै गएँ।'
'आज पनि पिउँछु। जसरी अरु दिनमा पिएको थिएँ।'
मैले चिया बनाएर ल्याए। उ चिया कुरीरहेकी थिई। चिया बढाइदिए पछि उसले बेस्सरी समाति।
'तपाई आफ्नो कथा भन्नुहोस, म त्यसलाई पेन्टिङमा ढालेर मुतर्ता दिने प्रयास गर्छु।'
'मुतर्ता होइन, अमुर्तता दिनुहोस। मुर्त चित्रमा केही पाउन सकिदैन जति अमूर्त चित्रमा मेरो अस्तित्व र पहिचान खुल्न सक्छ। त्यसैले अर्मुत बनाउनुहोस। म आजकाल हरेक चीज अर्मुत होस भन्ने चाहान्छु।'
'जीवन निरश ठान्नु भयो कि क्या हो?'
'रस नभएको जीवन आखिर निरश नै हुन्छ। यद्धपी आजकाल म त्यो सोच्दिन।'
'तपाईमा ठूलो आत्मग्लानी छ कि क्या हो?' मेरो पछिल्लो प्रश्नमा उसले विद्रोह गर्न खोजि तर यतिखेर म
उसको चित्रकार भएका नाताले केही भनिन। थप तीनचार चियाको सुरुप लिएर भोलि आउने बाचासहित ऊ लागि तर मेरो प्रश्नको उत्तर दिनुको कुनै जरुरी भने ठानिन।
भोलिपल्ट-
उसले दिएको समयमै उ मेरो चित्रकलाको कोठामा हाजिर भई। उसले पहिला झै आज कुनै औपचारिकता निभाइन र पेन्टिङ मै ध्यान दिनुहोस भनि।
'तपाई यो नसम्झनुहोस कि मैले तपाईलाई पैसामा खरिद गरे भनेर। तपाई यो मात्र यो सम्झनुहोस कि मैले तपाईलाई अनावश्यक दुःख दिइरहेको छु भनेर।' मेरो मौनता चिर्दै उसले यसो भनेकी थिई।
'मेरो त काम नै यही हो, केही दुःख छैन। बरु यस्तो दुःख दिने बारबार आइरहुन भन्ने मलाई लाग्छ।' मैले आफूलाई सम्हाल्दै भने तर जे भएपनि उ मेरा केही अनौठो ग्राहक मध्ये एक चाँही पक्कै हो।
जवाफमा उ हाँसि र भनि, 'ठयाक्कै व्यापारी जस्तो हुनुहुन्छ।' त्यसपछि मलाई कुतकुति लागिरहेको एउटा कुरा उसलाई सोध्ने आँट आयो।
'मलाई एउटा कुरा खेलिरहेको छ, तपाईको सवालमा......' म भन्दै थिएँ तर उसले मेरो वाक्य पुरा नहुदै भनिहालि, 'त भन्नुहोस न!' मानौ उ आफ्नो कुरो सुनाउन एकदम लालयित छे।
'तर म तपाईलाई तपाईको व्यक्तिगत कुरो सोधेर दुखाउन चाहान्न, भैगो।'
'म तीस वर्षसम्म दुखेको मानिस। तपाईको जाबो एउटा प्रश्नले म दुख्दिन। भन्नुहोस के हो?'
'तर.........'
'हेर्नुहोस, अब म खुल्ला छु। स्वतन्त्र छु। म पंक्षि झै निस्फिक्रि उड्न सक्छु। धक नमानि भन्नुहोस।' उसले आफ्नो छोटो रेशमी कपाल सम्हाल्दै भनि।
'अदालतमा तपाईले अचम्मको कुरा भन्नुभयो रे नि!' मैले कुरा सुरु गर्ने उदेश्यले सोधे।
'मैले अदालतमा कुनै अचम्मको कुरा भनेको छैन तर सवै अचम्म मान्छन। तर उनीहरुको कुरो सुनेर मलाई पो अचम्म लाग्छ।'
'किन?' म टक्क रोकिए झै भएँ।
'आफू बलात्कृत भएकोमा मलाई कुनै खेद छैन बरु मलाई अझै पनि बलात्कारको चाह छ भन्दा मलाई बौलाही समेत भने।'
'अनि?' मैले उत्सुकताको साथ उसको स्तन हेरे। त्यो लत्रिएको थियो अथवा झुन्डिएको थियो। तर गर्वले फक्रेको भने पक्कै थिएन।
'उसलाई अथवा जसले मलाई बलात्कार गर्यो। उसलाई मैले माफी दिन अदालतमै न्यायधीशलाई आग्रह गरे।'
'किन र? त्यसले त ठूलो अपराध गर्यो नि तपाईमाथि।'
'अरुलाई गर्यो होला तर मेरो हकमा उसले मलाई अपराध गरेन। बरु त्यसले मलाई स्वर्ग दियो। तपाई आफै भन्नुहोस त, कसैले तपाईलाई स्वर्ग दियो भने त्यसलाई तपाई जेल दिनुहुन्छ या काख?'
'काख।' मैले विलम्व नगरी जवाफ फर्काए।
'हो मैले काख दिने प्रयास गरे तर असफल भएँ।'
'कसरी?'
'साले कुक्कुरले अरुलाई पनि बलात्कार गरेको रहेछ। अरुले पनि मुद्धा हालेका कारण उ फरार रहेको व्यक्ति रहेछ। त्यसकारण मेरो कारण उ जेल गएको होइन, अरुको कारण जेल गएको हो। तर उ जेल जाँदा भने म निकै रोएँ।'
'किन र?'
'किनकी मेरो कारणले उ जेल जादैनथ्यो। उसलाई बचाउन मलाई बलात्कार नै गरेको होइन भन्न सक्थे र भनेपनि। उ मेरो व्वाइफ्रेन्ड हो भन्थे। श्रीमानको रुपमा स्वीकार गर्ने मनस्थितिमा पनि म थिएँ।'
'फेरी उसलाई साले कुक्कुर भन्नु हुन्छ फेरि जेल पठाउदिन थिए पनि भन्नुहुन्छ। मैले तपाईको कुरो अलि बुझिन।' मैले रोकिराखेको कुचिलाई क्यानभाषमा दौडाउन चाहिन र फेरि प्रश्न राखे।
'मैले उसलाई अदालतमा पनि गालि गरे। किन थाहा छ? उसले अरुलाई पनि बलात्कार नगरेको भएँ। मेरो श्रीमान भएर मोज गर्न सक्थ्यो। त्यो पनि अथाह सम्पतिको मालिक भएर। साले कुक्कुर!' उसको आँखा रातो रातो भएको छ, आगोको फिलिङो झै।
मैले अब चाँही क्यानभाषमा कुचि दौडाउन सुरु गरे तर उसले प्वाक्क मुख फोरी। गोली जस्तो तिखो आवाजमा मलाई हेर्दै भनि,'सायद तपाई पनि मेरो कुरो सुन्न चाहानुहुन्न, अरु जस्तै।'
'होइन, होइन। तपाई मलाई गलत नसम्झनुहोस। म तपाईलाई नै सुनिरहेको छु।'
'मलाई आफू बलात्कृत भएको भन्दा पनि उ जेल गएकोमा मलाई झन बेस्सरी रुन मन लाग्यो। म अदालतमै न्यायधीश र आफन्तको सामु मज्जासँग रोएँ, धोको पुगेन्जेल रोए। थाहा छ चित्रकार, म त्यसरी कहिल्यै पनि रोएको थिइन।' उसले यसो भन्दा उ एकतमास बेग्लै खाले एकांकीमा थिई। मानौ, म यतिखेर उसको अगाडि छैन र उ मनोवादमा छे। तर उ रोकिन र धारा प्रवाह नै बोल्दै गई,
'मलाई तीसवर्ष पछि सम्झाउन आए, मेरा आफान्तहरु। मेरो माग र चाहानाको बारेमा मलाई सोध्न आए। जब
म अदालतमा रुन थाले तब मलाई शान्त बनाउने प्रयासमा उनीहरुले गरे तर म झन थप अशान्त भएँ। तीस वर्ष भन्दा बढी म त्यो दिन दुखिरहेको थिएँ।'
मैले उसलाई एकटक्क हेरिरहे, मानौ उसको आँखामा खास केही चीज छ जस्तो गरी।
'हो, यसैगरी मलाई उसले एकटक्क हेरीरहयो। तर उसको हेराईमा बलात्कार गर्ने इच्छा थिएन तर स्वर्ग दिलाउने भुल रहेछ। त्यो पछि थाहा पाएँ।' म झसंग भए। र, आफूलाई बेस्कन सम्हाल्दै चिसो पानीको एक सुरुप तान्न थाले।
'भन्नुहोस, घटना त रोचक रहेछ।'
'सुन्न त तपाईलाई पनि मज्जा आउदो रहेछ।' उसको यो थप कुराले मलाई गोलि लागेको झै अनुभव भयो।
'माफ गर्नुहोला। बोल्ने क्रममा तपाईलाई के के पनि भनिछु।' उ मेरो मनोदशालाई ख्याल गरी तर तुरुन्त मलाई शान्त पार्ने कोशिश गर्दी माफ मागी पनि।
'एक साँझ जसरी अरु दिन बित्थे। त्यो साँझ पनि त्यसरी नै बित्दै थियो। म आफ्नो कोठामा स्तन चुसाईरहेकी एक अर्धनग्न आइमाईको तस्विर हेरीरहेको थिएँ। मलाई अचानक आमा बन्ने इच्छा तिब्र बढ्यो किनकी, तीस तीस वर्ष लागिसक्दा पनि मैले आमा बन्ने सौभाग्य पाएको थिईन। साच्चै भनु, मलाई त्यो मौका दिइएको थिइएन। त्यो तस्विरले मलाई झन सतायो।'
'त्यसपछि?'
'त्यसपछि मैले आफू आमा बनेको र स्तन चुसाईरहेको कल्पना गरे। कस्तो असिम आनन्द कल्पनामा पनि। साच्चै भए झन कति आनन्द मिल्थ्यो होला?' उसले आफूलाई सम्हाल्नै सकिन।
'हो, मसँग केही कुराको कमी थिएन। सम्पति, कार, बंगला, नोकरचाकर, बगैचा, सम्पन्न जीवनयापन, कोठामा आफूले चाहेका भन्दा बढी नै समान र प्रशष्त जमिनहरु थिए, अपुग भन्ने केही थिएन। एउटा सामान्य मानिसले भन्दा वढी नै मैले सुविधा प्रयोग गरिरहेको थिएँ तर, तर मेरी आमा छोरा नभएकोमा निकै दुःखी हुनुहुन्थ्यो। उहाँ मलाई छोरा भएको हेर्न चाहानुहुन्थ्यो।
त्यसैले सानैदेखी पाइन्ट, भेष्ट, डिंगो जुत्ता, व्वाइज कट कपाल, छत्रे टोपी लगाईदिनु हुन्थ्यो। म आमाको एक्लो सन्तान थिएँ। म घरमा छोरा सरह थिएँ। मेरो गेटअप, मेरो लगाईखुवाई, मेरो आँखा, मेरा ओठ, मेरा........ सवै चीज छोरा सरह तर म छोरी हुनवाट विमुख भएको थिए। म छोरी हुनुको प्रमाण मेरो स्तन र योनीवाहेक अरु केही थिएन तर पनि मैले ब्रा र पेन्टी कहिल्यै लाउन पाइन किनकी वारवार आमा भन्नुहुन्थ्यो कि छोरा मानिसले व्रा र पेन्टि कहिल्यै लगाउदैनन। न त मैले गाजल लगाउन पाए, न त लिपिस्टक लाएर नै हिड्न पाएँ? न त मैले कपाल खुल्ला छोडेर नै हिड्न पाएँ। '
'अनि अरु?' मैले उसको कुरालाई बिचैमा काटे।
'जब म सोर्ह वर्षको भएँ। कलेजमा मेरा साथीहरु मलाई गिज्याउँथे कि हेर यो
केटाको त स्तन पनि रहेछ र योनी पनि। म जल्थे, रातभर आमालाई मन मनै सराप्थे
पनि। जब मलाई कलेजमा त्यसरी छेडछाड गर्थे तर पनि आमालाई म केही भन्न
सक्दिन'थे किनकी मलाई आमाले धेरै माया गर्नुहुन्छ। उहाँको म र मेरो उहाँ
बाहेक यो घर र यो टोलमै कोही थिएनन। सम्झेर चुपचाप बस्थे।
दिनहरु क्रमशः बित्दै गयो तर म ढुंगा त थिइन नि! चित्रकार। मेरा पनि
इच्छा, आकंक्षा र भावानाहरु थिए। एउटा छोरी मानिसको रहर के के हुन्छ, त्यो
रहर त व्वाइज कट कपालले रोक्न सक्दैनथ्यो नि! कलेजमा आफ्ना व्याईफ्रेन्डसँग
विताएका कुराहरु आपासमा वाँडेर साथीहरु छिलिन्थे र मलाई पनि सुना न भन्थे।
तर त्यतिखेर मसँग कुनै अनुभव हुदैनथ्यो र अनि म जुरुक्क उठेर हिडथे। फेरि
उनीहरु मलाई भन्थे– योनी र स्तन भएको केटा.............।'
तिर्खा लागेकाले होला, पानी खाने इच्छाले उसले मलाई इशारा गरी। मैले जगमा
भएको पानी खन्याएर एक गिलास पानी अगाडि बढाईदिए। एकै घुटकोमा उसले पानी
रित्याईदिई र लामो सास तानि।
'जब मेरा साथीहरुले विवाह गरेर घरजम गरे र अनि हातमा बच्चा समाएर हिड्न थाले र माइत आउन थाले। त्यो देख्दा मलाई सार्है खल्लो लाग्थ्यो। अनि म सोच्थे, के म जीवनभर आमा बन्न सक्दिन? म आफूभित्र कति दिन दमित भएर बस्ने? कतिन्जेल छोरा भएर बस्ने? आदि इत्यादीको प्रश्नको घेरामा रुमल्लिएर बिहानको चार बजेसम्म पनि निदाउने प्रयास गर्थे। साच्चै भनौ चित्रकार, यो समाज हामी नारीको सवालका कहिल्यै पनि गम्भीर भएन।'
उसले अन्तिममा मेरो मुहारमा हेरेर आफनो धारा प्रवाह कुरालाई टुंगाईदिई। उसको हेराई यति गहिरो थियो कि म नवोलि सुखै थिएन।
'तपाईले आफूलाई पनि आमा बन्ने रहर लागेको छ भन्ने कुरा कसैलाई भन्नुभएन? अथवा आमालाई?'
'मेरो कमजोरी नै त्यही भयो। त्यसमा पनि म छोरी मान्छे। कसरी मलाई बिवाह गराइदिनुहोस भन्ने? मेरो आमाले नारी भएर पनि मेरो अव्यक्त मनोकांक्षालाई कहिल्यै वुझ्नु भएन तर उहाँको जस्तै मेरो पनि त चाहाना थियो। म अभागी रहेछु, चित्रकार।
आमाको छोरो प्रतिको चाहानाले उहाँलाई त सन्तुष्ट दियो होला तर मलाई पलपल
सतायो। आमाले ममाथी गरेको अन्याय चुपचाप सहेर बसेँ, उहाँ आँखामा आँसु नआओस
भनेर। मेरो बाउ भनाउँदो चाही अर्की आमा लिएर यो सहरको पल्लो छेउमा सुखसयलका
साथ सुत्थ्यो। साले!' उसले वेस्सरी मुठठी कसी।
'मलाई अचम्म लाग्यो कि तपाई यति बुझ्ने भएर पनि एकपटक पनि मलाई आमा बन्ने रहर छ भनेर भन्नुभएन?' मैले मुख नै फोरे।
'मैले आमा बन्ने रहर छ त भनिन तर बारबार मैले आमालाई भने, 'आमा! म छोरी हुन चाहान्छु। छोरी भएरै म हजुरको नजिक हुन चाहान्छु। मलाई छोरा बन्दा धेरै गार्हो भइरहेको छ।' लामो समयसम्म पनि केही जवाफ आएन एकदिन मैलै त्यसो भन्दा आमाले बलिरहेको बत्ति निभाउनु भयो अनि मलाई बेस्सरी अंगालोमा बाँध्नुभयो।
त्यसको केही छिन पछि मेरो कुम चिसो भयो अनि थाहा पाएँ कि उहाँ त नमज्जासँग रोइरहनु भएको पो रहेछ। त्यसपछि मैले छोरी बनाइदिनुहोस भनेर कहिल्यै भनिन। मैले थाहा पाए अनुसार, आमा एक्लै हुनुको कारण अथवा भनौ आमालाई बाउले छोड्नुको कारण उहाँले छोरा जन्माउनु भएन रे! जन्मेका सबै पाँच छोरी मध्ये पनि बाचेको म मात्रै हुँ। तराईमा हुदाँ औलोले सबैलाई सोरेर लगेपछि, हामी यहाँ आएका रहेछौ। तपाई आफै भन्नुहोस त, अब म कसरी आमाको विपरित चल्थे? चल्न हुन्थ्यो र!'
'तर तपाईको इच्छालाई आमाको कारणले रोक्यो हैन र?' उसलाई मैले ढाडस दिने प्रयास गरे।
'हो, आमा चाहानुहुन्थ्यो कि म सधै उहाँसँगै बसुँ। यतिसम्म कि विवाह गरेर म गएँ भने ज्वाईले गर्दा छोरी टाढा हुन्छे भन्ने डर उहाँमा धेरै थियो। तर चढदो उमेरसँगै मलाई हररात लोग्ने मानिसको बलिष्ठ पाखुरामा च्यापिन मन लाग्थ्यो।
लोग्ने मानिसले आफ्नो शरीरभरी चलाएको अनुभव साच्चै गर्न पाएँ कति आनन्द
आउथ्यो होला। ओहो! कति उपन्यास, कति चलचित्र, कति पत्रपत्रिकाका तस्विरमा
लोग्नेमानिसले एक स्वास्नी मानिसलाई अंगालो मारेको र लडाएको तस्विर छापिएका
हुन्थे। म त्यसलाई हेरेर आफूलाई निर्वस्त्र पार्थे र सिरानी च्यापेर कुनै
लोग्नेमानिससँग भएको अनुभव गर्थे तर सिरानी मलाई केही गर्दैनथ्यो। अनि म
सिरानी हुत्याइदिन्थे र आफ्ना औलाहरुलाई सक्रिय पार्थे। सोर्ह वर्षदेखि नै
एक दशक भन्दा बढी समयसम्म यो कामलाई दैनिक जिम्मेवारी पाएको काम झै सम्झेर
निभाइरहे। त्यसपछि त्यो पनि विस्तारै घटदै गयो, चित्रकार।'
मलाई उसको कुरो सुनेर सरम लाग्यो। कस्तो घिनलाग्दी कुरा गरीरहेको छे। म चित्रकार मात्र होइन, एक पुरुष पनि हुँ नि! तर उसले त्यो कुरा ख्याल नै गरिन।
'त्यसपछि मेरो मन मर्दै गयो। म झन शिथिल हुदै गएँ। मेरा गाला पनि उमेरमै चाउरिन थाले। म जिङरिङ हुदै गएँ। मेरा स्तनहरु क्रमशः लत्रिदै गए, छात्तिमा झोला झुन्डाएको जस्तो। मलाई कपाल कोर्न मन लाग्न छोडयो। आमावाट लुकी लुकी रातमा मात्र लाउने गरेको लिपिस्टक र गाजल पनि लाउन छोडे। एकदिन त हुत्याइ दिएँ पनि। मेरा सबै इच्छा, आकंक्षा र भावनाहरु मरिसकेका थिए, मानौ मान्छेको रुपमा म एउटा ढुंगा हुँ। म सँग कुनै संवेदनहिनता, संवेग र प्रतिक्रियाहरु थिएनन। एउटा मुर्दा शरीर वोकेर म बाँचिरहेको थिए।'
म बिलखवन्द भएँ। मसँग बोल्न अब कुनै कुरा वाँकी थिएन, न त प्रश्न गर्ने साहास नै। छेउमै रहेका मोनालिसा झै हाँसिरहेको गाँउकी एक युवतीको एउटा पेन्टिङ पनि हेर्दा हेदै रुन थालेको झै अनुभव भइरहेको थियो। उ एकतमास निलो क्षितिज हेरीरहन्छे। त्यहाँबाट आँखा नै निकाल्नै चाहदिन। म उसको पीडा अनुभव गरेर क्यानभाषमा कुचि छिटो छिटो चलाए झै गर्छु।
एकछिन पछि फनक्क फर्केर मलाई हेर्दै उसले भनि, 'एक रात, त्यो आयो। जसले मलाई बलात्कार गरेर स्वर्ग दिलायो।'
मेरो कुची टक्क रोकियो अनि उसको अनुहारमा गएर मेरो आँखा रोकियो।
'म सुत्ने तर्खरमा थिएँ। उ घर पछाडिको पाइप चढेर मेरो झ्यालमा बस्यो। सायद केही चोर्ने उदेश्यले आएको उसले मलाई देखेन। त्यो भेउ मैले पाइरहेको थिए किनकी कसैले देख्यो कि देखेन भनेर उ आँखा यता उता फालिरहेको थियो। तर उ आएकाले मलाई भने डर लाग्दै थियो, मेरो मुटुको ढुकढुकी डरले अचानक बढीरहेको थियो। ढुकढुकी यति वढयो कि म त्यसलाई रोक्न कराउन थाल्दै थिएँ। उसले देखिहाल्यो र मेरो मुख च्याप्प थुन्दै मलाई पलंगमा लडायो।
उ मेरो पारदर्शी नाइट गाउनमा चढेको उसले मेरो मुख थुनिरहयो। उसको मेरो केही वेर संघर्ष चल्यो। संघर्षको क्रममै मेरो गाउनको तुना चुढियो र मेरो शरिरबाट नाइट गाउन झर्यो। पहिला अत्तालिएको उ, मेरो शरीर हेरेर दंगदास पर्दै मलाई किच्न पो सुरु गर्यो। मैले प्रतिकार त गरे तर उसको बलिष्ठ पाखुराले मलाई बेस्सरी च्यापेर हलचल गर्नै दिएन। र, एकैछिनमा मलाई शिथिल बनायो र जथाभावी चुम्वनको वर्षा गरायो। एकैछिनमा उ तृप्त भयो र मलाई पल्टाइदियो।
अघिसम्म म शिथिल थिए तर अहिले उ शिथिल भइसकेको छ। एउटा स्वर्ग जुन मैले कहिल्यै प्राप्त गरेको थिइन तर उसले त बिना संघर्ष मलाई दिलायो। अनि उ भाग्न खोज्दै थियो।'
उसले फेरि पानी तिर इशारा गरी मैले गिलास अगाडि बढाइदिए। पहिला झै उसले एक
गिलास पानी एकै घुटकोमा खाली बनाइदिई। यो पटक मैलै पनि जगै उचालेर पानी
खाएँ।
मुख पुछदै उसले अगाडि भन्न थालि, 'मैले उसलाई च्याप्प समाएँ। उ फुत्कने प्रयास गर्दै थियो तर म साच्चै बलवान र शक्तिशालि भएको थिएँ, त्यो अनुभव भइरहेको थियो मलाई। यतिखेर एक किसिमको उर्जा मलाई प्राप्त छ, जसकारण उसलाई पानी पानी बनाउन म सफल भइरहेको छु। उसको अनुहारमा अघिभन्दा अहिले बढी नै पसिना आएको छ। यतिखेर उ पुरुष भएर पनि आफूलाई नामर्द सावित गराईरहेको छ र त आफ्नो हात छुटाउन सकिरहेको छैन। उसले मसँग एउटा भिषण संघर्ष गर्यो कि त्यो संघर्षले यदी यो सिमेन्ट र इट्टाको भित्ता ठेलेर भत्काउन खोजेको भए सायद उ सफल हुन्थ्यो होला। अन्ततः मैले नै उसको हात छोडीदिए।
उ अवाक भएर उभिरहयो तर केही बोलेन। अनि मैले हातमा लगाइरहेको हिराको औठी निकालेर उसको औलामा घुसारी दिए, साथमा सिरानी मुनी रहेको केही हजारको नोट निकालेर उसको हातमा थमाइदिए। उ दंग पर्दै मलाई घुरेर हेर्यो। के भयो? के भयो छोरी? भन्दै आमा अत्तालिदै आउनु भएको सुने पछि उ जुन पाइपवाट आएको थियो, त्यही पाइपवाट झरेर गयो। झ्यालवाट मैले उ गएको हेरीरहे, कोही सदाको लागि टाढा जादैछ भने झै गरी। टाढा पुगेपछि उसले म रहेको झयालमा फनक्क हेर्यो र अनि आफ्नो कपाल मुसार्दै अध्यारोमा अलप भयो।'
मुख पुछदै उसले अगाडि भन्न थालि, 'मैले उसलाई च्याप्प समाएँ। उ फुत्कने प्रयास गर्दै थियो तर म साच्चै बलवान र शक्तिशालि भएको थिएँ, त्यो अनुभव भइरहेको थियो मलाई। यतिखेर एक किसिमको उर्जा मलाई प्राप्त छ, जसकारण उसलाई पानी पानी बनाउन म सफल भइरहेको छु। उसको अनुहारमा अघिभन्दा अहिले बढी नै पसिना आएको छ। यतिखेर उ पुरुष भएर पनि आफूलाई नामर्द सावित गराईरहेको छ र त आफ्नो हात छुटाउन सकिरहेको छैन। उसले मसँग एउटा भिषण संघर्ष गर्यो कि त्यो संघर्षले यदी यो सिमेन्ट र इट्टाको भित्ता ठेलेर भत्काउन खोजेको भए सायद उ सफल हुन्थ्यो होला। अन्ततः मैले नै उसको हात छोडीदिए।
उ अवाक भएर उभिरहयो तर केही बोलेन। अनि मैले हातमा लगाइरहेको हिराको औठी निकालेर उसको औलामा घुसारी दिए, साथमा सिरानी मुनी रहेको केही हजारको नोट निकालेर उसको हातमा थमाइदिए। उ दंग पर्दै मलाई घुरेर हेर्यो। के भयो? के भयो छोरी? भन्दै आमा अत्तालिदै आउनु भएको सुने पछि उ जुन पाइपवाट आएको थियो, त्यही पाइपवाट झरेर गयो। झ्यालवाट मैले उ गएको हेरीरहे, कोही सदाको लागि टाढा जादैछ भने झै गरी। टाढा पुगेपछि उसले म रहेको झयालमा फनक्क हेर्यो र अनि आफ्नो कपाल मुसार्दै अध्यारोमा अलप भयो।'
फेरि उसले पानीको इशारा गरी।
'चित्रकार, अनि म रुन थाले। मेरो रुवाईको मतलव उसले मलाई बलात्कार गरेको र त्यो चेतना आएको हो भनेर होइन, बरु उ फेरि आउँछ कि आउदैन भनेर म रुन थाले। त्यसपछि अघिदेखि ढोका ढकढकाई रहनु भएको आमाको लागि मैले ढोका खोलिदिए र उहाँको अंगालोमा आफूलाई ढालेर रोएँ। कोठाको हालत र मलाई देखेर आमा अत्तालिनु भयो र छोरी बलात्कृत भएकी थाहा पाउनु भएकी आमाले बलात्कार गर्ने को रहेछ भन्ने पनि चिनीहाल्नु भयो। उसले भुलले छोडेको क्यापलाई उहाँले निकैबेर ओल्टाई कोल्टाई हेर्नु भयो र मलाई भन्नुभयो– 'नरोउ छोरी! मैले त्यसलाई चिनिसके। त्यसलाई जेल पठाउनै पर्छ। बदमास, त्यसलाई म कहाँ त्यसै छोडछु र? आमा, रीस र पीडा दुबैले गर्दा होसमा हुनुहुन्नथ्यो।
उहाँ मलाई अंगालोमा राखेर के–के बोल्न थाल्नु भयो र त मैलै 'छोरा मानिस बलात्कार हुँदैनन, आमा। म त तपाईको छोरा न हुँ। म कसरी बलात्कृत हुनसक्छु ?' भनेको सुन्नु भएन।'
क्षितिजमा हेर्दै कुरा सुनाइरहेकी उसले मलाई एकफेर फेरी फनक्क फर्केर हेरी।
'प्रहरीले पक्राउ गरेर उसलाई अदालतमा उभ्यायो। मैले उसलाई त माफ दिए तर
अरुले दिएनन। चित्रकार, अब म पर्सी आउँछु, मेरो चित्र अमुर्त होस, जसलाई म
हरेक तरिकाले पढ्न सकुँ।'
यसो भनेर उसले आफ्नो कुरोको बिट त मारी तर मेरो कुनै जवाफको प्रतिक्षा भने गरिन। पर्सी आउने भन्दै निलो सारीमा सजिएको उसको शरीरलाई सम्हाल्दै उ घरतिर लागि। म भने पेन्टिङमा उसलाई कसरी ढाल्ने भन्ने कुराको लामो सोचमा डुबे। मलाई जीवनमै पहिलो पटक पेन्टिङ बनाउन गार्हो भइरहेको थियो। कसैगरी चित्रमा ढाल्ने तरिका पत्ता नलागेपछि जगको बाँकी पानी पुरै सिध्याए र आँखा चिम्लेर धेरैवेर बसे।
No comments:
Post a Comment