Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, April 8, 2016

बैद्यलाई हैरान बनाउँदै तीन नेता एक ठाउँमा उभिदिए पछि...

एनेकपा माओवादीसँगको एकता प्रक्रियामा उदासिन भएको भन्दै नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य बिरुद्ध रामबहादुर थापाको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएको छ।

अध्यक्ष बैद्यको प्रतिवेदनमाथी 'पुरक प्रस्ताव' फरक मत राखेका थापाले अन्य दुई फरक मत राख्ने कुलप्रसाद केसी र लेखनाथ न्यौपानेको साथ लिएर हस्ताक्षर अभियान चलाएका हुन्।

थापासहित तीन नेताले अघि सारेको १४ बुदेँ एकताको आधारमा समर्थन जुटाउनका लागि उक्त हस्ताक्षर अभियान गरिएको केन्द्रीय सदस्य युवराज भट्टराईले बताए। 'एकताका आधार भन्दै १४ बुदेँ प्रस्ताव गरिएको छ, जसको समर्थनका लागि उक्त हस्ताक्षर गरिएको हो,' भट्टराईले नागरिकन्युजसँग भने, 'यो कसै प्रति लक्षित होइन, यो तीन नेताको प्रस्तावको समर्थनमा संकलन गरिएको हो ।' उनका अनुसार अध्यक्ष बैद्यको प्रस्तावमा फरक मत राख्ने त्रयनेताले एकमुष्ठ रुपमा धारणा बनाएर हस्ताक्षर संकलन गरेका हुन्।

स्रोतका अनुसार १ सय ९९ केन्द्रीय सदस्य मध्ये १ सय २५ भन्दा बढी केन्द्रीय नेताहरुले थापाको समूहको पक्षमा हस्ताक्षर गरिसकेका छन्। एमाओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने बिबादमा फसेको सो पार्टीका अध्यक्ष बैद्य, नेताहरु सिपी गजुरेल र परी थापा भने उक्त एकताको बिपक्षमा उभिए पछि थापाको नेतृत्वमा उक्त हस्ताक्षर संकलन सुरु गरी दबाब दिन खोजिएको हो । हस्ताक्षर संकलन कार्य जारी रहेको सो अभियानमा लागेका नेताहरुले जनाएका छन्। 

उक्त पार्टी भित्र एमाओवादीसँग एकता गरेर जाने कि नजाने भन्नेमा बिबाद चर्के पछि १०–१० दिनसम्म बैठक लम्बिएको थियो । १ सय ६६ केन्द्रीय सदस्यहरुले धाराणा राखेको उक्त बैठक गत बुधवार बस्ने भनिए पनि दुवै पक्षबीच सहमति हुन नसक्दा अझै बस्न सकेको छैन् । 'चैत २८ गते बस्ने भनिएको छ, अहिले शिर्ष नेताहरु आन्तरिक गृह कार्यमा हुनुहुन्छ' अर्का केन्द्रीय नेता बद्री बजगाईले नागरिकन्युजसँग भने, 'त्यो बेलासम्म पार्टी एकताका बारेमा ठोस निर्णय आउनेछ भनेर हामी प्रतिक्षारत छौं ।' 

गत चैत १२ गते सुरु भएको उक्त पार्टीको केन्द्रीय समिति कुन अजेन्डामा गएर समाप्त हुने भन्नेमा केन्द्रीय नेताहरु प्रतिक्षारत रहेको बजगाईले जनाएका छन्।

No comments:

Post a Comment