Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, February 10, 2016

मधेस केन्द्रित दलका नेताले दिए कोइरालालाई श्रद्धान्जली

नयाँ संविधान प्रति बिमति जनाउँदै आएका तराई–मधेस केन्द्रित दलका नेताले संविधान निमार्णको नेतृत्व गरेको पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सशिल कोइरालालाई अन्तिम श्रद्धान्जली दिएका छन् । महाराजगञ्जस्गित निवासस्थान, दशरथ रंगशाला र पशुपति आर्यघाटमा उपस्थित नै भएर कोइरालालाई श्रद्धान्जली ब्यक्त गरेका हुन । लोकतान्त्रिक आन्दोलनमा साथ साथै रहे पनि मधेसका मुद्धामा केही फरक दृष्टीकोणवाट टाढा रहेको भए पनि कोइरालाको निधनले स्तब्ध मधेसी नेताहरुले भावपुर्ण श्रद्धान्जली अपर्ण गरेका हुन । मधेस आन्दोलनको क्रममा उनको नेतृत्वको सरकारमा रहदाँ ४९ जनाले ज्यान गुमाएका थिए । तर, राजनीतिक तिक्ततालाई विर्सेर केही मधेसी नेताले भने आफनो राजनीतिक संस्कारलाई स्थापित गरेका छन् । नेपालीहरुको मुल्य मान्यतालाई जोगाउने गरी उनीहरुले ब्यक्त गरेका श्रद्धान्जलीका शब्द र उपस्थीति बास्तवमै एउटा मिठो उदाहरण हो । आपसी राजनीतिक मतभेद रहे पनि नेपालको सहिष्णुता, प्रचलन र संस्कार के हो ? भन्ने स्थापित गरेको छ । कोइरालालाई हार्दिक श्रद्धान्जली ।  

शरत सिंह भण्डारी
राष्ट्रिय अध्यक्ष

राष्ट्रिय मधेस समाजवादी पार्टी
नेपाली काङ्ग्रेसका सभापति एवं नेपालका ३७औं प्रधानमन्त्री सुशील कोइरालाको निधनले मुलुकले एउटा जिम्मेवार अभिभावक गुमाएको छ।हामीले एक असल राजनीतिक मित्र गुमाएका छौं ।मृत आत्माको चिर शान्तिको लागि हर्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं ।साथै उहाँको परिवार र काङ्ग्रेसजन लाई भगवानले यश दु:खद घडीमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक सम्वेदना पनि प्रकट गर्न चाहन्छौं ।



अनिल कुमार झा
अध्यक्ष
नेपाल सदभावना पार्टी

From my own and in behalf of Nepal Sadbhawana Party family, we r paying homage to the departed soul of the seniour Politician, Nepali Congress Party President and former Priem Minister Sushil Koirala.
Our hearty condolences to the Family and Friends of Late Koiralaji along with Nepali Congress Party in this unbearable grief n sorrow.


जयप्रकाशप्रसाद गुप्ता
संयोजक
तराई मधेस राष्ट्रिय अभियान

 नेपाली कांग्रेसको सभापति एवं पूर्व प्रधान मंत्री सुशील कोईरालाको दुस्खद निधन भएको छ । मेरो र तमरा अभियानको तर्फबाट उहां प्रति हार्दिक श्रद्धांजली छ । उहांको आत्माले शांति पाउन ।


सरिता गिरी
नेतृ
नेपाल सदभावना पार्टी

पूर्व प्रधानमंत्री र कांगेस सभापति सम्माननीय सुशील कोइराला जी को असामयिक निधन ले हामी सबै स्तब्ध भएका छौं र अपूरणीय क्षति भएको महसूस गरी रहेका छौ। मुलुक संक्रमणकालमा रहेको अवस्थामा खराब स्वास्थ्यका बावजूद वहाँले जुन प्रकारको अडान, धैर्य, संयम र समन्वयकारी भूमिकाको निर्वाह गर्दै मुलुकको नेतृत्व गर्नु भयो , त्यसका लागि हामीले वहाँ लाई जहिले पनि सम्झि राख्ने छौं । जहिले भेंट्दा पनि परिवारका मानिष जस्तो सरल र सहृदय तरीका ले भेंटनु हुन्थियो । वहाँ को निधनमा व्यक्तिगत क्षति भएको अनुभूति समेत भई रहेको छ । वहाँको आत्मा को चिरशांतिका लागि प्रार्थना गर्दछु ।


राजकिशोर यादव
अध्यक्ष
मधेसी जनअधिकार फोरम गणतान्त्रिक
 
आज नेपाल को पूर्व प्रधानमंत्री एवं कांग्रेस का सभापति श्री शुशिल कोईराला जी को निधन प्रति हार्दिक श्रद्धांजलि ब्यक्त गर्न चाहन्छु। उंहा को असामयिक निधन ले देश ले एउटा संघर्ष शील र त्यागी नेता गुमाएको महसुस गरेको छु। यो दुखद घड़ी मा परिवार, कांग्रेस जन र सबै मा पशुपतिनाथ ले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि कामना गर्न चाहन्छु।

No comments:

Post a Comment