एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी परित्याग गरेका बाबुराम भट्टराईको क्रियाकलापको भण्डाफोर गर्नु पर्ने भन्दै राजनीतिक प्रतिवेदन पेश गरेका छन् । दाहालले सोमवार पेश गरेको प्रतिवेदनमा बाबुराम भट्टराई बारे यसो भनिएको छ:
संविधान–सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणाको लगत्तै पार्टीका वरिष्ठ नेता क.बाबुराम भट्टराईले अप्रत्यासित रुपमा पार्टी र व्यवस्थापिका संसदको सदस्यता परित्याग गर्नुभयो । नयाँ संविधानप्रति तराई–मधेशमा देखिएको असन्तुष्टि र विरोध एवम् भारतीय अघोषित नाकाबन्दीको संघारमा सदस्यता समेत परित्याग गरेर भट्टराईद्वारा पार्टी र नेपाली जनताको राष्ट्रिय भावनामा गम्भीर आघात पु¥याइएको छ । पार्टी पुनर्निर्माणका सन्दर्भमा उहाँको बर्हिगमन सम्पूर्ण सच्चा कम्युनिष्टहरुका निमित्त एउटा चुनौती हो । माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकास गर्दै नेपाली क्रान्तिलाई नयाँ उचाईमा उठाउन कम्युष्टि क्रान्तिकारीहरुका अगाडि यो चुनौतीलाई स्वीकार गर्नुको अर्को विकल्प छैन ।
संविधान–सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणाको लगत्तै पार्टीका वरिष्ठ नेता क.बाबुराम भट्टराईले अप्रत्यासित रुपमा पार्टी र व्यवस्थापिका संसदको सदस्यता परित्याग गर्नुभयो । नयाँ संविधानप्रति तराई–मधेशमा देखिएको असन्तुष्टि र विरोध एवम् भारतीय अघोषित नाकाबन्दीको संघारमा सदस्यता समेत परित्याग गरेर भट्टराईद्वारा पार्टी र नेपाली जनताको राष्ट्रिय भावनामा गम्भीर आघात पु¥याइएको छ । पार्टी पुनर्निर्माणका सन्दर्भमा उहाँको बर्हिगमन सम्पूर्ण सच्चा कम्युनिष्टहरुका निमित्त एउटा चुनौती हो । माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकास गर्दै नेपाली क्रान्तिलाई नयाँ उचाईमा उठाउन कम्युष्टि क्रान्तिकारीहरुका अगाडि यो चुनौतीलाई स्वीकार गर्नुको अर्को विकल्प छैन ।
बाबुराम भट्टराईको पार्टी परित्याग बारे:
लामो समयदेखि वैचारिक संघर्ष र एकताको प्रक्रिया हुँदै पार्टीको वरिष्ठ नेता एवम् पार्टीका तर्फबाट निर्वाचित सभासद् र प्रधानमन्त्री समेत बन्नु भएका बाबुराम भट्टराईको अनपेक्षित र आकस्मिक पार्टी परित्यागले स्वभावतः पार्टी भित्र र बाहिर समेत गम्भीर वैचारिक, राजनैतिक एवम् नैतिक प्रश्नहरुलाई जन्म दिएको छ । कुन विचारधारात्मक राजनीतिक र नैतिक मान्यताबाट पे्ररित भएर बाबुराम भट्टराईले आफ्नो झण्डै तीन दशक लामो पार्टीसँग एकलौटी सम्बन्ध विच्छेदको घोषणा गर्नुभयो ? के यो एमाओवादी पार्टीसँगको मात्र सम्बन्ध विच्छेद हो वा माक्र्सवाद र कम्युनिष्ट आन्दोलनकै परित्याग हो । प्रश्न निश्चिय नै नीकै गम्भीर रहेका छन् । तराई–मधेशमा देखिएको जनताको असन्तुष्टी र विरोध एवम् भारतको अघोषित नाकाबन्दीको पेचिलो राजनैतिक परिस्थितिको दबाबमा कुनै आवेगमा आएर वहाँले कतै यो फैसला गरेको त होइन ? यदि त्यसो हो भने विना कुनै पूर्वाग्रह र उत्तेजना बाबुरामजीलाई गल्ती सच्याउने अवसरका रुपमा शंकाको लाभ दिनु उचित हुन्छ भनेर नै केन्द्रीय समितिद्वारा पार्टी परित्यागको वहाँको निर्णय राष्ट्रको हीतमा छैन, पार्टी आन्दोलन र नेपाली जनताका हीतमा छैन र स्वयम् वहाँको हीतमा पनि नभएको निष्कर्ष सहित आफ्नो व्यक्तिगत निर्णयमा पुनर्विचार गरी पार्टीमा फर्कन आग्रह गरियो । यसो गुर्नका पछाडिको कारण यी पनि थियो कि वहाँले पार्टी परित्याग गर्नु ठीक पहिले वहाँ समेत रहेको केन्द्रीय पदाधिकारीको एकमतको निर्णयद्वारा केन्द्रीय समितिको वैठक बोलाइनु, अघिल्लो दिन आश्विन ८ गते मात्र पार्टी अध्यक्षसँग झण्डै दुई घण्टा छलफल गरी १० गतेको केन्द्रीय समितिको संक्षिप्त बैठक पश्चात ११ र १२ गते दुई दिन पार्टी केन्द्रका केही प्रमुख नेताहरु बसेर गम्भीर र बिहंगम अन्र्तक्रिया गरी पार्टी पुनर्निर्माणको अभियान चलाउने सहमति हुनु, संविधान निर्माणको विषय तथा पार्टी केन्द्रमा प्रस्तुत २५ बुँदे प्रस्तावमा समेत वहाँको कुनै सहमति नहुनु आदि थिए । पार्टी, आन्दोलन र संविधान निर्माणमा समेत वहाँको योगदानका पृष्ठभूमिमा वहाँलाई आफ्नो व्यक्तिगत निर्णयमा पुनर्विचार गरी पार्टीमा फर्कन आग्रह गर्नु केन्द्रीय समितिको विल्कुल सही र परिपक्व निर्णय थियो । तर, पार्टी केन्द्रको उक्त सही र परिपक्व निर्णय र आग्रहलाई सकारात्मक रुपमा लिई आफ्नो आत्मसमीक्षा गर्नुको सट्टा बाबुरामजीले हिजो आफैंले गरेका, संविधान निर्माण लगायतका कामहरुको समेत स्वामित्व छोड्दै जाने, पार्टी विरुद्ध अत्यन्त संवेदनहीन र आपत्तिजनक टिप्पणी गर्दै जाने, प्रतिक्रियावादीहरुको मनोवल उठ्ने तथा जनता र क्रान्तिकारीहरुको मनोवल गिर्ने जस्ता अभिव्यक्तिहरु दिँदै जान थाल्नु भयो । आज वहाँ नयाँ शक्ति अभियानका नाममा पार्टीलाई कमजोर पार्ने अभियानमा लागिरहनु भएको छ ।
यसबाट कुन कुरा स्पष्ट हुन गएको छ भने बाबुराम भट्टराईको पार्टी परित्यागको निर्णय कुनै आवेगमा आएर भूलबस गरिएको निर्णय होइन, बरु नियोजित रुपमा चालिएको कदम हो, जसबाट यो निर्णयका पछाडिको गम्भीरतालाई स्पष्ट हुन्छ । त्यसमाथि नयाँ संविधानप्रति भारतको असन्तुष्टि र नेपालमाथि लगाइएको अघोषित नाकाबन्दीकै समय छानेर पार्टी परित्यागको घोषणा गर्नुले प्रश्न अझ गम्भीर बन्न गएको छ ।
कथित नयाँ शक्तिको चर्चा बाबुराम भट्टराईबाट संविधान–सभाको दोस्रो निर्वाचन पछि विशेष रुपले उठाउन थालिएको हो । पँुजीवादी नव–उदारवाद र माक्र्सवाद दुवैका ‘‘राम्रा’’ कुरा मिलाएर नयाँ शक्तिको वैचारिक आधार तयार पार्ने जमर्को वहाँले गर्दै आउनु भएको थियो । पुँजीवाद र समाजवादलाई मिलाउने भन्ने कुरा विश्व इतिहासमा सबैभन्दा बदनाम माक्र्सवाद विरोधी धारा हो र कुनै पनि सच्चा कम्युनिष्टले यस प्रकारको अवैज्ञानिक र अवसरवादी धारालाई समर्थन गर्न मिल्दैन र सक्दैन भनेर केन्द्रीय कार्यालयमा यस विषयमा पटक–पटक वहाँसँग छलफल पनि हुँदै आएको थियो । छलफलका क्रममा वहाँले कहिले पनि ‘‘नयाँ शक्तिबारे’’ आफ्नो धारणा खुल्ला, सिधा र स्पष्ट राख्नु भएन । बरु यही पार्टीलाई नयाँ रुपान्तरण गरेर नै नयाँ शक्ति बनाउने भनेको हो भन्दै औपचारिक बैठकहरुमा नीकै अस्पष्ट र औपचारिक जवाफ दिएर तर्कन खोज्नु हुन्थ्यो ।
आज तथ्यहरुले के सावित गरेका छन् भने वहाँले भन्ने गरेको नयाँ शक्तिको वैचारिक आधार माक्र्सवाद होइन बरु सामाजिक लोकतन्त्र ९क्यअष्ब िम्झयअचबअथ० का रुपमा पुँजीवादी सुधारवाद हो । सर्वहारा विश्व दृष्टिकोणका ठाउँमा पुँजीवादी विश्व दृष्टिकोण अबलम्वन गर्नु त्यसको मूल तत्व हो ।
विधि, पद्धति र नैतिकताका दृष्टिले पुँजीवादको विशेषता चरम व्यक्तिवाद र अराजकतावाद हो । बाबुराम भट्टराईले पार्टी परित्यागका सन्दर्भमा ठीक त्यही विधि, पद्धति र नैतिकताको प्रदर्शन गर्नु भएको छ । इतिहासको निर्माता र प्रेरक शक्ति जनता र सामुहिकतालाई होइन व्यक्ति वा कुनै महापुरुषलाई ठान्नु पुँजीवादको चरित्र हो । पार्टी र आफ्ना सबै सहयोद्धाहरुलाई छलेर कसैको सल्लाह विना एकलौटी र व्यक्तिगत रुपमा पार्टी छोड्नु, पार्टी कमरेडहरुलाई छाडेर मक्र्सवाद विरोधीहरुसँग सहकार्यमा रमाउनु, आफुलाई मत दिएर संविधानसभा र व्यवस्थापिका संसदमा विजयी गराउने जनतालाई पत्तो समेत नदिई संसद छोड्नु जस्ता क्रियाकलापले बाबुराम भट्टराईमा रहेको चरम अराजकतावादी व्यक्तिवादलाई छर्लङ्ग पारेका छन् ।
तथ्यहरुले आज यो पनि स्पष्ट गरिरहेका छन् कि वहाँको मिसन नयाँ शक्तिका नाममा माओवादी शक्तिलाई क्षत–विक्षत पार्न प्रतिक्रियावादीहरुलाई सहयोग पु¥याउनु हुन गएको छ । देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले चाहेका जस्तै माओवादी पार्टी र यसको नेतृत्वका विरुद्ध ‘‘रातो स्टीकर’’ र ‘‘अख्तियार’’ सम्मका कुरा उठाउनुले वहाँको त्यो मिसनलाई नै संकेत गर्दछ । वस्तुतः बाबुराम भट्टराईको पार्टी परित्याग, माक्र्सवाद, कम्युनिष्ट आन्दोलन, जनयुद्ध र त्यसका महान् सहिद, वेपत्ता योद्धा र श्रमजीवी जनतालाई परित्याग गर्नु तथा प्रतिक्रियावाद र अवसरवादसँग नयाँ सम्बन्ध कायम गर्नु बन्न गएको छ ।
उपरोक्त सन्दर्भमा बाबुराम भट्टराईमा विकसित भएको वैचारिक, राजनैतिक र साँस्कृतिक विचलनको सैद्धान्तिक खण्डन, आलोचना र भण्डाफोर गर्दै आफ्नो पंक्ति र आम श्रमजीवी जन–समुदायलाई प्रशिक्षित गर्नु पार्टीको नीति हुनेछ । सैद्धान्तिक विरोधका सन्दर्भमा व्यक्तिगत गालीगलैज, लान्छना र चरित्र हत्या गर्ने जस्ता पुँजीवादी र निम्न पूँजीवादी शैलीलाई पार्टीले कदापी अपनाउने छैन र आफ्ना कुनै सदस्य र समर्थकलाई त्यस प्रकारको तरिका नअपनाउन निर्देशित गर्दछ ।
No comments:
Post a Comment