Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, October 19, 2015

ज्ञानेन्द्र शाहले नयाँ संविधान बारेमा पहिलो पटक मुख खोले

प्यारा नेपाली
दिदी वहिनी तथा दाजूभाइ,
नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा प्रस्तूत गर्ने वडा दशैको यो महान् धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्वका उपलक्ष्यमा म देश भित्र र देश बाहिर रहे वसेका समस्त नेपाली दाजूभाइ दिदीवहिनीहरुमा सूख, शान्ति, समृद्धी र प्रगतिका लागी हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछू ।


लामो समयको अनिश्चितता र कठिन संक्रमणकालिन अवस्था पछि, राष्ट्रको मूल कानुनबाट मूलूकमा शान्ति, प्रजातन्त्र, स्थायीत्व र आर्थिक संमृद्धी सगैं आपसी सद्भाव स्थापीत हूने छ भन्ने चाहना र धैर्य नेपालीहरुले राख्दै आएका हून् ।           जनताद्वारा जनताका निम्ति बन्नू बनाईनू पर्ने विधि व्यवस्था आम जनतावाटै अनूमोदित हुनुपर्ने हुन्छ ।


मैले जाने बूझे सम्म राष्ट्रको मूल कानूनमा राष्ट्रका सबै वर्ण, सवै वर्ग, सवै समूदाय र सवै भूक्षेत्र तथा अधिकतर जनताले अहिंकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृती र गतिविधीलाई नसमेटिदा स्वभावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गर्दछ । विधि निर्माण र व्यवस्थापनको महत्वपुर्ण घडीमा देशका जिम्मेवार सूरक्षा पात्र र होनहार नागरिकहरुको जिउ ज्यान नै जोखिममा पर्नू अझ गभ्भिर चिन्ताको विषय हो । परस्पर मिलिजूली एकताका साथ रहिआएकोे हाम्रो नेपाली समाजमा हाल देखा परेको परिस्थिति नेपाल र नेपालीको अहित हूने तर्फ अघि नबढोस् । समग्र सहभागिता, समस्त सामन्जस्य र सम्पुर्णको समावेशी समर्थन नै हाम्रो राज्य व्यवस्थाको आधार बन्नू पर्दछ ।


हिमाल, पहाड र तराईमा देखा परेको विध्यमान द्धन्द्र, विग्रह, कचिगंल, अन्योल, असन्तोष र दैनिक जीवनमा आईपरेको कठिन अवस्था एवं अभावको स्थितीमा, मेरो चासो र चिन्ता रहनु स्वाभाविकै हो । आम नागरिकले सधै नै निर्धारित सूलभ वजार व्यवस्था तथा नियमित आवागमनको सूचारु सूविधा पाउनू पर्दछ । तर दशैं, तिहार र छट जस्ता नेपालीहरुको विशेष चाडपर्वमा समेत वजारमा इन्धन, औषधी एवं खाध्यान लगायतका दैनिक उपभोग्य बस्तू कै अभाव हूनूको साथै नेपाली नागरिकहरुले सहज ढंगले आवागमन गर्न समेत पाईरहेका छैनन् । यसबाट न्युन आयस्रोत भएकाहरुले त झनै मार खप्नू परेको तितो तथ्य हाम्रा अघिल्तिर देखा परेको छ । भूकम्पको प्राकृतिक कम्पन एवं अन्योल र अलमलको राजनितिक उल्झनबाट पिडीत नेपाल र नेपाली जन जिवनको यो कठोर कालखण्ड अव धेरै लम्विनू हूदैंन भन्ने मेरो चाहना रहेको छ ।


राष्ट्रिय स्वार्थ, राष्ट्रियता, राष्ट्रिय समस्याको समाधान गर्न नेपाली मनको सक्रियताबाट अघि बढ्न श्री नवदुर्गा भवानीवाट हामी सवैलाई सत् प्रेरणा प्राप्त होस् ! यहि मेरो कामना छ ।

जय नेपाल

No comments:

Post a Comment