Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, October 14, 2015

शरदसिंह भण्डारी र राजकिशोर यादवको पनि प्रस्टीकरण आयो

संघीय लोकतान्त्रिक मोर्चा नया प्रधानमन्त्री निर्वाचनको प्रकृया संगै विकसित घटनाक्रमलाई मध्यनजर गर्दै आज आम जनसमुदायलाई प्रेसविज्ञप्ति मार्फत आप्mनो आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेकोछ ।

हामी १६ बुँदे समझदारी पश्चात् सडक र सदनको संघर्षमा अविचलित र दृढ भई अगाडी बढी रहेकै अवस्थामा ६ प्रदेशको समझदारी भयो र त्यसको विरुद्धमा हामी आन्दोलनमा उत्रियौं । त्यस पश्चात् लगत्तै ७ प्रदेश ताकियो । त्यो झन हाम्रो लागि विभेदकारी सावित भयो र हामी मधेशी, थारु, आदिवासी र जनजातिलाई पाखा लगाई सम्विधानको कार्य अगाडी बढे पछि हामी वाध्य भई सम्विधान निर्माणको प्रकृयावाट वाहिरियौं । तर सम्वाद र वार्तालाई कहिल्यै पनि छोडेनौं । तर पनि देशको कुल जनसंख्या मध्ये आधा जनसंख्या आगटेको क्षेत्र मधेश र थरुहटमा भई रहेको शान्तिपुर्ण जन आन्दोलनको व्यवास्ता गर्दै हठी र दम्भी प्रमुख तिन दलले २०७२ असोज ३ गने नया सम्विधान घोषणा ग¥यो । जुन हाम्रो मान सम्मान र अधिकारमाथि ठुलो घात थियो । त्यस कारण हामी वाध्य भई नाकावन्दी जस्तो कठोर कार्यक्रम गर्न अग्रसर भयौं । यसै वीचमा सरकारले हामी संग विभिन्न चरणमा वार्ताको नाटक मञ्चन ग¥यो जुन निरर्थक सावित भयो ।
वार्तालाई जिम्मेवारी र संवेदनशीलताका साथ अगाडी बढाउनु पर्नेमा फेरि नया प्रधानमन्त्रीको निर्वाचनको प्रकृया अगाडी बढाईयो र वार्ता रोकियो । यसै बीचमा मधेशी, थारु, आदिवासी र जनजाति समुदायको अधिकार प्राप्तिको आन्दोलन र माँगलाई वीच वाटोमै छाडी सहिदहरुको वलिदानीको वेवास्ता गर्दै यस मोर्चाका एक घटक मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) एकाएक सत्तासाझेदारीमा लागेकोले हामीलाई अत्यन्तै दुःखी तुल्याएको छ । यो कदमले आम मधेशी र थारु ज्नताको भावनामा ठुलो कुठाराघात र धोखा भएको हामीले महशुश गरेका छौं ।

अहिले आएर केही मधेशी र थरुहट आन्दोलनका विरोधी तत्वहरुले प्रधानमन्त्रीको चुनावमा मधेशी दलहरु भाग लिएको घटनालाई सत्ता स्वार्थ र आन्दोलननै विसर्जन गरेको भ्रमपुर्ण र अतिरंजित हल्ला सामाजिक संजालहरुमा पैmलाउने कार्य गरेकोले हामी हाम्रो धारणा स्पष्ट पार्न चाहन्छौं । हामीले मधेशी, थारु, आदिवासी जनजाति र उत्पीडित समुदायको अधिकारलाई कुण्ठित पार्ने धाराहरु र कतिपय विषय जो अन्तरिम संविधानमा थियो तर अहिले हटाईएको छ, ती धाराहरुलाई मात्रै हाम्रो मोर्चाले जलाएको सर्वविदितै छ । हामीलाई सम्पुर्ण सम्विधान र निर्माण प्रकृयामा हाम्रो अधिकारवाट वञ्चित गर्ने धाराहरु वाहेक अन्य धाराहरु संग आपत्ति नभएको स्पष्ट पार्न चाहन्छौं । त्यसकारण हामी मतदानमा भाग लिएका हौं । हामी सम्विधान सभावाट मात्रै वाहिरिएका थिर्यौ र व्यवस्थापिका संसदवाट नवाहिरिएकोले मतदानमा भाग लियौं । तेश्रो अहिलेको राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई कमजोड पार्ने माले, मसाले र मण्डलेहरुको अप्राक्रितिक गठबन्धनको विरुद्धमा लोकतन्त्रको पक्षमा मतदान ग¥यौं । चौथो हामीले हाम्रो समस्याको समाधान यही सम्विधानमा दुई तिहाईको वहुमतवाट संशोधन मार्फतनै चाहेकाले र हाम्रो विरुद्धमा भई रहेको धु्रवीकरणलाई रोक्न हामीले अन्तरिम संविधान वमोजिम भएको अहिलेको यस संक्रमणकालीन व्यवस्था वमोजिमनै चुनावी प्रकृयामा भाग लियौं ।

तर अहिले मधेशी दलहरुको विरुद्धमा षडयन्त्र र भ्रम फैलाई मधेश आन्दोलनलाई कमजोर पार्ने दुश्प्रयास भई रहेको हुनाले हामी स्पष्ट पार्न चाहन्छौं । हामी मधेशी, थारु, आदिवासी जनजाति हरुको सहभागितामा संचालित अहिलेको यस निर्णायक आन्दोलनलाई दृढताका साथ तार्किक निष्कर्षमा नपुगुन्जेल र हाम्रो माँगहरुको अर्थपुर्ण सम्वोधन संविधानको संशोधन मार्पmत नहुन्जेल सम्म जारी राख्ने छौं । तसर्थ यस मोर्चाका घटक दलका सम्पुर्ण पार्टी पक्तिका साथीहरुलाई उच्च मनोवलका साथ यस शान्तिपुर्ण जनआन्दोलनमा प्रतिवद्ध भई लाग्न हार्दिक आग्रह गर्दछौं । र अझै पनि यदि काँग्रेस, एमाले र एमाओवादी सम्मिलित दुई तिहाइ मत भएको वार्ता समिति हामी संग निर्णायक वार्ता गर्न तयार छ भने हामीले पनि सम्वादको लागि हाम्रो ढोका खुल्लै राखेको स्पष्ट पार्न चाहन्छौं ।

अन्तमा आम जनसमुदायलाई कसैको उक्साहट र आवेगमा नआई अझै आन्दोलनलाई सशक्त रुपमा उच्च मनोवलका साथ नेतृत्वदायी भुमिका निर्वाह गर्न हार्दिक अपील गर्दछौं । साथै हिन्दुहरुको महान चाँड वडा दशैं (दशहरा), तिहार (दिपावली), छठ, ईस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद र जनजातिहरुको लोहसार पर्वको पावन अवसरमा आम जनसमुदायमा हार्दिक शुभकामना तथा वधाई अर्पण गर्न चाहन्छौं साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

No comments:

Post a Comment