Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, October 14, 2015

आन्दोलन इन धोखेबाजो के नेतृत्वका मोहताज नहीं है- गुप्ता

तराई मधेसको जारी आन्दोलनलाई ‘धोका दिएर’ संविधान कार्यान्वयन गराउनका लागि गरिएको प्रधानमन्त्रीको निर्वाचनमा सहभागिता भए पछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतृत्वको तिव्र आलोचना सुरु भइरहेको छ । जनकपुरमा उनीहरुको आन्दोलनकारीले पुत्ला जलाए भने आन्दोलनमाथी गद्धारी गरेर प्रधानमन्त्री निर्वाचनमा मतदान गरेको आरोप लगाउँदै राजेन्द्र महत्तोमाथी भिटटामोढमा दुब्र्यब्यावहारसमेत भइसकेको छ । धेरै पार्टीमा राजिनामाको लहर चलेको छ । संविधान नै अस्विकार गर्दै आएको भनिए तापनि गत आइतवार मधेसी मोर्चाले मतदान गरे पछि मोर्चा भित्र राजनीतिक नैतिकताको प्रश्न उठेको छ । जसको नेतृत्वको सरकारले गोली खाएर ४२ जना आन्दोलनकारी मारिए, त्यही सरकारको नेतृत्वकर्ता कांग्रेस सभापति सुशिल कोइरालालाई, त्यो पनि बिना कुनै सहमति मतदान गरे पछि त्यो आलोचनाको बिषय बनेको छ । आलोचना गर्ने कति छन कति, तर यहाँ तराई मधेस राष्ट्रिय अभियानको संयोजक जयप्रकाश गुप्ताको धारणा राख्ने कोशिश गरेको छु । अब नयाँ दौर प्रारम्भ गरौं । सत्ता समर्पण र मुद्दा विसर्जनमुखी प्रवृतिको पहिचान गरौं ! भन्दै उनी तराईका बिभिन्न ठाउँमा हिडन सुरु गरिसकेका छन् ।  प्रधानमन्त्री निर्वाचनमा मतदान गरे पछि जेपी गुप्ता के भन्छन त ? आउनुहोस पढौं ।  


सबै मधेसी मोर्चाका मित्रहरु:
*******************
संविधान निर्माण प्रकृयाका दौरान संविधान सभामा रहनु भयो । निर्णय र मतदानका दौरान बहिष्कार गर्नु भयो । सरकार बन्ने बेलामा सिंहदरबार पस्दै हुनुहुन्छ रे !

मधेस आन्दोलन अलपत्र परेको छ । चालीस जना शहीदका परिवारले ४५ दिनको कर्म पनि गर्न भ्याएको छैन । जनता निरन्तर दमन र राज्य अपमान भोग्दैछन् । संविधानको विभेद कायमै छ, सके सिंहदरबार भित्र यहांहरुले मान सम्मान पाउनु होला । यद्यपि यो मधेसको महाअपमान भनि दर्ज रहनेछ ।

प्र.म.को निर्वाचनमा यहांहरुको मतदान ठूलो अपराध मानिन्छ । ओली जी र शुसील जी अनि मधेस र मधेसीको मुद्दा, हामीले बिर्सन हुन्न कि फर्सी चुलेसीमा खसोस वा चुलेसी फर्सीमा-घायल त फर्सी नै हुनेछ । यी दुईमा जो जितुन तर हत्या त मधेस कै हुनेछ । यसर्थ प्र.म. बनाउने खेलको मतियार नबन्नु होस् । यसो नगर्न अनुरोध गर्दछु ।


**********************

मधेसी मोर्चाका नेताहरु तीनबटै मधेस आन्दोलनमा मारिएका ९७ जना शहीदको रगतलाई टेकेर सत्ताकी देवीको अगाडी मधेसलाई बली चढाएको कुरा तमरा अभियानका संयोजक जय प्रकाश गुप्ताले आज रुपन्देहीको एक कार्यक्रममा बताए ।

लुम्बिनी क्षेत्रमा आयोजित सभामा बोल्दै गुप्ताले भने मोर्चाले आन्दोलनको मांगलाई स्पष्ट रुपमा नराख्नु, संविधान सभाको उपादेयता समाप्त भएपनि राजिनामा नदिनु, आन्दोलनरत् सबै मधेसी पक्षहरुलाई समेटेर जानाजान बृहद् मोर्चा बन्न नदिनु, आन्दोलनको मैदान छोडेर वार्ताको निम्तो पर्खी काठमांडू बस्नु, मधेसको जन उभारलाई परिणाममुखी बनाउनुको साटो सीमा नाकाबन्दीमा जानु-यी सबै कुराहरु आत्म समर्पणको योजना नै थियो भन्दै गुप्ताले भने मधेसको सवाल ज्युकोत्यू छ, यो अनिर्णीत नै छ, यसको समाधान हुनै पर्दछ, यसर्थ यस निम्ति अब तमरा अभियानको अगुवाईमा नयाँ तरिकाबाट बढनु आवश्यक छ भन्नु भयो ।

तमरा अभियानले भोली सोमबार नवलपरासीको सदरमुकाम परासीमा आमसभा राखेको छ । गुप्ताले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


***************************

तराई मधेस राष्ट्रिय अभियानको अपील

वर्तमान मधेस आन्दोलन निर्णायक उत्कर्षमा पुगेको समयमा संयुक्त मधेसी मोर्चाका चारबटै घटकहरु र बिजय गच्छदारले आन्दोलन, शहीदहरु र मघेसी जनतालाई धोका दिएका छन् । यसबाट आन्दोलनको अन्त्य हैन, आन्दोलनमा गतिरोध आएको छ ।

उनिहरुले गरेको यो गद्दारी अनपेक्षित थिएन । पहिलो र दोस्रो मधेस आन्दोलनकै क्रममा यस पटकपनि गद्दारी गरेका हुन् । यिनीहरुको राजनीतिक लाईन नै सत्ता समर्पण-मुद्दा विसर्जनको लाईन हो र यसको अन्तिम परिणाम नै शहीदहरुको रगतलाई कुल्चेर सत्ताकी देवीका सामु आत्म समर्पण गर्नु हो-यो स्पष्ट भएको छ ।

मधेसमा विध्यमान यस कूप्रवृतिको पहिचान गरेर यदि एक क्रान्तिकारी संगठनको निर्माण हुन सकेको भए संयुक्त मधेसी मोर्चा र बिजय गच्छदारहरुले अहिलेको जस्तो दुष्कार्य गर्ने मौका पाउने थिएन । यसबाट सबक सिकेर एक क्रान्तिकारी संगठनको निर्माणसंगै अब मधेस आन्दोलनलाई पुर्नसंयोजनगरी अगाडी बढाउनु अपरिहार्य भएको छ ।

अहिले खेलिएको घृणित खेलले मधेसका सवालहरु र मधेसका मुद्दाहरुको औचित्य समाप्त भएको ठहर गर्दैन । यस मुद्दाको शांतिपुर्ण रुपमा समाधान गरिनु पर्दछ भन्ने मान्यता राख्ने नेपाली समाजको दायित्वपनि समाप्त भएको छैन । मुलुकलाई बिखण्डनबाट रोक्न, मुलुक भित्र दीर्घकालीन सामाजिक तथा सामुदायिक सद्भाव कायम राख्न, संबिधानलाई फेरी पनि सर्वसम्मत बनाउन, मुलुकका नागरिकको समस्याको समाधानमा बिदेशी चलखेललाई निरुत्साहित गर्न त्तकाल कदम चाल्ने दायित्व अब राज्य र राज्यका पृष्ठपोषक स्थायी सत्ताको हो । मधेसी जनतापनि देशको अखण्डता र शांति तथा सद्भावको मार्गबाट समस्याको समाधान खोज्ने दिशामा अग्रसरता लिनु पर्ने समय आएको छ ।

संसदमा पक्षमा होस् वा बिपक्षमा मतदान गरेर संबिधान सभामा रहेका मधेसी दलहरु अब राज्यपक्ष भएका छन् । संसदीय लोकतन्त्रमा सिद्धान्तत: वा व्यवहारत: प्रतिपक्ष भनैकै राज्यको पक्ष हो । हालसम्म बिद्रोहमा रहेका मधेसी जनता भने नेपाली राज्यका नागरिक हुन तर राज्यपक्ष हैन् । यसर्थ, अब शांतिपुर्ण माध्यमले, परस्परको सम्मानका साथ मधेसका मांगहरुलाई पुरा गराउन स्पष्टत: संयुक्त मधेसी मोर्चाका घटकदलहरु र सत्ताभ्रुणले लत्तपतिएका बिजय गच्छदारहरुलाई बाहेकगरी आन्दोलनका अगामी दायित्वको निर्वाहकालागि मधेसका सडकमा, मधेसी जनतासंग रहेका सबै मधेसी राजनीतिक संगठनहरु, नागरिक समाजले, सबै वर्ग तथा समुदायले सहकार्य गरी अगाडी बढनु हुन तराई मधेस राष्ट्रिय अभियान सबैमा अपील गर्दछ ।
२०७२/०६/२५

****************
आज बीरगंज में तमरा अभियान से सम्बद्ध पर्सा एवं बारा जिले का नेता-कार्यकर्ताओं का बैठक सम्पन्न हुआ । हर हालात में आन्दोलन बढे अभियान का सोच की जानकारी दिया गया ।
इस बैठक के बाद के.स. सिपू तिवारी अपने पोष्ट में लिखते हैं:
"मधेश आंदोलन में धोखा- गद्दारी से निराशा और आक्रोश छाया है। शहीदों के खून का रंग हल्का भी नहीं हुआ और गद्दारो ने अपना रंग दिखा दिया ।आन्दोलन इन धोखेबाजो के नेतृत्व का मोहताज नहीं है। मधेश का संघर्ष जारी है। हमलोगो का प्रयाश दिख रहा है। जय मधेश !"

1 comment:

  1. मन्त्री हुदै देखि मौकामा चौका हान्न सिपालु गुप्ता फेरी सल्बलाउदैछन । हेर्दै जाऊ यिनको चुरीफुरीले फेरी तराईमा आगो नबलोस। सत्तामा बस्नेहरुले पनि तराईको आगो बेलैमा फेरी नबल्ने गरी निभाउन इमान्दरीपुर्बक काम गरुन ।

    ReplyDelete