सभासद सीतादेवी यादव (६० वर्ष)। संविधानसभा समारोहमा सहभागी हुन गइरहँदा बाटोमा उनलाई खबर आयो, 'माननीयज्यू, तपाइँको घरमा आगो लगाइदिए, गाडी र मोटरसाइकल पनि जलाइदिए।'
संविधान घोषणाको दिन खुसी भइरहेका बेला उनलाई दुःखद् खबर आयो। मूलढोका तोडेर आगो लगाउन आएका समूहबाट बच्नका लागि त्यहाँ रहेकाहरू पछाडिको ढोकाबाट भागेछन्।
'उपेन्द्रजी, तपाइँले मेरो घर जलाएर आफ्नो माग पूरा गराउन खोज्नुभएको हो र! यसरी माग पूरा हुन्छ भने आउनुहोस्, अब मलाई पनि जलाउनुहोस्,' विक्षिप्त अवस्थामा रहेकी सभासद यादवले नागरिकसँग भनिन्।
संविधान घोषणाको दिन खुसी भइरहेका बेला उनलाई दुःखद् खबर आयो। मूलढोका तोडेर आगो लगाउन आएका समूहबाट बच्नका लागि त्यहाँ रहेकाहरू पछाडिको ढोकाबाट भागेछन्।
'उपेन्द्रजी, तपाइँले मेरो घर जलाएर आफ्नो माग पूरा गराउन खोज्नुभएको हो र! यसरी माग पूरा हुन्छ भने आउनुहोस्, अब मलाई पनि जलाउनुहोस्,' विक्षिप्त अवस्थामा रहेकी सभासद यादवले नागरिकसँग भनिन्।
उनका अनुसार आफ्ना माग पूरा गराउन व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याथउने काम संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वका आन्दोलनकारीले गरेका हुन्।
सिरहा–३ की प्रत्यक्ष निर्वाचित सभासद, नेपाली कांग्रेसकी एक मात्र महिला जिल्ला सभापति पनि हुन्। मधेसका मुद्दा स्थापित गराउनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई काठमाडौंमा दबाब दिइन्, संविधानसभा बैठकमा धारण राखिन्, पार्टी मोर्चाभित्र लडिन् तर आज उनकै घर आन्दोलनकारीले जलाइदिए।
'खासमा आन्दोलनमा जनसमर्थन क्रमशः घटिरहेको थियो, उपेन्द्रजी दुई दिनअघि सिरहा जानुभएछ र गाउँ–गाउँबाट बसमा चढाएर आन्दोलनकारीलाई ल्याउनुभएको थियो, त्यही भीडले मेरो घर जलायो,' सभासद यादव भन्छिन्।
'घरमा १०–१५ जना थिए, एकाएक ढुंगामुढा गरेछन् र आगो लगाइदिएछन्, घरमा भएकाले ज्यान जोगाउन पछाडिको ढोकाबाट भागे,' यादवको दुखेसो छ, 'घरमा भएको गाडी, मोटरसाइकल र अन्य महत्वपूर्ण समान जलाइदिए।' त्यसको जवाफ जुलुस नेतृत्वकर्ता अध्यक्ष यादवले दिनुपर्ने उनको माग छ।
त्यसो त घरबाट दुई मिनेटको दुरीमा जिल्ला प्रहरी कार्यालय रहे पनि आगजनी हुँदा आगो निभाउने काम नगरेको उनको भनाइ छ। प्रहरी–प्रशासनको अक्षमताका कारण आफ्नो घर जलेको आरोप उनले लगाइन्।
सभासद यादवको मात्रै घर जलेको छैन, संविधान निर्माणमा लागेका सिरहा–६ का अर्का सभासद गणेशकुमार मण्डलको पनि घरमा आगजानी गरिएको छ। मझौरिया–१ स्थित उनको घरमा आगजनी भएको हो। सिरहाका ६ मध्ये ४ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको छ।
'म त संविधानसभामा थिएँ, त्यहीँ भएका बेला घरमा आगजानी भएको खबर पाएँ,' सभासद मण्डलले नागरिकसँग भने, 'घरमा आमा मात्रै हुनुहुन्छ, त्यतिखेर बाहिर रहनुभएकाले उहाँलाई केही भएन।' घरका समान जलेर नष्ट भएको उनले जनाए।
'मधेस र मधेसी जनताका लागि मैले आफ्नो जीवन समर्पित गरेँ, संविधानसभा र संसदमा पनि मधेसका एजेन्डा उठाइरहेँ तर आन्दोलनकारीले ताकेरै मेरो घर जलाइदिए, आखिर उनीहरु के चाहन्छन्?' मण्डलले नागरिकसँग भने। आफ्नो घर जलाउनेको पहिचान गर्ने काम भइरहेको उनले जनाएका छन्।
No comments:
Post a Comment