Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, September 23, 2015

संविधान जारी पछिको भारत : कतै जुत्ता प्रहार त कतै दिपावली

दोस्रो विश्वयुद्ध सकिएपछि जुलाई १९४५ मा बेलायतमा नयाँ सरकार बन्यो । त्यो नयाँ सरकारले भारतमा संविधान निर्माणका लागि नयाँ नीतिको घोषणा ग¥यो । भारत स्वतन्त्रताको समस्या समाधान गर्न बेलायतले नयाँ नीति घोषणा गरेको थियो । त्यसबेला बेलायतले तीनजना क्याबिनेट मन्त्री भारत पठाएको थियो । जसलाई इतिहासमा क्याबिनेट मिसन भनेर चिनिन्छ । १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भएको घोषणा गरिएको थियो । त्यसपछि पूर्ण सम्प्रभू सम्पन्न संविधानसभा गठन गरिएको थियो । त्यो संविधानसभाले ९ डिसेम्बर १९४७ बाट काम गर्न सुरु ग¥यो ।

संविधानसभाका सदस्यहरू राज्यसभाबाट निर्वाचित भएर आएका थिए । जवाहरलाल नेहरू, डा. राजेन्द्रप्रसाद, सरदार बल्लभभाइ पटेल, श्यामाप्रसाद मुखर्जी, मौलाना अबुल कलाम आजाद आदि यस सभाका प्रमुख सदस्य थिए । अनुसूची वर्गका ३० भन्दा बढी सदस्य थिए । अनुसूची वर्गमा दलित र पिछडिएका समुदायलाई राखिएको थियो । सच्चिदानन्द सिन्ह त्यो सभाका प्रथम सभापति थिए । तर पछि उनलाई हटाएर डा. राजेन्द्र प्रसादलाई सभापतिमा निर्वाचित गराइयो । भीमराव रामजी अम्बेडकर संविधानसभा निर्माण समितिको अध्यक्षमा निर्वाचित भए । संविधानसभाले दुई वर्ष, ११ महिना १८ दिनमा जम्माजम्मी एक सय ६६ बैठक बसेर संविधान निर्माण गरेको थियो ।

भारतको संविधान संसार कै लामो र लिखित संविधान हो । अहिले यो संविधानमा २२ भाग ४ सय ६५ धारा र १२ अनुसूची छ । त्यसबेला २२ भाग ३ सय ९५ धारा र ८ अनुसूची मात्र थियो । यो संविधान संसार कै उत्कृष्ट र नमुना संविधान भएको बताइन्छ । संविधानसभा सदस्यले हात उठाएर समर्थन गरे पनि यसको निर्माणमा डा. अम्बेडकरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसैले अम्बेडकरलाई भारतको संविधान निर्माताका रूपमा चिनिन्छ ।
 यो इतिहास साक्षी हुँदाहुँदै पनि भारतको संविधानले सबै जात जाति धर्म सम्प्रदाय र भाषाभाषीलाई समेट्न सकेको थिएन भन्न हिचकिचाउनु पर्दैन । अर्थात् सतप्रतिशत समर्थनमा बनेको भारतीय संविधान पनि होइन । यसको असन्तुष्टि झन्डै चार दशकसम्म देखिएको थियो । अर्थात् सन् १९९४ मा मुम्बईमा कसैले अम्बेडकरको प्रतिमामा जुत्ताको माला लगाइदिएका थिए । त्यसभन्दा अघि मुम्बई क्षेत्रमा बौद्ध र रुढिवादी हिन्दुहरूबीच हिंसा सुरु भएको थियो । हिन्दु र बौद्ध समुदायबीच चलेको हिंसामा अम्बेडकरको प्रतिमामा जुत्ताको माला लगाइ दिएपछि अन्य राज्यमा समेत साम्प्रदायिक हिंसा फैलिएको थियो ।

यो हिंसाले त्यति कुरूप धारण गरेको थियो कि एकले अर्कालाई सिध्याउन थालियो । कतै अम्बेडकरको प्रतिमा तोडफोड भयो, कतै हिन्दु मन्दिरमा देवताको मूर्तिको सट्टा अम्बेडकरको तस्बिर राखियो । तमिलनाडू र महाराष्ट्र अधिक हिंसा फैलिएका स्थान हुन् । एउटा समुदायलाई अम्बेडकरको प्रतिमा किन भत्काउनु प¥यो, अर्को समूहलाई उनको तस्बिर मन्दिरमा राखेर किन पूजा गर्नुप¥यो ? आखिर को हुन् अम्बेडकर ? यिनै जिज्ञासाका जवाफ खोज्ने प्रयास गरिएको छ, यो आलेखमा ।

सन् १८९१ अप्रिल १४ मा जन्मेका अम्बेडकरको पूरा नाम भीमराव रामजी अम्बेडकर हो । बाबासाहेक नामले लोकप्रिय भए पनि अम्बेडकर विश्वस्तरका विधिवेत्ता उनको परिचय हो । उनी एक बहुजन राजनीतिक नेता र बौद्ध पुनरुत्थानवादी हुनुका साथसाथै भारतीय संविधानका मुख्य शिल्पकार हुन् । यिनको जन्म एक गरिब र दलित परिवारमा भएको थियो । दलित परिवारमा जन्मे कै कारणले उनले सारा जीवन नरकीय र कष्टमा बिताउनु परेको थियो । अम्बेडकरले आफ्नो सारा जीवन हिन्दु धर्मको चतुवर्ण प्रणाली र भारतीय समाजको सर्वव्यापित जाति व्यवस्थाको विरुद्ध संघर्षमा बिताए । 

हिन्दु धर्ममा मानव समाजलाई चार वर्णमा विभाजन गरेको हुन्छ, ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र । शुद्रलाई समाजको उच्च वर्गले अत्यधिक कष्ट दिएको हुन्छ । यो व्यवस्थालाई बदल्न कै लागि अम्बेडकरले जीवन भरि संघर्ष गर्नु परेको थियो । संघर्ष गर्नकै लागि उनले हिन्दु धर्म त्यागेर बौद्ध धर्म ग्रहरण गरेका थिए । बुद्ध धर्म ग्रहणसँगै उनले समतावादी विचारबाट उनले समाजमा समानता स्थापित गरेका थिए । उनलाई बौद्ध आन्दोलन प्रारम्भ गर्ने व्यक्तिको रूपमा पनि चिनिन्छ । त्यसैले विश्वको एउटा ठूलो समुदायको पे्ररणाका स्रोत हुन् उनी ।

केही सामाजिक र आर्थिक समस्यासँग जुझ्दै अछुत समुदायबाट अम्बेडकरले भारतमा कलेज स्तरको शिक्षा हासिल गरे । उनले कानुनमा उच्च शिक्षा हासिल गर्नुका साथै अर्थशास्त्र र राजनीतिक विज्ञानको पढाइ पनि सके । उनले गरेको अनुसन्धानलाई कोलम्बिया विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्सले केही डाक्टरेड डिग्री दियो । यिनै डाक्टरेड डिग्री बोकेर भारत फर्किंदा अम्बेडकरले चर्चित विद्वान बनिसकेका थिए । भारत फर्किसकेपछि उनले केही समय वकलातको अभ्यास पनि गरे । त्यसपछि केही अखबारले उनको विचार नियमित छाप्न थाल्यो । 

उनले विचारमा भारतीय दलित समुदायको राजनीति र सामाजिक स्वतन्त्रताबारे दर्शन पाइन्थ्यो । अम्बेडकरलाई भारतीय बौद्ध भिक्षुहरूले बोधिसत्वको उपाधि दिएका थिए । तर उनले आफूलाई कहिले पनि बोधिसत्व भनेनन् ।

अम्बेडकरका जन्म अहिलेको मध्य प्रदेश तथा त्यसबेला ब्रिटिसले शासन गर्दा केन्द्र प्रदेशको स्थापित नगरको सैन्य छाउनीमा भएको थियो । मालोजी कपपाल र भीमावाइका १४ सन्तान मध्ये अम्बेडकर कान्छा थिए । उनको परिवार मराठी र अम्बावडे नगर जुन आधुनिक महाराष्ट्रको रत्नागिरु जिल्लामा पर्छ । उनीहरू हिन्दु महार जाति हुन्, जसलाई अछुत पनि भनिन्छ । अम्बेडकरका पूर्वजले लामो समयदेखि ब्रिटिस इस्ट इन्डिया कम्पनीको सेनामा काम गरिरहेका थिए । उनका पिता भारतीय सेनाको मऊ छाउनीमा सेवारत थिए । त्यहाँ उनी सुविदारसम्म भएका थिए । उनले मराठी र अंग्रेजीमा औपचारिक शिक्षामा डिग्री लिएका थिए । त्यसैले उनले आफ्ना सन्तानको शिक्षाका लागि धेरै मेहनत गरे, बच्चालाई पढ्न प्रोत्साहित गरे । 

कबीर पन्थसँग सम्बन्धित यो परिवारमा रामजी सकपालले आफ्ना सन्तानलाई हिन्दुग्रन्थ पढ्नका लागि बढी पे्ररित गर्थे । विशेषगरी महारभारत र रामायण पढ्नलाई उनी पे्ररित गर्थे । उनी सेनामा भएकाले दलित भए पनि सन्तानलाई सरकारी स्कुलमा पढाउन सफल भए । यदि उनी सेनामा नभएको भए उनले आफ्ना सन्तान स्कुल पढाउन सक्दैन थिए । त्यसबेला भारतीय हिन्दु समाज यति कठोर थियो कि दलितले अरुलाई छुन त परैजाओस् ठाडो नजरले हेर्न समेत मिल्दैन थियो । क्रमशः

No comments:

Post a Comment