Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, September 25, 2015

नेम्वाङको नेमप्लेट फेरियो, ५ सभापतिको कार्यालय खोसियो

नयाँ संविधान निर्माणपछि संविधानसभा स्वतः विघटन भई व्यवस्थापिका संसदमा रूपान्तरण भएको झझल्को संसद सचिवालय परिसर सिंहदरबारमा देखिन थालेको छ।

सिंहदरबारस्थित कार्यालयमा अध्यक्ष 'सुवासचन्द्र नेम्वाङ, संविधानसभा अध्यक्ष' को नेमप्लेटबाट 'संविधानसभा अध्यक्ष' छोपेर 'सभामुख, व्यवस्थापिका संसद' को कागज टाँसिएको छ भने उपाध्यक्ष ओनसरी घर्तीकोमा पनि 'उपाध्यक्ष, संविधानसभा' छोपेर 'उपसभामुख, व्यवस्थापिका संसद' टाँसिएको छ। यस्ता धेरै दृश्य संसद सचिवालय, सिंहदरबार परिसरमा देखिन थालेको छ।


असोज ३ गते संविधानसभा संविधानको घोषणासँगै स्वतः विघटन भएपछि सचिवालयमा पनि केही भौतिक संरचना परिवर्तन गर्न थालिएको सहप्रवक्ता सुुर्दशन कुइँकेलले बताए। 'स्वाभाविक रूपमा केही भौतिक परिवर्तन भएका छन्, संविधानसभाका पाँच सभापति कार्यालयको बोर्ड निकालिएको छ, त्यो कार्यालयलाई अन्य प्रयोजनका लागि प्रयोग गर्दर्छौं।' संविधानसभाका ५ वटा समिति पनि संविधानसभा सँगसँगै स्वतः खारेज भएकाले बोर्ड निकालिएको हो।

संवैधानिक राजनीतिक संवाद तथा सहमतिका सभापति बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला, संविधान अभिलेख अध्ययन तथा निर्क्यौ

ल समितिका सभापति विष्णु पौडेल, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिकी सभापति प्रमिला राणा, क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिकी सभापति गंगा चौधरी सत्गौवाका कार्यालयबाट बोर्ड निकालिएका छन्।

'सभापतिको हैसियतमा प्रयोग गर्दै आउनुभएको गाडी विष्णु पौडेलले फिर्ता गर्नुभएको छ, अरुले क्रमशः फिर्ता गर्दै हुनुहुन्छ,' प्रवक्ता डा. भरत गौतमले बताए। उनका अनुसार सभापतिको हैसियतमा पाउने सबै सुविधा कम्तीमा पाँचजनाका लागि स्वतः खारेज भएका छन्।

सभापतिको हैसियतमा पाउने गाडी, तलबभत्ता, सहसचिव हैसियतको कर्मचारी, ड्राइभर पनि स्वतः खोसिएका छन्। संविधानसभाका सबै पाँच समितिका सभापति सांसदमा रूपान्तरण भएका छन्। संविधानसभा अध्यक्ष र उपाध्यक्ष, सभासद क्रमशः सभामुख, उपसभामुख र सांसदमा सीमित भएका छन। विभिन्न समितिमा काम गर्दै आएका कर्मचारी पनि संसद सचिवालयमा तानिएका छन्। 'हिजो संविधानसभा र त्यसअन्तर्गत जे–जे हुन्थ्यो, त्यो स्वतः परिवर्तन भएर व्यवस्थापिकामा आएका छन्,' गौतमले भने, 'अब विशुद्ध संसद हुन पुगेको छ।'

बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अग्रभागमा लेखिएको 'संविधानसभा भवन' शब्दावली निकालेर अब 'व्यवस्थापिका संसद' लेखिनेछ।

No comments:

Post a Comment