Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, June 10, 2015

१६ बुदेँ सहमति हुदाँ बिपक्षीका तीन–तीन मोर्चा फुटेका छन

प्रमुख मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको पहलकदमीमा मंगलबार असन्तुष्ट दलको अलग्गै बैठकसमेत बसेको छ।
बैठकले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिलाई स्वीकार नगर्ने निर्णय गरेको तमलोपा अध्यक्ष महन्थ ठाकुरले जनाएका छन् । 'हिजो (सोमबार) ४ दलबीच भएको १६ बुँदे सहमतिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, यो कथित सहमति प्रतिगमनको सुरुआत हो, यसले अन्तरिम संविधानको धारा १६८ को नग्न उल्लंघन मात्रै गरेको छैन, अधिकार क्षेत्रलाई कटौती गरी संविधानसभाको गरिमालाई ध्वस्त पारेको छ,' बैठकपछि ठाकुरले भने।
सीमांकन र नामांकनबिनाको संघीयतामा सहमति गरेकाले दाहाल नेतृत्वको मोर्चाबाट सम्बन्धविच्छेद गरेको तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले जनाए। 'सीमांकन र नामांकनबिना संघीयतामा सहमति नगर्नुस् भन्ने हाम्रो आग्रहका बाबजुद उहाँहरूले सहमति गरेकाले सम्बन्धविच्छेद गर्नुपरेको हो,' उनले भने। सो बैठकले दाहाल नेतृत्व मोर्चाको कुनै पनि बैठकमा नजाने जनाउँदै उनले संविधानसभा बैठकमा नजाने निर्णय यथावत रहेको बताए।
बैठकमा ३० दलीय मोर्चामा आबद्ध १७ दलको उपस्थिति रहेको त्रिपाठीको दाबी छ। सो बैठकमा पुगेका असन्तुष्ट भनिएका अन्य दलका प्रतिनिधिले भने दाहाल नेतृत्व मोर्चाको बैठकमा पनि भाग लिएका थिए। संविधानसभाभित्र रहेका तीन दल मात्रै मोर्चा बैठकमा नगएको देखियो।
दाहाल नेतृत्व मोर्चामा रहेका १ सय ४७ मध्ये २६ जना सभासद प्रमुख चार दलको सहमतिको विपक्षमा उभिएका हुन्। फोरम नेपालका ११, तमलोपाका १० र सद्भावनाका ५ सभासद बाहेक १ सय २१ सभासदले १६ बुँदे सहमतिमा समर्थन जनाएको दाहाल पक्षधर मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताएका छन्।
'मोर्चामा रहेका १८ दलमध्ये आजको बैठकमा १३ दलको उपस्थिति रहेको थियो,' सिंहले भने, 'अशोक राई नेतृत्वको संघीय समाजवादी र महेन्द्रराय नेतृत्वको तराई–मधेस सद्भावना पार्टी प्रावधिक कारणले बैठकमा आउन नसकेका हुन्। अर्को बैठकमा आउने प्रतिबद्धता छ।'
असन्तुष्ट तीन दलले संविधानसभा बैठकमा सहभागिता नजनाउने निर्णय गरिरहेका बेला मोर्चाको बैठकले भने संविधानसभामा सहभागिता जनाउने निर्णय गरेको छ। 'माघ ८ पछि मोर्चाले संविधानसभा बैठक बहिष्कार गर्दै आएको थियो, हिजोको सहमतिपछि संविधानसभा बैठकमा जाने निर्णय गरिएको छ,' सिंहले भने।
उनका अनुसार मोर्चाको बैठकमा एमाओवादीसहित मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा सहभागी थिए। समाजवादी जनता पार्टी, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी, मधेस समता पार्टी, संघीय लोकतान्त्रिक थरुहट मञ्च, दलित जनजाति पार्टी पनि बैठकमा उपस्थित थिए।
असन्तुष्ट तीन दल मोर्चा बैठकमा नआएकोमा दाहालले गुनासो गरेका छन्। '१६ बुँदे सहमति रहरको होइन, बाध्यताको हो भन्ने कुरा बुझ्न सबैले जरुरी छ,' दाहालले बैठकमा गुनासो पोखे, 'असन्तुष्टि पनि यही बैठकमा राखेको भए हुन्थ्यो।' दाहालले सीमांन र नामांकनका विषयमा सत्तारूढ दलसँग अझै संघर्ष गर्न बाँकी रहेकाले एकजुट हुनुपर्ने बताए।

 मधेसी मोर्चा पनि फुट्यो
१६ बुँदे सहमतिपछि तराई–मधेसकेन्द्रित सात दल आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा औपचारिक रूपमा नै विभाजन भएको छ।
मोर्चामा आबद्ध ७ मध्ये फोरम नेपाल, तमलोपा र सद्भावना पार्टी ३० दलीय मोर्चाबाट अलग भएका छन् भने अर्कोतर्फ फोरम गणतान्त्रिकसहित ४ दल दाहाल नेतृत्वको मोर्चामा छन्।
तराई–मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी दाहाल नेतृत्वको मोर्चाको बैठकमा उपस्थित थिए। विभाजन संघीय गणतान्त्रिक मोर्चामा देखा परेको छ। 'संघीयता र पहिचानविहीन संविधान निर्माण गर्ने कार्यलाई नै मूर्त रूप दिन खोजिएको छ, यस प्रकारको षड्यन्त्रमूलक सहमतिको विरोध गर्दछौं,' उपेन्द्र यादवको प्रतिक्रिया छ, 'उक्त सम्झौताले मधेसी मोर्चा, संघीय गणतान्त्रिक मोर्चा र ३० दलीय मोर्चाको अवधारणा उलंघन गरेको छ।' साथै, सत्ता स्वार्थ र भागबन्डाका लागि सो सहमति भएको यादवको आरोप छ।

राजनीतिक दलबीच सोमबार राति भएको १६ बुँदे सहमतिपछि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व ३० दलीय मोर्चा विभाजित भएको छ। संघीयताका हकमा सीमांकन नटुंग्याई १६ बुँदे सहमति गरेको भन्दै दाहाल नेतृत्वबाट तराई–मधेसकेन्द्रित प्रमुख तीन दल मंगलबारबाट औपचारिक रूपमै अलग भएका छन्।

No comments:

Post a Comment