Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, June 16, 2015

‘दिमाग खराब’ गराउने तीन पार्टीको एकीकरणमा जे देखियो

संविधानका अन्तर्वस्तुमा प्रमुख राजनीतिक दलले जुटाएका सहमतिमा असहमत तीन पार्टीबीच एकता भएको छ ।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टी बीच सोमबार राजधानीमा एकीकरण घोषणा गरिएको हो ।
आफूलाई संविधानसभामा पाँचौं ठूलो दलका रूपमा उभ्याउन गठित नयाँ दलका नाम संघीय समाजवादी फोरम, नेपाल' राखिएको छ ।
‘यो एकीकरण तत्काल सरकारमा गएर लाभ पाउनका लागि होइन, संघीय समाजवादी गणतन्त्रका लागि हो,’ तदर्थ समितिका अध्यक्ष यादवले घोषणा सभामा भने, ‘मधेसी, जनजाति र कर्णाली (खस) समुदायलाई लडाएर राज गर्नेहरूलाई यो एकता गतिलो झापड पनि हो ।’ यादवले पार्टी मात्रै एकीकरण नभएर सबै खाले मुक्ति आन्दोलनको पनि एकीकरण भएको दाबीसमेत गरे । संविधानसभामा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपालपछि समाजवादी फोरम पाँचौं ठूलो दल बन्न पुगेको छ । फोरम नेपालका १० र संघीय समाजवादीका ५ सभासद रहेकाले नयाँ पार्टीको सभासद संख्या १५ पुगेको छ । १४ सिट भएको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक छैटौं स्थानमा झरेको छ ।
अध्यक्ष यादवले विधानको प्रस्तावना पढ्दै नयाँ पार्टीको नाम घोषणा गरेका थिए । ‘मुलुकमा औपचारिक रूपमा संघीयता स्थापित गराउने मधेस विद्रोहका नेता (यादव) लाई हामीले पार्टी अध्यक्षका रूपमा स्वीकार गरेका हौं, यो मधेस र मधेस विद्रोहको सम्मानका रूपमा मैले लिएको छु,’ राईले भने ।
अध्यक्ष यादवले घोषणा सभामा केन्द्रीय सदस्यसहित १६ सदस्यीय पदाधिकारीको घोषणा गरे जसअनुसार संघीय समावादीका अध्यक्ष राई दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता, सोही पार्टीका महासचिव राजेन्द्र श्रेष्ठ सहअध्यक्ष र खस पार्टीका अध्यक्ष कार्कीलाई उपाध्यक्ष जिम्मेवारी दिइएको छ ।
यसैगरी ५ उपाध्यक्षमा फोरमबाट लालबाबु राउत र रेणु यादव तथा समाजवादीबाट रकम चेम्जोङ र हेमराज राई छन् । यसैगरी, महासचिवद्वयमा फोरमबाट रामसहायप्रसाद यादव र समाजवादीका रणध्वज कन्दङ्वा, उपमहासचिवद्वयमा फोरमबाट अभिषेकप्रताप साह र समाजवादीबाट दानबहादुर विश्वकर्मा छन् । सचिवद्वयमा भने फोरमबाट रत्नेश्वरलाल कायस्थ तथा खसबाट परशुराम बस्नेत र कोषाध्यक्षमा फोरमका विजय यादवलाई ल्याइएको छ ।
यसैगरी, केन्द्रीय सल्लाहकार समितिको सभापतिमा मंगलसिद्धि मानन्धर र केन्द्रीय निर्वाचन समिति अध्यक्षमा दुर्गामणि देवान घोषित भएका छन् ।
विघटित भएका तीनै पार्टी अध्यक्षको पृष्ठभूमि भने नेकपा एमाले अर्थात् वामपन्थी रहेको छ । कुनै समय तीन नेता एमालेका विभिन्न जिम्मेवारीमा रहिसकेका नेता हुन् ।
‘हिजो हामी पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा सँगसँगै थियांै, बीचमा केही समय छुट्टियौं र आज फेरि अझ ठूलो संघर्ष गर्ने बेलामा एकै ठाउँमा उभिन आइपुगेका छांै, यो सुखद संयोग हो,’ अध्यक्ष यादवले भने । संघीयतासहितको संविधान ल्याउनु पञ्चायती व्यवस्था ढाल्नु भन्दा कठिन कार्य भएको यादवको भनाइ थियो ।
यता, पदाधिकारीको जिम्मेवारी सम्हाल्दै आएका मध्ये रिजवान अन्सारी, वीरबहादुर लामा, आङकाजी शेर्पा केन्द्रीय समिति सदस्यमा सीमित भएका छन् । पहिलो संविधानसभामा एमाले अध्यक्ष ओलीलाई हराउने विश्वदीप लिङदेन, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष धर्मेन्द्र मरवैता, अर्जुन थापा र बबन सिंहलगायत भने केन्द्रीय समितिमा पुगेका छन् ।
पार्टीले ‘संघीय समाजवाद’ लाई सिद्धान्तका रूपमा स्वीकार गरेको छ । वरिष्ठ नेता राईले संघीय समाजवाद नेपाली धरतीमा उभिएको देशीय सिद्धान्त भएको बताए ।
एकीकरणसँगै स्वतः विघटित हुन पुगेका तीनै पार्टी अध्यक्षले माथि रातो, तल हरियो रङ र बीचमा सेतो रङको तारा भएको झन्डा सार्वजनिक गरे । जय मधेस, जय खस भन्न छाडेर एकीकृत पार्टीका कार्यकर्ताले ‘संघीय अभिवादन’ शब्द प्रयोग गर्दै एक–अर्कामा अभिवादन आदानप्रदान गर्ने भएका छन् ।
‘रक्सौलभन्दा दक्षिणतिर जानेबित्तिकै खस समुदायलाई बहादुर, ढोके, गेटपाले भनेर अपमान गरिन्छ, हामी खस समुदाय पनि कर्णाली भेग अर्थात् खसानमा राष्ट्रिय रूपमा र बहादुरबाट अन्तर्राष्ट्रिय रूपमा उत्पीडन र विभेदमा छांै,’ उपाध्यक्ष कार्कीले भने, ‘अब यो पार्टी एकीकरणपछि कालो अनुहार (मधेसी) हुनेलाई नाक थेप्चो (जनजाति) र नाक चुच्चो भएका (खस) ले हेप्न पाइँदैन, सबले एकअर्कालाई सम्मान गर्नेछांै ।’
तीनै समुदायले बन्द कोठा होस् वा अन्य सार्वजनिक कार्यक्रममा एकअर्कालाई हेप्ने र होच्याउने कार्य स्वतः बन्द हुन पुगेको कार्कीको भनाइ छ । मुलुकका तीन ठूला समुदायको प्रतिनिधित्व गर्ने पार्टीबीच भएको एकीकरणले ‘शास्त्रीय पार्टी’ लाई ठूलै धक्का पुग्ने उनले दाबी गरे ।
मधेसी बाहुल्य, जनजाति र खस समुदाय बाहुल्य पार्टीबीच एकीकरण भएपछि धेरैको ‘दिमाग खराब’ भएको यादवले बताए । ‘तर, यो एकीकरण मात्रै होइन, सबै खाले विभेदको अन्त्य गर्ने लडाइँ पनि हो, यो अर्को मुक्ति आन्दोलन पनि हो,’ यादवले भने । परिवर्तनको मुद्दा आफूसँग मात्रै भएको यादवको जिकिर छ ।
सहअध्यक्ष श्रेष्ठले कांग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिकको ‘खुट्टा र हात नभएको मुर्कुटाजस्तो संविधान’ ल्याउने प्रयासविरुद्ध नयाँ पार्टी उभिने बताए । ‘पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान बनाउने लक्ष्यमा यो पार्टी प्रस्ट रूपमा उभिनेछ,’ श्रेष्ठले भने, ‘नामांकन र सीमांकनबिना नै संविधान ल्याउने १६ बुँदे सहमतिको प्रयत्नलाई यो पार्टीले सम्पूर्ण रूपमा खारेज गर्नेछ ।’ श्रेष्ठले एमाओवादीलाई ढुलमुले पार्टीको संज्ञा दिए  ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था र राज्य पुनःसंरचनापछि मात्रै स्थानीय निकायको निर्वाचन गरिनुपर्ने नयाँ पार्टीले एजेन्डा अगाडि सारेको छ । नवगठित पार्टीको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ ।

  • घोषणा भएका जम्मा केन्द्रीय सदस्य २०३ जना
  • मधेशी जनअधिकार फोरमबाट ८५ जना (६ जना पछि थपिने)
  • संघीय समाजवादी पार्टीबाट १०० जना (१० वैकल्पिकसहित)
  • खस समावेशी राष्ट्रिय पार्टीबाट १८ जना (३ वैकल्पिकसहित)

मधेसी जनअधिकार फोरमबाट पदाधिकारीसहित केन्द्रीय सदस्य

१. अध्यक्ष उपेन्द्र यादव
२. उपाध्यक्ष लालबाबु राउत
३. उपाध्यक्ष रेणुकुमारी यादव
४. महासचिव रामसहाय प्रसाद यादव
५. उपमहासचिव अभिषेक प्रसाद साह
६. सचिव रत्नेश्वरलाल कायस्थ
७. कोषाध्यक्ष विजय यादव
८. सदस्य मो. इस्तियाक राई
९. सदस्य सहसराम यादव
१०. सदस्य रन्जु वर्मा
११. सदस्य कृष्णदेव यादव
१२. सदस्य जगदीश बहादुर सिंह
१३. सदस्य हरिनारायण यादव
१४. सदस्य रामविलास यादव
१५. सदस्य जयराम यादव
१६. सदस्य रामबाबुप्रसाद यादव
१७. सदस्य डा. रामस्थ राय
१८. सदस्य राम किशोर प्रसाद यादव
१९. सदस्य अशोक सिंह कोइरी
२०. सदस्य चुमनबाबु केवट
२१. सदस्य नागेन्द्र प्रसाद यादव
२२. सदस्य विश्वेश्वरराय यादव
२३. सदस्य विन्देश्वर प्रधान
२४. सदस्य जगदेव यादव
२५. सदस्य शैलेन्द्रप्रसाद साह
२६. सदस्य रेखा यादव
२७. सदस्य मन्जु अंसारी
२८. सदस्य अरुणसिं मण्डल
२९. सदस्य कृष्णप्रसाद यादव
३०. सदस्य तेजनारायण यादव
३१. सदस्य साधु यादव
३२. सदस्य वीरेन्द्रप्रसाद यादव
३३. सदस्य करिमा वेगम
३४. सदस्य केदारप्रसाद चौधरी
३५. सदस्य वसीउद्दीन खाँ
३६. सदस्य श्रवणकुमार अग्रवाल
३७. सदस्य अशोककुमार यादव
३८. सदस्य डा. खालिद हुसैन हक
३९. सदस्य उदयकान्त मिश्र
४०. सदस्य गुलाम सखर शैख
४१. सदस्य हरेराम यादव
४२. सदस्य सञ्जयकुमार सिंह
४३. सदस्य अभिरुद्ध सिंह यादव
४४. सदस्य राजकिशोर यादव
४५. सदस्य शंकरप्रसाद राजवंशी
४६. सदस्य सूर्यनाथप्रसाद यादव
४७. सदस्य डा. वीरेन्द्रप्रसाद महतो
४८. सदस्य राजलाल यादव
४९. सदस्य महमद खालिद
५०. सदस्य मुन्नालाल गुप्ता
५१. सदस्य अशोककुमार यादव
५२. सदस्य अजयकुमार श्रीवास्तव
५३. सदस्य चमेलीदेवी दास
५४. सदस्य समिर राणा
५५. सदस्य दुर्गाप्रसाद राजवंशी
५६. सदस्य अर्जुन थापा
५७. सदस्य अमरेशनारायण झा
५८. सदस्य असरारुद्दीन मुसलमान
५९. सदस्य कृष्णशंकर शाह
६०. सदस्य मनोरंजन गोइत
६१. सदस्य प्रमोदप्रसाद गुप्ता
६२. सदस्य रामकिशोर प्रसाद यादव
६३. सदस्य रवीन्द्रप्रसाद यादव
६४. सदस्य डा. शिवजी यादव
६५. सदस्य रामवीर यादव
६६. सदस्य रामेश्वरप्रसाद यादव
६७. सदस्य चुल्हाई राई यादव
६८. सदस्य वालकिशोर यादव
६९. सदस्य रीता अग्रवाल
७०. सदस्य पल्टन ठाकुर
७१. सदस्य ललितबहादुर यादव
७२. सदस्य छाया शर्मा पन्त
७३. सदस्य उमेशप्रसाद यादव
७४. सदस्य किशोरी यादव
७५. सदस्य बच्चा यादव
७६. सदस्य विश्वनाथ पटेल
७७. सदस्य ववन सिंह
७८. सदस्य सीमा सिंह
७९. सदस्य खुर्सिद हबिब इराकी
८०. सदस्य संध्या देव
८१. सदस्य धर्मेन्द्र मरवैता
८२. सदस्य रामप्रसाद रिजाल
८३. सदस्य संजय यादव
८४. सदस्य निर्मला यादव
८५. सदस्य प्रकाश चौगाई

सङ्घीय समाजवादी पार्टीबाट पदाधिकारीसहित केन्द्री सदस्यहरु
१. वरिष्ठ नेता अशोककुमार राई
२. सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ
३. उपाध्यक्ष रकम चेम्जोङ
४. उपाध्यक्ष हेमराज राई
५. महासचिव रणध्वज कन्दङ्वा
६. उपमहासचिव दानबहादुर विश्वकर्मा
७. केन्द्रीय निर्वाचन समिति सभापति दुर्गामणि देवान
८. केन्द्रीय सदस्य वीरबहादुर लामा
९. केन्द्रीय सदस्य प्रेमकृष्ण पाठक
१०. केन्द्रीय सल्लाहकार समिति सभापति मङ्गलसिद्धि मानन्धर
११. केन्द्रीय सदस्य रिजवान अन्सारी
१२. केन्द्रीय सदस्य राजकुमार राई
१३. सदस्य सुशिला श्रेष्ठ
१४. सदस्य अजम्बर काङ्माङ राई
१५. सदस्य राधा तिमिल्सिना
१६. सदस्य नोर्साङ शेर्पा
१७. सदस्य महेन्द्र थापा मगर
१८. सदस्य प्रविण नेम्वाङ
१९. सदस्य होरीलाल चौधरी
२०. सदस्य कर्णबहादुर बुढा मगर
२१. सदस्य डि.बि. नेपाली
२२. सदस्य धीरेन्द्रबहादुर श्रेष्ठ
२३. सदस्य आङ्देण्दी शेर्पा
२४. सदस्य गणेशमान गुरुङ
२५. सदस्य कृष्णबहादुर घःजु
२६. सदस्य रमेश राई
२७. सदस्य आङ्काजी शेर्पा
२८. सदस्य सुरेन्द्र थापा मगर
२९. सदस्य नवीन रोका मगर
३०. सदस्य नरेश ताम्राकार
३१. सदस्य मानबहादुर राई
३२. सदस्य सुनी लामा
३३. सदस्य चितनारायण यादव
३४. सदस्य जुद्ध ढाक्रे राई
३५. सदस्य गणेश योञ्जन
३६. सदस्य शान्तकुमार प्रधान
३७. सदस्य धनप्रसाद तामाङ
३८. सदस्य देवराज राई
३९. सदस्य सानुराजा शाक्य
४०. सदस्य न्हुच्छेलाल महर्जन
४१. सदस्य उर्मिलादेवी साह
४२. सदस्य आर.सि. तुम्बा
४३. सदस्य दुर्गामाया लिम्बू
४४. सदस्य लालबहादुर तामाङ
४५. सदस्य भूराज राई
४६. सदस्य भाग्यनारायण यादव
४७. सदस्य भूपेन्द्र नेम्वाङ
४८. सदस्य पूर्णबहादुर बस्नेत
४९. सदस्य कृष्णकुमारी वाइवा
५०. सदस्य बोमबहादर लामा
५१. सदस्य भीम राई
५२. सदस्य उत्तमकुमार लामा
५३. सदस्य शाक्य सुरेन
५४. सदस्य नहेन्द्र प्रधान
५५. सदस्य सनबहादुर राई
५६. सदस्य केशव उदास
५७. सदस्य हिमाल पुन
५८. सदस्य राजकुमार यादव
५९. सदस्य रामसिं राई
६०. सदस्य रमेशचन्द्र प्रधान
६१. सदस्य देवराज शर्मा
६२. सदस्य लिला सिटौला
६३. सदस्य योगराज लिम्बू
६४. सदस्य चन्द्रविक्रम राई
६५. सदस्य नित्यानन्द ताजपुरिया
६६. सदस्य दीपककुमार याक्खा
६७. सदस्य पानबहादुर घर्ति
६८. सदस्य देवीराज गुरुङ
६९. सदस्य कुमबहादुर तामाङ
७०. सदस्य विश्वदीप लिङ्देन
७१. सदस्य महेन्द्रलाल राई
७२. सदस्य धनप्रसाद गुरुङ
७३. सदस्य बाबुराम शर्मा भुषाल
७४. सदस्य रामबहादुर नेपाली
७५. सदस्य गोपालकुमार राई
७६. सदस्य विजय योक्पाङ्देन
७७. सदस्य मुकुम नेम्वाङ
७८. सदस्य लोकसागर साँवा
७९. सदस्य प्रचण्ड पौडेल
८०. सदस्य चिरञ्जिवी रामथारु
८१. सदस्य विनोद चौधरी
८२. सदस्य खेमजङ गुरुङ
८३. सदस्य लक्ष्मण गुभाजु
८४. सदस्य वीरेन्द्रबहादुर बोगटी
८५. सदस्य विद्युत प्रसाद वज्राचार्य
८६. सदस्य टोपबहादुर वली
८७. सदस्य पवित्र वज्राचार्य
८८. सदस्य डा. पुष्पराज राजकर्णिकार
८९. सदस्य ध्यानबहादुर राई
९०. सदस्य बुद्धराज राई

वैकल्पिक सदस्यहरू

१. कासीम अलि सिद्धिकी
२. यामबहादुर चर्मकार
३. सुशीला शाक्य
४. प्रकाश अधिकारी
५. हेमन्त मान्डव्य
६. भगवान चाम्लिङ
७. पेम्बा गेल्बु शेर्पा
८. मीनबहादुर परियार
९. कृष्ण उदास
१०. निर्मला तावा लिम्बू

खस समावेशी पार्टी नेपालबाट

१. उपाध्यक्ष युवराज कार्की
२. सिचव पर्शुराम बस्नेत
३. सदस्य राजन केसी
४. सदस्य प्रेमनारायण थापा
५. सदस्य पृथ्वीनारायण कार्की
६. सदस्य शिवबहादुर बस्नेत
७. सदस्य रणबहादुर भण्डारी
८. सदस्य वीरबहादुर शाही
९. सदस्य मित्र चापागाइँ
१०. सदस्य राधा थापा
११. गोविन्दमानसिंह कार्की
१२. सदस्य विष्णुजंग बस्नेत
१३. सदस्य लक्ष्मीराय खड्का
१४. सदस्य कृष्णकुमार घलान
१५. सदस्य नवीन कुँवर

वैकल्पिक केन्द्रीय सदस्यहरु

१. मानबहादुर धामी
२. खिरबहादुर भण्डारी
३. राजेश थापा

No comments:

Post a Comment