Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, August 21, 2014

बिजयकुमार कै शब्दमा पहिलो पटक 'ब्लु फिल्म' हेर्दाको क्षण

बिजयकुमारको नयाँ पुस्तकको आवरण
पहिला नेपाल टेलिभिजन, पछि कान्पिुर टेलिभिजन नेटवर्कवाट प्रसारण हुने ‘दिशा निर्देश’ नामक 'टक शो' कार्यक्रमका सञ्चालक हुन, बिजयकुमार पाण्डे। नेपाली पत्रकारितामा उनको अन्तवार्ता लिने शैली प्रंशशनीय छ, अनुकरणिय छ । बिजयकुमार टेलिभिजन दर्शकका लागि नयाँ अनुहार होइन, बरु 'स्टाबलिस्ट सेलिब्रेटी' हुन । ‘इन्जियनर पढे पनि जीवनको रंगहरु बुझन मैले पत्रकारितामा हात हालेको हँ, अर्थात यो क्षेत्रमा आएको हुँ’ भन्ने बिजयकुमारको यो भनाई मेरा लागि प्रेरणादायी सद्यै प्रेरणादायी रहयो  आज उनै बिजयकुमारको पुस्तक 'खुसी' चाँडै नै बजारमा आउन लागेको रहेछ, बिजयकुमारको सो पुस्तक फाइन प्रिन्टले ल्याउन लागेको हो ।’ उनै बिजयकुमारले आफनो फेसबुक पेजमा तीनवटा प्रसङ्ग हालेका छन, जुन प्रसङ मध्ये एक प्रसङ्ग चाँही अश्लिल चलचित्र, अर्थात 'ब्लु फिल्म' हेरेको प्रसङ्ग उल्लेख छ । बाहिर सभ्य र नैतिकवान देखिने तर भित्र भित्रै 'छुपा रुस्तम' हुनेहरु भन्दा फरक रुपमा स-गर्व उनले 'ब्लु फिल्म' हेरेको सार्वजनिक रुपमा घोषणा गरे । जीवन जस्तो छ, त्यस्तै बाँच्नु पर्छ भन्ने पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईवाट निकै प्रभावित बिजयकुमारले आफुलाई पनि आखिर त्यस्तै रुपमा प्रस्तुत गरे रै छाडे, जुन मेरा लागि लोभलाग्दो बिषय बन्यो र यो ब्लगमा उनको पुस्तक अंश यहाँ उल्लेख गर्न मन लाग्यो । जुन उनको फेसबुक पेजवाट साभार गरिएको हो– पहिलो पटक ब्लु फिल्म हेर्दा बिजयकुमारको अनुभव ।
उनले आफनो फेसबुक पेजमा उल्लेख गरेका तीन वटा प्रसङ्गलाई यहाँ जस्ताका तस्तै राखेको छु । अंश सानो  छ तर चोटिलो छ । पहिलो प्रसङ्गमा उनले आफुलाई ढोंगी छैन भनेर प्रस्तुत गरेका छन भने दोस्रो प्रसङ्गमा पत्रकार र ब्यवस्थापन बिचको अन्तसंवन्धका बारेमा लेखेका छन । तेस्रो सानो प्रसङमा घुमाउरो भाषामा नेपाली पत्रकारितको अवस्थीतिलाई नमज्जासँग ब्यंग्य गरेका छन । सटिक शैलीमा प्रस्तुत दिने उनकै यो शैली, सबैभन्दा मन पर्ने पक्ष यतिखेर भईदियो- मेरा लागि । 

पहिलो ब्लु फिल्म हेर्दाको अनुभव-

३७ बर्ष अघि , जीवनमा पहिलो चोटी 'ब्लु फिल्म' हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेका थिए । सुकुलमा बसेर भिडियो हेर्नु पर्ने । दस रुपैयामा । सेनेमा हलको बाल्कोनी टिकट पांच रुपैया पर्ने जमानामा सुकुलमा बसेको दस रुपैया धेरै ठुलो कुरा थियो ।

हुन त चिज पनि उसले ठुलै देखाउथ्यो ! त्यसैले दर्शक दस रुपैया बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेट्टी भन्थ्यो 'यहा डराउनै पर्दैन । फस्ट सो म पुलीसको हाकिमलाइ देखाउछु । दस रुपैयामा तिन रुपैया कमिसन पनि दिन्छु । मस्त भएर हेर मोरा हो'

हेर्दै जांदा शरिरमा काम ज्वरो आयो । सती सावित्री टाइप हिन्दी सेनेमा हेर्ने बानी परेको म, गोरा गोरीको कब्बडी देखेर झण्डै मुर्छा परेको । हिन्दी सेनेमामा मेरी प्रिय नायिका मिना कुमारी घुम्टो पनि बडा मुश्किलले निकाल्थिन । घु्डा भन्दा माथीको भाग देखाउलिन भनेर त दर्शकले कल्पना पनि गर्दैनथे । तर यहा ! मखन गल्लीकी गोरी त फस्ट सिनमै - छि - हामी जस्तो लाजै नमान्नेलाइ समेत लाज लाग्ने गरि काले भुस तिघ्रे सित कब्बडी खेल्न थालिन ।

मैले तिन दिन 'सुकुलमा बसेर हेर्ने फिलिम' हेरे । तेस्रो अनुभव कहिलै बिर्सन्न । अलि अबेर पुगेकोले सो सुरु भै सकेको थियो । अंध्यारो कोठाको स्क्रिनमा , औसीको रात भन्दा पनि कालो हब्सी , पुर्णिमाको चन्द्रभन्दा पनि गोरी सित कब्बड्डी खेल्दै थियो । सेनेमा सकिए पछि कोठामा बत्ती बल्यो ।

उज्यालोमा देख्छु त , ए राता मकै, हाम्रो टोलमा ब्रम्हचर्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहि सुकुलमा ! हामीले एक अर्कालाइ नदेखे झै गर्यौ । दुबैको भलाइ त्यसैमा थियो ।

 ***                                                    ***                                             ***
 नागरिक दैनिकका प्रवन्ध निर्देशक बिनोदराज ज्ञवालीसँग भएको कुराकानीको अंशः
'विजय म तिमी सित झुठो आदर्शको बखान गर्न चाहन्न । तिमीलाइ पनि थाह छ , मलाइ पनि थाह छ प्रकाशक र सम्पादक बिचको सम्बन्ध लभ-हेट रिलेशन हो । हामी प्रकाशकहरु हाइट भएको सम्पादक त खोज्छौ तर सधै मन मनै त्यसलाइ आफ्नो हाइट सित तुलना पनि गर्छौ । त्याहा नेर हाम्रो मनमा ईर्षा पनि जाग्छ । मेरो कम्पनीमा काम गरेर नाम कमाएको छ , देश बिदेश घुम्दै छ भन्ने मसिनो ईर्षा । '

'बिनोद, तिमी प्रकाशकहरुलाइ देख्दा हामी सम्पादकहरु पनि मनमनै भन्न सक्छौ- 'अस्ति सम्म एउटा कुनामा व्यापार गरेर बसेको थियो । आज हामीले चलाइ दिएको मिडियाको बलमा बालुबटार र शितल निवासलाइ पानी पधेरो बनाएको छ ।'

एक अर्काको कुरा सुनेर बिनोद ज्ञवाली र म बच्चा झै हास्यौ । सत्य आफ्नो नग्न स्वरुपमा बालख झै हुदो रहेछ ।

'तर सम्पादक र प्रकाशक बिच हेट मात्र छैन , लभ पनि छ नि विजय ! दुबै जनाको पेशागत ग्रोथ पनि त साथ साथै जोडिएको छ भन्ने पनि बिर्सनु भएन ।'

 ****                                                ***                                     ***
 बिनोद ज्ञवाली ठुला सम्पादक कि कैलाशराज सिरोहिया ?

'नेपालको सबैभन्दा शक्तिशाली सम्पादक को हो ?' सन २००२ मा एक कुटनितिज्ञले सोधी ।

'कैलाश सिरोहिया र बिनोद ज्ञवाली' मैले क्षणभर नसोची उ्तर दिए ।

'मैले त यस्तो नाम गरेका सम्पादक कहिलै सुनेको छैन !'

'कसैले नसुन्दैमा वास्तविकता फरक हुन्छ र ?'

'कुन पत्रिकाका सम्पादक हुन यिनिहरु ?'

'यिनिहरु सम्पादक होइनन, प्रकाशक हुन ।'

'मैले त सबै भन्दा शक्तिशाली सम्पादकको नाम पो सोधेकी थिए ।'

'जुन नाम भनुंला भन्ने तपाइको अपेक्षा थियो , ती शक्तिशाली हुन तर सबै भन्दा शक्तिशाली होइनन ।'


( भाद्र २७ गते देखि बजारमा आउने मेरो पहिलो पुस्तक 'खुसी' का अंश हुन यी । अनेक रंगले बनेको ईन्द्रधनुष हो - खुसी । पढे पछि सजिलै बिर्सन नसकिने खालको किताब हो - खुसी । आखिर जीवनमा खुसीको खोज कसलाइ पो नहोला र ? साथै अहिले टाइपिङ गर्दा भएका व्याकरणिय गल्तिहरु मेरा निजी हुन -बिजयकुमार )


No comments:

Post a Comment