Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, April 1, 2014

खान गा’थे ठुलो भाग, रामचन्द्रलाई हटाउन प्रचण्डसँग माग

चुनावमा श्रवण यादव पक्षधरले आक्रामण गरे लगत्तै झा
माओवादीमा गए देखी सुरु भएको बिजोग अझै कायमै छ । सुरुमा सचिव दिने भनेर प्रचण्डलाई लगेका झाले त्यो पद त पाएनन नै, स्थायी समिति सदस्यसमेत हुन सकेनन । एमाले संघीयताको बिरोधमा उभिएको आरोप लगाउँदै नेपाल र भारत दुवै तिर नागरिकता लिएको आरोप लागेका झालाई प्रचण्डले निकै बल गरेर धनुषा–१ वाट टिकट दिए तर चुनाव अघि उनलाई निकै ठुलो दसा नै लाग्यो । चुनाव प्रचार प्रसारको क्रममा युद्धकालिन माओवादीवाट लखेटिनु मात्रै परेन, ज्यान जोगाउन उनलाई मुश्किल प¥यो । युद्धकालिन जति तत्कालिन मिथिला राज्य संयोजक जोगबरबरीया यादव (श्रवण यादव)ले बागी उम्मेदवारी दिएकाको पक्षमा उभिन पुगे । झालाई युद्धकालिनले धान बारीबारी लखेटर झन्डै ज्यान लिएको दृश्य यो ब्लगरले यदुकुहामा आफनै आँखाले देख्यो । तर, चुनावी परिणाममा झा तेस्रो स्थानमा सिमिति भए, जबकी देशभर एमालेले चुनाव हार्दा झा बिजयी हुन सफल भएको इतिहास थियो ।
अहिले फेरी झालाई पार्टी भित्रवाट उनलाई निष्काषन र पदमुक्त गराउनु पर्ने भन्दै आवाज उठेको छ । झालाई पदमुक्त गराउन हिजो पेरिसडाँडामा युद्धकालिनहरुको एउटा टोलीले संगठन बिभाग प्रमुख पोष्टबहादुर वोगटीलाई भेटेर नै भने, ‘झालाई हटाउँछौ कि हामी पार्टी छाडौं ?’ त्यसपछि के चाहियो र ? झाको बिरुद्धमा ५४ जना राज्य समिति सदस्य मध्ये ४६ जनाले केन्द्रमा उजुरी दिएका छन । 

अर्का रामचन्द्रलाई चाँही दुई करोड खाएको बात
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज रामचन्द्र मण्डललाई करिब २ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।
धनुषाबाट केन्द्रीय सदस्य असर्फी भिनभार यादवको नेतृत्वमा काठमाडौं आएको टोलीले मण्डललाई कारबाही गर्न माग गर्दै पार्टी मुख्यालय पेरिसडाँडामा उजुरी दिएको छ। २ करोड बराबर रकम हिनामिना गरेको आरोप लगाउँदै उनलाई जिल्ला संयोजक र केन्द्रीय सदस्यतबाट बर्खास्त गर्न उजुरीमा माग गरिएको छ।
उजुरीपत्रमा धनुषा जिल्ला कमिटीका ४६ सदस्य तथा दुई दर्जन राज्य समिति सदस्यले हस्ताक्षर गरेका छन्। धनुषामा ५४ सदस्यीय जिल्ला कमिटी छ। उजुरीपत्रमा पूर्व सभासद शिला यादव, फरमुद नदाफ, केन्द्रीय सदस्य भिनभार, देवसागर दास, जोगेश्वर यादव, तेजु यादव, रामस्वागरत ठाकुरको पनि हस्ताक्षर छ। भिनभारका अनुसार मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा संगठन विभाग प्रमुख पोष्टबहादुर बोगटीसमक्ष उजुरी बुझाइएको हो। उजुरीलाई गम्भीरतापूर्वक लिई कारबाही प्रक्रिया अघि बढाउने बोगटीले टोलीलाई जवाफ दिएका छन्।
जनकपुरस्थित गोपाल धर्मशालामा शनिबार बसेको बैठकले केन्द्रमा उजुरी गरी मण्डलमाथि कारबाही गर्न माग गर्ने निर्णय गरेअनुसार टोली काठमाडौं आएको थियो।
आर्थिक हिनामिनाका ११ वटा प्रमाण पेस गर्दै गान्धी गुठीको जग्गा बेचेर कमिसन लिएको, चुनावमा संकलन गरेको चन्दा, हेटांैडा महाधिवेशनमा उठाएको सदस्यता शुल्क र चन्दाको विवरण सार्वजनिक नगरेको, भरतपुर जुडी गाउँमा पल्टु दासका छोरी राजकुमारी दासको हत्याकाण्डमा तीन लाख घुस खाएको, जनकपुरमा एक–एक कट्ठा जमिन खरिद गरेकोलगायतका आरोप मण्डलमाथि लगाइएको छ। 'गान्धी गुठीको कमिसन तथा चुनाव र हेटांैडा महाधिवेशनका बेला उठाएको रकम धेरै छ,' हस्ताक्षरकर्ता दासले भने, 'उहाँले तीन वर्षदेखि हिसाबकिताब सार्वजनिक गर्नुभएको छैन, विभिन्न ठाउँबाट आएका रिपोर्टले करोड हिनामिना गरेको देखाएको छ।'
पार्टी रकम हिनामिना गरेको भन्दै मण्डललाई कारबाही गर्न तत्कालीन मधेस ब्युरो प्रमुख हरिबोल गजुरेल तथा मिथिला राज्य समिति इन्चार्ज विश्वनाथ साहसमक्ष अनुरोध गरे पनि सुनवाइ नभएपछि केन्द्रमा आउनुपरेको उजुरीकर्ताको भनाइ छ।
मण्डलले भने गएको चुनावमा पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गर्नेहरू आफूविरुद्ध लागेको बताए। 'जिल्ला कमिटीमा चुनाव हार्ने डरले उनीहरू यस्तो हत्कण्ठामा लागेका हुन्, यसले केही असर गर्दैन,' उनले भने। उनले धनुषामा अन्तर्घात गर्ने १८ जना पहिचान गरी केन्द्रमा उजुरी गरिसकेको अवस्थामा आफु बिरुद्ध षडयन्त्र भएको आरोप लगाए।
झालाई पदमुक्त गर्न माग
शनिबारको बैठकले मधेस ब्युरो इन्चार्ज रामचन्द्र झालाई पदमुक्त गर्न माग गरेको छ। झा एमाले पोलिटब्युरो सदस्य त्याग गरेर एमाओवादीमा आएका हुन्।
'झाले युद्धकालीन माओवादी कार्यकर्ताको अपमान गरेका छन्,' एक उजुरीकर्ताले भने, 'झा अहिले जिल्ला सम्मेलन नजिकिएका बेला आफ्नो पक्षमा बहुमत पुर्‍याउन विधानविपरीत नयाँ सदस्य थप गर्ने हर्कत गरिरहेका छन्,' दासले नागरिकसँग भने।
ती उजुरीकर्ताका अनुसार झाको निर्वाचन क्षेत्र नं १ बाट विधानविपरीत ३५ जना सदस्य थप गरिएको छ। 'सच्याउन माग गर्दा उल्टो धम्की आउँछ,' उनले भने।
यस्तै, गत निर्वाचनमा झाविरुद्ध बागी उम्मेदवारी दिएका तत्कालीन मिथिला राज्य समिति संयोजक तथा केन्द्रीय सदस्य श्रवण यादवको कारबाही फुकुवा गर्न माग गरिएको छ।

No comments:

Post a Comment