Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, October 31, 2013

झगडाको दृश्य एक छिनको, रामचन्द्रको राजनीतिक जीवन २० दिनको !!!

झालाई केन्द्र बिन्दू बनाइएको श्रवण यादवको चुनावी पोष्टर

आसन्न संविधानसभाको चुनावी रिर्पोटिङको सिलसिलामा महोत्तरी देखी सप्तरीसम्म घुमियो । काठमाडौंको आँखाले चुनावमा जे होला भन्ने अनुमान गरिन्थ्यो, भुगोलमा पुग्दा सोचे भन्दा फरक दृश्य भेटियो । एउटा सत्य के हो भने तराई–मधेसका जिल्लामा जातीय र क्षेत्रीय नारा लगाउने दलहरुको स्थीति प्रतिस्पर्धा भन्दा बाहिर छ ।
खैर, यो एउटा प्रसङ्ग भयो । केन्द्रमा माओवादी बिट हेर्ने भएकाले स्वभाविक रुपमा माओवादीको चुनावी स्थीति र अवस्थाका बारेमा चासो जाने नै भयो । त्यसैले माओवादीका आधिकारिक उम्मेदवार मधेस ब्युरो इन्चार्ज रामचन्द्र झाका बिरुद्ध सोही पार्टीका केन्द्रीय सदस्य तथा मिथिला राज्य संयोजक श्रवण यादव नै बागी रहेको क्षेत्र–१ को अवलोकन गर्ने योजना काठमाडौंमा नै बनाएर धनुषा पुगेको थिएँ । जनकपुर पुगे पसिछ दुवै नेतालाई सम्पर्क गरे र दुवैले आफ्नो क्षेत्रमा आउन आमन्त्रण पनि गरे, म झनै उत्साहित भएँ ।

तर, नेता झाले पछि फोन गरेर भने, ‘प्रकाशजी, म अध्यक्ष (प्रचण्ड) सिरहा आउनु भएकाले उत्ता जान्छु, आज मिटिङ गर्ने भएकाले उत्तै बस्छु, तपाई भोली (११ गते) चाँही आउनु भयो भने मसँग भेट हुन सक्छ ।’ त्यसपछि हाम्रो योजना भोलीका लागि स¥यो ।
बिहान कांग्रेस केन्द्रीय सदस्य बिमलेन्द्र निधीसँगको भेट र राष्ट्रपति रामवरण यादवको जन्म थलो अवलोकन पछि नागरिक दैनिकका धनुषा संबाददाता सुरेश यादव र म जनकपुरबजारवाट झाको निर्वाचन क्षेत्र तर्फ लाग्यांै । कच्ची वाटो र धुलो सडक हुदैँ जनकपुरवाट करिब ३० किमी पुर्व दिशामा रहेको सो क्षेत्र निकै बिकट रहेछ, जसलाई जनकपुरको कर्णाली भनिदो रहेछ । वाटोमा नेपाल प्रहरीका एसपी उत्तमराज सुवेदी र सशष्त्रका डिएसपी (नाम बिर्से) भेटिए । उनीहरुसँग सुरक्षा अवस्था संवन्धी केही जानकारी लिइयो । जाँदा जाँदै वाटोमै भेटिएका दुवै सुरक्षा प्रमुखले झा र यादवको समुह विच बिहान देखी झडप हुन खोजिरहेको पुर्व सुचना दिए । जनकपुरको कर्णाली मानिने सो क्षेत्रमा पुग्दा मानव अधिकारवादी संस्थाका टोलीसँग जम्का भेट भयो ।
उनीहरुले दिएको सुचना अनुसार सो क्षेत्रको डुमरिया चौकमा श्रवण यादव पक्षधरले निर्वाचन परिचालन कार्यालय उदघाटन गर्ने बेलामा झा पक्षका मानिसहरु नारावाजी गरेको तर झडप होला–होला जस्तो भए पनि पछि स्थीति साम्य भएको पहिलो घटना सुनाए । सो क्षेत्रमा स्थीति तनावग्रस्त हुने संकेत पाएरै होला, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, सुरक्षाप्रमुखसहितका टोली त्यहाँवाट भर्खरै फर्किएको थियो । जसलाई हामीले बाटोमा भेटेका थियौं ।
१ नम्बर क्षेत्रको मुख्य बजार (नाम बिर्से) मा पुगे पछि सबैभन्दा पहिला झालाई नै भेटन भन्दै फोन ग¥यौ । तर अपेक्षा बिपरित झाले आफनो पक्ष र यादव पक्ष विच झडप भइरहेको सुनाए । ‘श्रवण यादवका गुन्डाहरुले हाम्रो टोलीमाथी आक्रामण गरेका छन, हामी कुम्भकर्ण टोलमा छौ ।’ बलुवा गाविसको कुम्भकर्ण टोलमा सो घटना भएको र केही कार्यकर्ता घाइते भएको जानकारी झाले दिए पछि हामी कमला नदीको सहायक नहरै नहरै त्यता तिर लाग्यौं । कुम्भकर्ण टोल सोध्दै र खोज्दै १५ मिनेटमा घटनास्थलमा पुग्यौं । हामी पुग्दा झा भने सो टोलको एउटा सानो फुसको घरमा लुकेर बसेका रहेछन् । उनी निकै आत्तिएका थिए र तनावमा पनि । श्रवणका समर्थकले आफु माथी आक्रामण गरेको भन्दै प्र्रहरीका जिम्मेवार अधिकृतलाई फोन लगाउँदै भन्दै थिए, ‘पहिला श्रवण यादव र उसका गुन्डालाई पक्राउ गर्नुहोस्, अनि मेरो सुरक्षाको कुरा गर्नुहोस् ।’ हाम्रै सामु उनले धेरै चोटी माथिल्लो प्रहरी अधिकारीलाई फोन गरी ‘पहिला श्रवण यादवलाई गिरफ्तार गर्नुहोस अनि अरु कुरा गरौला’ भन्दै दबाब दिइरहेका थिए ।
लगत्तै, प्रहरीको एउटा टोली उनी बसेको घरमा आइ पुग्यो । प्रहरीले घटनाक्रम वारे जानकारी लिन खोज्दा झा झोक्किऐ, ‘सुरक्षाका लागि खटिने प्रहरी उम्मेदवारसँग हिड्ने कि अरु ठाउँमा जाने ?’
कुरा बुझदै जाँदा भएको के रहेछ भने झाका लागि दुई जना पिएसओ र आधा दर्जन प्रहरी सुरक्षाका लागि खटिएका रहेछन् । संयोग, त्यो बेला प्रहरी भने खाजा खान पसलमा बसेका रहेछन, त्यही बेला  यादव पक्षधरले आक्रामण गरेछन् । बालाबाल भागेर ज्यान जोगाएको भन्दै प्रहरी प्रति उनी निकै आक्रामक भए । 
झाको रहेको सो कुम्भकर्ण टोलमा समर्थक भन्दा प्रहरीको बढी उपस्थीति देखिएको थियो । यादव समर्थकले कुटपीट र लखेटेका कारण झाको पाइन्ट हिलो नै हिलो भएको थियो । देख्नेहरु र उनका केही समर्थकले हामीसँग भने, ‘आक्रामण भए पछि झा कमरेड धान खेतै खेत भाग्दा उहाँ लडनु भएको हो र यही घरमा लुकेर ज्यान जोगाउनु भयो, नत्र श्रवणका गुन्डाले मार्थे ।’ सो क्रममा झाले भरत नाम गरेका कार्यकर्ताको टाउको फुटेको तथा अन्य ६ जना घाइते भएको भन्दै हामीलाई नाम टिपाए । आधा घन्टा हामी त्यहाँ बस्दा उनी निरन्तर प्रहरीलाई सम्पर्क गरी यादवलाई गिरफ्तार गर्न माग गरिरहेका थिए ।
‘तपाई यादवलाई निरन्तर फोन गरी गिरप्mतार गर्नु पर्ने भनिरहनु भएको छ तर तपाई त पार्टीको झन्डावाल उम्मेदवार, तपाईको पार्टीका नेता नै बागी उम्मेदवार हुनुहुन्छ,’ मैले उनलाई सोधे, ‘श्रवणलाई कारवाही पहिला पार्टीले गर्ने कि प्रहरीले ?’ आफ्नो पार्टीबाट बागी उम्मेदवारलाई कारवाही गराउन नसक्ने ब्यक्तिले प्रहरीसँग कारवाहीको माग गर्नु कत्तिकै नैतिकता हो ? भन्दै प्रश्न राखे । 
त्यसपछि उनले ‘पार्टीले प्रक्रिया मिलाएर कारवाही गर्छ, पहिला त ज्यानमाथी धावा बोल्ने श्रवण र उनका छोरालाई पक्राउ गरिनु पर्छ भन्ने मेरो माग हो ।’ जिल्ला र मधेसको माओवादीको स्थीति वुझ्न गए पनि झा निकै डरत्रास, तनाव र थकानमा रहेकाले हामीले थप कुराकानी गरेनौ र उनलाई छाडेर हामी श्रवणलाई भेटन दुई किमी टाढा गयौं । झा र यादव रहेको गाउँको बिचमा सुरक्षाका लागि प्रहरी आइसकेको रहेछ ।
तर, श्रवण रहेको ठाउँमा पुग्दा भने अनौठो दृश्य देखियो । झाको चुनाव प्रचार प्रसारमा रहेका भन्दा बढी मानिस श्रवणको पक्षमा उर्लिएको थियो । न उनीसँग कुनै पिएसओ थियो, न त प्रहरी नै,  तर पनि उनको पक्षमा पुरै गाउँले उर्लिएको देख्दा हामी छक्कै पो प¥यौं ।
‘काइयो’ छापको झन्डा लिएका उनका समर्थकको भीड देख्दा सानो तिनो जुलुस नै लाग्थ्यो, श्रवणलाई भेटन आएको जानकारी हामीले उनी भएको ठाउँमा पठायौं । उनी रहेछन, चुनावी बैठकमा ।
प्रत्यक्षदर्शीका अनुसार बलुवामा श्रवण यादवको चुनावी टोली आउने भए पछि झा सो गाउँमा कार्यक्रम बनाएर गएका रहेछन् । उनको टोली अघि बढदै जाँदा झाको टोलीसँग कुम्भकर्ण टोल नजिकको एउटा पुलमा भेट भएछ । यादवका पक्षधरले ‘काइयो छाप जिन्दावाद’, ‘श्रवण यादव– जिन्दाबाद’ भन्दै नारावाजी सुरु गरे पछि झाले तथानाम आमाचकारी गाली गरेछन् । झा आफै अगाडी उभिएर श्रवणको नामै किटेर ‘फोहोर शब्द’ बोले पछि यादवका समर्थकले झाको निर्वाचन टोलीमाथी बाँस र रडले आक्रामण गरेको र उनका पाँच जना कार्यकर्ता घाइते भएका रहेछन ।
‘सर, हामी माथी रामचन्द्र झाले फोहोर शब्दवाट गाली ग¥यो, अनि हामी पनि के कम भनेर जाई लाग्यौं’ एक आक्रमणकारीले त्यहाँ सुनाए । झाले हार्ने भए पछि कार्यक्रम जुधाउने गरेको, आफनो चुनावी अभियान टोली वरीपरी आएर नारावाजी लगाउनेसम्म गरेको उनीहरुले हामीलाई सुुनाए ।
बैठकमा रहेका यादवले हाम्रो आएको खबर पुग्ने बितिक्कै समय दिए र बैठकस्थल भित्रै बोलाए । निकै तनावमा देखिएका झा भन्दा कयौं गुना निडर र स्वभाविक उपस्थीति यादवको देखेर हामी चकित नै भयौं । झाको अनुहारमा देखिएको भय र त्रास, श्रवणको हकमा लागु भएन । मानौ, उनी बिजेता झै गरी हामीसामु प्रस्तुत भए ।
अझ अचम्म त जुन ठाउँमा उनी चुनावी प्रचार प्रसारको बैठक बसिरहेका थिए, त्यहाँ एमाले, कांग्रेस र मधेसवादी दलका स्थानीय नेताहरु पनि सहभागी थिए, जो केही दिन देखी श्रवणको पक्षमा खुलेर नै लागेका रहेछन् । ‘युद्धकालमा सात सातवटा गोली खाएको मान्छे हुँ, अरुले बैन्डज र टाँका लगाएर उपचार गरे, मैले सियोे धागोले नै सिलाएर आफ्नो उपचार गरे’ यादवले आफनो खत भएको निधार देखाउँदै भने, ‘मलाई मर्न डर छैन, जनताका लागि हिजो पनि ज्यान बाजी राखेको मान्छे हुँ र आज पनि राखि रहेको नै छु ।’ झा प्रति कुनै गुनासो नगरी यादवले आफ्नो चुनावी प्रचारको मात्रै कुरा गरे, झालाई कुनै अपशब्द प्रयोग नै गरेनन् । जबकी, झाले हामीसँग श्रवण विरुद्ध तथानाम गाली गर्दै कुराकानी गरे ।
झालाई टिकट नदिन उनले निकै कसरत गरेछन तर अध्यक्ष प्रचण्डका सामु उनको केही लागेन रे । पार्टीका युद्धकालीनलाई पाखा लगाएर नवप्रवेशी झालाई टिकट दिए पछि जिल्लाका नेता तथा कार्यकर्ताको दवावमा आफुले उम्मेदवारी दिएको उनले त्यहाँ पनि सुनाए । त्यसका लागि उनी टिकट फाइनल भएको रातमा १२ बजे नै काठमाडौंवाट जनकपुर आएका रहेछन् ।
उनका सुरक्षा र चुनावी प्रचार प्रसारका लागि सिंगो गाउँ उल्टिएको देखिन्थ्यो । श्रवण सहयोगीलाई घर जान आग्रह गरिरहेका थिए तर उनका समर्थक मान्दै मानिरहेका थिएनन् । गाउँमा दुई सय भन्दा बढी मोटरसाइकल उनको प्रचारमा लागेको थियो, जबकी उनी आफना समर्थकलाई खाजा पनि खुवाउदैनन् । ‘मेरो त खाजा पवनि खुवाउने सामथ्र्य छैन, तर जनता मेरा लागि अहोरात्र खटिएका छन’ झा भन्दै थिए, ‘यीनै जनताको माया र सदभाव सम्झेर पार्टी निर्णय बिपरित उम्मेदवारी दिएको हुँ ।’ यादवको तुलनामा इन्चार्ज झाका प्रचार टोली चौथाई पनि थिएन, त्यसैले श्रवण बिजयी यात्राका लागि ढुक्क थिए । उनमा कुनै डर, त्रास र तनाब पनि झाको म ाझै देखिएको थिएन ।
उनी सद्यै झै त्यो साँझ पनि निर्धक्क आफ्नो प्रचार योजना बनाई रहेका थिए भने झा प्रहरी गुहार्दै । यी दुई दृश्यका प्रत्यक्षीदर्शी भएकाले मैले निष्कर्ष निकाले, यादव बिजय उन्मुख नै छन । उनको बिजयी घोषणा हुन मात्रै वाँकी छ ।  
एमाले पोलिटब्युरो परित्याग गरी एमाओवादी भएका झालाई त्यहाँ टिक्न कत्तिको गा¥हो छ ? भन्ने त उनले प्रहरी गुहार्दै प्रस्ट देखिएको थियो । ‘चोक्टा खान गएका बुढी झोलमा डुबेर मरी’ भन्ने उखान कोही माथी लागु भइरहेको छ भने त्यो झा नै हुन । माओवादी प्रवेश गरेको दिन देखी सुरु भएको झाको दशा र संकट निर्वाचन प्रचारमा झनै बढी प्रकट रुपमा देखा परेको प्रस्टै देखिन्थ्यो ।
त्यो दिनको परीस्थिति र अवस्था नियाल्दा त्यही बेला ठोकुवा नै गरे, ‘यही अवस्था रहयो भने रामचन्द्र झाको राजनीतिक जीवन र भविश्यको आयु अब मात्र २५ दिन वाँकी छ ।’ त्यसपछि रामचन्द्र झा भन्ने नेता न सुनिने छन, न त देखिने नै छन ।
झमक्कै साँझ परिसकेको थियो । श्रवण यादवसँग कुराकानी गरे पछि हामी त्यहाँवाट छुट्टियौं । यादवले १५ किमी टाढा रहेको राजमार्गसम्मको बाटो चिनाई दिन हामीसँगै केही सहयोगी पठाए । झा र श्रवण यादव रहेको दुई गाउँको बिचमा टन्नै प्रहरी बसेका रहेछन् । सोधी खोजी गरे पछि परिचय दियौं र हामीहरुलाई प्रहरीले अघि जान अनुमति दिए । आधा बाटोमा पुगे पछि सुरेशजी र मैले श्रवणले पठाएका सहयोगीलाई फिर्ता पठाई दियौं ।
माओवादी युद्ध सुरु हुनु अघि नै मारिएका रामवृक्ष यादवको हत्यास्थलमा एउटा तस्विर खिचेर अध्याँरो रातमा लहान हान्नियौ । कमलाको नहरै नहर हुदैँ मोटरसाइकलमा राजमार्गमा निस्क्यौ । लहान पुग्दा रातको दश बजिसकेको थियो । सिरहाका नागरिककर्मी मिथलेस यादव हामीलाई कुरिरहेका थिए, बाटोमा बेला बेला फोन गर्दथे ।
लहान पुगे पछि सुरेशजीले भन्नु भयो, ‘तपाई हामी जुन बाटो हुदैँ आयौं, त्यो बाटो यति डरलाग्दो थियो कि दिउसै पनि मानिस हतपत्ति हिडन डराउँछ ।’ उनको थप कुरा सुन्दा मेरो आङ नै सिरिङ्ग भयो ।
  
रहस्यमा रहेको एउटा कुरा यो पनि छ है !!!
झा र यादव विचको झगडा भएको भोलीपल्टै श्रवणलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष प्रचण्डले कारवाही गरेको सुचना प्रकाशित गरेको मैले राजबिराजमा सुने । यो पनि सुने कि, श्रवणले त्यसको बिरुद्ध जनकपुरमा पत्रकार सम्मेलन पनि गरेछन् ।
अझ अचम्म त बाहिर नआएको एउटा कुरा पनि सुनियो, कागजमा कारवाही गरेर दुनियाँलाई देखाएका अध्यक्ष प्रचण्डले श्रवणलाई फोन गरी भनेछन्, ‘कमरेड जितेर आउनु होस, तपाईको ठाउँ सुरक्षित छ, प्रक्रिया पु¥याउन मात्रै कारवाही गरेको वुझिदिनु होस् ।’ प्रचण्डले नै यसो भने पछि श्रवण पनि ढुक्क हुदैँ चुनावी अभियानमा छन् ।
प्रचण्डको फोनको यो कुरा रामचन्द्रले थाहा पाए भने के भन्लान ? म चाँही छक्क परिरा’छु ।
जय होस, प्रचण्ड राजनीति । 


No comments:

Post a Comment