Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, October 22, 2013

चुनाव लडने कमलरी मन, कसले सहयोग गर्ला उनलाई धन ?


पुर्व कमलरी शान्ता चौधरी गत संविधानसभामा नेकपा एमालेवाट सदस्यको रुपमा सहभागी भइन् । कमलरी जीवन भोगेर आएकी चौधरीले संविधानसभामा उल्लखनीय भुमिका खेलिन्, उनको बारेमा पुस्तक नै छापिएको छ, ‘कमलरी देखी सभासदसम्म । घर जग्गा नै नभएकी चौधरीले संविधानसभा सदस्य भए वापत आएको तलब र भत्ताले बल्ल बल्ल घरवार त जोडिन तर थप ऋण खोजेर । जुन ऋण तीर्न उनले अझै सकेकी छैनन् रे । केही दिन अघि कान्तिपुर दैनिकले उनले मतदातासँग एक मुठी चामल माग्ने गरेको र त्यही चामल संकलन गरेर पसलमा बिक्री गरी चुनाव प्रचार प्रसार गरिरहेको समाचार प्रकाशित (यहाँ क्लिक गरेर पढनुहोस) गरयो । अर्काको घरमा उर्वर समय बिताएकी चौधरी यतिखेर दाङ–२ वाट प्रत्यक्षमा उम्मेदवारी भएकी छिन् । तर, उनलाई चुनाव प्रचार प्रसार गर्नका लागि भने खर्च छैन । त्यसैले उनले फेसबुकमार्फत चुनावी खर्चका लागि आब्हान गर्दै आफ्नो बैंक खाता पनि सार्वजनिक गरेकी छिन् र भनेकी छिन, ‘चुनावी प्रचार प्रसार गर्न  खर्चै भएन, सहयोग गरिदिनुहोस्, म म जस्ता हजारौं दिन दुःखीको प्रतिनिधित्व गरेर संविधानसभामा जान चाहान्छु  ।’ 


चुनावका लागि आर्थिक सहयोगको अनुरोध

देश, बिदेशमा रहनुभएका आदरणीय आमा,बुबा, दाजु, भाइ तथा दिदी,बहिनीहरू !
हार्दिक अभिभावदन साथै तिहार अनि छठपर्वको अग्रिम शुभकामना।

यही मंसीर ४ गते हुन गैरहेको संविधान(सभाको निर्वाचनमा म दाङ जिल्ला, क्षेत्र नं। २ बाट व्यवस्थापिका(संसद सदस्यको लागि ने।क।पा।ए।मा।ले को तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार भै चुनावी मैदानमा प्रवेश गरिसकेको व्यहोरा हजुरहरूलाई अवगत नै छ।

अत्यन्त मितव्ययी भएर आर्थिक अनुशासनमा रहेर चुनावी अभियानमा जाँदा पनि प्रचार(प्रसारसँग सम्बन्धित जरूरी खर्च गर्नु पर्ने हुन्छ। जीवनका उर्जाशील बर्षहरू कमलरीको रूपमा विताएकी एउटी महिलाको आर्थिक हैसियत के हुन्छ भन्ने कुरा मैले भनिरहनुपर्ने बिषय हैन। त्यसो त राजनीतिलाई पेशा नबनाइ समाजसेवाको रूपमा लिने जो सुकैले पनि शुभचिन्तकबाट सहयोग लिनै पर्ने हुन्छ। फेरी पार्टीबाट प्राप्त हुने आर्थिक सहयोग अत्यन्त न्यून हुने भएकोले चुनावी अभियान अगाडी बढाउन निकै कठिनाइ भएको यस अवस्थामा चुनाव खर्च जुटाउन नसकेकै कारणले एउटा सीमान्तिकृत वर्गको महिलाले चुनावी मैदानमा कमजोर हुनुपर्ने स्थिति सिर्जना भयो भने भोली गरीखाने वर्गको न्यायोचित प्रतिनिधित्व व्यवस्थापिका संसदमा कमजोर हुने कुरा निर्विवाद छ।

जसरी यसअघि देश र विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभचिन्तक आदरणीय दाजुभाइ दिदीबहिनीहरूले मलाई उर्जा, उत्प्रेरणा र माया दिनुभएको छ, त्यसरी नै अब यहाँहरूको खुला हृदयले सहयोग गर्नु हुने नै छ भन्ने कुरामा विश्वस्त छु। यहाँहरूले पठाउनु भएको सहयोग रकमको प्रत्येक पैसाको हिसाब आवधिक रूपमा र चुनावको अन्त्यमा सार्वजनिक गरी आर्थिक पारदर्शिता र अनुशासनको नमूना प्रस्तुत गर्ने कुरा समेत निवेदन गर्दछु। उक्त विवरणमा नाम उल्लेख गर्न नचाहने सहयोग दाताहरूको गोप्यताको समेत कदर गरिने छ। चुनावी अभियानबाट बच्ने जति रकम प्राप्त भएमा सार्वजनिक गरी सीमान्तिकृत समुदायका महिलाहरूको उत्थानमै खर्च गरिनेछ। सहयोग रकम ट्रान्सफर गरेको जानकारी मो. ९८५७८३१७६७ मा मेसेज गरी पठाउनु हुन अनरोध छ।

तसर्थ निम्न विवरण भएको खाता नं। मा यहाँहरूले कुनै आग्रह(पूर्वाग्रह बिना सकेको आर्थिक सहयोग पठाई यो देशको संविधान निर्माणमा बर्षौं देखि शोषित(पीडित र सीमान्तिकृत वर्गको महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन मेरो चुनावी अभियानमा सघाउनु हुनका साथै मेरो विजयका लागि आ(आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन नम्र निवेदन गर्दछु।
शान्ता चौधरी

आर्थिक सहयोगका लागि बैंक खाताको विवरण यस प्रकार छ

Shanta Chaudhary
A/C no. 0240 483 969 0011
SWIFT Code: HIMANPKA
Himalayan Bank, Ghorahi Branch
Dang District, Nepal

No comments:

Post a Comment