बाबुराम भट्टराई सरकारका मुख्य सहयोगी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध दललाई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘बदनाम दल’ को संज्ञा दिएका छन् ।
योंग कम्युनिष्ट लिग (वाइसीएल)को प्रथम राष्ट्रिय अधिवेसनको उदघाटन समारोहलाई बसन्तपुरमा सम्वोधन गर्दै अध्यक्ष दाहालले ‘बदनाम मधेसवादी दल’को बैशाखीमा टेकेर एमाओवादीले सरकार बनाउनु परेको भन्दै पश्चताप गरेका हुन् । उनले कुनै पनि दलको वैशाखी नलिई सरकार बनाउन सक्ने गरी बहुमत चाहिएको पनि उल्लेख गरे ।
योंग कम्युनिष्ट लिग (वाइसीएल)को प्रथम राष्ट्रिय अधिवेसनको उदघाटन समारोहलाई बसन्तपुरमा सम्वोधन गर्दै अध्यक्ष दाहालले ‘बदनाम मधेसवादी दल’को बैशाखीमा टेकेर एमाओवादीले सरकार बनाउनु परेको भन्दै पश्चताप गरेका हुन् । उनले कुनै पनि दलको वैशाखी नलिई सरकार बनाउन सक्ने गरी बहुमत चाहिएको पनि उल्लेख गरे ।
‘म प्रधानमन्त्री हुदाँ होस वा बाबुरामजी प्रधानमन्त्री हुदाँ होस, अर्काको वैशाखीमा टेक्नु प¥यो, हामीले आफनो खुट्टामा टेकेर अगाडी बढन पाइएन, किनकी हाम्रो बहुमत थिएन युवा साथीहरु हो, यही हो समस्याको गुदीँ,’ अध्यक्ष दाहालले सभालाई सम्वोधन गर्दै भने, ‘हामी कहिले एमाले जस्ता रुख चढन लगाएर फेद काट्ने विश्वासघातीको बैशाखी टेक्नु प¥यो, कहिले मधेसी मोर्चा जस्तो टुप्पी देखी पैतालासम्म बदनामहरुको खलमा सरकार चलाउनु प¥यो, म त्यो भन्दा बढी भन्दिन् ।’ उनले एमाले र मधेसी मोर्चा जस्ता विश्वासघाती र बदनाम दलको बैशाखी बिना नै सरकार चलाउन चाहेको भन्दै बहुमत दिलाउनका लागि आग्रह गरे । आफ्नो नेतृत्वको सरकारको मुख्य सहयोगी नेकपा एमाले प्रति आक्रामक रुपमा प्रस्तुत हुदैँ आए पनि मोर्चा आवद्ध मधेसवादी दललाई भने दाहालले पहिलो पटक यसरी आलोचना गरेका हुन् । मधेसी मोर्चा हालसम्म औपचारिक रुपमा बिघटन नभईसकेको दाहाल नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको मुख्य सहयोगी राजनीतिक शक्ति समेत हो ।
आफैसँग बिभाजित भएका मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी प्रति पनि दाहाल आक्रामक रुपमा प्रस्तुत भए । दाहालका अनुसार दायाँ तिरका दक्षिणपन्थी शक्ति र बायाँ तिरका आफैवाट विभाजित बैद्य नेतृत्वले एमाओवादीलाई निरन्तर आक्रामणको निशाना बनाइरहेको बताए । ‘बायाँ तिर रहेकाले हिजोको सामान्त र राजावादी शक्तिसँग मिलेर हामीलाई आक्रामण गरिरहेका छन र भनिरहेका छन, हामी क्रान्तिकारी, हामी राष्ट्रवादी,’ दाहालले आरोप लगाए, ‘मुखले क्रान्तिकारी शब्द ओकल्ने तर बिदेशीको इशारामा चल्ने काम भइरहेका छन् ।’
हिजोको पञ्चेलाई आज राष्ट्रबादी देख्ने बामपन्थी लफ्फाबाजी र संकिर्ण जडसुत्रवादीहरु क्रान्तिकारी हुन नसक्ने दाहालको भनाई छ । ‘बिदेशी प्रभुको अगाडी कत्ति चिट्टी लेखेका छन, त्यो सबै हामीलाई थाहा छ’ बैद्य नेतृत्वको माओवादी प्रति संकेत गर्दै उनले भने ।
दाहालले आफनो नौ महिने सरकारमा भ्रष्टचार नै नभएको पनि जिकिर गरेका छन् । ‘गणतन्त्र नेपालको पहिलो सरकारलाई भ्रष्टचारको एउटा आरोप कहि कतैवाट कसैले लगाउन स्थीति रहेन्’ दाहालको दावी छ ।
अर्का नेता बाबुराम भट्टराईले माओवादीलाई भ्रष्टचारी दल भनेर बदनाम गराउने गरेको भन्दै आपत्ति जनाएका छन् । ‘डिल्लीबजारमा खोरमा बस्ने दलका नेताहरु नै हामीलाई भ्रष्टचारी भनेर बदनाम गराईरहेका छन्, डिल्लीबजार खोरमा बस्ने अनि हामीलाई भ्रष्टचारी भन्ने ?’ भट्टराईले आक्रोश पोखे, ‘कर्पोरेट मिडियाका दुरुपयोग गरेर हामीलाई भ्रष्टचार भनिरहेका छन् ।’ भट्टराईले जो जो भ्रष्टचारी छन, उनैले माओवादीलाई सो आरोप लगाइरहेको भन्दै भ्रममा नपर्न सभामार्फत आग्रह गरे ।
भट्टराईले माओवादी नेतृत्वको सरकार निमार्ण भए पछि राष्ट्रियता कमजोर भएको भन्ने आरोपलाई पनि अस्विकार गरेका छन् । ‘माओवादी मात्रै यस्तो पार्टी हो, जसले राष्ट्रियताका लागि सुरुङ युद्धसम्म गर्न तयार भएको थियो’ भट्टराईले भने, ‘तर, अहिले माओवादीले राष्ट्रियता छोडयो भनेर भ्रम दिन्छन् ।’ उनका अनुसार सुगौली सन्धी पछि नै मुलुकको राष्ट्रियता कमजोर भएको र त्यसलाई चिर्न माओवादी लागि परिरहेको छ ।
तीन दिनसम्म चल्ने वाइसीएलको राष्ट्रिय सम्मेलनको बन्द सत्र भने प्रज्ञा भवन, कमलादीमा हुनेछ । ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने सो सम्मेलनले सम्भवतः बर्तमान अध्यक्ष गणेशमान पुनलाई नै निरन्तरता दिनेछ । ‘पहिचानसहितको संघीय संबिधान, राष्ट्रिय स्वाधिनता र उत्पादन अभियान, युवा आन्दोलनलाई उचाईमा उठाउन, एकताको प्रथम राष्ट्रिय अधिवेसन’ भन्ने मुल नारासहित वाइसीएलको प्रथम सम्मेलन हुन लागेको हो । पुनलाई निरन्तरता दिए पनि वाइसीएलको सांगठानिक संरचना भने एकल नेतृत्ववाट बहुपदीय संरचनामा जानेछ । सम्मेलनले १ सय ५१ सदस्सीय केन्द्रीय समिति चयन गर्ने वाइसीएलले जनाएको छ ।
No comments:
Post a Comment