मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभा निर्वाचन बिथोल्ने नीति प्रभावकारी बनाउन उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ताका लागि दबाब दिने रणनीति बनाउने भएको छ। सक्रिय, सशक्त र सशस्त्र रूपमा निर्बाचन बिथोल्ने नीति लिएको माओवादीले उम्मेदवारलाई पनि 'थ्रेट' दिने कार्ययोजना बनाउन लागेको हो। यसका लागि काठमाडौंमा शुक्रबार पोलिटब्युरो बैठक बस्दैछ।
'वन बुथ, वन एक्सन' को नीतिमा प्रत्येक मतदान केन्द्रमा अवरोध पुर्याछउने योजनासहित संविधानसभा निर्वाचनका उम्मेदवारलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गर्नेर्छौं,' एक पोलिटब्युरो सदस्यले भने, 'उम्मेदवार पनि जबर्जस्ती विदेशीको योजनामा हुन लागेको निर्वाचनमा सहभागी हुन खोज्छन् भने जनताले अवश्य त्यसको प्रतिकार गर्नेछन्, त्यसमा हाम्रो साथ रहनेछ।' पोलिटब्युरो बैठकले निर्वाचन बिथोल्ने रणनीति सफल बनाउने कार्यक्रम तयार पारेलगत्तै बहिष्कारका लागि माओवादीले सार्वजनिक आह्वान गर्ने उनले बताए।

'निर्वाचन बहिष्कारका लागि जनतालाई हामी सार्वजनिक रूपमै आह्वान गर्दैर्छौं,' अर्का पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तौलाले नागरिकसँग भने, 'निर्वाचन बहिस्कारको आह्वान सँगसँगै पर्चा, पोस्टर र पम्प्लेटिङ पनि गर्छौं।' उनका अनुसार निर्वाचन बहिष्कार किनरु भन्ने बुझाउन देशव्यापी पर्चा र पम्प्लेटिङ गर्न लागिएको हो।
स्रोतका अनुसार पोलिटब्युरो बैठकले राज्य र जिल्ला समितिलाई आवश्यकता अनुसार निर्वाचन बिथोल्ने कार्यक्रम बनाउन अधिकार प्रत्यायोजन गर्नेछ। 'केन्द्रीय कार्यालयको प्रत्यक्ष भूमिका रहने गरी नौटंकी निर्वाचन बिथोल्ने गरी कार्यक्रम र योजना आउँछन्,' एक केन्द्रीय सदस्यले नागरिकसँग भने,'भूगोल ९स्थलगत योजना०को सन्दर्भमा भने स्थानीय कमिटीलाई नै त्यहाँका आवश्यकतालाई मध्यनजर गर्दै उनीहरूलाई नै कार्यक्रम बनाउने अधिकार दिइनेछ।' उनका अनुसार प्रथम चरणमा गोष्ठी, सभा र अन्तर्त्र्कियात्मक कार्यक्रम गरी बहिस्कार र बिथोल्ने नीति स्पष्ट पारिनेछ।
मंसिर ४ मा हुने संविधानसभा निर्वाचन बिथोल्न सोही अनुसारको सांगठानिक संरचना बनाउने प्रमुख एजेन्डा पोलिटब्युरो बैठकको छ। 'पोखरा बैठकले दिएको म्यान्डेटअनुसार जान सोही अनुसारको सांगठानिक संरचना बनाउँदैछौं,' बाँस्तोलाले नागरिकसँग भने, 'माथिल्लो तहदेखि तल्लो तहसम्मका नेताका जिम्मेवारी पनि हेरफेर हुनेछन्। मुख्यतः यही एजेन्डामा छलफल केन्द्रित हुनेछ।' उनका अनुसार ५१ सदस्सीय केन्द्रीय समितिमा रिक्त रहेका ८ स्थान पूर्ति गर्ने योजना छ।
वार्ताका लागि ढोका खुल्लै राख्ने निर्णय बैठकले गरे पनि निर्वाचन बिथोल्न 'सशस्त्र' पमा नै अघि बढ्ने माओवादी योजना रहेकोमा अब दुई मत छैन्। 'चौतर्फी ध्यान केन्द्रित गर्न सफल नेकपा–माओवादीको पोखरा बैठक कथित संविधानसभाको दोस्रो चुनावले नेपाललाई सिक्किमीकरण गर्ने भएकाले त्यसको सक्रिय, सशक्त र सशस्त्र बहिष्कार गर्ने ऐतिहासिक निर्णय गर्दै सम्पन्न भयो,' केन्द्रीय सदस्य भरत बमले फेसबुकमा लेखेका छन्।
पार्टी विभाजनको ठिक एक वर्षपछि काठमाडौं उपत्यकाभन्दा बाहिर बसेको सो बैठकले ुजनयुद्धको जगमा जनविद्रोहु कार्यनीतिलाई स्पष्ट गरेको माओवादी नेताहरूले बताएका छन्। खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदले गर्न लागिरहेको निर्वाचन बिथोल्न 'गर वा मर' भन्ने नीति अनुसार माओवादी अघि बढ्ने उनीहरू बताउँछन्।
स्रोतका अनुसार उदयबहादुर चलाउने नेतृत्वको जनस्वंयसेवक ब्युरोलाई मतदान बिथोल्ने मुख्य जिम्मेवारी दिइँदैछ। पूर्व लडाकु सम्मिलित सो संगठनलाई अग्रमोर्चामा राखेर निर्वाचन बिथोल्ने कार्यको जिम्मेवारी दिइनेछ भने केन्द्रीय नीतिअनुसार जिल्ला र राज्य समितिले योजना कार्यान्वयनमा आवश्यक सहयोग गर्नेछन्।

No comments:
Post a Comment