नेकपा–माओवादीले एकलौटी रुपमा वार्ता टोलीको घोषणा गरे पछि निर्वाचन प्रक्रिया प्रति आपत्ति जनाउँदै आएका ३३ दलीय मोर्चा संकटमा परेको छ ।
माओवादीले सोमवार अध्यक्ष मोहन बैद्यको नेतृत्वमा पाँच सदस्सीय वार्ता टोलीको घोषणा गरे लगत्तै असन्तुष्ट अन्य ३२ दलले बानेश्वर र चाबहिलमा छुट्टाछुट्टै भेलाको आयोजना गरेका छन् । चाबहिलस्थित सामाजिक लोकतान्त्रिक पार्टी तथा बानेश्वरस्थित गणतान्त्रिक राष्ट्रिय मोर्चाका कार्यालयमा माओवादीबाहेक दलले छुट्टा–छुट्टै भेला गरेका हुन् । बुधवार माओवादीले आब्हान गरेको बैठक पनि अन्य ३२ दलले अस्विकार गरे पछि स्थगित हुन पुगेको नेकपा एकीकृतका अध्यक्ष परी थापाले बताए । ‘‘यथास्थीतिमा बार्ता पनि नगर्ने र पार्टी दर्ता पनि नगर्ने भन्ने मोर्चा भित्र सैद्धान्तिक सहमति भएको अवस्थामा कुनै पनि छलफल नै नगरी माओवादीले एकलौटी रुपमा बार्ता टोली गठन गरे पछि अन्य दल असन्तुष्ट भएका हुन्’ थापाले नागरिकसँग भने, ‘त्यसको औचित्य प्रस्ट पार्नु प¥यो भन्ने कुरा आएका छन् ।’ उनका अनुसार मोर्चाको नीति विपरित माओवादी गए पछि मोर्चा भित्रका अन्य दलले असन्तुष्टी हुन पुगेका छन् ।

माओवादी सचिव देब गुरुङले टेलिफोन तथा एसएमएसमार्फत बैठकका लागि गठबन्धनमा आबद्ध दललाई खबर गरेका थिए । माओवादी मुख्यालय बुद्धनगरमा बोलाइएको सो बैठकमा अन्य दलका तर्फवाट प्रतिनिधित्व गरेर गएका नेकपा माक्र्सवादीका अध्यक्ष प्रकाश अधिकारीले वार्ता टोलीको औचित्य नप्रस्टाएसम्म बैठक नै नबस्ने अडान राखे पछि बैठक सुचारु नै हुन सकेन् । अधिकारी मोर्चा आबद्ध कार्यदलका सदस्य पनि हुन् ।
थापाले माओवादी अध्यक्ष बैद्य स्वदेश फर्के पछि मात्र वैठक बस्ने/नबस्ने निर्णय हुने बताए । ‘त्यसको जवाफ माओवादीका अध्यक्ष बैद्यले दिए पछि मात्र अर्को निर्णयमा पुग्ने भन्दै बैठक नगरिएको हो’ उनले भने । अध्यक्ष बैद्य शुक्रवार स्वदेश फर्के लगत्तै मोर्चा आवद्ध दलले जवाफ माग्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् ।
मोर्चामा आवद्ध संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाका संयोजक किशोर विश्वासले माओवादीले एकलौटी रुपमा चल्न सुरु गरे पछि अन्य दलको छुट्टै बैठक बसालेको बताए । ‘मोर्चाको मुल्य र मान्यता बिरुद्ध माओवादी गए पछि आन्दोलनलाई अघि बढाउन हामीले बानेश्वरमा छुट्टै भेला गरेका हौं’ विश्वासले नागरिकसँग भने, ‘३२ दलको सहमति र सल्लाह बिपरित वार्ता टोली गठन गरेकोमा आवद्ध अन्य दलको आपत्ति रहेको छ ।’ उनका अनुसार माओवादीबाहेक अन्य दलले मोर्चाको नीति, अवधारणा र साझा उदेश्य र आचारसंहितामा नै रहेर जारी आन्दोलनलाई अघि बढाउने निर्णय सो बैठकले गरेको छ ।
माक्र्सवादीका अध्यक्ष अधिकारीले चाबहिलस्थित संघीय लोकतान्त्रिक पार्टी कार्यालयमा भएको बैठकले आन्दोलनलाई अघि बढाउने बारे छलफल गरेको बताए । ‘चैतन्य (सुब्बा)जीको पार्टी कार्यालयमा आन्दोलनलाई कसरी अघि बढाउने बारेमा छलफल भएको हो’ अधिकारीले नागरिकसँग भने, ‘र, बार्ता टोली ३३ दलको नभई माओवादीको मात्र हो भन्ने पनि निष्कर्ष सो बैठकले निकालेको सत्य हो ।’
विश्वासले चैत १ गतेको ११ बुदेँ सहमति, २५ बुदेँ वाधा अडकाऊ फुकाउ, खिलराज रेग्मी नेतृत्वको सरकार विघटन लगायतका मागमा मोर्चा प्रतिवद्ध रहेको बताए । ‘त्यो भन्दा दायाँवाँया गर्ने मोर्चाको नीति पनि होइन, उदेश्य पनि होइन्’ विश्वासले भने, ‘त्यसलाई तोडने काम माओवादीवाट भएको छ ।’ उनका अनुसार माओवादी इत्तरका दलले आन्दोलन अघि बढाउने बारेमा छलफल जारी छ ।
No comments:
Post a Comment