पदीय बिबाद हल गर्न सांगठानिक अधिवेसन
प्रकाश तिमल्सिना- पदीय जिम्मेवारी बाँडफाड र सांगठानिक संरचना निमार्ण संवन्धी बिबाद मिलाउन नसकेपछि अन्ततः माओवादी सांगठानिक अधिवेसनमा जाने निष्कर्षमा पुगेको छ ।
तत्कालका लागि उपाध्यक्ष ‘पद त्याग’ गरेका बाबुराम भट्टराईलाई ‘बरिष्ठ नेता’को जिम्मेवारी दिने तथा चुनाव केन्द्रित कार्यविभाजन गरेर संविधानसभाको निर्वाचन पछि सांगठानिक अधिवेसनमा जाने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा अनौपचारिक सहमति जुटेको छ । लाजिम्पाटस्थित दाहालको निवासमा पदाधिकारी, पुर्व स्थायी समिति सदस्य, ब्युरो र राज्य संयोजक तथा अन्य बरिष्ठ नेताको संयुक्त बैठकले सो निष्कर्ष निकालेको हो ।
अध्यक्ष पुष्पकमल दाहालले तत्कालका लागि भट्टराईलाई ‘बरिष्ठ नेता’को जिम्मेवारी दिएर चुनाव केन्द्रित कार्यविभाजन गरेर जाने प्रस्ताव गरेको मधेस ब्युरो संयोजक हरिबोल गजुरेलले बताए ।
तत्कालका लागि उपाध्यक्ष ‘पद त्याग’ गरेका बाबुराम भट्टराईलाई ‘बरिष्ठ नेता’को जिम्मेवारी दिने तथा चुनाव केन्द्रित कार्यविभाजन गरेर संविधानसभाको निर्वाचन पछि सांगठानिक अधिवेसनमा जाने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा अनौपचारिक सहमति जुटेको छ । लाजिम्पाटस्थित दाहालको निवासमा पदाधिकारी, पुर्व स्थायी समिति सदस्य, ब्युरो र राज्य संयोजक तथा अन्य बरिष्ठ नेताको संयुक्त बैठकले सो निष्कर्ष निकालेको हो ।
अध्यक्ष पुष्पकमल दाहालले तत्कालका लागि भट्टराईलाई ‘बरिष्ठ नेता’को जिम्मेवारी दिएर चुनाव केन्द्रित कार्यविभाजन गरेर जाने प्रस्ताव गरेको मधेस ब्युरो संयोजक हरिबोल गजुरेलले बताए ।
‘बाबुरामजीलाई ‘बरिष्ठ नेता’ को जिम्मेवारी दिने तथा तत्कालका लागि निर्वाचन केन्द्रित कार्यविभाजन गरेर जाने प्रस्ताव अध्यक्षवाट आएको छ, त्यसमा सबैको समर्थन देखिएको छ’ गजुरेलले नागरिकसँग भने, ‘संविधानसभाको निर्वाचन पछि पुनः सांगठानिक समस्या हल गर्न सांगठानिक अधिवेसन गर्ने निष्कर्षमा पनि बैठक पुगेको छ ।’ यसरी गरिने निर्वाचन केन्द्रित कार्य विभाजन सांगठानिक अधिवेसन सम्मका लागि मात्रै लागु हुने र निर्वाचन पछि हुने सो अधिवेसनवाट नयाँ सांगठानिक निर्णय लिइने गजुरेलले जानकारी दिएका छन् ।
सो निर्णयसँगै तत्कालका लागि अध्यक्ष मात्रै यथावत राखी अन्यलाई केन्द्रिय समितिमा सिमित गर्ने र महाधिवेसनमा जाने दाहाल–भट्टराई विचको ‘भद्र सहमति’ स्वतः उल्टिन पुगेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा महासचिव पोष्टबहादुर बोगटीलगायतले सो ‘सहमति’ को बिरोध जनाए पछि मंगलवार पारित हुन सकेन् । परिणाम, विशेष महाधिवेसनवाट सांगठानिक अधिवेसन तथा अध्यक्ष मात्रै नरही उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटी पुर्ववतः पदमा यथावत हुने भए पछि नयाँ सहमति जुटेको छ ।
अध्यक्ष दाहालले आन्तरिक संरचनामा भन्दा पनि तत्कालका लागि संविधानसभा निर्वाचन केन्द्रित भएर कार्य विभाजन गर्नु पर्ने प्रस्ताव पेश गरेको भोजपुरा राज्य संयोजक प्रभु साहले बताए । ‘मुख्यतः संविधानसभा निर्वाचन केन्द्रित सांगठानिक संरचना निमार्ण गरेर जाने कि आन्तरिक संरचनामा जोड दिएर जाने भन्ने दुई विकल्प अध्यक्षले पेश गर्नुभएको थियो’ साहले नागरिकसँग भने, ‘सबैजसो नेताले निर्वाचन केन्द्रित भएर जानु पर्ने धारणा राखे पछि कार्यविभाज पनि सोही अनुसार गर्ने अनौपचारिक सहमति भएको छ ।’ उनका अनुसार अध्यक्ष दाहालको सो प्रस्तावमा मंगलवारको बैठकमा अनौपचारिक सहमति जुटे पनि ठोस भने अझै हुन सकेको छैन् ।
यसैगरी, बैठकमा अध्यक्ष दाहालले हेटौडा महाधिवेसनवाट चयन भएका पदाधिकारी र केन्द्रिय सदस्यलाई यथावत राख्दै नयाँ सदस्य थप नगर्ने प्रस्ताव गरेका छन् । गत असार दोस्रो साता २ सय ९९ सदस्सीय केन्द्रिय समिति बनाउने आफ्नो प्रस्तावमा ९५ प्रतिशत नेताले असहमति जनाए पछि दाहाल महाधिवेसनको म्यान्डेटमा नै फर्केको सहभागी एक नेताले बताए । ‘महाधिवेसनवाट चयन भएका पदाधिकारी र केन्द्रिय सदस्य मात्रै राखेर जाने र निर्वाचन पछि सांगठानिक महाधिवेसनवाट नयाँ निर्णय लिनु नै सबैभन्दा उत्तम विकल्प देखिन्छ’ दाहालको प्रस्ताव उद्यृत गर्दै ती नेताले भने । दाहालको सो प्रस्तावमा कसैले पनि बिरोध नजनाएको पनि उनले जानकारी दिएका छन् ।
अध्यक्ष दाहालको सो प्रस्ताव पारित भएमा तीन जनाको मात्र पदाधिकारी, महाधिवेसनवाट चयन भएका ९८ जना केन्द्रिय सदस्य, नब प्रवेशी पाँच जना गरी १ सय ३ जनाको मात्र केन्द्रिय कमिटि रहने छन । जसमा सचिव, कोषाध्यक्ष, स्थायी समिति र पोलिटब्युरो जस्ता कुनै पनि सांगठानिक संरचनाको ब्यवस्था गरिने छैन् । ‘अध्यक्षले सोही अनुसार विस्तारित वैठकमा आफ्नो प्रस्ताव लाने तयारीमा हुनुहुन्छ’ सहभागी स्रोतले भन्यो, ‘आफ्नो योजनाका बारेमा अध्यक्ष छलफलमा नै हुनुहुन्छ ।’ उनका अनुसार साउन ४ गते देखी सुरु हुने विस्तारित वैठक अघि बिहिवार पुनः बैठक बसी सो बारे माओवादीले अन्तिम निर्णय लिदँैछ ।
सांगठानिक बिबाद चर्किदै गए पछि केन्द्रिय समिति स्थगित गरी बोलाइएको शुक्रवार देखी सुरु हुने बिस्तारित वैठकका लागि एजेन्डा तय गर्ने कार्य वैठकले गरेको प्रवक्ता अग्नि सापकोटाले बताए । ‘विस्तारित वैठकमा प्रस्ताव हुने राजनीतिक र समसमायिक एजेन्डा र कार्यविभाजनका एजेन्डाका बारेमा छलफल गरियो’ सापकोटाले भने, ‘मुख्यतः पार्टीलाई चुनाव केन्द्रित बनाउनु पर्ने अध्यक्षको प्रस्तावका बारेमा छलफल केन्द्रित भयो ।’ चुनावी अभियानलाई सफल बनाउन माओवादीले विशेष पहल गर्ने निष्कर्ष बैठकले निकालेको सापकोटाको भनाई छ ।
बरिष्ठ नेताको प्रस्तावमा सोच्न सकिन्छः भट्टराई
उपाध्यक्ष ‘पद त्याग’ गरेका बाबुराम भट्टराईले ‘बरिष्ठ नेता’ बनाउने अध्यक्ष दाहालको प्रस्तावमा सोच्न सकिने प्रतिक्रिया दिएका छन् ।
मंगलवार पनि पद त्यागको निर्णय फिर्ता लिन गरेको आग्रहलाई अस्विकार गरे पछि अध्यक्ष दाहालले ‘बरिष्ठ नेता’को प्रस्ताव गरे पनि भट्टराईले त्यसलाई स्विकार भने गरि सकेका छैनन् । ‘त्यो कार्यकारी पद नभएकाले र स्विकार्न पार्टीको दबाब परेकाले सोच्न सकिन्छ’ भट्टराईले नागरिकसँग भने । ‘पद त्याग’को निर्णयवाट भने आफु पछि नहटेको भट्टराईले स्पष्ट पारेका छन् ।
अध्यक्ष दाहालले मर्यादाक्रम कै दोस्रो बरियताक्रममा रहने गरी भट्टराईलाई बरिष्ठ नेताको प्रस्ताव गरेका थिए । जसमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताले सहमति जनाएका मिथिला राज्य समिति संयोजक विश्वनाथ साहले बताए । ‘प्रकाश (श्रेष्ठ)जी लगायत सबैले अध्यक्षको सो प्रस्तावमा समर्थन जनाइसकेका छन्’ साहले नागरिकसँग भने, ‘उहाँ (भट्टराई)ले पनि आफुले पार्टीलाई अप्ठयारो पार्न ‘पद त्याग’ नगरेको र नयाँ सिस्टम बसाउन पनि मात्र त्यसो गरेको बताउनु भयो ।’ उनका अनुसार भट्टराईले ‘पद त्याग’ गरे पनि पहिला झै पार्टीको काममा सक्रिय भएर लाग्ने र त्यो ब्यबहारले पुष्टी गराउँदै जाने प्रतिवद्धता जनाएका छन् ।
भट्टराईलाई बरिष्ठ नेताको प्रस्ताव अध्यक्ष दाहालले गरे पनि बिद्यानतः त्यो ब्यवस्था भने पार्टीमा छैन । जसका कारण भट्टराईको जिम्मेवारीमा औपचारिक प्रश्न उठन सक्ने देखिएकाले बिद्यान संसोधन गरिने भएको छ । ‘बरिष्ठ नेताको पद बिद्यानले ब्यवस्था नगरेकाले के गर्ने ? भन्ने छलफल भएको थियो, विस्तारित वैठकमा बिद्यान संसोधन गरी सो पद सिर्जना गर्नुपर्छ भन्ने कुरा आएको छ ।’ उनका अनुसार विस्तारित वैठकवाट ‘बरिष्ठ नेता’को पदलाई अनुमोदन गरिनेछ ।
No comments:
Post a Comment