एकीकृत माओवादी केन्द्रिय कार्यालयले पाँच महिने लामो कसरत पछि पेश गरेको सांगठानिक जिम्मेवारी संवन्धी प्रस्तावलाई बहुमत सदस्यले अस्विकार गरिदिएका छन् । गुटगत प्रक्रियामार्फत नामावली आएको भन्दै अस्विकार गरेका बहुमत केन्द्रिय सदस्यले मतदान प्रक्रियामा जान नेतृत्वसँग माग गरेका छन् ।
केन्द्रिय कार्यालयमा पेश गरेको नामावली प्रति असहमति जनाएका १ सय भन्दा बढी सदस्यले मतदान प्रक्रिया मार्फत नेता चयन गर्नु पर्ने भन्दै हस्ताक्षर बुझाएका छन् भने १२ जना पुर्व लडाकु कमाण्डरले सामुहिक रुपमा राजिनामा दिएर बैठक नै बहिस्कार गरेका छन् । तीन जना मधेसी नेताले असन्तुष्टी जनाउँदै बैठकमा सहभागी नै भएनन् । जारी बैठकमा बोल्ने ३१ मध्ये दीननाथ शर्मा र लिलवहादुर भण्डारीबाहेक अन्य सवै नेताले कार्यालयको सो प्रस्तावमा असहमति जनाउँदै मतदान प्रक्रिया जान माग गरेका हुन् ।
कार्यालयले महाधिवेसनले चयन गरेका पदाधिकारीलाई यथावत राख्दै बरिष्ठ सचिवमा कृष्णवहादुर महरालाई प्रस्ताव गरेको थियो । प्रस्तावित अन्य सचिवमा क्रमशः बर्षमान पुन, टोपवहादुर रायमाझी र गिरिराजमणी पोखरेल र कोषाध्यक्षमा हिसिला यमी रहेका छन् । पुर्व स्थायी समिति सदस्य अमिक शेरचन, लिलामणी पोखरेल, दिनानाथ शर्मा बढुवा हुन सकेनन भने यस अघि पोलिटब्युरो सदस्यको जिम्मेवारीमा रहेका हरिबोल गजुरेल, अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत, नन्दकिशोर पुन, चन्द्रप्रकाश खनाल, देवेन्द्र पौडेल, लोकेन्द्र बिष्टमगर, गोपाल किराँती, राम कार्की, लेखराज भट्ट, विश्वभक्त दुलाल र नवप्रवेशी रामचन्द्र झालाई स्थायी समिति सदस्यमा प्रस्ताव गरिएको छ । पुर्ववत सहमति अनुसार सचिव नदिइए पछि एमाले परित्याग गरी आएका झा भने बैठकमा नै सहभागी भएनन् । त्यसैगरी बैकल्पिक स्थायी समिति सदस्यमा स्वनाम साथी, हितराज पाण्डे, हेमन्तप्रकाश ओली, उर्मिला अर्याल, विश्वनाथ साह, प्रभु साह, श्रवण यादव परेका छन् । पुर्ववत सहमति अनुसार स्थायी समिति पाउने भनिएकी अर्याल बैकल्पिक स्थायी समितिमा सिमित हुन पुगेकी छिन्् । केन्द्रिय कार्यालयमा पेश गरेको नामावली प्रति असहमति जनाएका १ सय भन्दा बढी सदस्यले मतदान प्रक्रिया मार्फत नेता चयन गर्नु पर्ने भन्दै हस्ताक्षर बुझाएका छन् भने १२ जना पुर्व लडाकु कमाण्डरले सामुहिक रुपमा राजिनामा दिएर बैठक नै बहिस्कार गरेका छन् । तीन जना मधेसी नेताले असन्तुष्टी जनाउँदै बैठकमा सहभागी नै भएनन् । जारी बैठकमा बोल्ने ३१ मध्ये दीननाथ शर्मा र लिलवहादुर भण्डारीबाहेक अन्य सवै नेताले कार्यालयको सो प्रस्तावमा असहमति जनाउँदै मतदान प्रक्रिया जान माग गरेका हुन् ।
कार्यालयको प्रस्ताव प्रति असहमति जनाउँदै स्थायी समितिमा बढुवा पाएका जनार्दन शर्माले आफ्नो पदवाट राजिनामा दिएको घोषणा गर्दै १ सय बढी सदस्यको हस्ताक्षर अध्यक्ष पुष्पकमल दाहाल समक्ष वुझाएका छन् । ‘नेताको चाकरी गर्ने, चाप्लुसी गर्ने र गुटबन्दीमा नरहेकालाई पाखा लगाउने काम जसरी भयो, त्यसले इमान्दार, त्याग र बलिदानको अवमुल्यन भएको छ, यसरी यो पार्टी चल्दैन’ शर्मालाई उद्यृत गर्दै बैठक स्रोतले नागरिकसँग भन्यो, ‘यो प्रस्तावलाई फिर्ता लिन आग्रह गर्दछौ र टिका लगाएर होइन, मतदान मार्फत नेता चयन गरियोस भन्ने जोडदार माग पनि गर्दछौं ।’ देवेन्द्र पौडेल, लेखराज भट्ट, शक्ति बस्नेत, गोपाल किराँती, झक्कु सुवेदी, हेमन्त प्रकाश ओलीलगायत सय बढी केन्द्रिय सदस्यले नेतृत्वसमक्ष मतदान प्रक्रियाको माग गर्दै दाहालसमक्ष हस्ताक्षर बुझाएका हुन् ।
माओवादीका पुर्व लडाकु कमाण्डर मध्ये १२ जनाले केन्द्रिय कार्यालयको प्रस्ताव प्रति असहमति जनाउँदै सामुहिक रुपमा राजिनामा दिएर बैठक छाडेका छन् । ‘धेरै धेरै स्थानमा हामी अपमानित हुदै आयौं, समायोजनमा अपमान हुदाँ पनि हामीले सहयौ तर आज जिम्मेवारी दिदाँ जनमुक्ति सेनाको भुमिकालाई अबमुल्यन गरियो’ पुर्व जनमुक्ति सेनाका कमाण्डका तर्फवाट बोल्दै कालीवहादुर खामले बैठकमा भने, ‘हामी १२ जना पुर्व जनमुक्ति सेनालाई केन्द्रिय कार्यालयको प्रस्ताव स्विकार्य छैन, हामी सामुहिक राजिनामाको घोषणा गर्दछौं ।’ लडाकु कमाण्डरले नेतृत्वलाई ‘देखाइदिने’ भन्दै धम्की पनि दिदै बाहिरिएका थिए । राजिनामा पत्र वुझाए लगत्तै १२ पुर्व कमाण्डर बैठक स्थल छाडेर निस्किएका थिए ।
कार्यालयका सो प्रस्ताव प्रति आपत्ति जनाउँदै भरत साह, दिलिप साह, अजयकुमार नायकलगायत मधेसी नेताले बैठक बहिस्कार गरेर हिडेका छन् । मधेसी समुदायलाई केन्द्रिय समितिमा उचित सम्मानजनक स्थान नदिएको र अबमुल्यन गर्ने कार्य गरिएको भन्दै शनिवार केन्द्रिय समिति बैठक सुरु हुनु अघि बिहान ९ बजे उनीहरुले छुट्टै भेला बोलाएका छन् । बैकल्पिक स्थायी समितिमा बढुवा भएका श्रवण यादवले जनयुद्धमा लडेकालाई अपमान गरेको भन्दै प्रस्ताव अस्विकार्य भएको बताए । ‘जनयुद्धमा लडेका, पार्टीमा रहेकालाई माथी तान्नु त कता कता हिजो आएका चैतेलाई क्रेन लगाएर तान्ने काम गरियो, यो निकै अपमानपुर्ण कार्य हो, यसलाई कदापी मान्दैनौ’ यादवले वैठकमा भने । केन्द्रिय कार्यालयले लिएको पदलाई अस्विकार गर्ने पनि घोषणा बैठकमा नै यादवले गरेका छन् । अर्का केन्द्रिय सदस्य अशोक जयसवालले जिम्मेवारी बाडफाँड गर्दा मधेसलाई अवमुल्यन गरेको आरोप लगाएका छन् । ‘खै त माओवादी मधेसीको पार्टी हुन सकेको ? के हामी मधेसी माओवादीका लागि ‘सो पिस’ मात्रै हौ ?’ जयसवालले प्रश्न गरे, ‘यो पुरै झारा टार्ने तालले मधेसीलाई जिम्मेवारी दिइयो, यो तालले मधेसमा माओवादी बलियो हुदैन, बरु झनै नांगिने देखिन्छ ।’ अर्का केन्द्रिय सदस्य असर्फी सदाले नामावली चयन गर्दा सही मुल्याङकन हुन नसकेको भन्दै प्रस्तावको आलोचना गरेका छन् ।
बैठकमा बोल्दै पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले कार्यालयको प्रस्ताव समर्थन गर्न नसकिने घोषणा गरे । ‘गुटगत आधारमा ल्याइएको यो प्रस्तावलाई स्विकार गर्न सकिदैन, कुन बिधि र नियममा टेकेर यो प्रस्ताव ल्याइएको हो ? जवाफ चाहियो ?’ ओलीले वैठकमा भने, ‘बिधि र नियम भन्दा बाहिर गएर ल्याएको यो प्रस्ताव फिर्ता लिनुहोस् ।’ पुर्वी ब्युरो कमाण्डवाट नेतृत्व तहमा कम संख्यामा नेता ल्याइएकोमा पनि ओलीले आपत्ति जनाए ।
बैकल्पिक पोलिटब्युरोको जिम्मेवारी पाएका झक्कु प्रसाद सुवेदीले ‘म र तँ’ भन्ने शिर्षकको कबिता सुनाएर असहमति प्रकट गरेका छन् । ‘म भनेको झक्कु हो र तँ भनेको अध्यक्ष हो’ भन्ने ब्याख्या गर्दै झक्कुले वैठकमा कविता सुनाएका हुन् । ‘तैले जे जे भनिस, मैले त्यो त मान्दै गए, तैले जे–जे भन्दै गइस, मैले गर्दै गएँ तर आज तैले मलाई किन निका पीडा दिइस...’ भन्दै झक्कुले पार्टीमा लागेर सबैभन्दा पीडाबोध दिनको रुपमा शुक्रवारलाई ब्याख्या गरे ।
अर्का केन्द्रिय सदस्य कृष्ण केसीले एमाले परित्याग गरी माओवादी हुन पुगेकोमा पश्चताप भएको सुनाए । ‘पार्टी परित्याग गरी माओवादीमा आएकोमा पहिलो पटक मलाई यसरी धेरै पीडाबोध भएको छ’ केसीले भने, ‘यस्तो पीडा हुन्छ भने म किन पार्टी परित्याग गरेर माओवादीमा आउँथे र ?’ आफुलाई कुनै पनि पद नचाहिएको पनि शर्माले बैठकमा घोषणा गरे ।
केन्द्रिय कार्यालयको सो प्रस्तावमा दीननाथ शर्मा र भण्डारीले भने समर्थन जनाएका छन् । भण्डारीले केन्द्रिय कार्यालयको प्रस्ताव वैज्ञानिक र बस्तुगत भएको भन्दै धारणा राखे लगत्तै अन्य सदस्यले हुटिङ गरेर उनलाई बोल्न नै दिएनन् । शर्माले भने लामो समय पछि ल्याएको प्रस्तावलाई समर्थन जनाउन अन्य सदस्यलाई आग्रह गरेका थिए । ‘हुन त यो प्रस्ताव मलाई पनि मन परेको छैन, मेरा चेलालाई म भन्दा माथी तानिएको अवस्था छ, म स्थायी समितिमा नै सिमित भएको छु’ शर्माले भावुक हुदै बैठकमा भने, ‘म त ६५ बर्ष पनि लाग्न थालि सके, मलाई राजनीति गर्न पनि पार्टीले दिदैन तर पनि लामो संघर्ष पछि आएको प्रस्तावलाई समर्थन गरिदिनु हुन अनुरोध गर्दछु ।’
प्रवक्ता अग्नि सापकोटाले केन्द्रिय कार्यालयले २ सय ९९ सदस्सीय केन्द्रिय समिति प्रस्ताव गरेको बताए । ‘आज पदाधिकारी, स्थायी, पोलिटब्यूरो र केन्द्रिय सदस्यको नाम प्रस्ताव भएको छ, सँगसँगै तीनै तहमा बैकल्पिक सदस्यको ब्यवस्था गरिएको छ’ सापकोटाले वैठक पछि भने, ‘आज ३१ जना नेताले धारणा राख्नु भएको छ, वैठक सकारात्मक रुपमा अघि बढेको छ ।’ उनका अनुसार शनिवार बाँकी सदस्यले धारणा राखे पछि प्रस्तावलाई पास गर्ने कार्यसुची छ ।
No comments:
Post a Comment