'पदाधिकारीमा सहमति नजुटे मतदान
प्रक्रियावाट टुंगाउने अन्तिम विकल्प अघि सारिएको छ' जनवर्गिय संगठन बिभाग
प्रमुख जनार्दन शर्माले नागरिकन्युसँग भने, 'पदाधिकारीका नाम लगायतमा सहमति
नजुटेमा मतदान प्रक्रियाबाट भए पनि टुंगाउने पर्ने सुझाव नेतृत्वसमक्ष
गएको छ, त्यसमा नेताहरु सकारात्मक हुनुहुन्छ।' शीर्ष नेतृत्वले शुक्रवार
प्रस्ताव गर्ने नामावलीमा सहमति नजुटे मतदान प्रक्रियालाई अन्तिम विकल्पको
रुपमा लिइने उनको भनाइ छ ।
गत माघमा महाधिवेसन सम्पन्न भए लगत्तै पदाधिकारी र केन्द्रिय समितिलाई पुर्णता दिने एमाओवादीका पाँच महिना यताका दर्जनौ प्रयास असफल हुँदै आएका छन्। बिहीवार केन्द्रिय समिति बैठक बस्नु अघि पाँच घन्टा भन्दा लामो पदाधिकारी बैठकले पनि कुनै निर्णय गर्न सकेन्। 'बिहान ११ बजे देखी पदाधिकारी बैठक बस्यो, ब्युरो प्रमुख र अन्य बरिष्ठ नेताहरुसँग पनि पार्ट–पार्टमा छलफल गरिएको थियोे' प्रवक्ता अग्नि सापकोटाले भने, 'सहमति नजिक नजिक त पुगेका छौ तर टुंगिसकेको भने छैन् ।'
पदाधिकारी चयन बारे एमाओवादी भित्र तीनवटा विकल्पमा छलफल जारी रहे पनि सहमति भने अझै हुन सकिरहेको छैन् । स्रोतका अनुसार, संविधानसभा निर्वाचन अघि पदाधिकारी यथावत राखेर जाने पहिलो विकल्प, महासचिव पोष्टवहादुर वोगटीलाई उपाध्यक्षमा बढुवा गरी सो स्थानमा कृष्णवहादुर महरा वा बर्षमान पुन मध्ये एकलाई ल्याउने दोस्रो विकल्प बारे छलफल जारी छ । त्यसैगरी महाधिवेसनले चयन गरेका पदाधिकारी यथावत राखी महरा, पुन, गिरिराजमणी पोखरेल, टोपवहादुर रायमाझी, रामचन्द्र झालाई सचिव र कोषाध्यक्षमा हिसिला यमीलाई ल्याउने तेस्रो विकल्पमा पनि छलफल जारी छ ।
'मुख्य बिबाद महासचिवमा देखिएको छ' एक पुर्व पोलिटब्युरो सदस्य नागरिकसँग भने, 'महराजी र अनन्त (पुन) मध्ये कसलाई महासचिव बनाउने भन्ने मुख्य मुद्धाले सबै सांगठानिक संरचना विस्तार र जिम्मेवारी वाँडफाँडमा प्रत्यक्ष प्रभाव परेको छ ।' उनका अनुसार महासचिवको बिबाद हल हुने वितिक्कै अन्य पद र जिम्मेवारीका बिषयमा सहमति हुनेछ । त्यसैगरी, युद्धकालिन मधेसी नेताले एमाले परित्याग गरी आएका झालाई पदाधिकारी (सचिव) मा लगे पार्टी नै परित्याग गर्ने चेतावनी दिइरहेकाले नेतृत्व थप संकटमा परेको छ ।
महरा निकट एक केन्द्रिय सदस्यले पुनलाई महासचिव बनाउन महरा पछिल्लो समयमा तयार भए पनि बोगटी र टोपवहादुर रायमाझीले भने अस्विकार गरिरहेका छन् । 'उपाध्यक्षको जिम्मेवारी लिएर अनन्तजीलाई महासचिव स्विकार्न महराजी पछिल्लो समयमा सहमत त हुनु भएको छ तर पोष्ट र टोपजी मानिरहनु भएको छैन', ती सदस्यले नागरिकसँग भने, 'आफु भन्दा जुनियरलाई महासचिव बनाए आफुलाई स्विकार्य नहुने टोपजीको भनाई छ, महराजीलाई मात्र महासचिव परित्याग गर्ने पोष्टजीको भनाईले पनि समस्या देखिएको छ ।' उनका अनुसार महरालाई महासचिव स्विकार गर्न उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पनि आनाकानी गरे पछि महरा महासचिवको अडान त्यागको मनस्थीतिमा पुगेका हुन् ।
'अध्यक्षज्यू महराजीलाई नै महासचिव बनाउन महाधिवेसनमा नै प्रयास गर्नु भएको हो तर दुवै उपाध्यक्षले त्यो बेला पनि आनाकानी गरे पछि त्यतिकै रोकियो' उनले नागरिकसँग भने, 'अहिले पनि उहाँहरुले आनाकानी गरिरहेको देखिएको छ ।'
त्यसो त महरालाई उपाध्यक्षमा बढुवा गरी पुनलाई महासचिव बनाउन दाहाल र भट्टराई सहमत भए पनि श्रेष्ठ भने पुनको बिषयमा बिपक्षमा छन् । 'जसकाकारण महाधिवेसनले चयन गरेका पदाधिकारी यथावत नै रही सचिव र कोषाध्यक्ष मात्रै प्रस्ताव हुने सम्भावना देखिन्छ' अर्का पोलिटब्युरो सदस्यले भने ।
पदाधिकारी चयनमा बिबाद नमिले पनि माओवादी केन्द्रिय समिति २ सय ९९ सदस्सीय हुने अध्यक्ष दाहालले बैठकमा जानकारी गराएका छन् । '२ सय ९९ सदस्सीय केन्द्रिय समिति निमार्ण हुने भएको छ, जसमा १ सय ५१ सदस्सीय पुर्ण र १ सय ४८ वैकल्पिक सदस्यका रुपमा रहने छन' केन्द्रिय सदस्य रामकुमार शर्माले नागरिकसँग भने, 'पुर्ण केन्द्रिय सदस्यको एक तिहाई बराबर पोलिटब्युरो (५१) र त्यसको एक तिहाई (१७)को स्थायी समिति सदस्य रहने गरी संरचना निमार्ण हुदैछ ।' उनका अनुसार अध्यक्ष दाहालले सोही अनुसार वैठकमा नामावली प्रस्ताव गर्दैछन् ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार वैकल्पिक केन्द्रिय सदस्य झै स्थायी समिति र पोलिटब्युरोमा पनि वैकल्पिक सदस्यको व्यवस्था गरिने भएको छ । 'स्थायी र पोलिटब्युरोमा पनि आवश्यक्ता अनुसार बैकल्पिक सदस्यको व्यवस्था गरिने छ' सापकोटाले भने । शुक्रवार बिहान पुनः बस्ने पदाधिकारी वैठकले सांगठानिक प्रस्ताव तयार गरी केन्द्रिय समितिमा पेश गर्ने र पारित गराउने योजना भएको सापकोटाले बताए ।
स्रोतः नागरिकन्युज डटकम

No comments:
Post a Comment