Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, June 30, 2013

बाबुरामः सक्रिय राजनीतिमा दुई बर्ष बढी बस्दिन भन्थे, राजिनामा पो आयो

एकीकृत माओवादी भित्रको सांगठानिक संरचना निमार्ण जटिल बन्दै गए पछि उपाध्यक्ष बाबुराम भट्टराईले पदवाट आकस्मिक रुपमा राजिनामा दिएका छन् ।
केन्द्रिय समितिको जारी बैठकमा कुनै पनि कार्यकारी पदमा नबस्ने र साधरण सदस्यको जिम्मेवारीमा रही पार्टी भित्र क्रियाशिल हुने जानकारी गराउँदै उपाध्यक्ष भट्टराईले आफ्नो पदवाट राजिनामा दिएका हुन् । आफ्नो राजिनामा बाचन गरी अध्यक्ष पुष्पकमल दाहाल समक्ष पेश गरेको एक पृष्ठ लामो पत्रमा भने भट्टराईले ‘पद त्याग गरेको’ शब्द उल्लेख गरेका छन् ।
‘मैले आफनो जिम्मेवारी परित्याग गर्ने निर्णय कसैलाई घुक्र्याउनका लागि गरेको होइन, हिजोको बैठकमा आएका धारणाले रातभरी निंद्रा लागेन, धेरै सोचे मैले र यो निर्णयमा पुगेको हुँ’ बैठकमा भट्टराईको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘अब म कुनै पनि कार्यकारी पदमा बस्दिन, साधारण सदस्यको हैसियत मै रहेर पार्टीले दिएको जिम्मेवारी बहन गर्छु ।’ पार्टी पदीय लोभलाचले दलदलमा फस्दै गएकोले त्यागको सुरुवात आफुवाट भएको भट्टराईले जनाएका छन् ।

केन्द्रिय कार्यालयको तर्फवाट शुक्रवार पेश भएको २ सय ९९ सदस्सीय केन्द्रिय समितिका संरचनामा बोल्ने ३१ मध्ये २९ सदस्यले प्रस्ताव प्रति आपत्ति जनाउँदै अस्विकार गरेका थिए । सय भन्दा बढी केन्द्रिय सदस्यले कार्यालयको प्रस्ताव बिरुद्ध हस्ताक्षर अभियान चलाउँदै मतदानको माग गरेका थिए भने १२ पुर्व लडाकु कमाण्डरले राजिनामा दिएर निस्के पछि माओवादीको सांगाठानिक प्रस्ताव जटिल बनेको थियो । महाधिवेसन सम्पन्न भएको पाँच महिना पछि लामो छलफल पछि ल्याएको प्रस्तावलाई बहुमत सदस्यले अस्विकार गरे पछि नेतृत्व तनाव र संकटमा परेको थियो ।
कार्यालयको प्रस्तावमा शनिवार बाँकी रहेका केन्द्रिय सदस्यले बोल्ने कार्यसुची भए पनि उपाध्यक्ष भट्टराईले बैठक सुरु हुने बितिक्कै सबैभन्दा पहिला आफुले बोल्न पाउनु पर्ने माग गरे । केही सदस्यले अबरोध गर्न खोजे पनि सानेपा निवासवाटै तयार पारेर ल्याएको राजिनामा पत्र बाचन गरेर आकस्मिक रुपमा ‘पद त्याग गरेको’ घोषणा गरे । ‘कुनै पनि महत्वपुर्ण निर्णय गर्दा म सद्यै अध्यक्ष (दाहाल) र हिसिला (पत्नि)लाई सोध्ने गर्दथे तर यो पटक मैले कसैलाई पनि सोधिन, आफै निर्णयमा पुगे’ भट्टराईले बैठकमा भने ।
भट्टराईले पार्टी संसदीय भासमा फस्दै गएको, संसदीय ब्यवस्थामा जस्तो पदलोलुपत्ता देखिएको, सबै नेतालाई पदमात्रै चाहिएको, पार्टी भित्र खराब प्रवृति हुर्किदैँ गएकोमा दुःख ब्यक्त गरेका छन् । केन्द्रिय कार्यालयले प्रस्ताव गरेको नामावली गुटगत भएको भनि केन्द्रीय सदस्यले लगाएको आरोप पनि खण्डन गरेका छन् । ‘जति संख्याको केन्द्रिय समिति बनाए पनि मिलाउन नसकिने भयो, सबैलाई पद चाहिएको छ, कस–कसलाई मात्रै दिनु ?’ आक्रोशित हुर्दँै भट्टराईले भने, ‘सबैलाई मिलाउन कहाँ सकिन्छ ? लामो प्रयास पछि मिलाएर ल्याएको नामावलीलाई तपाईहरुले गुटगत ढंगले ल्याएको भनि आरोप लगाउनु भयो ।’ भट्टराईले समग्रा पार्टी बिग्रदै गएको र त्यसलाई थाम्न सक्ने अवस्था नभएको भन्दै चिन्ता ब्यक्त पनि गरेका छन् ।
पद त्याग गर्ने बिषय माथीवाटै सुरु गर्नुपर्ने भन्दै आफुले त्यसको सुरुवात गरेको पनि भट्टराईले उल्लेख गरे । ‘त्यसैले म अब कुनै औपचारिक पदभन्दा पार्टीको साधारण सदस्यको हैसियतमा पार्टीले दिने जुन सुकै जिम्मेवारी खुसी र गर्वका साथ बहन गर्न इच्छुक रहेकाले आजैका मिति देखि लागू हुने गरी पार्टीको उपाध्यÔ लगायतका सबै पदहरु त्याग गरेको जानकारी गराउ“छु’ राजिनामा पत्रमा उनले भनेका छन् ।
भट्टराईले आफ्नो धारणा राखे पछि पनि कार्यसुची अनुसार ओनसरी घर्तिमगर, प्रभु साह, रामचन्द्र मण्डल, अथकलगायतका नेताले धारणा राखेका थिए । भट्टराई निकट नेता साहले उनको राजिनामा आए पछि स्तब्ध भएको जनाए । ‘आकास्मिक रुपमा आएको राजिनामाले हामी सबै स्तब्ध भएका छौ, यो पार्टी भित्र देखिएको समस्याको परिणाम हो, यसलाई तत्काल हल गर्न जरुरी छ, यसरी पार्टी चल्दैन्’ साहले भने । लगत्तै अध्यक्ष दाहालले केही समयका लागि भन्दै बैठक स्थगित भएको घोषणा गरे । केन्द्रिय समिति पुनः सुरु हुने आशमा बसेका केन्द्रिय सदस्यले लामो समयसम्म प्रतिक्षा गरे पनि अन्तिममा वैठक नै नबसी स्थगित भयो ।
भट्टराईको राजिनामाले जारी बैठकको अन्तबिर्रोध अर्कोतर्फ मोडिन पुगेको छ । भट्टराईलाई राजिनामा फिर्ता गराउने गरेको प्रयास राती अबेरसम्म पनि सफल हुन सकेको छैन् । बैठक स्थगित गरी अध्यक्ष दाहाल र भट्टराईसहित पदाधिकारीले बैठक गरी समस्याको समधान खोज्ने प्रयास गरे पनि भट्टराई आफनो पुर्ववतः आफ्नो निर्णयवाट पछि हटेका छैनन् । ‘अध्यक्षज्यु र बाबुरामजी बिच पनि पद त्यागको बारेमा कुराकानी भएको छ’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘पुर्व स्थायी समिति सदस्य, ब्युरो प्रमुख र राज्य इन्चार्ज विच पनि पछिल्लो परीस्थितिका बारेमा छलफल जारी छ, आशा छ हामी सकारात्मक निष्कर्षमा पुग्नेछौं ।’ चुनवाङ्ग बैठक देखी नै पार्टी भित्र नेतृत्व हस्तान्तरण गर्ने बिषय उठेको भएपनि यो जारी बैठकमा उत्कर्षको रुपमा आएको रुपमा सापकोटाले ब्याख्या गरेका छन् ।
भट्टराईले सरकारको नेतृत्व गरे देखी नै उनको पार्टी भित्रैवाट चर्को आलोचना हुदँै आएको थियो । भट्टराईको कारण नै पार्टी कमजोर भएको मात्रै होइन, उनी प्रधानमन्त्री हुदाँ बखत नै पार्टी विभाजन भएको थियो । मुख्यतः भारतसँग गरिएको बिप्पालगायतका बिषयलाई राष्ट्रियताको मुद्धालाई लिएर भट्टराई माथी निरन्तर प्रहार हुदैँ आए पछि उनी पछिल्लो समय निकै तनावमा रहदँै आएका थिए । निकटबर्तीसँग बढीमा दुई बर्ष भन्दा बढी सक्रिय राजनीतिमा नरहने बताउँदै आएका भट्टराईले अचानक शनिवार राजिनामा दिएका हुन् । बर्तमान अवस्थामा राजिनामा गर्नु ठिक नभएको भन्दै फिर्ता लिनका लागि पदाधिकारी, ब्युरो प्रमुख, राज्य समितिका प्रमुखले गरेको आग्रहलाई उनले अस्विकार गरेका छन् । ‘यो मेरो अन्तिम निर्णय हो, म निर्णय फेर्न सक्दिन भन्नु भयो’ सहभागी एक राज्य प्रमुखले नागरिकसँग भने, ‘भोली अध्यक्षले उहाँको राजिनामाको पत्रका बारेमा सम्वोधन गर्नु हुन्छ ।’ उनका अनुसार केन्द्रिय समिति सुरु हुने बितिक्कै अध्यक्ष दाहालले आफ्नो निर्णय सुनाउँदैछन् ।

No comments:

Post a Comment